संरक्षण स्थिति
| संरक्षण स्थिति |
|---|
| विलुप्त हुने सम्भावना |
| विलुप्त |
| संकटग्रस्त |
| कम जोखिम |
| यो पनि हेर्नुहोस् |
कुनै पनि प्रजातिको संरक्षण स्थिति यस संभावनाको द्योतक हुन्छ कि सो प्रजाति वर्तमानमा अथवा निकट भविष्यमा विलुप्त हुनबाट बाँचेको हुनुपर्छ। कुनै प्रजातिको संरक्षण स्थितिको आकलनको लागि धेरै कारकहरूलाई ध्यानमा राखिन्छ: न केवल त्यस प्रजातिका बाँचेका सदस्यहरूको संख्या, अपितु तिनको जनसंख्यामा एउटा खास अवधिको बेला समग्र वृद्धि वा कमी, प्रजनन सफलताको दर, ज्ञात संकट आदि।
[सम्पादन गर्ने] वैश्विक प्रणाली
संकटग्रस्त प्रजातिको IUCN लाल सूची, एउटा सबभन्दा राम्रो विश्वव्यापी संरक्षण स्थिति सम्बन्धि सूचीयन र रैंकिंग प्रणाली हो। यस प्रणालीमा संकटग्रस्त प्रजातिहरूलाई तीन श्रेणीमा बाँडिन्छ: गंभीर रूपमा विलुप्तप्राय (CR), विलुप्तप्राय (EN), र असुरक्षित (VU)। यसको साथमा १५०० ई. देखि आजसम्म विलुप्त भएका, र जंगलमा विलुप्त भएका जीव पनि सूचीबद्ध हुन्छन्। कम जोखिममा पर्ने जीव पनि श्रेणीमा विभाजित छन्। विलुप्तप्राय जीवहरू र वनस्पतिका अंतर्राष्ट्रीय व्यापारको अंतर्राष्ट्रीय समझौताले यस कुरालाई सुनिश्चित गर्दछ कि जंगली जानवरहरू र वनस्पतिका नमूनाहरूको बेपारले यी जीवहरू र वनस्पतिहरूको अस्तित्वलाई खतरामा नलैजाओस्।