भारत

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Republic of India
Bhārat Gaṇarājya
Horizontal tricolour flag bearing, from top to bottom, deep saffron, white, and green horizontal bands. In the centre of the white band is a navy-blue wheel with 24 spokes. Three lions facing left, right, and toward viewer, atop a frieze containing a galloping horse, a 24-spoke wheel, and an elephant. Underneath is a motto: "सत्यमेव जयते".
आदर्श वाक्य
"Satyameva Jayate" (Sanskrit)
   "Truth Alone Triumphs"[१]
राष्ट्रगान
Jana Gana Mana instrumental.ogg

Jana Gana Mana
   "Thou Art the Ruler of the Minds of All People"[२]
National song:
Vande Mataram.ogg

Vande Mataram
        "I Bow to Thee, Mother"[lower-alpha १][१]
Image of a globe centred on India, with India highlighted.
Area controlled by India is in dark green.
Claimed but uncontrolled regions are in light green.
राजधानी New Delhi
28°36.8′N 77°12.5′E / 28.6133°N 77.2083°E / 28.6133; 77.2083
ठूलो शहर Mumbai
सरकारी भाषा
क्षेत्रीय भाषाहरू
National language(s) none[३]
सरकारको प्रकार federal parliamentary
constitutional republic[१]
 -  राष्ट्रपति प्रतिभा पाटिल
 -  उपराष्ट्रपति मोहम्मद हामीद अन्सारी
 -  Prime Minister Manmohan Singh (INC)
 -  Speaker of the House Meira Kumar (INC)
 -  Chief Justice S. H. Kapadia
व्यवस्थापिका Parliament of India
 -  माथिल्लो सदन Rajya Sabha
 -  तल्लो सदन Lok Sabha
Independence from the United Kingdom 
 -  Declared 15 August 1947 
 -  Republic 26 January 1950 
क्षेत्रफल
 -  जम्मा ३,२८७,२६३ km2 [upper-alpha १](7th)
१,२६९,२१९ sq mi 
 -  पानी (%) 9.56
जनसङ्ख्या
 -  2011 census 1,210,193,422[४] (2nd)
 -  जनघनत्व Expression error: Unrecognised punctuation character "["./km2 (31st)
Expression error: Unrecognised punctuation character "["./sq mi
GDP (PPP) 2011 estimate
 -  जम्मा $4.469 trillion[५] (3rd)
 -  प्रतिव्यक्ति आय $3,703[५] (129th)
GDP (nominal) 2011 estimate
 -  Total $1.843 trillion[५] (10th)
 -  प्रतिव्यक्ति आय $1,527[५] (133rd)
Gini (2004) 36.8[६] (79th)
HDI (2011) 0.547[७] (medium) (134th)
मुद्रा Indian rupee (10px) (INR)
समय क्षेत्र IST (UTC+05:30)
 -  Summer (DST) not observed (UTC+05:30)
Date formats dd-mm-yyyy (AD)
सडक प्रयोग left
ISO 3166 code IN
इन्टरनेट TLD .in
टेलिफोन कोड नं. 91


भारत गणराज्य, पौराणिक जम्बुद्वीप, दक्षिण एशियामा अवस्थित एक देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको समुद्र किनार ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्या के दृष्टिले दोस्रो ठूलो देश भारतको पश्चिममा पाकिस्तान, उत्तर-पूर्वमा चीन, नेपाल, र भुटान अनि पूर्वमा बंगलादेशम्यानमार छन्। हिन्द महासागरमा यसको दक्षिण-पश्चिममा मालद्वीप, दक्षिणमा श्रीलंका र दक्षिण-पूर्वमा इण्डोनेशिया छन्। भारत उत्तर-पश्चिममा अफगानिस्तान सँग सीमाना जोडिएको दावी गर्दछ। यसको उत्तरमा हिमालय पर्वत श्रृखला र दक्षिणमा हिन्द महासागर छन्। पूर्वमा बंगालको खाडी र पश्चिममा अरब सागर छ।

संसारमा भारतको अवस्थिति

भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। गंगा नदी भारतको सबैभन्दा ठूलो नदी हो र भारतीय सभ्यतामा यसलाई निकै पवित्र मानिन्छ। यस देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन्।

भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धति बाट सरकार छानिने देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भएको देश भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिन्छन्।

भारत एक सिन्धु घाटी सभ्यताको भूमि हो। विश्वका चार प्रमुख धर्म: हिन्दू, बौद्ध, जैन तथा शिखको उत्पत्ति भारतमा भएको हो |

भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ। १९४७मा स्वतन्त्रता प्राप्ती भन्दा पहिले ब्रिटिश भारतको रूपमा बेलायती साम्राज्यको प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थक प्रगति हासिल गरेको छ। उक्त प्रगति विशेषत: आर्थिकसैनिक क्षेत्रमा एक क्षेत्रिय शक्तिविश्वव्यापी शक्तिको रूपमा देखिन थालेको छ।

विषयसूची

इतिहास

भारतमा पहिलो मानव बसोबास ९००० वर्ष पहिले भएको विश्वास गरिएको छ। यो नै पछि गएर सिन्धु घाँटीको सभ्यतामा विकसित भयो , जुन २६०० ई.पू.१९०० ई.पू.को बीचमा विकसित अवस्थामा थियो। लगभग १६०० ईसापूर्वमा आर्य भारत आए र उत्तर भारतीय क्षेत्रमा वैदिक सभ्यताको सूत्रपात गरे। यस सभ्यताको स्रोत वेद र पुराण हुन्। यो परम्परा कयौं सताब्दी वर्ष पुरानो छ। यही समय दक्षिण भारतमा द्रविड सभ्यताको विकास भैरह्यो। दुबै जातिले एक अर्काको राम्रो पक्ष अपनाउँदै भारतमा एक मिश्रित संस्कृतिको निर्माण गरे।

५औं शताब्दी ईशापूर्व पछि कैयौं स्वतन्त्र राज्य बने। उत्तरमा मौर्य राजवंश, जिसमा बौद्ध महाराजा अशोक सम्मिलित थिए,ले भारतको सांस्कृतिक पटलमा उल्लेखनीय छाप छोडे। १८० ईसवीको सुरूदेखि, मध्य एशियाबाट कयौं आक्रमण भए, जसको परिणामस्वरूप उत्तरी भारतीय उपमहाद्वीपमा यूनानी, शक, पार्थी तथा अन्त्यमा कुषाण राज्य स्थापित भए | तेस्रो शताब्दी पछिको समय, जुन बेला भारतमा गुप्त वंशको शासन थियो, भारतको "स्वर्णिम काल" मानिन्छ।

तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाईएको मध्य प्रदेशमा अवस्थित साँचीको स्तूप

दक्षिण भारतमा भिन्न-भिन्न समयकालमा कयौं राजवंश चालुक्य, चेर, चोल, पल्लव तथा पांड्य स्थापित भए | विज्ञान, कला, साहित्य, गणित, खगोल शास्त्र, प्राचीन प्राविधिक, धर्म, तथा दर्शन यीनै राजाहरूको शासनकालमा विकशित भए |

१२औं शताब्दीको प्रारंभमा, भारतमा इस्लामी आक्रमण पश्चात, उत्तरी तथा मध्य भारतका अधिकांश भाग दिल्ली सल्तनतको शासनाधीन भयो; र पछि, अधिकांश उपमहाद्वीप मुगल वंशको अधीनमा गयो। दक्षिण भारतमा विजयनगर साम्राज्य शक्तिशाली भएर उदायो। तर, विशेषतः तुलनात्मक रूपमा, संरक्षित दक्षिणमा अनेक राज्य बाँकी रहे अथवा अस्तित्वमा आए।

१७औं शताब्दीको मध्यकालमा पोर्चुगल, नेदरल्याण्ड, फ्रान्स, बेलायत सहित अनेकौं युरोपेली देशहरू, जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए। बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर १८४० सम्म लगभग संपूर्ण देशमा शासन गर्न सफल भयो। १८५७मा ब्रिटिश इस्ट इंडिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन भारतीय स्वतन्त्रताको प्रथम संग्राम बाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै अङ्ग्रेजी शासनको प्रशासनिक नियन्त्रणमा आयो।

कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो।

बीसौं शताब्दीको सुरूमा एक लामो समय सम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी संघर्ष चल्यो, जसको नेतृत्व चन्द्रशेखर आजाद, सरदार भगत सिंह, सुख देव, राज्गुरु, नेताजी सुवासचन्द्र बोस आदिले, जो आधिकारिक रूपमा आधुनिक भारतका राष्ट्रपिताबाट संबोधित गरिन्छन्,ले गरे। यो संघर्ष १५ अगस्ट, १९४७मा सफल भयो जब भारतले अङ्ग्रेजी शासनबाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्‍यो। त्यस पछि २६ जनवरी, १९५०मा भारत एक गणराज्य बन्यो।

एक बहुजातीय तथा बहुधर्मिक राष्ट्र भएको कारण भारत समय-समयमा साम्प्रदायिक तथा जातीय द्वेषको शिकार हुने गर्दछ। क्षेत्रीय तथा जातीय असंतोष र विद्रोह पनि देशका अलग-अलग भागमा भैरहन्छन्। तर यसको धर्मनिरपेक्षता तथा प्रजातन्त्रिक ब्यबस्था केवल १९७५-७७ मा, जब तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकालको घोषणा गरिन्, बाहेक अटुट रहीरहेको छ।

भारतका छिमेकी राष्ट्रहरूको साथ थुप्रै सीमा विवादहरू छन्। यसै कारण यसले बेला बेलामा युद्धको पनि सामना गर्नु परेको छ। सन १९६२मा चीन संग, तथा सन १९४७, १९६५, १९७१ एवम् १९९९मा पाकिस्तान सँग युद्धहरू भैसकेको छ।

भारत असंलग्न आन्दोलन तथा संयुक्त राष्ट्र संघको संस्थापक सदस्य देशहरू मध्येमा एक हो।

सन १९७४मा भारतले आफ्नो पहिलो परमाणु परीक्षण गर्‍यो] त्यसपछि सन १९९८मा ५ अरू परीक्षणहरू गर्‍योा। सन १९९०को दशकमा गरेको आर्थिक उदारीकरणको कारण आज भारत द्रुत गतिमा विकाश गर्ने राष्ट्रहरूको सुचीमा गनिन्छ।

हावापानी तथा भौगोलिक अवस्था

हिमालयले उत्तरमा जम्मू तथा काश्मीर देखि पूर्वमा अरुणाचल प्रदेश सम्म भारतको उत्तरी सीमानाको रूपमा काम गर्दछ।

भारतको धेरैजसो उत्तरी तथा उत्तरपश्चिमी प्रातन्हरू हिमालयको पहाडी भागमा पर्दछ। बाँकी उत्तरी, मध्य र पूर्वी भारत गङ्गाको उर्वर मैदानों बाट बनेको छ। भारतको पश्चिममा थार का मरुभूमी छ जुन पाकिस्तान सम्म फैलिएको छ। दक्षिण भारत लगभग सम्पूर्ण रूपले डेक्कन (दक्खन) पठारले ओगटेको छ। यो पठार पूर्वी घाट र पश्चिमी घाटको बीचमा अवस्थित छ।

भारतमा थुप्रै महत्वपूर्ण तथा ठूला नदीहरू छन् जस्तै : गंगा, ब्रह्मपुत्र, यमुना, गोदावरी र कृष्णा। यी नदीहरूका कारण उत्तर भारतको भूमि कृषिको लागि उर्वर छ।

भारतको भौगोलिक बनावटको विविधता सँगै यसको हावापानीमा पनि निकै भिन्नता छ। दक्षिणमा तटीय तथा गर्मी हावापानी छ भने उत्तरमा ठण्डा हावापानी छ। पूर्वमा अधिक वर्षा हुन्छ भने पश्चिममा सुख्खा मरूभूमी छ। भारतमा वर्षा मुख्य रूपले मानसून हवाको कारणले हुन्छ।

भारतका प्रान्त तथा तिनका राजधानी

चित्र:India political map.png
भारतको राजनैतिक विभाजन

भारतमा २८ प्रान्त तथा ६ केन्द्र शासित संघीय राज्य क्षेत्र यस प्रकार छन्

प्रान्त तथा प्रान्तीय राजधानी (कोष्टकमा राजधानीको नाम)
केन्द्रशासित प्रदेश

† चंडीगढ एक केंद्र शासित प्रान्त र पंजाबहरियाणा राज्यहरूको प्रान्तीय राजधानी दुबै हो।

राष्ट्रिय गीत तथा राष्ट्रिय गान

भारतको राष्ट्रिय गीत जन गण मन गुरुदेव रवीन्द्रनाथ ठाकुरद्वारा लेखिएको हो। र राष्ट्रिय गान वन्दे मातरम बंकिम चंद्र चटर्जीद्वारा लेखिएको हो |

भारतमा बोलीने भाषाहरू

भाषाको मामिलामा भारत विश्वको समृद्ध देशहरू मध्ये एक हो। यहाँ मुख्य रूपमा बोलीने भाषाहरू यस प्रकार छन:


सम्बन्धित -विषयहरू

बाह्य ग्रन्थिय:

यो पनि हेर्नुस


Cite error: <ref> tags exist, but no <references/> tag was found
Cite error: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा