भारत

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
भारत गणराज्य
Flag of India.svg Emblem of India.svg
(भारतको राष्ट्रीय झण्डा) (भारतको निशाना छाप)

राष्ट्रिय मंत्र: "सत्यमेव जयते"(संस्कृत)
सत्य कै जित हुन्छ |

राष्‍ट्रिय पशु बाघ
राष्‍ट्रिय पंक्षी मयूर
राष्‍ट्रिय फूल कमल
आधिकारिक भाषा हिन्दी (भारतीय भाषाहरू)
राजधानी नयाँ दिल्ली
राष्ट्रपति प्रतिभा पाटिल
प्रधानमन्त्री मनमोहन सिंह
Area
 - जम्मा
 - % पानी
सातौं ठूलो


३,२८७,५९० बर्ग कि.मी.


९.५%
जनसंख्या

 - जम्मा (२०००)

 - जनघनत्व
दोश्रो

१,०२९,९९१,१४५

३१३/बर्ग कि.मी.
स्वतन्त्रता दिवस बेलायती उपनिबेशबाट स्वतन्त्र
१५ अगस्त, १९४७
मुद्रा भारतीय रुपया (INR)
समय क्षेत्र UTC +५.३०
राष्‍ट्रिय गीत जन गण मन
राष्‍ट्रिय गान वन्दे मातरम्‌
ईन्टरनेट TLD .in
अन्तर्राष्ट्रिय टेलिफोन कोड ९१

भारत गणराज्य, पौराणिक जम्बुद्वीप, दक्षिण एशिया मा अवस्थित एक देश हो । यो भारतीय उपमहाद्वीप को सबैभन्दा ठूलो देश हो । भारत को समुद्र किनार ७,५१६ किलोमीटर लामो छ । भारत भौगोलिक दृष्टिले विश्व को सातौं ठूलो र जनसँख्या के दृष्टिले दोश्रो ठूलो देश हो | भारतको पश्चिममा पाकिस्तान, उत्तर-पूर्वमा चीन, नेपाल, र भुटान अनि पूर्वमा बांग्लादेशम्यान्मार छन् । हिन्द महासागर मा यसको दक्षिण-पश्चिम मा मालद्वीप, दक्षिणमा श्रीलंका र दक्षिण-पूर्वमा इण्डोनेशिया छन् । भारत उत्तर-पश्चिममा अफगानिस्तान संग सीमाना जोडिएको दावी गर्दछ । यसको उत्तरमा हिमालय पर्वत श्रृखला र दक्षिणमा हिन्द महासागर छन् । पूर्वमा बंगालको खाडी र पश्चिममा अरब सागर छ ।

भारतमा थुप्रै ठूला नदीनालाहरू छन् । गंगा नदी भारतको सबैभन्दा ठूलो नदी हो र भारतीय सभ्यतामा यसलाई निकै पवित्र मानिन्छ । यस देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन् ।

भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन चीन पछिको विश्वको दोश्रो सबैभन्दा धेरै हो । भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतंत्र मानिन्छ । यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलीन्छन् ।

भारत एक प्राचीन सभ्यता को भूमि हो । विश्वका चार प्रमुख धर्म: हिन्दू, बौध, जैन तथा सिख को उत्पत्ती भारतमा भएको हो |

भारत विश्वको दसौं ठूलो अर्थव्यवस्था हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेश्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ । १९४७ मा स्वतन्त्रता भन्दा पहिले ब्रिटिश भारतको रूपमा बेलायती साम्राज्यको प्रमुख अंग भारतले विगत २० वर्ष मा सार्थक प्रगति हासिल गरेको छ । भारतको उक्त प्रगति विशेष रूपमा आर्थिकसैनिक क्षेत्रमा एक क्षेत्रिय शक्तिविश्वव्यापी शक्तिको रूपमा देखिन थालेको छ ।

विषयसूची

[परिवर्तन्] नाम

भारतका दुई आधिकारिक नाम छन् हिन्दीमा भारत र अंग्रेजीमा इन्डिया (India) । इन्डिया नाम को उत्पत्ति सिन्धु नदी को फारसी नाम बाट भएको हो । भारत नाम एक प्राचीन हिन्दू राजा भरत, जसको कथा महाभारतमा उल्लेख छ, को नाम बाट लिईएको हो । एक तेस्रो नाम हिन्दुस्तान (उत्पत्ति फारसी) या हिन्दुहरूको भूमि मुगल काल देखि प्रयोगमा आएको देखिन्छ । मुख्य रूपले मध्यपूर्वका देशहरूमा भारतलाई हिन्दुस्तान भन्ने गर्दछन् ।

मुख्य पृष्ठ : भारतीय इतिहास

[परिवर्तन्] ईतिहास

भारतमा पहिलो मानव स्थाई बसाई ९००० वर्ष भएको मानिन्छ । यो नै पछि गएर सिन्धु घाटीको सभ्यता मा विकसित भयो , जुन २६०० ई.पू.१९०० ई.पू. को बिचमा विकसित अवस्थामा थियो । लगभग १६०० ईसापूर्वमा आर्य भारत आए र उत्तर भारतीय क्षेत्रमा वैदिक सभ्यताको सूत्रपात गरे । यस सभ्यता को स्रोत वेद र पुराण हुन् । यो परम्परा कयौं सताब्दी वर्ष पुरानो छ । यही समय दक्षिण भारत मा द्रविड सभ्यताको विकास भैरह्यो । दुबै जाति ले एक अर्काको राम्रो पक्ष अपनाउँदै भारत मा एक मिश्रित संस्कृति को निर्माण गरे।

५औं शताब्दी ईसा पूर्व पछि कैयौं स्वतन्त्र राज्य बने । उत्तरमा मौर्य राजवंश, जिसमा बौद्ध महाराजा अशोक सम्मिलित थिए, ले भारतको सांस्कृतिक पटलमा उल्लेखनीय छाप छोडे । १८० ईसवीको सुरूदेखि, मध्य एशियाबाट कयौं आक्रमण भए, जसको परिणामस्वरूप उत्तरी भारतीय उपमहाद्वीप मा यूनानी, शक, पार्थी तथा अन्त्यमा कुषाण राज्य स्थापित भए | तेस्रो शताब्दी पछिको समय, जुन बेला भारतमा गुप्त वंशको शासन थियो, भारतको "स्वर्णिम काल" मानिन्छ ।

तेस्रो शताब्दी मा सम्राट अशोक द्वारा बनाईएको मध्य प्रदेशमा अवस्थित साँचीको स्तूप

दक्षिण भारतमा भिन्न-भिन्न समयकालमा कयौं राजवंश चालुक्य, चेर, चोल, पल्लव तथा पांड्य स्थापित भए | विज्ञान, कला, साहित्य, गणित, खगोल शास्त्र, प्राचीन प्रौद्योगिकी, धर्म, तथा दर्शन यीनै राजाहरूको शासनकालमा विकशित भए |

१२औं शताब्दीको प्रारंभमा, भारतमा इस्लामी आक्रमण पश्चात, उत्तरी तथा मध्य भारतका अधिकांश भाग दिल्ली सल्तनतको शासनाधीन भयो; र पछि, अधिकांश उपमहाद्वीप मुगल वंशको अधीनमा गयो । दक्षिण भारतमा विजयनगर साम्राज्य शक्तिशाली भएर उदायो । तर, विशेषतः तुलनात्मक रूपमा, संरक्षित दक्षिणमा अनेक राज्य बाँकी रहे अथवा अस्तित्वमा आए।

१७औं शताब्दीको मध्यकाल मा पोर्चुगल, नेदरल्याण्ड, फ्रान्स, बेलायत सहित अनेकौं युरोपेली देशहरू, जो भारतसंग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए । बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर १८४० सम्म लगभग संपूर्ण देशमा शासन गर्न सफल भयो । १८५७ मा ब्रिटिश इस्ट इंडिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन भारतीय स्वतन्त्रताको प्रथम संग्राम बाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै अंग्रेजी शासनको प्रशासनिक नियंत्रणमा आयो ।

कोणार्क चक्र - १३औं शताब्दी मा बनेको उडीसा को सूर्य मन्दिर मा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो ।

बीसौं शताब्दीको सुरूमा एक लामो समय सम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी संघर्ष चल्यो, जसको नेतृत्व चन्द्रशेखर आजाद, सरदार भगत सिंह, सुख देव, राज्गुरु, नेताजी सुभाष चन्द्र बोस आदिले, जो आधिकारिक रुपमा आधुनिक भारतका राष्ट्रपिताबाट संबोधित गरिन्छन्, ले गरे । यो संघर्ष १५ अगस्त, १९४७ मा सफल भयो जब भारतले अंग्रेजी शासनबाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्यो । त्यस पछि २६ जनवरी, १९५० मा भारत एक गणराज्य बन्यो ।


एक बहुजातीय तथा बहुधर्मिक राष्ट्र भएको कारण भारत समय-समयमा साम्प्रदायिक तथा जातीय द्वेषको शिकार हुने गर्दछ । क्षेत्रीय तथा जातीय असंतोष र विद्रोह पनि देशका अलग-अलग भागमा भैरहन्छन् । तर यसको धर्मनिरपेक्षता तथा प्रजातन्त्रिक ब्यबस्था केवल १९७५-७७ मा, जब तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी ले संकटकालको घोषणा गरिन्, बाहेक अटुट रहीरहेको छ ।

भारतका छिमेकी राष्ट्रहरूको साथ थुप्रै सीमा विवादहरू छन् । यसै कारण यसले बेला बेलामा युद्धको पनि सामना गर्नु परेको छ । सन १९६२ मा चीन संग, तथा सन १९४७, १९६५, १९७१ एवम् १९९९ मा पाकिस्तान संग युद्धहरू भैसकेको छ ।

भारत धर्मनिरपेक्ष आन्दोलन तथा संयुक्त राष्ट्र संघको संस्थापक सदस्य देशहरू मध्येमा एक हो ।

सन १९७४ मा भारतले आफ्नो पहिलो परमाणु परीक्षण गर्‍यो त्यसपछि सन १९९८ मा ५ अरू परीक्षणहरू गर्‍यो । सन १९९० को दशक मा गरेको आर्थिक सुधारीकरणको कारण आज भारत द्रुत गतिमा विकाश गर्ने राष्ट्रहरूको सुचीमा गनिन्छ ।

[परिवर्तन्] हावापानी तथा भौगोलिक अवस्था

हिमालयले उत्तरमा जम्मू तथा काश्मीर देखि पूर्वमा अरुणाचल प्रदेश सम्म भारतको उत्तरी सीमानाको रूपमा काम गर्दछ ।

भारतको धेरैजसो उत्तरी तथा उत्तरपश्चिमी प्रातन्हरू हिमालयको पहाडी भागमा पर्दछ । बाँकी उत्तरी, मध्य र पूर्वी भारत गंगाको उर्वर मैदानों बाट बनेको छ । भारतको पश्चिममा थार का मरुभूमी छ जुन पाकिस्तान सम्म फैलिएको छ । दक्षिण भारत लगभग सम्पूर्ण रूपले डेक्कन (दक्खन) पठारले ओगटेको छ । यो पठार पूर्वी घाट र पश्चिमी घाटको बीचमा अवस्थित छ ।

भारतमा थुप्रै महत्वपूर्ण तथा ठूला नदीहरू छन् जस्तै : गंगा, ब्रह्मपुत्र, यमुना, गोदावरी र कृष्णा । यी नदीहरूका कारण उत्तर भारत को भूमि कृषिको लागि उर्वर छ ।

भारतको भौगोलिक बनावटको विविधता सँगै यसको हावापानीमा पनि निकै भिन्नता छ । दक्षिणमा तटीय तथा गर्मी हावापानी छ भने उत्तरमा ठण्डा हावापानी छ । पूर्वमा अधिक वर्षा हुन्छ भने पश्चिममा सुख्खा मरूभूमी छ । भारतमा वर्षा मुख्य रूपले मानसून हवाको कारणले हुन्छ ।

[परिवर्तन्] भारतका प्रान्त तथा तिनका राजधानी

भारतको राजनैतिक विभाजन

भारतमा २९9 प्रान्त तथा ६ केन्द्र शासित संघीय राज्य क्षेत्र यस प्रकार छन्

[परिवर्तन्] प्रान्तहरू

[परिवर्तन्] केन्द्र शासित संघीय राज्य क्षेत्र

[परिवर्तन्] राष्ट्रिय गीत तथा राष्ट्रिय गान

भारतको राष्ट्रिय गीत जन गण मन गुरुदेव रवीन्द्रनाथ ठाकुरद्वारा लेखिएको हो । र राष्ट्रिय गान वन्दे मातरम बंकिम चंद्र चटर्जीद्वारा लेखिएको हो |

[परिवर्तन्] भाषासूची


[परिवर्तन्] सम्बन्धित -विषयहरु

[परिवर्तन्] बाह्य ग्रन्थिय:

अरु भाषामा