अकबर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यदि यो लेखमा तपाईंको योगदान छ भने यसलाई नेपाली भाषामा उल्था गर्नुहोला।
एक महिनासम्म उल्थानभएमा यसलाई हटाएर नयाँ लेख बनाइने छ ।
अकवर
अकबर युवा अवस्थामा
Flag of the Mughal Empire.png तेस्रो मुगल सम्राट
शासनकाल 27 January 1556 - 25 October 1605
(&0000000000000049000000४९ years, &0000000000000275000000२७५ days)
राज्याभिषेक १४ फेब्रुअरी १५५६
पुर्वाधिकारी: हुमायूँ
उत्तराधिकारी: जहाँगिर
प्रतिनिधी बैराम खान (१५५६-१५६१)
जिवनसाथी: रुकैया सुल्तान बेगम
सलिमा सुल्तान बेगम
मरियम-उज-जमानी
सन्तान
जहाँगिर
मुराद
दनियाल
अन्य ६ छोरीहरू
पुरानाम:
अबउलफत जलाल उद्दिन मोहम्मद अकबर (प्रथम),
वंश तैमुर
बुवा: हुमायूँ
आमा: हमिदा बानु बेगम
जन्म: 14 अक्टोबर 1542
उमेरकोट, सिन्ध
मृत्यु: 27 अक्टोबर 1605 (63वर्ष )
फत्तेहपुर सिक्री, आगरा
चिहान: सिकन्द्रा, आगरा
धर्म: इस्लाम

जलाल उद्दीन मोहम्मद अकबर (جلال الدین محمد اکبر ) (१५ अक्टोबर, १५४२-२७ अक्टोबर, १६०५) तैमूर वंशको मुगल साम्राज्यका तेस्रो शासक थिए।[१] अकबरलाई अकबर-ऐ-आजम (अर्थात अकबर महान), शहंशाह अकबर, महाबली शहंशाहको नामबाट पनि चिनिन्छ।[२] अकबर मुगल साम्राज्यको संस्थापक जहीरुद्दीन मुहम्मद बाबरको नाति र राजा नसिरुद्दीन हुमायूँ तथा रानी हमीदा बानोको छोरा थिए। अकबरको वंश तैमुर थियो र उनको आमा मंगोल राजा चंगेज खाँको वंशकी थिइन। अकबरको शासन कालमा मुगल साम्राज्यमा उत्तरीमध्य भारतको अधिकांश भाग सम्मिलित थिए। मुगल साम्राज्य त्यस समयको सर्वाधिक शक्तिशाली साम्राज्यहरू मध्ये एक थियो।[३] त्यस समयका बादशाहहरूमा अकबर हिन्दूमुसलमान दुइटै धर्मालम्बीहरूले बराबर प्रेम र सम्मान प्राप्त गर्ने एक मात्र राजा थिए। उनले हिन्दू-मुसलमान सम्प्रदाहरूको बीचको दूरीहरू कम गर्नको लागि दीन-ए-इलाही नामक धर्मको स्थापना गरे।[४] उनको दरबार सबैको लागि हर समय खुला रहन्थ्यो। उनको दरबारमा दरबारुयाहरू मुसलमान अपेक्षामा हिन्दु धेरै थिए।

अकबर आफ्नो पिता नसिरुद्दीन मुहम्मद हुमायूँको मृत्यु पश्चात तेह्र वर्षको उमेरमा दिल्लीको राजगद्दीमा बसेका थिए।[५] आफ्नो शासन कालमा उनले शक्तिशाली पश्तून वंशज शेरशाह सूरीको आक्रमणलाई रोक्नुको साथै पानीपतको द्वितीय युद्धमा नवघोषित हिन्दू राजा हेमूलाई पराजित गरेका थिए।[६][७] अकबरलाई आफ्नो साम्राज्यको गठन गर्न तथा उत्तरी र मध्य भारतको सबै क्षेत्रहरूलाई एकछत्र अधिकारमा ल्याउन लगभग दुइ दशक लागेको थियो।


जिवनी[सम्पादन गर्ने]

अकबरको चित्र

नामाकरण[सम्पादन गर्ने]

अकबरको जन्म पूर्णिमाको दिन भएको थियो यस कारण उनको नाम बदरुद्दीन मोहम्मद अकबर रखिएको थियो। यहाँ बद्रको अर्थ पूर्ण चन्द्रमा हुन्छ र अकबर उनको हजुरबुबा शेख अली अकबर जामीको नामबाट लिइएको थियो। काबुलमा विजय प्राप्त भए पछि उनको पिता हुमायूँले नराम्रो द्ष्टीबाट बचाउनको लागि अकबरको जन्म तिथि तथा नाम बदलीएका थिए भन्ने भनाई छ। [८] किम्वदन्ती अनुसार भारतको जनताले उनलाई सफल एवं कुशल शासनको लागि अकबर नामबाट सम्मानित गरेका थिए। अरबी भाषामा अकबर शब्दको अर्थ "विशाल" वा ठूलो हुन्छ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

अकबर एक मुसलमानी थिए तर पनि अन्य धर्म एवं सम्प्रदायहरूका लागि पनि उनको मनमा आदर थियो। अकबरले आफ्नो पूर्वजहरू भन्दा अलग भएर धेरै हिन्दु राजकुमारीहरूसँग विवाह गरे। यसका वाहेक अकबरले हिन्दुहरूलाई राज्यका विभिन्न ठूला पदभार दिएका थिए।

अकबरका नवरत्नहरू[सम्पादन गर्ने]

बीरबल

निरक्षर भए पनि अकबरलाई कलाकारहरू एवं बुद्धिजीवीहरूसँग विशेष प्रेम थियो। उनको यसै प्रेमका कारण अकबरका दरबारमा नौ जना गुणवान दरबारियाहरू थिए जसलाई अकबरका नवरत्नको नामबाट पनि चिनिन्छ।[९]

  • बीरबल (१५२८ - १५८३)- यि दरबारका विदूषक र अकबरका सल्लाहकार थिए। यिनी धेरै बुद्धिमान थिए।
  • अबुल फजल (१५५१ - १६०२ )- उनले अकबरको समयलाई लिपिबद्ध गरेको थिए। उनले अकबरनामाआइन-ए-अकबरी पनि रचना गरेका थिए।
  • फैजी (१५४७ - १५९५)-यि अबुल फजलको भाइ थिए। उनी फारसीमा कविता लेख्दथे। राजा अकबरले उनलाई आफ्नो छोराको गणित शिक्षकको पदमा नियुक्त गरेका थिए।
  • मिंया तानसेन- यि अकबरका दरबारमा गायक थिए। उनी कविता पनि लेख्ने गर्दथे।
  • टोडरमल- यि अकबरको अर्थ मन्त्री थिए। उनले विश्वको प्रथम भूमीको लेखा जोखा एवं मापन प्रणाली तयार गरेका थिए।
  • राजा मान सिंह- उनी आम्बेर (जयपुर)को कच्छवाहा राजपूत राजा थिए। उनी अकबरको सेनाको प्रधान सेनापति थिए। उनको बहिनी जोधाबाई अकबरकी रानी थिइन।
  • अब्दुल रहीम खान-ऐ-खाना- यि एक कवि तथा अकबरका संरक्षक बैरम खानको छोरा थिए।
  • फकीर अजिउद्दिन- अकबरको सल्लाहकार थिए।
  • मुल्लाह दुइ पिअजा- अकबरको सल्लाहकार थिए।

चलचित्र तथा साहित्यमा[सम्पादन गर्ने]

अकबरको व्यक्तित्व बहुचर्चित रहेको छ। भारतीय साहित्य तथा सिनेमाहरूले उनको जिवनी सम्बन्धि अकबरबाट प्रेरित धेरै पात्र रचेका छन्।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "तिमुरिड डायनेस्टी" 
  2. "जलाल-उद-दीन मोहम्मद अकबर बायोग्राफी" 
  3. "एक्स्टैण्ट अफ एम्पायर" 
  4. Cite error: Invalid <ref> tag; no text was provided for refs named .E0.A4.85.E0.A4.95.E0.A4.AC.E0.A4.B0_.E0.A4.AE.E0.A4.B9.E0.A4.BE.E0.A4.A8
  5. "द नाइन जेम्स अफ अकबर" 
  6. फज्ल, अबुल, अकबरनामा, खण्ड २ 
  7. प्रसाद, ईश्वरी (१९७०), द लाइफ एण्ड टाइम्स अफ हुमायूँ, <http://scholar.google.com/scholar?q=Ishwari%20Prasad%20life%20and%20times%20of%20humayun&hl=en&lr=&oi=scholart> 
  8. हायल्याण्ड, जे.एस; बैनर्जी एस.एन (१९९६), कमेन्ट्री अफ फादर मन्सर्रेट, एस.जे: अन हिज जर्नी टू द कोर्ट अफ अकबर, एशियन एड्युकेशनल सर्विसेज, p. ५७, ISBN ८१२०६०८०७० 
  9. अकबरका नवरत्न।ब्रज डिस्कवरी
  10. द एन्चान्ट्रेस अफ फ्लोरेन्स

बाहिरी कडीहरू[सम्पादन गर्ने]


अकबर
Born: १५ अक्टोबर १५४२ Died: २७ अक्टोबर १६०५
Regnal titles
पूर्वाधिकारीको नाम
हुमायूँ
मुगल सम्राट
१५५६-१६०५
उत्तराधिकारीको नाम
जहाँगिर