मङ्गोलिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Monggol ulus.svg
Mongγol ulus
Монгол улс
Mongol uls
Mongolia
Flag of Mongolia Emblem of Mongolia
राष्ट्रगान"Монгол улсын төрийн дуулал"
National anthem of Mongolia
Location of Mongolia
राजधानी
(and largest city)
Ulan Bator
47°55′N 106°53′E / 47.917°N 106.883°E / 47.917; 106.883
राष्ट्र भाषा Mongolian
Demonym Mongolian[१]
सरकार Parliamentary republic
 -  President Tsakhiagiin Elbegdorj
 -  Prime Minister Sükhbaataryn Batbold
Formation
 -  Formation of the Hunnic Empire 209 BC 
 -  Formation of the Mongol Empire 1206 
 -  Independence declared (from Qing Dynasty) December 29, 1911 
क्षेत्रफल
 -  जम्मा १,५६४,११५.७५ वर्ग किलोमिटर (19th)
६०३,९०९ वर्ग माइल 
 -  जल (%) 0.43[२]
जनसङ्ख्या
 -  2010 census 2,754,685[३] 
 -  घनत्व 1.76 प्रति वर्ग किलोमिटर(236th)
५.०३ प्रति वर्ग माइल
कुल गार्हस्थ उत्पादन(GDP) (PPP) 2010 estimate
 -  Total $11.018 billion[४] 
 -  Per capita $4,006[४] 
GDP (nominal) 2010 estimate
 -  Total $6.125 billion[४] 
 -  Per capita $2,227[४] 
Gini (2002) 32.8 (medium
HDI (2010) 0.622[५] (medium) (100th)
मुद्रा Tögrög (MNT)
समय क्षेत्र (UTC+7 to +8[६][७][८])
ईन्टरनेट टिडिएल .mn
टेलिफोन कोड +976

मङ्गोलिया चीनको उत्तर र रुशको दक्षिणमा अवस्थित एक भूपरिवेष्ठित रास्ट्र हो। यसको राजधानी उलानबटोर हो।

Deer stones in Mongolia

विषयसूची

[सम्पादन गर्ने] जनसंख्या

उलानबटोरका परिवारिक बासस्थानहरू
बस्ती

यसको जनसंख्या २८ लाख छ ।

[सम्पादन गर्ने] इतिहास

इस्वि १३औ सताब्दीको मङ्गोलिया .

मङ्गोल साम्राज्य सन् १२०६ मा चंगेज खाँले स्थापना गरेका थिए । मङ्गोलियामा चीनले दुई सय वर्ष शासन गर्‍यो भने पूर्वसोभियत संघले यसलाई ७० वर्ष नियन्त्रणमा लियो । यसले सन् १९११ मा चीनबाट स्वतन्त्रताको घोषणा गरे पनि पूर्ण स्वतन्त्रता भने सन् १९२१ मा मात्र पाएको हो । तर, यसले विश्व समुदायबाट छुट्टै मुलुकका रूपमा सन् १९४५ मा मात्र मान्यता पाएको थियो । तर, सन् १९२४ देखि मङ्गोलिया पुनः सोभियत संघको नियन्त्रण -प्रभाव) मा गयो । सन् १९८९ मा सोभियत संघ विघटन भएपछि सन् १९९० मा मङ्गोलियामा पनि लोकतान्त्रिक आन्दोलन भयो । सन् १९९२ मा नयाँ लोकतान्त्रिक संविधान बनेपछि मङ्गोलिया संसदीय व्यवस्था र उदार अर्थतन्त्रको युगमा प्रवेश गर्‍यो ।

[सम्पादन गर्ने] भूगोल

मङ्गोलियाको दक्षिण, पूर्व र पश्चिममा चीन र उत्तरमा रुस छ । मङ्गोलिया क्षेत्रफलका दृष्टिले काजकस्तानपछि दोस्रो ठूलो भूपरिवेष्ठित मुलुक हो। मङ्गोलियाको राजधानी उलान बटोर विश्वमा सबैभन्दा बढी चिसो हुने राजधानी मानिन्छ । हिउँदमा यहाँको तापक्रम ऋणात्मक ४० डिग्री सेल्सियससम्म झर्छ । एसियाको सबैभन्दा ठूलो गोवी मरुभूमि मङ्गोलियाको दक्षिणमा पर्छ । चीनको राजधानी बेइजिङ मङ्गोलयाको दक्षिणी सिमानाभन्दा तीन सय ४० माइल दक्षिणमा पर्छ । त्यसैले, मङ्गोलिया तथा अन्य लुटेराबाट बेइजिङलाई जोगाउन चीनले आफ्नो उत्तरी सिमानामा विश्वको सात आश्चर्यमध्येको एक आश्चर्य आठ हजार आठ सय एकाउन्न दशमलम आठ किमि लामो ग्रेटवाल कैयौँ पुस्ता लगाएर निर्माण गरेको हो ।

[सम्पादन गर्ने] राज्यनीति

मङ्गोलिया दुई दशकअघि लोकतन्त्रमा प्रवेश गरेपछि यसले संसदीय व्यवस्थाको सशक्त अभ्यास गरिरहेको छ । लोकतन्त्रसँगै मङ्गोलियाले उदार आर्थिक नीति पनि अनुसरण गरेकाले त्यसबाट निजी क्षेत्रको आर्थिक गतिविधि केही वर्षदेखि निकै फस्टाएको छ । यहाँ औसतमा प्रतिव्यक्ति १६ पशु छन् ।मङ्गोलिया सरकारले सन् २००८ देखि यहाँका प्रत्येक नागरिकलाई प्रतिमहिना १७ अमेरिकी डलर -नेपालीमा करिब १,२२५ रुपैयाँ) निर्वाह भत्ताका रूपमा दिने गरेको छ । लोकतन्त्रसँगै मङ्गोलियाले उदार आर्थिक नीति पनि अनुसरण गरेकाले त्यसबाट निजी क्षेत्रको आर्थिक गतिविधि केही वर्षदेखि निकै फस्टाएको छ । यहाँ विदेशी लगानी पनि उत्तिकै उत्साहजनक ढंगले आइरहेको छ । परिणामस्वरूप मङ्गोलियामा धेरै वर्षदेखि वाषिर्क ९/१० प्रतिशतको उच्च दरमा आर्थिक वृद्धि भइरहेको छ । र, प्रतिव्यक्ति आय एक हजार सात सय अमेरिकी डलर पुगिसकेको छ । यहाँका तेल, कोइला, तामा, सुन, युरेनियम आदि खानी सञ्चालनमा आएपछि मङ्गोलियाको आर्थिक समृद्धि चामत्कारिक ढंगले बढ्ने विश्वास गरिएको छ ।

[सम्पादन गर्ने] अर्थतन्त्र

मङ्गोलियालाई विभिन्न ८० किसिमका बहुमूल्य वस्तुको खानीको भण्डार मानिन्छ, जसमा सुन, युरेनियम, तामा, कोइला, तेल आदि प्रमुख छन् । यहाँ विश्वमै सबैभन्दा बढी कोइला, तामा र सुनको भण्डार भएको विश्वास गरिएको छ । मङ्गोलियामा चार करोड ६० लाख अउन्स सुन र चार करोड टन तामाको भण्डार भएको अनुमान गरिएको छ । सन् २००९ मा क्यानडा र अस्ट्रेलियाका कम्पनीलाई सन् २०१२ सम्ममा सञ्चालनमा ल्याउनेगरी चार अर्ब अमेरिकी डलरमा तामा र सुन खानी सञ्चालन गर्न ठेक्का दिइएको छ ।

[सम्पादन गर्ने] धर्म

मङ्गोलियाको प्रमुख धर्म तिब्बती शैलीको बौद्ध धर्म हो ।

[सम्पादन गर्ने] जीवनशैली

चित्र:Oirat Caravan.jpg
गाडामा घुमन्ते ब्यापर
घुमन्तेहरू

मङ्गोलियाको २८ लाख जनसंख्यामा झन्डै ३० प्रतिशतले अझै पनि घुमन्ते जीवन बिताइरहेका छन् । मङ्गोलियामा खेतीयोग्य जमिन अत्यन्त सीमित भएकाले यहाँको जीविकोपार्जनको प्रमुख माध्यम पशुपालन हो । त्यसैले यहाँ पशुको संख्या अत्यधिक छ ।विगतदेखि अहिलेसम्म पहिले पूर्वसोभियत संघबाट र अहिले रुसबाट अत्यन्त सस्तो मूल्यमा पर्याप्त परिमाणमा भोड्का आउने गरेकाले यहाँका मानिसमा अत्यधिक मदिरा सेवन गर्ने लत बसेको छ । मङ्गोलियाका २५ प्रतिशत पुरुष छुट्नै नसक्नेगरी मदिरा सेवनको लतमा फसेको अनुमान गरिन्छ । मङ्गोलियामा कफीभन्दा भोड्का सस्तो मूल्यमा पाइन्छ ।

मङ्गोलियाको साक्षरता अनुपात विकसित मुलुकहरूको जत्तिकै ९८ प्रतिशत छ ।यति थोरै जनसंख्याका लागि मङ्गोलियामा एक सय ५१ वटा विश्वविद्यालय छन् र तिनमा अध्ययन गर्ने विद्यार्थीमा ७० प्रतिशत महिला छन् ।यसले गर्दा राजधानी उलान बटोरमा मात्र २२ वटा दैनिक अखबार निस्कन्छन् भने २१ वटा टेलिभिजन न्युज च्यानल छन् । [९]

[सम्पादन गर्ने] अरु सम्बन्धित विषयहरु

[सम्पादन गर्ने] रिफरेन्स

[सम्पादन गर्ने] बाहिरी लिन्कहरु

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा