सिन्ध

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सिन्ध
Flag of Sindh Province.png
Pk)sind.gif
झण्डा
निस़ाना छाप
राजधानी: कराची
क्षेत्रफल: 140,914 km²
जनसंख्या: 49,978,000
Sindh in Pakistan (claims hatched).svg Mohenjodaro Sindh.jpeg
सिन्ध

सिन्ध पाकिस्तान को चार प्रान्तहरु मध्ये एक हो। यो देशको दक्षिण-पूर्वमा बसेको छ जसको दक्षिणमा अरबको खाड़ी छ। सिन्धको सबभन्दा ठूलो सहर कराँची हो र यहाँ देशको १५ प्रतिशत जनता बसोबास गर्दछन। यो सिन्धीहरुको मूल स्थान हो साथै यहाँ विभाजनको बेला आएर बसेका मोहाजिरहरोको पनि बहुतायात छ।

[सम्पादन गर्ने] नाम

सिन्ध संस्कृतको शब्द सिंधु बाट बनेको हो जसको अर्थ हुन्छ समुद्र। सिंधु नामको एक नदी पनि छ जो यस प्रदेशको लगभग बीच भाग भएर बहन्छ। फ़ारसी स लाई ह को सरह उच्चारण गर्दथे। उदाहरणार्थ दस को दहा वा सप्ताहलाई हफ़्ता (यहाँ भनाईको अर्थ यो होईन कि यो संस्कृत शब्दको फ़ारसी रूप थिए तर त्यसको मूल एकै थियो होला)। अतः उनीहरु यसलाई हिन्द भन्दथे। असीरियाई स्रोतहरुमा सातवीं सदी ईसा पूर्वमा यसलाई सिंदा नामबाट द्योतित गरिएको छ। यहा

[सम्पादन गर्ने] इतिहास

Raja dahir

ईसाको ३३०० वर्ष पहिले देखी ईसापूर्व १९०० सम्म यहाँ सिंधु घाटी सभ्यता फल्यो-फूल्यो। सिंधु घाटी सभ्यता अपने समकालीन ईजिप्ट था मेसोपोटामिया सँग व्यापार गर्दथ्यो। ईजिप्टमा कपासको लागी सिन्ध शब्दको प्रयोग हुदथ्यो जसबाट अनुमान लगाउन सकिन्छ कि त्यहा कपास यहींबाट आयात गरिन्थ्यो। ईसाको १९०० वर्ष पहिले देखी सिंधु घाटी सभ्यता अनिर्णीत कारणहरुबाट समाप्त भयो। यसको लिपिलाई पनि अहिलेसम्म पढ्न सकिएको छैन जसबाट यसको मूल निवासीहरुको बारेमा धेरै थाहा हुन पाएको छैन।

ईसाको १५०० साल पहिले भारतीय (तथा ईरानी) क्षेत्रमा आर्यहरुको अगमन आरंभ भ्यो। आर्य भारतको धेरै भागहरुमा बसे। ईरानमा पनि आर्यहरुको बस्तियाँ फैलिन थाल्यो। भारतीय स्रोतहरुमा सिन्धको नाम सिंध, सिंधु, सिंधुदेश तथा सिंधुस्थान जस्ता शब्दको रूपमा भएको छ। ईसाको ५०० साल पहिले यहाँ ईरान को हख़ामनी शासकको अधिकार भयो। यो घटना इस्लाम को आगमनदेखी करिव १००० साल पहिलेको हो। फ़ारस, अर्थात आजको ईरान, तर यूनानको सिकंदर को अधिकार भएपछी सन् ३२८ ईसापूर्वमा यो यवनहरुको शासनमा आयो। ईसापूर्व ३०५ मा मौर्य साम्राज्य को अंग भएपछी यो ईसापूर्व १८५ बाट करीब सय वर्षसम्म ग्रेको-बैक्टि्रयन शासनमा रह्यो। यसपछी गुप्त र फेरी अरबहरुको शासनमा आयो। मुगलहरुको अधिकार सोर्हौ शताब्दीमा भयो। यो ब्रिटिश भारत को पनि अंग थियो।

[सम्पादन गर्ने] सिन्धको जिल्लाहरु

ढाँचा:पाकिस्तानको राज्य

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा