सिन्ध
यो सम्पूर्ण पृष्ठ वा यसको केहि अंश नेपालीमा नभएर हिन्दी भाषामा लेखिएकोछ। तपाईं यसको अनुवाद गरेर विकिपीडियालाई सहायता गर्न सक्नुहुन्छ। ![]()
| सिन्ध | ||
|
|
|
|
| राजधानी: | कराची | |
| क्षेत्रफल: | 140,914 km² | |
| जनसंख्या: | 49,978,000 | |
सिन्ध पाकिस्तानको चार प्रान्तहरू मध्ये एक हो। यो देशको दक्षिण-पूर्वमा बसेको छ जसको दक्षिणमा अरबको खाड़ी छ। सिन्धको सबभन्दा ठूलो सहर कराँची हो र यहाँ देशको १५ प्रतिशत जनता बसोबास गर्दछन। यो सिन्धीहरूको मूल स्थान हो साथै यहाँ विभाजनको बेला आएर बसेका मोहाजिरहरोको पनि बहुतायात छ।
नाम [सम्पादन गर्ने]
सिन्ध संस्कृतको शब्द सिंधु बाट बनेको हो जसको अर्थ हुन्छ समुद्र। सिंधु नामको एक नदी पनि छ जो यस प्रदेशको लगभग बीच भाग भएर बहन्छ। फ़ारसी स लाई हको सरह उच्चारण गर्दथे। उदाहरणार्थ दसको दहा वा सप्ताहलाई हफ़्ता (यहाँ भनाईको अर्थ यो होईन कि यो संस्कृत शब्दको फ़ारसी रूप थिए तर त्यसको मूल एकै थियो होला)। अतः उनीहरू यसलाई हिन्द भन्दथे। असीरियाई स्रोतहरूमा सातवीं सदी ईसा पूर्वमा यसलाई सिंदा नामबाट द्योतित गरिएको छ। यहा
इतिहास [सम्पादन गर्ने]
ईसाको ३३०० वर्ष पहिले देखी ईसापूर्व १९०० सम्म यहाँ सिंधु घाटी सभ्यता फल्यो-फूल्यो। सिंधु घाटी सभ्यता अपने समकालीन ईजिप्ट था मेसोपोटामिया सँग व्यापार गर्दथ्यो। ईजिप्टमा कपासको लागी सिन्ध शब्दको प्रयोग हुदथ्यो जसबाट अनुमान लगाउन सकिन्छ कि त्यहा कपास यहींबाट आयात गरिन्थ्यो। ईसाको १९०० वर्ष पहिले देखी सिंधु घाटी सभ्यता अनिर्णीत कारणहरूबाट समाप्त भयो। यसको लिपिलाई पनि अहिलेसम्म पढ्न सकिएको छैन जसबाट यसको मूल निवासीहरूको बारेमा धेरै थाहा हुन पाएको छैन।
ईसाको १५०० साल पहिले भारतीय (तथा ईरानी) क्षेत्रमा आर्यहरूको अगमन आरंभ भ्यो। आर्य भारतको धेरै भागहरूमा बसे। ईरानमा पनि आर्यहरूको बस्तियाँ फैलिन थाल्यो। भारतीय स्रोतहरूमा सिन्धको नाम सिंध, सिंधु, सिंधुदेश तथा सिंधुस्थान जस्ता शब्दको रूपमा भएको छ। ईसाको ५०० साल पहिले यहाँ ईरानको हख़ामनी शासकको अधिकार भयो। यो घटना इस्लामको आगमनदेखी करिव १००० साल पहिलेको हो। फ़ारस, अर्थात आजको ईरान, तर यूनानको सिकंदरको अधिकार भएपछी सन् ३२८ ईसापूर्वमा यो यवनहरूको शासनमा आयो। ईसापूर्व ३०५मा मौर्य साम्राज्यको अंग भएपछी यो ईसापूर्व १८५ बाट करीब सय वर्षसम्म ग्रेको-बैक्टि्रयन शासनमा रह्यो। यसपछी गुप्त र फेरी अरबहरूको शासनमा आयो। मुगलहरूको अधिकार सोर्हौ शताब्दीमा भयो। यो ब्रिटिश भारतको पनि अंग थियो।