कराची

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कराची
ڪراچي
—  महानगरपालिका  —
घडीको दिशामा माथि देखि: कराची स्काइलाइन, कराची, टावर, कराची बजार, मनोरा प्रकाशघर, नगण तथा जिन्नाह स्तम्भ.
उपनाम(हरू): पाकिस्तानको द्वार, मिनी पाकिस्तान तथा सिन्धको राजधानी
कराची is located in Pakistan
कराची
पाकिस्तानमा रहेको कराची शहर
निर्देशांक: 24°51′36″N 67°0′36″E / 24.86, 67.01}
देश  पाकिस्तान
प्रान्त सिन्ध
महानगरपालिका क्षेत्र २०११
नगर परिषद शहर परिसर, गुलसन-ए-एकबाल शहर
जिल्लाहरु [२]
सरकार[२]
 - प्रकार महानगरपालिका
 - शहर प्रशाशक हुसैन सैयद[३]
 - नगर प्रमुख मतानत अली खान[४]
क्षेत्रफल[५]
 - जम्मा ३,५२७ किमी (१,३६१.८ वर्ग मी)
अवनति ८ मी (२६ फिट)
जनसङ्ख्या (२०१३)
 - जम्मा २,३५,००,०००[१]
 - स्तर प्रथम (पाकिस्तान), तेश्रो (विश्व)
मूलबासी नाम कराचीटि
समय क्षेत्र पिएसटि (युटिसी+०५:००)
पोस्टल कोड
डायालिंग कोड +९२२१-XXXX XXXX
वेबसाइट kmc.gos.pk

कराची पाकिस्तानको सबैभन्दा ठुलो शहर हो र सिन्ध प्रान्तको राजधानी पनि हो । यो शहर अरब सागरको तटमा रहेको छ तथा पाकिस्तानको सबैभन्दा ठुलो बन्दरगाह पनि हो । यसको उपनगरहरु मिलाइयो भने यो बिश्वको तेश्रो सबैभन्दा ठुलो शहर हो । यो शहर ३५२७ वर्ग किलोमीटरमा फैलिएको छ र करीब २.११ करोड मानिसको बसोबास क्षेत्र हो । यहाँको निवासी यस शहरको चमकको कारणले यस शहरलाई प्रकाशको शहर तथा कैद-ए-आजम जिन्नाको निवास स्थान भएको हुनाले यस शहरलाई शहर-ए-कैद पनि भनेर चिनिन्छ । जिन्‍नाहको जन्‍मस्‍थलको लागि प्रसिद्ध कराची पाकिस्‍तानको सिंध प्रान्तको राजधानी हो । कराचीलाई पाकिस्‍तानको सांस्‍कृतिक, आर्थिक र शैक्षिक राजधानी मानिने गरेको छ । यो शहर पाकिस्‍तान आउने सबै पर्यटकहरु माझ लोकप्रिय रहेको छ । पर्यटकहरु यस शहरमा समुन्द्र तट ,संघ्राहालय तथा मस्जिद हेरेर रमाउने गरेका छन् ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]