ब्रह्मपुत्र नदी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
शुक्लेश्वर घाटबाट खिंचेको ब्रह्मपुत्रको तस्वीर फोटो

ब्रह्मपुत्र (असमिया - ব্ৰহ্মপুত্ৰ, बांग्ला - ব্রহ্মপুত্র) एसिया महादेशका ठूला नदीहरु मध्येको एउटा हो। यो नदी तिब्बत, भारत तथा बंगलादेश हुँदै बग्छ। ब्रह्मपुत्र का उद्गमस्थल (चीन)को स्वायत्त शासित प्रदेश तिब्बतको दक्षिण-पश्चिम क्षेत्रमा मानसरोवर निकट चेमायुंग दुंग नामक हिमवाहबाट भएको हो, तिब्बतमा यसलाई यार्लुंग छंग्पो(सांग्पो) नदी भनिन्छ । यो नदी भारतको अरुणाचल प्रदेशमा डिहांग(दिहांग) नामले जानिन्छ र आसाम राज्यमा ब्रह्मपुत्र नामले। बंगलादेश पुगेपछि यसलाई जमुना भनिन्छ। यस नदीले २९०० कि.मी. लामो यात्रा तय गर्दछ र यसको पथमा पर्ने सम्पूर्ण क्षेत्रहरुलाई सिंचाई, विद्युत् उत्पादन, यातायात, पेयजल, निर्माण सामाग्रीहरु( ढुंगा, बालुवा आदि) प्रदान गर्ने एक मात्र नदी हो। यो नदी बांगलादेशमा पुगेपछि गंगा नदीको मूल शाखा पद्मासित मिलेर बंगालको खाडीमा गएर टुङ्गिन्छ। संस्कृत मा ब्रह्मपुत्रको शाब्दिक अर्थ ब्रह्माको पुत्र हुन्छ ।