चीन

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

चीन संसार कै तेश्रो ठुलो (रूस र क्यानडा पछि) एसियाको सबै भन्दा ठुलो राष्ट्र हो । यो राष्ट्र नेपालको उत्तरको छिमेकी र अत्यान्त घनिष्ठ मित्र देश पनि हो । यस देशलाई जनवादी गणतन्त्र चीन भनिन्छ । तर सामन्यताया नेपालीमा चीन भनेर चीनिन्छ । आम रूपमा हाल गणतन्त्र चिन भनेर चिनीने ताइवान समेतका सबैभाग बुझाएर नेपालीमा चीन भन्ने बुझिन्छ । जनवादी गणतन्त्र चीन विश्वमै सबैभन्दा बढी जनसंख्या भएको देश हो । यसको जनसंख्या एक अर्व ३० करोड जती रहेको छ । जुन विश्वकै पांचभागको एक भाग भन्दा केही कम रहेको छ । चीनको राजधानी बेजीगं हो । १९४९ मा मावत्सेतुंग को नेतृत्वमा भएको चिनिया क्रान्ती पछी हाल यहा चिनीया कम्युनिष्ट पार्टीले एकदलीय प्रकारको शासन चलाइ रहेको छ । तर कम्युनिस्टहरूको विजय संगै भागेर ताइवान टापुमा पुगेका कुवोमिन्तागं जसलाई पश्चिमा विश्वले सहयोग गरीरहेको छ । यिनिहरुसंग चिनले लामो समयदेखी विवादको सामना गरी रहनुपरेको छ ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पांचमध्ये एक स्थायी सदस्य राष्ट्र चीन आणवीक शक्ती संपन्न राष्ट्र हो। अत्यान्त द्रुत गतीमा आर्थिक विकास गरीरहेको चीनलाइ उदयमान माहशक्ती मानीन्छ । यो देशको ग्राहस्थ उत्पादन प्रतिवर्ष १० प्रतिसत भन्दा छिटो बढीरहेको छ, जुन संसारकै लागी आश्चर्य भएको छ । द्रुत आर्थिक बिकास गरीरहेको चिन त्यही गतीमा आर्थिक माहशक्तीमा रूपान्तरण भइरहेको छ । यस देशले सन २००६ मा इटालीलाई नाघेर ६ नं तथा सन २००७ मा फ्रान्स तथा बेलायतलाई नाघेर आफुलाइ विश्वको ४ नं.को ठुलो अर्थतन्त्रको रूपमा उभ्याएको छ । हाल चीन भन्दा अगाडी जर्मनी, जापानअमेरीका मात्र रहेका छन । चिन संसारकै फलाम,कंक्रिट तथा पेट्रोलीयम पदार्थको ब्यापारको मुख्य खेलाडी हो ।


विषयसूची

[परिवर्तन्] जनसंख्या

एक अर्व ३० करोडको हारा हारीमा जनसंख्यापुगेको बिशाल राष्ट्र चीनले जनसंख्या नियन्त्रणमा कडाइ गरेको छ । हामी दुई हाम्रो एक भन्ने सिदान्तलाई अंगिकार गरी दम्पतीलाइ एकमात्र बच्चा पाउन प्रोत्साहन गरिएको छ । एक मात्र बच्चाको दायित्व राष्ट्रले लिने ब्यवस्था गरिएको छ ।

[परिवर्तन्] इतिहास

[परिवर्तन्] भूगोल

[परिवर्तन्] राज्यनीति

चीन २२ प्रान्त ४ स्वशासित क्षेत्र तथा दुई विशेष प्रशासकिय क्षेत्र (हंगकंग, मकाउ) तथा चार केन्द्रीय माहानगरपालीकामा बडिएको छ । चिनका २२ प्रान्त हरू

चिनका स्वशासित

विशेष प्रसासकिय क्षेत्र

केन्द्रीय चार माहानगर

[परिवर्तन्] अर्थतन्त्र

चीनको अर्थतन्त्र राज्य नियन्त्रीत अर्थतन्त्र नै हो । तर १९८२ तिर देखी देगं स्याव पिगंले सुरू गर्नुभएको आर्थिक उदारिकरण ले चीनमा जमीन खरिद बिक्री साना तथा मध्यम उद्योगको विकास तथा द्रुततर आर्थिक बिकास का साथै बहुराष्ट्रिय कंपनीहरूको अथाह संम्पती चीन भित्रयाउन तथा त्यसको प्रतिफल लिन स्थायी सुरक्षा ब्यावस्था र राजनितीक स्थायित्व भएको देश चिन सफल भएको छ ।

[परिवर्तन्] धर्म

बुद्ध,कन्फुसियसतावो चीनका मुख्य धर्म हुन र पश्क्षिमी थोरै क्षेत्र तथा पुर्वको हाइनान टापुमा समेत केही मुसलमान हरूको बसोबास पाइन्छ ।

[परिवर्तन्] जीवनशैली

चिनिया हरू सांस्कृतीय रूपमा अत्यान्त संपन्न छन हाल बढदैगएको बजारीकरणको प्रभाव चिनिया समाजमा पनि पाइन्छ ।

[परिवर्तन्] अरु संबन्धित विषयहरु

नेपाल चीन संबध नेपाल र चीन वीच प्राग-ऐतिहासीक काल देखी रहेको पाइन्छ । जनस्तरमा १५०० बर्ष भन्दा अगाडी देखी एक अर्काको सिमाना नाघेको भेटीन्छ । ४०६ एडी मा लुम्बिनी भ्रमण गर्ने बुद्ध भिछु फाहियान लाई विर्सन हुदैन। त्यस्तै बेला तिर नेपाली भिछु बुद्धभद्रले पनि चीनको भ्रमण गरे । हु वान स्यागंको जो एक चिनीया यात्री थिए जसले लुम्बिनी तथा काठमाण्डौ उपत्यकाको समेत भ्रमण गरेका थिए उनको यत्रावर्णन नेपालको इतिहासका कालखण्डको बयान गर्ने एक आधार भएको छ ।

नेपाली राजा अंशुवर्माकी छोरी राजकुमारी भृकुटीको चिनीया राजा स्रंग चंग गम्पो संग गरिएको थियो । उनले तिब्बतमा बुद्ध धर्मको प्रचारमा निकै ठुलो योगदान गरिन त्यसपछी नेपाली कलाकार अरनिको ले पहिले तिब्बत र पछी बेजीग सम्म मन्दीर बनाउन पुगेका थिए बेजीगंमा हाल सम्म रहेको सेतो प्यागोडा अरनिकोले बनाएका थिए । जुन नेपाल र चिन संबधको कोशेढुगो भएर बसीरहेको छ ।


पंचशिलका आधारमा १९५५ को अगस्ट एक मा नेपाल र चीन वीच औपचारिक दौत्यसंबधको स्थापना पछी नेपाल र संबधमा नया आयाम थिपियो । जनस्तरमा विकसीत संबधका साथै उच्च स्तरमा भएका अनगिन्ति भ्रमण भए राजा महेन्द्र, राजा बीरेन्द्र तथा राजा ज्ञानेन्द्र राष्ट्रप्रमुखको रूपमा तथा प्रधानमन्त्रीहरू टंक प्रसाद आर्चाय, वि.पी.कोइराला, कृतीनिधी विष्ट, गिरीजा प्रसाद कोइराला, मनमोहन अधिकारी तथा शेर वाहदुर देउवाले चीनको औपचारीक भ्रमण गर्नुभएको छ भने अझै नेपालका राजा बीरेन्द्रले त तिब्बत भ्रमण गर्ने पहिलो र एकमात्र विदेशी राष्ट्र प्रमुख समते हुनुभएको थियो । उहाको कार्यकाललाई नेपाल चीन संबधलाई स्वर्ण युगको रूपमा नेपाल चीन संबधका जानकारहरू संझन्छन । राजा बीरेन्द्रले चीनको १० पटक भ्रमण गर्नुभएको थियो । त्यसै गरी चिनीया प्रधानमन्त्री चाउ एन लाइले सन १९५७ र १९६० मा गरी २ चोटी नेपाल भ्रमण गर्नुभएको थियो भने । त्यसैगरी चिनका प्रधानमन्त्री हरू झु झियागं, लिपेगं, झुरोगंजी ले बिभिन्न खण्डमा नेपाल भ्रमण गर्नु भएको छ। त्यसैगरी चिनिया राष्ट्रपतिहरू लि सिनान तथा जियाग जेमीनले नेपालको भ्रमण गर्नुभएको थियो । चर्चित चिनिया नेता देंग स्यावपिंग ले पनि सन १९७८ मा उपप्रधानमन्त्रीको रूपमा नेपालको भ्रमण गर्नुभएको थियो । साथै दुइ देशको सिमा समस्या आधुनिक र सर्बमान्य प्रविधी अन्तर्गत १९७८ मा समाधान गरियो । त्यसैगरी नेपालको विकासमा चिनीया आर्थिक सहयोग ले महत्वपुर्ण भुमिका खेल्न थाल्यो । त्यसै गरी संयुक्त राष्ट्र संघमा दुवै देशले खेलेको सन्तुलीत र मैत्रीपुर्ण भुमिकाले दुबै देशलाई अझ नजिक ल्यायो । नेपालले सधै भरी एक चीन नीतिलाई मान्दै आएको छ । नेपाल जनवादी गणतन्त्र चीनलाई मान्यता दिनुपर्छ भन्ने पहिलो पंत्तिका राष्ट्रहरूमध्ये एक हो । त्यसै गरी चीनलाइ संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा सदस्यता दिनुपर्छ भनेर लविगं गर्न एक प्रमुख राष्ट्र पनि नेपाल हो । साथै नेपाल ले कहिले पनि चीन विरोधी गतिबिधी आफ्नो माटोबाट हुन नदिने प्रतिबद्धता पनि जनाएको र व्यवाहरमा लागु पनि गरी रहेको छ ।


[परिवर्तन्] सन्दर्भ सामाग्री

[परिवर्तन्] बाहिरी लिन्कहरु

"http://ne.wikipedia.org/wiki/%E0%A4%9A%E0%A5%80%E0%A4%A8" बाट निकालिएको
अरु भाषामा