भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मानव मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो। भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। उदाहरणार्थ पंजाबी, गुरूमुखी तथा शाहमुखी दुबै भाषाहरूमा लेखिन्छन् जबकि नेपाली, मराठी, संस्कृत, हिन्दी आदी सबै देवनागरीमा लेखिन्छ।

परिचय

भाषा बिना मनुष्य सर्वथा अपूर्ण छ र आफ्नो इतिहास तथा परम्परा देखि विच्छिन्न छ।

सामान्यतः भाषालाई वैचारिक आदान-प्रदानको माध्यम भन्न सकिन्छ। भाषा-वैज्ञानिकहरूको अनुसार ‘‘भाषा वा दृच्छिक वाचिक ध्वनि-संकेतहरूको यस्तो पद्धति हो, जस द्वारा मानव परम्परा विचारहरूलाई आदान-प्रदान गर्छ।’’[१] स्पष्ट यस कथनमा भाषाको लागि चार कुराहरूमा ध्यान दिईयेको छ-

(१) भाषा एक पद्धति हो, अर्थात एक सुसम्बद्ध र सुव्यवस्थित योजना या संघटन हो, जसमा कर्ता, कर्म, क्रिया, आदि व्यवस्थिति रूपमा आउन सक्छन।

(२) भाषा संकेतात्कम छ अर्थात् यसमा जुन ध्वनिहरू उच्चारित हुन्छ, ती कुनै वस्तु वा कार्य सित सम्बन्ध हुन्छ। यि ध्वनिहरू संकेतात्मक वा प्रतीकात्मक हुन्छन्।

(३) भाषा वाचिक ध्वनि-संकेत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दत बाट संकेतहरूको उच्चारण गर्छन, ती नै भाषा अंतर्गत आउदछन।

(४) भाषा यादृच्छिक संकेत हो। यादृच्छिकको तात्पर्य हो - ऐच्छिक, अर्थात् कुनै पनि विशेष ध्वनिको कुनै विशेष अर्थ बाट मौलिक अथवा दार्शनिक सम्बन्ध हुँदैन। प्रत्येक भाषामा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको वाचक ‘मानिन्छ’। फेरी त्यो त्यही अर्थको लागि रूढ भई हाल्छ। अर्थात त्यो परम्परानुसार त्यही अर्थको वाचक भई हाल्छ। दोस्रो भाषामा ती अर्थको वाचक कुनै अरु हुन्छ।

हेर्नु होस

सन्दर्भ

  1. A language is a system of arbitrary vocal symbols by means of which a social group co-operates. - Outlines of linguistic analysis ,b. Block and G.L. Trager, page 5.