बेइजिङ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्


चीनको राजधानी सहर बेइजिङ (उच्चारण/beɪˈdʒɪŋ/, Chinese: 北京

pinyin: Běijīng, [peɪ˨˩ t͡ɕiŋ˥]), ऐतिहासिक महत्वपूर्ण सहर हो। कला, संस्कृति र सभ्यताको केन्द्रसमेत रहेको पाँच हजार वर्षको इतिहास बोकेको यो सहरमा परम्परा र आधुनिकताको सङ्गम तथा संमिश्रण रहेको छ। केन्द्रीय राजनैतिको केन्द्र बेइजिङले आफ्नो परम्परागत मूल्य र मान्यतालाई बचाउँदै आधुकितालाई पनि आत्मसात गरेको छ। चीनको दोस्रो ठूलो सहर हो यो। यहाँको जनसङ्ख्या एक करोड ९० लाख छ। यो सहरले कुल राष्ट्रिय आयमा ११.६ प्रतिशत योगदान पुर्‍याएको छ। विदेशी लगानी खुला गरिएपछि विश्वका ख्याति प्राप्त २६ वटा बहुराष्ट्रिय कम्पनी यहाँ कार्यरत छन्।
China Beijing.svg