कन्फुसियस
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
जुनबेला नेपालमा भगवान गौतम बुद्ध धर्मको बारेमा नयाँ बिचार खोजी गरिरहेका थिए त्यसैताका चीनमा पनि एक धार्मिक सुधारकको जन्म भयो जसको नाम कन्फुसियस थियो। त्यस समय चीनमा चाऊ वंशको शासन चलिरहेको थियो। चाऊ शासकहरू कमजोर भएकाले त्यसबेला चीनमा विभिन्न राज्यहरू बढेका थिए जुन आपसमा लडाई झगडा गरिरहन्थे। सदा दिनको लडाई झगडाबाट चिनियाँ जनताले ठूलो कष्ट झमेला झेल्नुपरेको थियो। यसैबेला चीनबासीलाई नैतिकताको पाठ पढाउन महात्मा कन्फुसियसको जन्म भयो। यिनको जन्म जिसस क्राइस्टको जन्मको करीब ५० वर्ष पहले चीनको सानतुङ्ग प्रदेशमा भएको थियो।यिनको वाल्यकालको नाम कुङ फू च्चू थियो। उनको ज्ञानको आकांक्षा असीम थियो। तर वाल्यकालमा नै पिताको मृत्यु भएका कार ज्ञान आर्जन गर्न यिनलाई एकदमै कठीन परेको थियो।१७ वर्षको उमेरमा यिनले एउटा सरकारी नोकरी पाएका थिए तर आफूमा भएको ज्ञान तथा दर्शनको कारण यिनी यो नोकरीमा धेरै समय रमाउन सकेनन्। यिनले यो नोकरी छोडेर शिक्षण कार्यमा लागे। घरमैं विद्यालय खोलेर विद्यार्थीहरूलाई पढाउन थाले। यिनले मुख्यगरी इतिहास काव्य र नीतिशास्त्रको शिक्षा दिन्थे। यिनले काव्य इतिहास संगीत र नीतिशास्त्रमा पुस्तकहरू पनि लेखेका थिए।
५३ वर्षको उमेरमा यिनी राज्यमा एक शहरको शासनकर्ता तथा पछाडी मन्त्री पदमा नियुक्त भए। मन्त्री भएपछि यिनले अपराधीलाई दण्ड दिनुको सट्टा उसको चरित्र सुधार गर्ने तर्फ जोड दिए। कन्फुशियसले आफ्ना शिष्यहरूलाई सत्य, प्रेम र न्यायको संदेश दिए। यिनी सदाचारमा अधिक जोड दिन्थे। र मानिसलाई विनयी, परोपकारी, र और चरित्रवान बन्ने प्रेरणा दिन्थे। अग्रज तथा बृद्धहरूलाई आदर-सम्मान गर्न सिकाउँथे। उनी भन्थे अरूलाई त्यस्तो व्यवहार नगर जुन तिमी आफूलाई गर्न सक्दैनौ।
कन्फुसियस धर्म प्रचारक नभै एक सुधारक थिए। यिनले इश्वरको बारेमा कहिल्यै कुनै उपदेश दिएको पाइँदैन। तर पछि गएर मानिसहरूले उनलाई नै धर्मगुरू मान्न थाले। यिनको मृत्यू इशापूर्व ४८०मा भयो। कन्फुसियसको समाज सुधारक उपदेशका कारण चिनीयाँ समाजमा एक स्थिरता आयो। यिनको दर्शन शास्त्र आज पनि चिनियाँ शिक्षामा पथ प्रदर्शक बनेको छ।