ताओ धर्म
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
ताओ धर्म (चीनी: 道教 दाओ-ज्याओ) चीनको एक मूल धर्म र दर्शन हो। असलमा पहिले ताओ एक धर्म नभएर एउटा दर्शन र जीवनशैली थियो। पछि गएर बौद्ध धर्म जब चीन पुग्यो त्यसपछि ताओले बौद्धहरूबाट धेरै धारणाहरू उधारो लिए र एउटा "धर्म" बन्यो। बौद्ध धर्म र ताओ धर्ममा आपसमा समय समयमा अहिंसात्मक संघर्ष पनि भइहन्छ। ताओ धर्म र दर्शन, दुइटैको स्त्रोत दार्शनिक लाओ-त्सीद्वारा रचित ग्रन्थ दाओ-दे-चिंग र ज़ुआंग-ज़ी हुन्।
ताओ धर्म [सम्पादन गर्ने]
ताओ धर्ममा धेरै देवी-देवता छन्, र यिनीहरू प्रेतात्माहरूमा पनि विश्वास राख्दछन्। यो एउटा बहु ईश्वरवादी धर्म हो। सर्वोच्च देवी र देवता यिन र यांग हुन्। देवताहरूको पूजाको लागि कर्मकाण्ड गरिन्छ र पशुहरू र अन्य चीज़हरूको बलि दिइन्छ। चीनबाट अधिकतर चीज़हरू, जस्तै चीनी व्यंजन, चीनी रसायनविद्या, चीनी कुंग-फ़ू, फ़ेंग-शुई, चीनी दवाईहरू, आदि कुनै न कुनै रूपमा ताओ धर्मसित सम्बन्धित रहेकाछन्। किन भनें ताओ धर्म एक संगठित धर्म होइन, यसकारण यसका अनुयायीहरूको संख्या पता लाउन कठिन छ।
ताओ दर्शन [सम्पादन गर्ने]