तिब्बत

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


तिब्बत (पुरानो उच्चारण थिबत सरलीकृत चिनीयाँ भाषा, सरलीकृत र परम्परागत चिनीयाँ भाषा| परम्परागत चिनीयाँ भाषा|चिनीयाँ: 西藏, ह्यान्यू पिनयिन: Xīzàng;藏区का रूपमा समेत (सरलीकृत चिनीयाँ), 藏區 (परम्परागत चिनीयाँ), ज्याङ्कू (ह्यान्यू पिनयिन), हेर्नुहोस् नाम खण्ड) क्षेत्रहरू मध्य एशियाको उच्च समस्थली हो। र तिब्बती जनताको स्वदेश-घर। जसको सरदर ढाल ४,९०० मीटर (१६,००० फूट (नापको इकाई)ft), संसारकै उच्च क्षेत्रहरूमा पर्दछ र यो "विश्वको छहारी (Roof of the World)" नामले प्रसिद्ध छ।[१]

शताब्दियौं सम्म बेग्लै राष्ट्रको रूपमा रहेको तिब्बत आज जनवादी गणतन्त्र चीन अन्तरगत पर्दछ। तिब्बत चिनीयाँ गणतन्त्र भएको दावी छ। यद्यपि तिब्बतीय सार्वभौमिकता विवाद,मा जनवादी गणतन्त्र चीन सरकार र निर्वासनमा रहेको तिब्बत सरकार बीच विवाद कायमै छ। निर्वासनमा रहेको तिब्बत सरकार अन्तर्राष्ट्रिय कानून बमोजिम तिब्बत चीनको प्रान्त भएको स्वीकार्दैन। तिब्बतीय साम्राज्य सातौं शताब्दी तिर अस्तित्वमा आएको हो जब सम्राट स्रङचङ गम्पोले विभिन्न क्षेत्र र जातजातिहरूलाई एकीकृत पारे। सन् १६००को शुरू देखि नै टुल्कुका (अवतारी लामाहरू), जो दलाई लामा भनेर चिनिन्छन् हरूले तिब्बतमा शासन गरिआएका थिए। तिब्बत र १४ दलाई लामाहरू eminations of अवलोकितेश्वर भएको विश्वास गरिन्छ। ("चेनरेजिग" तिब्बतीमा [स्प्यान राज ग्जिग्ज]), compassionको बोधिसत्व मानिन्छ।

सत्रौं शताब्दी र १९५९ बीचमा , दलाई लामा र उनका अनुचरहरू तिब्बतका मुख्य राजनैतिक शक्ति थिए। उनीहरू अधिकांश आफ्नो धार्मिक र प्रशासकीय शासन परम्परागत राजधानी ह्लासा, बाटै चलाउँथे जुन तिब्बतको सबैभन्दा पवित्र शहर मानिन्छ। चिनीयाँ सूत्र, जियावेई, वाङ्, "चिनियाँ तिब्बतको ऐतिहासिक स्थिति", २०००, pp८९–९२ का अनुसार सत्रौं शताब्दी देखि १७२१ सम्म, तिब्बतका राजनैतिक नेता देग्सी अथवा गभर्नर हुन्थे। १७२१मा, चिनीयाँ सम्राटले देग्सीको पद अन्त्य गरे र राजनैतिक शक्ति चार गालोनहरूको हातमा दिए। १७५१मा, चिनीयाँ सम्राटले दलाई लामालाई तिब्बतको आत्मिक र राजनैतिक नेताको स्थान दिए जसमा सरकार (गाजाङ) लगायत यसमा ४ गालोनहरू हुन्थे।

तिब्बतीय उच्च समस्थली

परिचय[सम्पादन गर्ने]

तिब्बतको झन्डा यो सन् १९१२मा तेह्रौं दलाई लामाद्वारा (सन् १९१२ देखि १९५०को बीचदेखि) प्रयोगमा ल्याइएको हो। तिब्बतको निष्काशित सरकारले अझसम्म यसको प्रयोग गर्ने गर्दछ तिब्बतको निर्वासित सरकार, तर चीन सरकारद्वारा यो अवैधानिक मानिएको छ।

तिब्बतको निर्वासित सरकार र विदेशमा रहेका तिब्बतीय शरणार्थी हरूको समाजका अनुसार तिब्बत, भन्नाले तिनीहरू ति पुरानो ठूलो प्रान्तलाई सम्झन्छन् जसमा परम्परागत प्रान्तहरू अम्दो, खाम, र उ-त्साङपर्दछन्, तर यसका अतिरिक्त जनवादी गणतन्त्र चीनको प्रशासन अरूणाञ्चल प्रदेश, सिक्किम, भूटान, र लद्दाख जहाँ तिब्बती साँस्कृतिक क्रियाकलापहरू भेटिन्छन् त्यो सबैलाई तिब्बत अन्तरगत भएको दावी गर्दछ।

दलाई लामाद्वारा पूर्व शासित तिब्बत स्वशासित उ-त्साङ र पश्चिमी खाम पर्दछन् जबकी अम्दो र पूर्वी खाम हरू किङ्गाई, गान्सु, युनान, र सिचुवान का इलाकाहरू हुन्।

नाम[सम्पादन गर्ने]

तिब्बतीय[सम्पादन गर्ने]

तिब्बतीहरू घरलाई Bod (བོད་), भन्छन् जसको उच्चारण ह्लासामा हुन्छ। तिब्बतीहरू तिब्बतलाई पितृभूमि भन्छन्। जबकी मातृभूमि "motherland" १९६० तिर चीनमा प्रचलित भयो।

चिनीयाँमा[सम्पादन गर्ने]

तिब्बतको आधुनिक चिनीयाँ नाम 西藏 (Xīzàng), त्साङको फोनेटिक परिवर्तन हो। (पश्चिममा ऊ-त्साङ)। यो नाम चीनको क्वीङ बंशको पालामा चलेको हो। यसलाई "xi" 西 (literally "west"), र "जाङ" 藏 (literally "Buddhist scripture" अथवा "storage") दुई शब्दमा बाँड्न सकिन्छ। यो शब्दलाई "पश्चिमी बौद्ध लिपी" अथवा "पश्चिमा भण्डारण गरी दुई तरिकाले व्याख्या गर्न सकिन्छ।" प्राचीन कालमा तिब्बत जनाउने चिनीयाँ शब्द 吐蕃 (तुफान, मध्यकालीन चिनीयाँ उच्चारण: /t'obwǝn/), टर्केली भाषाको शब्द "heights" भएको र अङ्‌रेजी शब्द "Tibet." बाट प्रवेश भएको मानिन्छ।

जनवादी गणतन्त्र चीन सरकारले तिब्बतलाई तिब्बत स्वशासित प्रान्त (TAR)को रूपमा मानेको छ। नाम "सी जाङ" तिब्बत स्वशासित प्रदेशकै रूप हो। यो बाहेकको तिब्बतीय क्षेत्र, अथवा सम्पूर्ण साँस्कृतिक तिब्बत, जनाउने शब्द 藏区 ज्याङ्कू प्रयोग हुन्छ। यद्यपि, तिब्बतीय स्वतन्त्रतावादी हरूको चिनीयाँ-भाषाको वेवसाइट Free Tibet Campaign, the Voice of Tibet, र TibetNet ले ऐतिहासिक तिब्बत जनाउनको लागि 西藏 ("क्षी जाङ"), शब्द प्रयोग गर्छन् न कि 藏区 ("जाङकू")

अंग्रेजीमा[सम्पादन गर्ने]

तिब्बत शब्द अरबी भाषाको शब्द Tubbat बाट आएको हो। The Classical तिब्बतीय भाषा"] तिब्बत शब्द मध्यकालीन चिनीयाँ मा, 吐蕃 (पिनयिन Tǔfān, often given as Tubo), त्यही टर्किस शब्दबाट आएको हो।

भाषा[सम्पादन गर्ने]

तिब्बतीय भाषा सिनो-तिब्बतीय भाषा परिवारको तिब्बत बर्मेली भाषा समुहमा पर्दछ। बोलाइको तिब्बतीय भाषामा विभिन्न छिमेकी भाषाको प्रभाव देखिन्छ। अझ कहिलेकाँही अरू केही हिमाली भाषासँग यसको विभेद छुट्याउनै कठिन हुन्छ। मध्य तिब्बत (ह्लासा),खाम, अम्दो आदी। राजनैतिक कारणले मात्र तिब्बती भन्दा अलग्गै भाषा भनिएका हुन् भन्न सकिन्छ। त्यसैले तिब्बतीय शैलीको भाषा तिब्बतीय उच्च समस्थलीका करिव ६० लाख मानिसले बोल्छन्। त्तियसैगरी आधुनिक तिब्बतबाट नेपाल, भारत र अरू देशमा निर्वासित २लाख भन्दा बढी शरणार्थीहरूले पनि यही भाषा बोल्दछन्।

इतिहास[सम्पादन गर्ने]

प्राचीनकालमा पश्चिमाहरूको लागि तिब्बत एक 'भौगोलिक अवधारणा' मात्र थियो तर जब युरोपियनहरू एसियामा आए, तब रूसी र बि्रटिस साम्राज्यको बीचमा तिब्बतलाई आफ्नो प्रभाव क्षेत्रअन्तर्गत समेट्न सुरु भयो।रूसी र बि्रटिसहरूबीच जासुसी र प्रतिजासुसी खेलहरू भए र अन्त्यमा बि्रटिसहरू ल्हासामा सेना राख्न सफल भए।

प्राग्-इतिहास[सम्पादन गर्ने]

चिनीयाँ र "आद्य तिब्बत-बर्मेली" ४००० ई.पू. भन्दा पहिले केही समय विभाजन भएका थिए, जब चिनीयाँहरूले पँहेलो नदीको उपत्यकामा कोदो उत्पादन सुरू गरे तब तिब्बत बर्मेलीहरू nomads बन्न शुरू गरे। तिब्बतबाट बर्मेली ५०० ई.को आसपास विभाजित भए। [२][३]

प्रागैतिहासिक लोहयुगमा पहाडी किल्ला र चिहानघारी हालै चांग ताङ उच्च समस्थलीमा पाइएको छ। त्यस स्थानको पुरातात्विक अनुसन्धानमा बाधा दुर्गमताले पारेको छ। यो संस्कृतिको प्रारम्भिक पहिचान जांग झुङ संस्कृति जो प्राचीन ग्रन्थ तिब्बती भाषामा छ बोन धर्मको मूल संस्कृतिको रूपमा जानिन्छ।

तिब्बतीय साम्राज्य[सम्पादन गर्ने]

को एक श्रृंखला [ तिब्बत को राजा को [ सूची | सम्राट छ ] ] शताब्दी ११ औं लागि ७th देखि तिब्बत शासन । कहिलेकाहीं तिब्बतीय शासन [ [ बङ्गाल ] ] रूप र जहाँसम्म उत्तर [ | मंगोलिया ] [ मङ्गोलिया ] सकेसम्म दक्षिण विस्तारित ।

तिब्बत पहिलो भित्र प्रवेश इतिहास मा [ [ Geographia ( टोलेमी ) | टोलेमी ] को भूगोल ] को नाम batai आदिवासी नाम Bod को ( βαται ) , एक ग्रीक प्रतिलेखन अन्तर्गत । तिब्बत यो अर्को पहिले भनिएको छ , जहाँ एक चिनीयाँ पाठ मा इतिहास मा देखिन्छ । ( Gnam - री - slon - rtsan ) प्रारम्भिक ७th शताब्दी मा चीन लागि राजदूत पठाइएको < रेफरी नाम | राजा [ Namri Löntsän ] [ Namri Lontsen ] जब पुष्टि हुन्छ जो तिब्बतीय लिपिबद्ध इतिहास देखि पहिलो घटना बाह्य भयो । = " Beckwith१९७७ " > बेकविद , सी हेर्नको । को भारत na Diss । , १९७७ < / रेफरी >

यद्यपि सामान्य , को यार्लुङ्ग नदी उपत्यका र भागहरू एकताबद्ध गर्ने [ [ स्रङचङ गम्पो ] ] ( ६०४-६५० इस्वी संवत् ) को शासनकाल सुरु हुन्छ तिब्बत को इतिहास एक राज्य को रूप मा तिब्बत शासन । मा [ [ ६४० ] ] तिनले विवाह [ [ राजकुमारी Wencheng ] ] , को शक्तिशाली चिनीयाँ सम्राट [ को ताङ चीन ] [ सम्राट ताइजोङ ] को भतिजी ।

तिब्बत अन्ततिर ९th शताब्दी सम्म एक मध्य एशियाली साम्राज्य रूपमा जारी ।

अवतारी दलाई लामा[सम्पादन गर्ने]

बिदेशी प्रभाव[सम्पादन गर्ने]

सन् १९०४मा ब्रिटिश इन्डियाका भायसराय लर्ड कर्जनले कर्णेल फ्रान्सिस योङहस्बेन्डको नेतृत्वमा तिब्बतको राजधानी कब्जा गर्न एक फौज पठाएका थिए, जसलाई हाम्रा राणा शासक चन्द्र शमशेरले समेत सघाएका थिए। तर अमेरिकाले भने चीनमा आफ्नो हितमा धक्का पुग्ने देखेर तुरुन्तै विरोध जनाएको थियो। तत्कालीन बि्रटेनका लागि अमेरिकी दूत जोसेफ कोयटले बि्रटिस विदेशमन्त्री लर्ड लान्सडाउनलाई तिब्बत चीनको अङ्ग हो भनेका थिए।

ब्रिटिश प्रभाभ र सेना तिब्बतमा हुँदाहुदै अमेरिकीहरूले दोस्रो विश्वयुद्धको समयमा जापानविरुद्ध च्याङ काई सेकलाई सहयोग गर्ने उद्देश्यले तिब्बती आकाश भएर युद्ध सामाग्री चुङ्गकिङ्ग पुर्‍याउने क्रममा सो क्षेत्रमा पहिलोपटक पुगे। यद्यपि सन् १८८० मै विलियम उडमिल एकहिल नाम गरेका एकजना अमेरिकीले तिब्बतको भ्रमण गरेर १३औँ दलाई लामासँग अन्तर्वार्ता लिई राष्ट्रपति थियोडोर रुजवेल्टलाई प्रतिबेदनसमेत बुझाएका थिए। उनैको प्रतिबेदनलाई आधार मानेर तत्कालीन अमेरिकी विदेशमन्त्री जोन हेले चीनसँगको खुलाद्वार नीति लागू गर्ने सन्दर्भमा तिब्बतप्रति पनि चासो देखाएका थिए। तैपनि उसको स्पष्ट तिब्बत नीति त्यतिवेला बनेको थिएन।[स्रोत नखुलेको]

सन् १९१२को क्रान्तिपश्चात् बनेको युआन सि काईको सरकारले तिब्बतमा कानून व्यवस्था पुनस्र्थापना गर्न सेना पठाउनेबित्तिकै तत्कालीन चीनका लागि बि्रटिसदूत सर जोन नेबेल जोर्डनले चीन सरकारलाई तिब्बतमा सेना पठाउने अधिकार नभएको भनेर विरोध जनाए। तत्कालीन चीनको केन्द्रीय सरकार अस्थिर र कमजोर भएको मौका पारेर बि्रटेनले चीनलाई सिमला सम्मेलनमा बस्न बाध्य पारेपछि मात्र चीनको नयाँ सरकारलाई मान्यता दिएको थियो। बि्रटेनले अमेरिकालाई समेत पश्चिमाहरूको एउटै आवाज हुनुपर्छ भन्दै चीनको नयाँ गणतान्त्रिक सरकारलाई हतारिएर मान्यता नदिन दबाब दिँदा अमेरिकाले मञ्जुर गरेन। उसले अरू पश्चिमी देशले भन्दा पहिल्यै सन् १९१२को मे महिनामै मान्यता प्रदान गरे। यद्यपि यसमा तिब्बती मामलाको सन्दर्भित नभए पनि तत्कालीन अवस्थामा अमेरिकी नीति युरोपियनभन्दा बेग्लै थियो।[स्रोत नखुलेको]

चीनको केन्द्रीय सरकार कमजोर भएको मौकामा चीनलाई बाध्य पारेर बि्रटिस इन्डिया र चीनको समकक्षमा तिब्बतलाई राखेर बि्रटेनले सिमला सम्मेलन डाकेको थियो। तर, सम्मेलनमा उपस्थित चिनियाँ प्रतिनिधिहरूले मञ्जुरी नजनाएकाले सम्मेलन सफल भएन। प्रथम विश्वयुद्धपछि बि्रटेनले पुनः आफ्नो प्रयास जारी राख्यो। चीनले भने अमेरिका आफ्नो पक्षमा रहेको ठानेर उसलाई पनि बोलाउने धारणा राख्यो। तर, अमेरिकाले स्विकारेन। यसो भए तापनि उसले तिब्बत, मंगोलिया र सिन्कियाङ्ग सबै चीनकै अभिन्न अंगहरू हुन् भन्ने धारणालाई १९३०को दशकको अन्त्यसम्म बदलेन। अमेरिकाले खुलाद्वार नैतिको विस्तार र विकासको लागि ३०को दशकको अन्त्यसम्म तिब्बतमाथिको चिनियाँ सार्वभौमिक दाबाबलाई सघाउँदै रह्यो। यसबाट चीनमा उसको प्रभाव बढ्दै गयो, तर बि्रटेनको तिब्बतलाई चीनबाट अलग पार्ने प्रयासमा व्यवधान खडा भयो।

दोस्रो विश्वयुद्धमा धुरी राष्ट्रहरू -जापान, जर्मनी र इटली) विरुद्धमा बि्रटेन, अमेरिका, सोभियत सङ्घ र चीनले संयुक्त मोर्चाबन्दी गरेपछि फेरि एकपटक तिब्बतप्रति अमेरिकी ध्यान खिचियो। २ जुलाई १९४२मा क्याप्टेन इल्या टोल्स्टोय र लेफि्टनेन्ट ब्रुक डोलानलाई तिब्बतको रणनैतिक महत्त्व बुझ्नका लागि ल्हासा पठाइयो। उनीहरू इन्डिया हुँदै त्यहाँ पुगे र राष्ट्रपति रुजवेल्टको पत्र दलाई लामालाई बुझाए। साथै अमेरिकी स्टेट डिपार्टमेन्टले तिब्बतमाथिको चिनियाँ सार्वभौमिकतामाथि अमेरिकाले कहिल्यै प्रश्न खडा नगरेको र भविष्यमा पनि नगर्ने प्रतिवद्धता जारी गरेको थियो। तर, अमेरिकाको यस्तो रुझानबाट बि्रटिसहरू खुसी देखिएनन् र १९४३को अपि्रलमा अमेरिकी स्टेट डिपार्टमेन्टलाई एक मेमोरेन्डम बि्रटिस दूतावासमार्फत पठाए। त्यसमा 'बि्रटिस इन्डिया सरकार तिब्बत एक अलग देश रहेको र अन्य शक्तिहरूसँग सम्बन्ध राख्न स्वतन्त्र रहेको, चीनसँगको उसको सम्बन्धको कारणले चीनले तिब्बत मामलामा एकपक्षीय निर्णय लिने काम गर्न नहुने र गरेमा बि्रटिस सरकारले प्रतिरोध गर्न सक्ने' उल्लेख थियो। अमेरिकीहरूले सोही वर्षको मे १५मा आफ्नो पुरानै अडान दोहोर्‍यायो।

बि्रटिस र अमेरिकीबीच मेमोरेन्डमको आदानप्रदान हुनुअघि तिब्बतको स्थानीय सरकार, जसलाई गासाग भनिन्थ्यो,ले आफ्नो विदेश विभाग गठन गरेर ल्हासास्थित चीन सरकारको तिब्बत तथा मंगोलियन मामिलासम्बन्धी आयोगले आइन्दा गासागसँग सीधै सम्पर्क नगरी विदेश विभागमार्फत सम्पर्क गर्न भनेको थियो। त्यसको उद्देश्य गासाग एक स्वतन्त्र सरकार हो भन्ने देखाउनु थियो। साथै गासागले इन्डियादेखि चीनको भित्री भागसम्म बन्न लागेको सडक निर्माणको योजनालाई रद्द गरिदियो। यसबाट च्याङ काई सेक आगो भए र अत्यन्त कडा वक्तव्य दिनुका साथै चुङ्ग किङ्गबाट तिब्बततर्फ शक्तिशाली फौज पठाए। अमेरिकीहरूको जानकारी र विश्वस्त समर्थन विना त्यो सम्भव थिएन।[स्रोत नखुलेको]

वास्तवमा प्रशान्त महासागरलाई आ-आफ्नो प्रभुत्वमा राख्न र पर्ल हार्वरमाथिको जापानी आक्रमणको बदला लिन अमेरिकालाई चीनको सदासयता आवश्यक थियो। तसर्थ उसले तिब्बतमा बि्रटेनको अनधिकृत चलखेलको सुरुदेखि नै विरोध गर्दै रह्यो। ठीक त्यसै समयमा अमेरिकाले गासागसँग प्रत्यक्ष सम्पर्क गरेर तिब्बतमाथि हस्तक्षेपको सुरुवात गर्‍यो।[स्रोत नखुलेको]

दोस्रो विश्वयुद्धपछि विश्वको शक्ति सन्तुलन व्यापक बदलियो। जर्मनी र जापान जस्ता राष्ट्रहरू पराजित मात्रै होइन पराधीन नै हुन विवश भए भने बि्रटेनको हैसियतमा भारी संकुचन आयो। युद्धमा भारी क्षतिका बावजुद सोभियत सङ्घ एक सुपरपावरको रूपमा देखा पर्‍यो। त्यस्तै अमेरिकाले पहिलेको बि्रटिसको स्थान ओगट्यो। चीनमा नयाँ जनवादी आन्दोलन सम्पन्न हुने सम्भावना टड्कारो रूपमा देखा पर्‍यो। चीनमा कम्युनिस्टहरूको विजयपश्चात् उसको सोभियत युनियनसँग नजीकको सम्बन्ध हुने प्रष्ट थियो। तसर्थ अमेरिकाले तिब्बतलाई चीनबाट अलग पार्नु नै आफ्ना लागि फाइदाजनक हुने देख्यो।[स्रोत नखुलेको]

आफ्नो दशकौँ पुरानो नीतिलाई त्यागी बि्रटिसहरूले लिएको नीतिमा चल्ने निर्णयबमोजिम अमेरिकाले गासागले खटाएको एक व्यापारिक प्रतिनिधि मण्डललाई तिब्बती पासपोर्टमा हङकङस्थित कूटनैतिक नियोगबाट अमेरिकाको प्रवेशाज्ञा प्रदान गरेर आफ्नो पुरानो नीतिमा परिवर्तन गर्न लागेको संकेत सन् १९४७मा दियो। १२ जुलाई १९४८मा च्याङ काई सेकको सरकारले अमेरिकी नियोग प्रमुखलाई बोलाएर 'यो गल्ती भएको हो कि नीतिगत परिवर्तन हो' भनेर सोध्दा उनले स्टेट डिपार्टमेन्टलाई देखाइदिए। वासिंटनस्थित चिनियाँ दूत डा. वेलिङ्गटन कुले विदेशमन्त्री जर्ज मार्सलसँग स्पष्टीकरण माग्दा तिब्बतमाथिको चिनियाँ सम्प्रभु कानून सम्मत -डिजुरे) त हो तर व्यवहार सम्मत (डिफ्याक्टो) नभएको जवाफ मिल्यो।[स्रोत नखुलेको]

यसको एक वर्षपछि अर्थात् १९४९को अक्टोबरमा चीनको मुख्य भूमिमाथि कम्युनिस्ट झन्डा फहरिन पुग्यो। अध्यक्ष माओले तिब्बती मामला शान्तिपूर्ण तवरले सुल्झाउन हेतु गासागलाई सम्झौताको लागि प्रतिनिधि मण्डल बेइजिङ पठाउन अनुरोध गरे।

अमेरिकीहरूले चीनमा आफू पराजित भएको महसुस गरी भारत र बि्रटेनको मद्दतले तिब्बतलाई चीनको हातमा पर्न नदिन जोडतोडको अभियान सुरु गरे। तिब्बतसँग जोडिएको भारत र लामो सम्पर्क इतिहास भएको बि्रटेनको सहयोगविना प्रभावकारी हस्तक्षेप असम्भव प्रायः थियो। बि्रटेन भर्खर भारतबाट फर्केको र सबै जिम्मेवारी भारत सरकारलाई सुम्पेर आएकोले फेरि सोही क्षेत्रमा हस्तक्षेप गर्न जानु व्यवहारिक र बुद्धिमत्तापूर्ण नुहुने ठानेर पन्छियो। भारत आफ्नो सहरमा जनमुक्ति सेनाको उपस्थिति नचाहने भए तापनि भर्खर स्वतन्त्र भएको असंलग्न देशको नाताले अमेरिकी योजनामा संलग्न हुन असमर्थ रह्यो। संयुक्त राष्ट्रसंघमा तिब्बत इस्यु उठाउन खोज्दा ताइवान र सोभियत संघको विरोधको सामना गर्नुपर्ने भयो। किन भनें च्याङ काई सेक आफै मुख्य भूमिबाट लघारिनु परेर ताइवान टापुमा खुम्चिनुपर्दा समेत सम्पूर्ण चीनको वैधानिक शासक भएको दाबा गर्थे। र, ताइवानले सन् १९७१ सम्म संयुक्त राष्ट्र संघमा चीनको स्थान ओगटेर बसेको थियो।

त्यसपछि लगातार रूपमा अमेरिकाले तिब्बत मामिला चर्काउँदै आएको छ। १४औँ दलाई लामालाई केन्द्र सरकार र स्थानीय सरकारबीच सन् १९५१मा भएको १७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नबाट रोक्न खोजिएको थियो, तर त्यसमा सफलता नमिलेपछि भइसकेको सहमतिलाई तोड्न अमेरिकाले उत्प्रेरित गर्‍यो।

सन् १९५० देखि तिब्बत मामिला चर्काउने जिम्मा सिआइएले लियो। त्यसयता उसले तिब्बतीहरूलाई हतियार चलाउने तालीम दिने, सञ्चार सेट, नक्सा, हतियार र तालीम प्राप्त लडाकुलाई तिब्बती क्षेत्रमा उतार्ने काम गर्दै आएको छ। अमेरिकाबाट भौगोलिक रूपमा धेरै टाढा रहेको तिब्बतमा पृथकतावादी सशस्त्र गतिविधि चर्काउँदा ५० र ६० का वर्षहरूमा सामान्य जनजीवन अस्तव्यस्त हुन पुगेको थियो।[स्रोत नखुलेको]


साहित्यमा तिब्बत[सम्पादन गर्ने]

References[सम्पादन गर्ने]

  1. e.g.Dieter Glogowski: Tibet, Escape from the Roof of the World
    or Hopkirk 1983
    or Tibet. Tourism Watch Alec le Sueurs:Running a Hotel on the Roof of the World – Five years in Tibet
    or Spiegel OnlineTibet by Rail. By train on the roof of the world.
  2. वान ड्रीयम जर्ज "तिब्बत बर्मेली फाइलोजेनी र पूर्व इतिहास: भाषा, सामाग्री संस्कृति र जीन".
  3. Bellwood. Piter and Renfrew, कोलिन (eds)खेतीको जांच/भाषा प्रसार परिकल्पना(2003), 19 Ch.


यो पनि हेर्नुस्[सम्पादन गर्ने]

बाह्य सूत्रहरू[सम्पादन गर्ने]