खाम भाषा
खाम भाषा नेपालका मगर जातीले बोल्ने एक भाषा हो। मगरहरूका भाषा धेरै प्रकारका हुन्छन्। अलग अलग ठाउँका मगरहरूले अलग अलग भाषा बोल्दछन। मध्यमाञ्चल विकास क्षेत्र तिरका मगरहरू भिरकोटे भाषा बोल्छन जसलाई मगर भाषा पनि भनिन्छ। रोल्पा, रुकुम, जाजरकोट, दैलेख जिल्ला तिरका मगरहरूले खाम कुरा बोल्छन। मगरहरू दुई थरिका हुन्छन् एक १८ पंथी र अर्को १२ पंथी। १२ पंथीहरूले भिरकोटे मगर भाषा बोल्छन। अथवा नेपाली भाषा नै बोल्छन भने १८ पंथीहरूले खाम भाषा बोल्छन। खाम भाषा बोल्ने मगरलाई "सेसी मगर" पनि भनिन्छ।
विषयसूची |
केही खाम भाषाका शब्दहरू [सम्पादन गर्ने]
--
- नेपाली भाषा=खाम भाषा
--
- अण्डकोष= झुरी, सेका
- असिना पर्यो= असै वाके
- आँखा= मिलुङ
- आगो= मी
- आटो= काङ
- एक= टोवो
- कटौरा= खुरी
- कान= ना
- केटा= धापा
- केटी= धामी
- खाना खानु= ज्यो जुके
- खुर्सानी= खोरासन
- खोलामा= खोलाल
- गाई= हाई
- गोरु= हिङ्
- गौँ= पिमा
- घर= जिम
- घरमा= जिमल
- घाँस= छि
- घाँस काट्ने= छी एन्न्या
- दाउरा काट्ने= सिङ् पल्न्या
- चामल= छाल
- चौर= बाङ
- जाँड= छोकरा
- जौ= चिका
- टाउको= ङै,खपर
- ढुंगा= लुङ
- ताप्के (तरकारी पकाउने फलामको भाँडो)= झुंखुरी
- तीन= सोमलो
- थाल= टांठी
- दाउरा= सिङ्
- दिसा गर्ने= याने,एङन्या
- दुई= नेवलो
- नुन= साभी,सापी
- पानी पर्यो= नम वाके
- पानी= री
- पुरुष गुप्ताङ्ग (लिंग)= काल
- बन्चरो= रवा
- बरियो= नम
- बालक= बुचा
- बीऊ= धुर
- भात= छाल काङ
- भीर= हाङ
- भैंसी= भैसा
- मलद्वार= किकुङ्
- महिला= मेमा
- माटो= गम
- मासु= स्याकरी
- रक्सी= मोडो
- रोटी= भरे
- स्त्री गुप्ताङ्ग (योनी)= परे
- हँसिया= राङ्कासी,हँस्या
- आउनु= हु
- उता जाउ= वैडी बा
- कहाँ जाने= कटाङ बाने
- के हो= कटाची
- को आयो= सा हुई
- खानु= कै
- गाउनु= गाइके
- चुकिलो= सिरो
- छिटो आउ= चान्चान् हुच्के
- जानु= बा, बाने
- तँ = नङ्
- तिमी दुई= जिन्
- तपाईं= जे
- तेरो= ना, नमी
- थाप= थाङ्जे
- नाँच्नु= सैके
- फुट्नु= पा
- मेरो= ङा
- यता आउ= ऐडी हुचुके
- यिनको= आव
- ल= हाँ
- ल्या= रै
- हामी= गे
- हाम्रो= गेमी
- म= ङा
- हात = कुइ
- खुट्टा = कङ
- नाक् = नॆ
- जिब्रॊ =सॆ
- दाँत = हा
- कान् = ना
- कपाल =चॆम्
- रौ = मुल्
- पन्जा = लप्ता
- नङ = सॆन्
- सिङ्गान = न्हाप्
- आन्सु = पील्
- रगत = जी
- दिसा = कि
- पॆट = फु
- जुङघा = म्हङ्
- परॆला =मिस्या
- जुत्ता = पॊला
- मॊजा= जुराप्
- हिड्नु = बानॆ
- थाक्नु =थलिउ
- लामॊ =ख्यॊ
- नदी =भै
- दुङ्गा = जुर्,लुङ
- काठ = सिङ्
- आगॊ =म्हि
- पानी =रि
- कहिलॆ =खर्ग
- जानॆ = बानॆ (हिनॆ )
- रुख =तुङ्
- कात्नु =क्याल्नॆ
- सुत्नु =स्यानॆ
- निद्रा = मिरॊ
- आउनु =राकॆ
- यौन सन्भॊग् गर्नु = न्हयसिनॆ
- बच्चा पाउनु = स्जा दैनॆ
- कॆटा = खॆपा
- कॆटी = मॆमा
- दुध = नुन्
- खुवाउनु= सऒइन्या
- नाम = मिन
- हाँस्नु =सान्या
खाम भाषा बोलिने प्रमुख क्षेत्रहरू [सम्पादन गर्ने]
खास गरेर खाम भाषा रोल्पा जिल्ला, रुकुम जिल्ला, प्युठान जिल्ला, जाजरकोट जिल्लाका मगरहरूले बढी जसो बोल्ने गर्छन्। त्यहाँका ठाउँहरूका नाम पनि खाम भाषाबाट नै राखिएको छ। जस्तै:- खावाङ, निवाङ्, जेलवाङ्, भालुवाङ इत्यादी ठाउँको नाम मगर खाम भाषाबाट चौरलाई बाङ् भनिन्छ उपर्युक्त ठाउँहरूको नाम विभिन्न किसिमका चौरहरूको नामबाट पर्न गएको अनुभव गरिन्छ। त्यस्तै दैलेख जिल्लामा पनि कुनै कुनै ठाउँमा खाम भाषीहरूको बसाई रहेको छ। दैलेखका खसभाषा बोल्नेहरूले मगरलाई पुर्बिय जाती भन्छन् किन भने मगरहरू रोल्पा रुकुमबाटै जाजरकोट हुदै दैलेख तिर पसेका हुन। यसैले उनलाई पूर्विया भनिन्छ।
खाम भाषाको प्रमुख विकास [सम्पादन गर्ने]
भृकुटे मगर भाषाको त पत्रिका सहित केही लिपिगत विकास भएको छ। तर खाम भाषाको कुनै लिपी छैन। पहिले लिपी भएको तर बिचमा आएर यो लिपी लोप भएको कुरा मगरहरू बताउँछन। तर रेडीयो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतले प्रसारण गर्दै आएको मगर खाम भाषाको समाचार र अन्य कार्यक्रमहरूले गर्दा यो भाषाको भाषागत विकास भै रहेको छ। खाम भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो।
|
|||||
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
बाह्य सूत्र [सम्पादन गर्ने]
अथवा यो हेर्नुहोस्