मध्यमाञ्चल विकास क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मध्यमाञ्चल विकास क्षेत्र
बागमती नदी
पशुपतिनाथ क्षेत्रमा बागमती नदी
मध्यमाञ्चल विकास क्षेत्रको स्थिति
स्थान
Country नेपाल

मध्यमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र, पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। मध्यमाञ्चलको सदरमुकाम काठमाडौँमा स्थित छ। मध्यमाञ्चलमा ३ वटा अञ्चल तथा १९ वटा जिलाहरू छन्।

मध्यमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
जनकपुर ६ वटा जनकपुर
बागमती ८ वटा काठमाडौँ
नारायणी ५ वटा वीरगञ्ज
जम्मा ३ वटा १९ वटा

यो क्षेत्र क्षेत्रफलको हिसाबले नेपालको चौथो सबैभन्दा ठुलो विकास क्षेत्र हो जसको क्षेतफल छ २७,४१० किमी (१०,५८० वर्ग माइल) तर जनसँख्याको हिसाबले नेपालको सबभन्दा बढी जनसँख्या हुने विकास क्षेत्र हो। यहाँ ९६,५६,९८५ व्यकि लगभग निवास गर्छन।[१] ३५२.३ व्यक्ति/किमी जनसँख्या घनत्व भएको यो क्षेत्र नेपालकै सबैभन्दा उच्च घनत्व भएको विकास क्षेत्र हो।

यसै क्षेत्रमा पर्ने काठमाण्डौ उपत्यकाको क्षेत्रफल ९५० किमी (३७० वर्ग माइल) छ; यस क्षेत्रको लम्बाई ३५ किमी (२२ माइल) पूर्व-पश्चिम, र चौडाई ३० किमी (१९ माइल) उत्तर-दक्षिण छ।

यस क्षेत्रमा धेरै महत्त्व राख्ने नदी हो बागमती, जुन कोशीको सहायक नदी हो। यो नदी काठमाण्डौ उपत्यका हुँदै बगेको छ। बागमती नदीलाई हिन्दू तथा बुद्ध धर्म माननेवालाहरु द्वारा पवित्र नदी मानिन्छ।

यस क्षेत्रमा पर्ने अन्य नदिहरु छन कमला नदी, लखनदेई नदीविष्णुमति नदी। यी सबै साना नदीहरू बागमती नदीको सहायक नदी हुन।

शहरहरु[सम्पादन गर्नुहोस्]

यस क्षेत्रमा पर्ने महत्त्वपूर्ण शहरहरु हुन काठमाण्डौ, पाटन, भरतपुर, भक्तपुर, भैरहवा, ललितपुर, नागरकोटजनकपुर। अन्य उल्लेखनीय ठाँऊहरु हुन खोकना, हेटौडा, हरिसिद्धि, गोदावरी, चितवन

प्रशासनिक इकाईहरू[सम्पादन गर्नुहोस्]

यस क्षेत्रमा ३ वटा अञ्चलतथा १९ वटा जिल्लाहरू छन:

अञ्चल जनसँख्या[२]
(2011)
 Area[३] 
(km²)
जन० घनत्व
(inh/km²)
जिल्लाहरू
संख्या नाम
जनकपुर २८,३७,४८१ ९,६६९ २९३.५ धनुषा, दोलखा, महोत्तरी, रामेछाप, सर्लाही, सिन्धुली
बागमती ३८,४३,५९६ ९,४२८ ४०७.७ भक्तपुर, धादिङ, काठमाण्डौ, काभ्रेपलाञ्चोक जिल्ला, ललितपुर जिल्ला, नुवाकोट जिल्ला, रसुवा जिल्ला, सिन्धुपाल्चोक जिल्ला
नारायणी अञ्चल २९,७५,९०८ ८,३१३ ३५८.० बारा जिल्ला,चितवन जिल्ला, मकवानपुर जिल्ला, पर्सा जिल्ला, रौतहट जिल्ला
सम्पूर्ण ९६,५६,९८५ २७,४१० ३५२.३ १९

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "National Population and Housing Census 2011" (pdf), Central Bureau of Statistics, Kathmandu, Nepal, नोभेम्बर २०१२, अन्तिम पहुँच १२ अक्टोबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१९ मिति
  2. "Nepal: Administrative Division", City Population, अन्तिम पहुँच १२ अक्टोबर २०१३ 
  3. "Regions of Nepal", Statoids, २०१२-१२-०७, अन्तिम पहुँच १२ अक्टोबर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]