तेह्रथुम जिल्ला
| तेह्रथुम जिल्ला | |
| अञ्चल: | कोशी |
|---|---|
| सदरमुकाम: | म्याङलुङ |
| क्षेत्रफल: | ६७९ वर्ग कि.मि. |
| जनसंख्या: | १,२६,३४५ |
| गाविस संख्या: | ३२ |
| नगरपालिका(हरू): | १ (म्याङ्लुङ नगरपालिका) |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | १ |
| भौगोलिक अवस्थिति: | पहाड |
| सबैभन्दा अग्लो उचाई: | मिटर |
| सबैभन्दा होंचो उचाई: | मिटर |
| प्रमुख जातिहरू: | बाहुन, क्षेत्री, लिम्बू, राई, गुरुङ आदि |
| प्रमुख भाषाहरू: | नेपाली,लिम्बू, राई आदि |
| मानव विकास सुचाङ्क स्थिति: | ९० (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०२६ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | ddctehrathum.gov.np |
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
तेह्रथुम नेपालको पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने एक पहाडी जिल्ला हो। पुरानो जिल्ला विभाजनको "पूर्व ४ नम्बर" भन्दा पनि पूर्वका १७ वटा वरपरका थुम्काहरु मध्येका १३ वटा थुम्काहरुलाई समेटेर यो जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम "थुम्का"हरू यो जिल्लामा पर्दछन। यो भौगोलिक हिसाबले अलि विकट नै भए पनि पूर्वाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाहरूमध्ये निकै अघि नै सडकले जोडीएको जिल्ला हो। नेपालको "चिया क्षेत्र"मा पनि पर्ने यो जिल्लामा हाल मुख्य रूपलेबेमौसमी तरकारी, अदुवा, चिया, दुध, अकवरे खुर्सानी, सुन्तला, कागती तथा औषधीजन्य बहुमुल्य जडीबुटी, अम्लिसो(अम्रिसो), अलैंची लगायतका नगदे वालीहरू लगाइन्छ।[१]
विषयसूची |
जिल्लाको नामाकरण
इतिहासमा उल्लेखित लिम्बुवान क्षेत्रमा पर्ने यो जिल्ला लिम्बु जातिहरूको बाहुल्यता भएको जिल्लामा पर्दछ। यसको नामाकरणमा पनि लिम्बु जातिमा प्रचलित भाषाको भूमिका रहेको स्वतः अड्कल काट्न सकिन्छ। यस जिल्लाको नाम तेह्रथुम रहनुका पछाडि निम्न कारणहरू हुन सक्ने देखिन्छ:
- अरुण नदी भन्दा उत्तरको भूमिलाई लिम्बुवान भनिएको कुरा इतिहासमा चर्चा गरिएको प्रसङ्ग नै हो। यस लिम्बुवान क्षेत्रमा जम्मा १७ वटा थुमहरू थिए र ती १७ थुमहरू मध्ये पनि लिम्बुवान राजाहरूले ४ वटा थुमहरू गुमाएर बाँकी रहेका १३ वटा थुमहरू यस जिल्लामा पर्ने भएकोले यसको नाम तेह्रथुम रहन गएको हो।
- नेपाली भाषामा थुम भन्नाले डाँडो ढिस्को वा थुम्को भन्ने बुझिन्छ र यस जिल्लामा तीनजुरेका तीन वटा डाँडाहरूबाट गन्दै जाँदा थला डाँडासम्म १३ वटा थुम्काहरू भएका कारण यसको नाम तेह्रथुम रहेको हुन सक्ने देखिन्छ।
- "पहिले यो ठाँउमा १७ वटा थुम रहेकोमा प्रशासकीय सुविधाका लागि त्यसलाई विसं १९५२मा १३ वटा थुम अलग्याई मालपोत उठाउन छुट्टै प्रशासकीय एकाइ स्थापना गरिएकोले यसलाई तेह्रथुम भनियो।" [२]
लिम्बुवान राज्यको रूपमा जति बेला यो एक सशक्त राज्य थियो। सो राज्यका कर असुल गर्ने स्थानहरू वा किपट प्रथा अनुशार यसलाई १३ वटा थुमहरूमा विभाजन गरी तिरो उठाउने कार्यलाई सहज तुल्याइएको हुन सक्छ। सो १३ वटा तिरो बुझ्ने स्थानहरू विशेषबाट पछि गएर यस जिल्लाको नामाकरण नै तेह्रथुम जिल्ला भएको तर्क बढी युक्ति सङ्गत देखिन्छ।
भौगोलिक अवस्थिती
- अक्षांश - २६ डिग्री १३ मिनेट देखि २६ डिग्री ५८ मिनेट सम्म
- देशान्तर- ८७ डिग्री २७ मिनेट देखि ८७ डिग्री ४५ मिनेट
- सिमाना:- पूर्व पाँचथर जिल्ला, पश्चिम धनकुटा जिल्ला, उत्तर ताप्लेजुङ जिल्ला र सङ्खुवासभा जिल्ला दक्षिण धनकुटा जिल्ला र पाँचथर जिल्ला।
- सबैभन्दा होचोस्थान - ३५४ मिटर
- सबैभन्दा अग्लोस्थान- २,९६३ मिटर
- क्षेत्रफल- ६७९ वर्ग किलोमिटर
जिल्लाको इतिहास
तेह्रथुम जिल्लाको नामाकरण पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरी सकेपछि जग्गाको तिरोभरो उठाउने व्यवस्थासँग सम्बन्धित रहेको पाइन्छ। पृथ्वीनारायण शाहको एकिकरण अभियानको लागि पूर्व क्षेत्रमा खटी आएको अभिमान सिंह बस्नेत नेतृत्वको गोर्खाली सेनाले खुम्बुवान क्षेत्रमा विजय गरेपछी वि.सं.१८३१मा गोर्खाली सैन्यका रामकृष्ण कुँबरलाई लिम्बुहरूले चैनपुरमा बोलाई मेलमिलाप गरी आफूहरू नेपाल सरकारको आश्रयमा बस्न स्वीकार गरेका थिए। यसरी लिम्बुवान क्षेत्र नेपाल अधिराज्यमा समावेश भई सकेपछि गोर्खालीले लिम्बुहरूको रितिथिति तथा अन्य सामाजिक व्यवस्थामा खलल नगर्ने वचन दिएका थिए। लिम्बुवानमा प्रचलित थिति अनुसार किपटको अमालप्रथा यथावत थामियो। किपटको राजीनामा नहुने भयो। यहाँका सुब्बाहरूलाई पञ्चखत वाहेक अन्य मुद्दा मामिलाहरू हर्ने र "ठ्रि्रे मुग्रे" गरी दण्ड जरिवाना समेत गर्न पाउने अधिकार हुने गरी पृथ्वीनारायण शाहबाट लालमोहर बक्स भएको थियो। अव सत्रथुममा रहेको लिम्बुवान क्षेत्रको धनकुटा गौडा अन्तरगत रही तिरो भरो धनकुटा गौडामा बुझाउनु पर्ने भयो। पछि ब्रि्रम संबत १९५२ सालमा सत्रथुम मध्ये मित्लुङ्ग पहाड, जलहरा, बेलहरा, र छथर थुम धनकुटामा रही बाँकी आठर्राई, फेदाप, याङ्गरूप, पाँचथर, ताप्लेजुङ्ग, मेवाखोला, माईखोला, तमोर खोला, पाँचखप्पन, दशमझिया, चैनपुर, सभाउत्तर र संखुवा उत्तर गरी तेह्र (१३) थुमको तिरो उठाउने गरी तेह्रथुम मालको स्थापना भयो।
बि.सं.२०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लाहरूमा विभाजन गरिंदा तेह्रथुम माल अन्तरगत पर्ने क्षेत्रलाई ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा र तेह्रथुम गरी चारवटा जिल्लामा छुट्याइयो। १३ वटा थुमहरू मध्ये यस जिल्लामा आठर्राई,फेदाप, माईखोला र साविक धनकुटा जिल्लामा रहेको छथर थुमको पूर्वी भाग मात्रको क्षेत्रफल कायम रहे पनि साविक तिरो उठाउने माल अड्डा यसै जिल्लाको क्षेत्रमा परेको हुँदा यो जिल्लाको नाम पनि तेह्रथुम रहन गएको कुरा ऐतिहासिक तथ्यबाट पुष्टी हुन्छ। बि.सं. २०१८ साल पछि यस जिल्लामा कायम भएका ४२ गाउँ पञ्चायतहरू मध्येबाट तांखुवा र परेवादिन दुई गाउँ पञ्चायतहरू धनकुटा जिल्लामा गाभिन गएको छ भने निगुरादिन, फूलवारी, हाङ्गपाङ्ग, चांगे गरी ४ वटा गाउँ पञ्चायतहरू (आठराई थुम अन्तरगत क्षेत्रबाट) र ढुंगेसाँघु, साँघु, फाकुम्वा, थिंलावु ४ वटा गाउँ पञ्चायतहरू (माईखोला थुम क्षेत्रबाट) ताप्लेजुङ जिल्लामा गाभिन गएको छ। यसरी हालको तेह्रथुम जिल्लामा आठर्राई,फेदाप र छथर थुम क्षेत्र अन्तरगत पर्ने बाँकी क्षेत्रहरूमात्र रहेको छ। तत्कालिन १३ वटा थुमहरूको प्रशासकीय केन्द्रको रूपमा रहेको तेह्रथुम जिल्लालाई हाल राजनैतिक रूपमा १ निर्वाचन क्षेत्र, ३२ गाविस र ११ वटा इलाकामा बाडिएको छ। [३]
पर्यटकीय तथा धार्मिक महत्वका स्थलहरू
मुख्य पर्यटकिय आकर्षण हरुमा तीनजुरे हिमाल, नेपालकै सबै भन्दा अग्लो "हृयातुङ झरना", पट्टेक डाँडा, सोल्माको चिया बगान, बसन्तपुर (हिउँ परेको बेलामा) आदि पर्छन। नेपालकै गुराँसको राजधानीकारूपमा परिचित तेह्रथुममा नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये तिनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन्। मुख्य पर्यटकिय गतिबिधिहरूमा पदयात्रा, कन्चनजङघा र मकालु हिमालको रमणीय दृश्यावलोकन, तीनजुरे डाँडाबाट प्याराग्लाईडिङको उडान, तीनजुरे र मेन्छ्यायाम डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ [१] त्यसबाहेक धार्मिक द्रिस्टिले महत्व राख्ने ठाउहरू पनि धेरै छन:
- सिंहवाहिनी मन्दिर - म्याङ्लुङ
- सि मिना क्षीं - जिरीखिम्ती
- पाथीभरा मन्दिर - म्याङ्लुङ छातेढुङ्गा
- गौखुरी माता - मोराहाङ
- सिद्धदेवी - सोल्मा
- जलकन्यादेवी - सोल्मा
- रातपोखरी - तीनजुरे
- शिव मन्दिर - दांगपा
- पाचकन्या देवी - फाक्चामारा
- भगवती मन्दिर - सक्रान्ति बजार
- शिवालय मन्दिर - जलजले
- तमु बौध गुम्बा इवा-हवाकु-२
- शिवालय मन्दिर-सक्रान्ति बजार
गडीडाडा-सक्रान्ति बजार
जलसम्पदा
हृयातुङ झरना नेपालकै सबैभन्दा लामो र विश्वकै अग्ला ३० झरनाहरूमा मध्ये एक झरना हो। तेह्रथुम जिल्लाको सबै भन्द ठूलो नदी तमोर हो। जिल्लाको पूर्वी सिमानको रूपमा तमोर नदी बगेको छ। यसले पाँचथर जिल्लाबाट यस जिल्लालाई छुट्टयाएको छ। यस जिल्लामा बग्ने अन्य नदीनाला तथा खोलाहरूमा खोरङ्गा खोला, पिगुवा खोला, लम्बु(लिम्बु)खोला, कोया खोला, तेलिया खोला, फाकचुवा खोला र हिउँदिया खोला प्रमुख छन। त्यसैगरी मुख्य पोखरीहरूमा मार्गा पोखरी, चिचिलिङ पोखरी, छातेढुङ्गा, इवा, सक्रान्ति पर्दछन।
यो पनि हेर्नुहोस्
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ http://nepaldainik.com/2011040216970.html
- ↑ (ज्ञानेश्वर भट्टराई, वृहत् ज्ञान कोश, चौधौं संस्करण ०५५/०५६)
- ↑ "संक्षिप्त परिचय"