बझाङ जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बझाङ जिल्ला
Bajhang district location.png
अञ्चल: सेती अञ्चल
सदरमुकाम: चैनपुर,
क्षेत्रफल: ३,४२२ वर्ग कि.मि.
जनसंख्या: १,६७,०२६
गाविस संख्या: ४७
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०९२
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

बझाङ नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल एउटा जिल्ला हो। यस जिल्लामा ४७ गाउँ विकास समितिहरू छन।

[सम्पादन गर्ने] जिल्लाको नामाकरण

यस जिल्लाको नाम कसरी बझाङ रह्यो भन्ने सम्बन्धमा एक ऐतिहासिक रोचक कथन छ। बझाङ्गी राजाका पूर्वज रावल तथा सिंहहरूले रानाकोट चऊधारी तथा ब्यासी गाविसमा पर्ने एउटा शिखरमा दरवारकोट बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिलाढुङ्गा फेला परेछ। उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फ्याँक्दा बारम्वार साविककै ठाउमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरबको रूपमा स्थापित गरी पूजा गरे। अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङबाट बज्र परेछ। तर कालभैरबको प्रभावले उक्त वज्र प्रभावहीन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाँउलाई बज्रङ्ग भनिएछ। कालान्तर पछि उक्त शब्द अपभ्रंस भै बझाङ हुन गएको हो भन्ने ऐतिहासिक मान्यता रही आएको छ।

[सम्पादन गर्ने] भौगोलिक अवस्थिती

  • अक्षांस: उत्तरी अक्षांस २९ डिग्री २९" देखि ३० डिग्री ९" उत्तरी अक्षांससम्म
  • सिमाना: पूर्व- बाजुराहुम्ला, पश्चिम- बैतडीदार्चुला, उत्तर- हुम्लाचीनको तिब्बत, दक्षिण- डोटीअछाम जिल्ला
  • देशान्तर: ८० डिग्री ४६" पूर्वी देशान्तरदेखि ८१ डिग्री ३४" पूर्वी देशान्तरसम्म
  • होचो भाग: समुन्द्री सतहबाट सवैभन्दा होचो भू-भाग रायल गाविसको देउरा समुन्द्रसतहदेखि ९१५ मिटर उचाइँमा रहेको छ।
  • अग्लो भाग: सवैभन्दा उचाँईमा काडा गाविसको साईपाल साइपाल हिमाल ७०३६ मिटरको उचाइँमा छ।
  • सदरमुकाम: चैनपुर


सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा पर्ने मनोरम जिल्ला बझाङको पूर्वमा वाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत, दक्षिणमा वैतडी र डोटी जिल्ला अवस्थित छन्। कूल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर भएको यस जिल्लामा २ वटा संसदीय निर्वाचन क्षेत्र, ११ वटा इलाका क्षेत्र तथा ४७ वटा गाविस रहेका छन्। जम्मा १६७०२६ जनसंख्या भएको यस जिल्लामा सरदर परिवार संख्या ५.८ छ भने जनघनत्व प्रति वर्ग किमी ४५ रहेको छ। यस जिल्लाको शैक्षिक स्थिति नियाल्दा प्रा.वि. २८२, नि.मा.वि ५५, मा.वि. ३९, उ.मा.वि. २५, क्याम्पस ५, निजीश्रोत विद्यालय ३२ तथा इङ्गलिस वोडिङ्ग स्कूल ५ रहेका छन्। यस जिल्लाको साक्षारता दर ३९ प्रतिशत छ भने वाषिर्क प्रतिव्यक्ति आय रु.४९३० रहेको छ।

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा