| मनाङ जिल्ला |
 |
| अञ्चल: |
गण्डकी अञ्चल |
| सदरमुकाम: |
चामे, |
| क्षेत्रफल: |
२,२४६ वर्ग कि.मि. |
| जनसंख्या: |
|
| गाविस संख्या: |
१३ |
| नगरपालिका(हरू): |
चामे, |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: |
१ |
| भौगोलिक अवस्थिति: |
हिमाल |
| सबै भन्दा अग्लो स्थान: |
मिटर |
| सबै भन्दा होचो स्थान : |
मिटर |
| प्रमुख जातिहरू: |
आदि |
| प्रमुख भाषाहरू: |
आदि |
| मानव विकास सूचाङ्क स्थिति: |
(७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: |
०६६ |
| प्रमुख जिल्ला अधिकारी: |
|
| वेबसाइट: |
ddcmanang.gov.np |
| हे • वा • सं |
मनाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्ला अर्थात् "क" वर्गको जिल्लाको रूपमा मनाङ पर्दछ। कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लम्जुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ। जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्। मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक/पदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो।
जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामाकरण भएको पाइन्छ। मनाङ् शब्द तिब्बती भाषाको "म्हनाङ्" शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ। तिब्वती भाषामा "म्ह"को अर्थ सहायता र "नाङ"को अर्थ देउ भन्ने हुन्छ। बिकट भौगोलिक परीवेशमा रहेको र वाह्य साहयता बिना जनजीवन अतीकष्टकर रहेको भन्ने अर्थमा बुझ्नु पर्ने हुन्छ।
सन १७८१मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकिकरण हुनु भन्दा आगाडी यो जिल्ला लमजुड राज्य कै एक अङ्गको रूपमा रहेको थियो। पछि यस जिल्लालाई पश्चिम ३ नं. गोश्वारा अन्तर्गत पोखरा स्थित बडाहाकिम मार्फत राखि प्रशासन सञ्चालन गरियो। बि.सं. २१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्दा गण्डकी अञ्चल अन्तर्गत एउटा छुट्टै जिल्लाको जिल्लाको रूपमा स्थापित भएको हो।
नेपालको क्षेत्रीय वर्गीकरण