म्याग्दी जिल्ला
| म्याग्दी जिल्ला | |
| अञ्चल: | धवलागिरी अञ्चल |
|---|---|
| सदरमुकाम: | बेनी, |
| क्षेत्रफल: | २,२९७ वर्ग कि.मि. |
| जनसंख्या: | |
| गाविस संख्या: | ४१ |
| नगरपालिका(हरू): | |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | १ |
| भौगोलिक अवस्थिति: | पहाड |
| सबै भन्दा अग्लो स्थान: | मिटर |
| सबै भन्दा होचो स्थान : | मिटर |
| प्रमुख जातिहरू: | आदि |
| प्रमुख भाषाहरू: | आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०६९ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | ddcmyagdi.gov.np |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
म्याग्दी नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको मध्यपहाडमा अवस्थित जिल्ला हो। पूर्वमा कास्की र पर्वत जिल्ला, पश्चिममा बागलुङ, डोल्पा र रुकुम जिल्ला, उत्तरमा मुस्ताङ र डोल्पा जिल्ला तथा दक्षिणमा बागलुङ जिल्लाले घेरिएको म्याग्दी जिल्ला ८३º०८" देखि ८३º५३" पूर्वि देशान्तर र २८º२०" देखि २८º४७" उत्तरी अक्षांस अन्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अन्तर्गत पर्दछ। यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग किलोमिटर (२,२९,७०६ हे.) रहेको छ। जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरू (गाउँ पञ्चायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो। हाल यो जिल्लामा ४१ गाविस रहेका छन। २०१८ सालको सीमा विभाजन अनुसार गण्डकी नदी पारिका इलाकाहरू क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए। तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पञ्चायत) मात्रै रहेका थिए।
विषयसूची |
जिल्लाको नामाकरण [सम्पादन गर्ने]
प्रशिद्ध हिमशिखर, नदीनाला, र धार्मिक स्थलको नामबाट अञ्चल तथा जिल्लाका नामाकरण गर्ने प्रचलनमा धौलागिरी हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम उत्तरबाट दक्षिण पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामाकरण भएको पाइन्छ। झण्डै पुरै जिल्लाभरी फैलिएको यस नदीको नाम म्याग्दी रहनमा विभिन्न भनाईहरू रहेको पाइन्छ जुन निम्न लिखित छन :-
- दुर्गा सप्तसतिमा बर्णित "जयन्ति मंगलाकाली भद्रकाली कपालिनी" भन्ने पद्यांशको देवी भगवतीको सय नाम मध्ये एक "मंगला" नामबाट नै नदिको नाम रहेको र कालन्तरमा अपभ्रंश भई म्याग्दी रहन गएको हो।
- नदीको पुरानो नाम "माया नदी" रहेको र यसको अपभ्रंश हुन गई म्याङ्गदी हुँदै म्याग्दी भएको हो।
- यस नदीको उदगमस्थलदेखि कालगण्डकीमा बिलय हुँदा सम्मको सम्पूर्ण भू-भाग ताकम पुलाचौर र ज्यामरुमकोटमा एकिकरण पूर्व थापा मगर रजौटा हरूको राज्य थियो त्यसैले यस नदिको नामाकरण मगर भाषाबाट भएको हुन पर्दछ। बंशावलि अनुसार ती थापाहरू "मेङ" उपथरका मगर थिए जसले गर्दा यस नदिको नाम थापा नदी ("मेङ" भनेको थापा र "दी" भनेको नदी) रहन गयो। मगर जातिको जनजिब्रोमा अझै पनि म्याग्दी नदीलाई मेङ्दी भनेर भनिन्छ र यही मेङदी नै पछि गएर म्याग्दी रहन गएको हो।
भौगोलिक अवस्था [सम्पादन गर्ने]
- अक्षांश:- २८ डिग्री २०" देखि २८ डिग्री ४७" उत्तर
- देशान्तर:- ८३ डिग्री ८" देखि ८३ डिग्री ५३" पूर्व
- सिमाना:- पूर्व- कास्की र पर्वत, पश्चिम-बागलुङ, डोल्पा र रुकुम, उत्तर-मुस्ताङ र डोल्पा तथा दक्षिण-बागलुङ
- क्षेत्रफल:- २२९७.०६ वर्ग किलोमिटर
- औसत लम्बाइ:- ६३ किलोमिटर उत्तर– दक्षिण
- औसत चौडाइ:- ३६.५ किलोमिटर पूर्व– पश्चिम
- भौगोलिक अवस्था:- पहाडी प्रदेश
- सबभन्दा अग्लो स्थान:- मिटर
- सबभन्दा होचो स्थान:- मिटर
- सदरमुकाम:- बेनी
जिल्लाको इतिहास [सम्पादन गर्ने]
ऐतिहासिक रूपमा रहेको तत्कालिन पर्वत राज्य वर्तमान म्याग्दी डोल्पा बागलुङ पर्वतका साथै मुस्ताङ सम्म फैलिएको थियो। पौराणिक दृष्टिकोणबाट हेर्दा ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको स्थान "जड" जडभरत गुफाको नामले हाल म्याग्दीको गलेश्वरमा पर्दछ र वर्तमानको "राखु" नै राजा रहुगणको राजधानी रहेको अनुमान गरिन्छ। यसैगरी प्रशिद्ध ऋषि पुलत्यसको आश्रम "पुला" हालको पुलाचौरमा रहेको र निजका नाति विश्वका छोरा लंकाका प्रतापि राजा रावणको जन्म भुमि यहि क्षेत्र रहेको अनुमान गरिन्छ।
ईशापूर्व ३१००मा मंगोलिया देखि पामीर पठार भित्रको भु भागमा भीषण भौगर्भिक प्रलय भएकोले मंगोलहरू बसाई सरेर हिमालय देखि दक्षिण तर्फ लागेको र वर्तमान म्याग्दी जिल्लाको दक्षिण पश्चिममा प्राचिनकालमा थापाहरूको राज्य रहेको विभिन्न ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ। तिब्बती भाषामा थापा शब्दले "मंगोल" वा "मंगोलियाई" अर्थात मंगोलियाका बासिन्दा भन्ने जनाउँछ। अर्थात मंगोलियाबाट बसाई सरेर आएका मंगोलहरू नै प्राचिन मगरहरूका पुर्खा हुन् र यो क्षेत्रमा मंगोलमूलका मगरहरूको राज्य कायम भएको थियो भन्ने कुरा प्रमणित हुन्छ।
बिक्रम सम्बत १२४६ तिर प्रथम थापा राजा कालु थापाले ताकम राज्यको स्थापना गरेका थिए। चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए। बिसं १५४५मा कर्णाली प्रदेशका मल्ल राजा आनन्द बम मल्लका नाति डिम्ब बम मल्लले थापाहरूलाई हराई ताकम राज्यलाई आफनो राज्यमा गाभी बर्तमान धौलागिरी अञ्चलका सवै जिल्लाहरू समेटिएको तत्कालिन विशाल पर्वत राज्यको स्थापना गरेका थिए र वर्तमान म्याग्दी जिल्ला उक्त पर्वत राज्यको एक भागको रूपमा रहन पुग्यो। इतिहासकारहरूले पर्वतमा मल्ल राजाका चौध पुस्ताले शासन गरेको बताए पनि अन्तिम मल्ल राज्य कीर्तिबम मल्लले पुलामी बानियाँहरूको नाममा बिसं १८३६मा गरिदिएको ताम्रपत्रमा राजा-९ स्पष्ट रूपमा अङ्कित भएको हुँदा मल्ल बंशका ९ वटा राजाले मात्र तत्कालिन पर्वत राज्य समालेको देखिन्छ। साथै राजा कीर्ति बम मल्लले बर्तमान म्याग्दीमा पर्ने ढोलठानामा दरबार खडा गरि बसेको र बेनिमा ठाना राखेको थिए भनिन्छ।
रणबहादुर शाहको राज्य कालमा बहादुर शाहले पाल्पाली राजाको सहयोगमा सैनिकको घेरामा पारी पर्वतका राजालाई आत्मसमर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका थिए। एकीकरण पछि र राणा शासनकालमा यो जिल्ला पाल्पा प्रशासन अन्तर्गत रहेको थियो। बिसं १९८५मा बागलुङ जिल्लामा छोटि गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम त्यसैबाट हुदै आएकोमा बिसं २०१८ सालको जिल्ला विभाजनबाट म्याग्दी जिल्लाको नाममा अलग अस्तित्व कायम गरियो।
बिसं २०१५ सालको महानिर्वाचनमा ७ नम्बर क्षेत्रमा रहेको यो जिल्ला बिसं २०१८मा २१ वटा गाँऊ पञ्चायत सहित म्याग्दी जिल्लाको रूपमा स्थापित हुन पुग्यो। बिसं २०३२ सालमा पर्वत र मुस्ताङ जिल्लाबाट २० वटा गाउँ पञ्चायतहरू गाभिन आए पछि यस जिल्लालाई ४० गाउँ विकास समिति र ९ इलाकामा विभाजन गरिएको थियो। बिसं २०४८ सालपछि यो जिल्ला ४० गाविस ११ इलाका र २ वटा निर्वाचन क्षेत्रमा विभाजन हुन पुग्यो। तर बिसं २०४८को जनगणनालाई आधार मानी बिसं २०५१ सालमा यो जिल्लालाई एउटा मात्र निर्वाचन क्षेत्रमा कायम गरियो।
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||