पाल्पा जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
पाल्पा जिल्ला
Palpa district location.png
अञ्चल: लुम्बिनी अञ्चल
सदरमुकाम: तानसेन,
क्षेत्रफल: १,३७३ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ६५
नगरपालिका(हरू): तानसेन,
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, मगर, कामी, दमाइ, सुनार, नेवार आदि
प्रमुख भाषाहरू: नेपाली, मगर आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०७५
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcpalpa.gov.np
 हे  वा  सं 

पाल्पा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम तानसेन नगरपालिका हो।

विषयसूची

[सम्पादन गर्ने] नामाकरण

इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्लाको अस्तित्व ईसाको पाचौं शताव्दीतिर थियो। त्यस समयमा भारतवर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मंगोलियाको अधिपत्यमा रहेको अड्कल काटिएको छ। उनको भनाई अनुसार मंगोलियन शव्द "वाल्वा" यसको अर्थ "सीप कला र कालीगढ"बाट पाल्पा बन्न गएको हो।

[सम्पादन गर्ने] इतिहास

भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेन पैयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ हालको फेक गाविस वडा नम्बर ४मा लामो समयसम्म बसी पछि रिब्दीकोट कुसुमखोला पालुङमैनादी र ठिमुरे गाविसको साँधमा पर्नेमा आपुनो स्वतन्त्र राज्य स्थापना गरे। तानसेन आउनु अघि सेनवंशीय राजाहरू शिलाङथोकको नजीक हेको पुरानकोट हाल भैरवस्थान गा।वि।स। लाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ। विसं १३६३मा तुथारय सेन देखि प्रारम्भ भै पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६६मा पाल्पा राज्यको स्थापना गरेका थिए। झण्डै ४९८ बर्षसम्म शासन गर्ने पाल्पाली सेन राजहरू मध्ये पछिल्ला पृथ्वीपाल सेनाको पालमा बहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर् याइले पाल्पा राज्य विसं १८६१मा नेपाल राज्यमा गाभियो। मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौं धनकुटा र भोजपुरसम्म राज्य विस्तार गरेको पाईन्छ।

सेनवंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रुद्र सेनले वि.सं. १५६३मा पाल्पा राज्यको स्थापना गरेका थिए भने मुकुन्द सेन प्रमको नेतृत्वमा पाल्पा राज्यको विस्तार काठमाडौं धनकुटा र भोजपुर सम्म भएको पाइन्छ। झण्डै ४९८ वर्षसम्म शासन गर्ने सेन राजाहरू मध्ये पछिल्ला राजा पृथ्वीपाल सेनको पालामा वहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्‍याईले पाल्पा राज्य विस १८६१मा नेपाल राज्यमा गाभिएको थियो।

[सम्पादन गर्ने] भौगोलिक अवस्थिति

नेपाल अधिराज्यको मानचित्रलाई हेर्दा २७ डिग्री ३४ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री ५७ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री १५ मिनेट पूर्वी देशान्तर देखि ८४ डिग्री २२ मिनेट पूर्वी देशान्तर बीच फैलिएको पूर्वमा नवलपरासी पश्चिममा अर्घाखाँचली र गुल्मी उत्तरमा स्याङजा तनहुँ र गुल्मी दक्षिणमा रूपन्देही र नवलपारसी बीचको भूभाग पाल्पा हो। यस जिल्लाको भूभागहरू समुद्री सतहबा २०० मिटर देखि २००० मी। उचाईसम्म रहेका छन्।

यो पहाडी जिल्ला भएता पनि माडी, रामपुर, अर्गली, हुंगी, कचल, दर्पूक, सर्देवा, पूर्वखोला, अगांहाखोला, गेझावर्दले, भलायटार, दैलातुङ र दर्पुक जस्ता खेतीयोग्य उर्बर फाँटहरू पनि छन्। उष्णदेखि समशितोषणसम्म हावानी भएको यस भूमिमा प्राकृतिक वनस्पति तथा जैविक क्षेत्रमा विविधता पाइन्छ। यस जिल्लाको सरदर औषत तापक्रम २३ डिग्री सेल्सियस भए पनि गर्मीयाममा ३५ डिग्री सेल्सियस भन्दा बढी र जाडो याममा ३.७ डिग्री सेल्सियस भन्दा कम हुँदैन।

[सम्पादन गर्ने] प्रमुख स्थल

यस जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा(dumre), रम्भा देबि, रामपुर जस्ता धेरै पर्यटकीय स्थलहरू छन। रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको मनोहर भवन हो, जसलाई नेपालको ताजमहल भनिन्छ। यो जिल्ला देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला हो।

[सम्पादन गर्ने] अर्थतन्त्र

यस जिल्लामा मुख्यतया कफी अदुवा एवं विभिन्न खाद्यबालीको खेती फष्टाएको छ। पाल्पाको सदरमुकाम तानसेन बजार हो | पाल्पाली ढाकाटोपी देशकै उत्कृष्ट ढाकाटोपी मानिन्छ। २०५६मा नेपालमा पहिलो पटक वैकल्पिक इन्धनका रूपमा सजीवन, बकाइनो र सल्लाको खोटो गाउँ मै उत्पादन हुने सजीवनको तेलबाट गाडी चलाएर पाल्पादेखि काठमाडौँसम्म करिब तीन सय किलोमिटरको यात्रा पूरा गरे अनुसन्धान प्रमाणका रूपमा माघ १६ गते पाल्पादेखि १६ यात्रु लिएर लु.१ ख १४३५ नम्बरको माइक्रोबसलाई काठमाडौँ ल्याएका थिए। पाल्पास्थित भैरवदर्शन सजीवन ऊर्जा प्रबर्द्धन केन्द्र र पाल्पाली करुवा पनि एक हो।

[सम्पादन गर्ने] प्राकृतिक सम्पदा

करिब ५२.०१ प्रतिशत भूभाग ठूला रुख तथा बुट्यानहरूले ढाकिएको यस जिल्लाको वन पैदावरहरूमा साल सल्लो उत्तिस चिलाउने टुनी साज चिउरी मौवा खल्लुक आदि पर्दछन्। खास गरेर कचल र दोभान गा।वि।स। हरूमा साल काठ प्रशस्त पाइने र यातायतको किठनाइको कारण रुखहरू त्यसै खेर गइरहेको पनि पाइएको छ। जिल्ला भरमा मदनपोखरा लगयात जिल्लाका विभिन्न ठाउँहरूमा वन उपभोक्ता समितिहरू मार्फत सामुदायिक वनमा बृक्षारोपण र संरक्षण कार्य पनि गरिएको छ। जिल्लामा पाइने वन्यजन्तुहरूमा बाघ, भालु, स्याल, चितुवा, बँदेल, घोरल, ढेडुबाँदर, खरायो, मृगु, फ्याउरो, दुम्सी आदि पाइन्छन् भने वन्यपंक्षीहरूमा डाँफे, लुइचे, कालिज, ढुकुर, जुरेली, काठखोलुवा, फिस्टो, तित्रो, बट्टाई, मैना, सारस, काँडेभ्याकुर, कोइली, सुगा, न्याउली, गिद्ध, चिल, बाज, गौथली, भँगेरा आदि देख्न पाइन्छ।

[सम्पादन गर्ने] नदीनालाहरू

काली गण्डकी
पाल्पा जिल्लाको उत्तरी सीमानाको रूपमा रहेको यस काली गण्डकी उद्गम स्थल मुस्ताङ जिल्ला भए तापनि रिडीदेखि गाडाकोट हुँदै वाकामलाङ्सम्म यसले सीमानाको काम गरेको छ। यस नदीमा र् याफटिङ्ग गर्न र डुङ्गा चलाउन पनि सकिन्छ। यो नदीमा भगवान विष्णुको प्रतिक सालीकग्राम पाइने हुँदा उत्तम मानिन्छ। यस नदीको यम्घा गा।वि।स। र स्याङ्गजा जिल्लामा पर्ने कृष्ण गण्डकी गा।वि।स।को बीचमा १४४ मेघावाट क्षमताको काली गण्डकी ए जलविद्युत परियोजना संचालन गरिएको छ।
तिनाउ नदी
पाल्पा जिललाको देवीनगरबाट उद्गम भएको यो नदी माडीफाँट हुँदै बुटवलतर्फ पुगेको छ। बुटवलमा पुगी विभाजन भएपछि दानव नदी र तिनाउ नदीको नामबाट पुकारिन्छ।
निस्दी खोला
देवीनगर गाविसबाट निस्किएर पूर्व खोला हुँदै बग्ने यो खोला विभिन्न गाविसहरू हुँदै बगेर काली गण्डकीमा मिल्न पुग्छ।
आरुङ खोला
देवीनगर उद्गम स्थल भएको यस खोला बहादुरपुर ज्यामिरे हुँदै नवलपरासी आरुङखोला तर्फ बगेको छ। यस खोलाको माछा ज्यादै चोपिलो र मीठो हुन्छ भन्ने भनाई छ।
रिडी खोला
अर्घाखांचीको र गुल्मीको विभिन्न उचो भागबाट आएको यो खोला पाल्पाको भुवन पोखरी सिद्धेश्वर ख्याहा अर्गलीलाई स्पर्श गर्दै काली गण्डकीको रिडीमा मिसिएको छ।
अँगाहा खोला
रम्भादेवी ताहु हुमिन पिपलडाँडा फोक्सिङ्कोट बीच उत्पत्ति भै राम्दीघाट काली गण्डकीमा प्रवेश गरेको छ।
सर्देवा खोला
देउराली र कुसुमखोलाबाट उत्पन्न भै रिडी खोलामा मिलन भएको छ।
वराङ्दी खोला
वराङ्दी चापपानीबाट उत्पत्ति भै काली गण्डकीमा प्रवेश गरेको छ।
दोभान खोला
फेक ठिमुरे छहरा जुठापौवा कचल आदि गाविसहरूबाट एकत्र हुँदै दोभान तिनाउमा मिलन भएको छ।

[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा