कास्की जिल्ला
| कास्की | |
| अञ्चल: | गण्डकी |
|---|---|
| सदरमुकाम: | पोखरा |
| क्षेत्रफल: | २,०१७ वर्ग कि.मि. |
| जनसंख्या: | ४,२५,०४९ |
| गाविस संख्या: | ४३ |
| नगरपालिका(हरू): | पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ४ |
| भौगोलिक अवस्थिति: | पहाडी प्रदेश |
| सबैभन्दा अग्लो उचाई: | मिटर |
| सबैभन्दा होंचो उचाई: | मिटर |
| प्रमुख जातिहरू: | बाहुन, क्षेत्री, मगर, गुरूङ, नेवार आदि |
| प्रमुख भाषाहरू: | नेपाली, मगर, गुरूङ भाषा आदि |
| मानव विकास सुचाङ्क स्थिति: | २० (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०६१ |
| प्रमुख जिल्ला अधिकारी: | - |
| वेबसाइट: | www.ddckaski.gov.np |
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
कास्की जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल]मा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौंदेखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।
यस जिल्लाको सम्पूर्ण भू–भागलाई सप्तगण्डकी प्रवाह प्रणालीअन्तर्गत सेती गण्डकी, मोदी, मादी र तिनका सहायक नदी र खोलाले प्रवाहित गरेका छन। यो जिल्ला मध्य–पहाडी पर्यावरणीय प्रदेशमा परेता पनि जिल्ला भित्रको थुप्रै भू–भाग उच्च हिमाली क्षेत्रमा पाइन्छ। यो जिल्लाको आकार वृत्ताकार छ भने फैलाबट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्व–पश्चिम एवं उत्तर–दक्षिण फैलिएको छ। समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटर, सेती नदीको कोत्रे स्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजीक लगभग ९५० मिटर उचाइमा यस जिल्लाको होंचो भाग अवस्थित छ। उत्तरको अग्लो अन्नपूर्ण श्रृङ्खला संधै हिउँले ढाकी रहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन। यीमध्ये अन्नपूर्ण प्रथम (८,०९१) मिटर यसै जिल्लाको उत्तर–पश्चिम सिमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरा भर्जिन पिक माछापुच्छ्रे हिमाल(६,९९३ मिटर) जिल्लाको उत्तरी मध्य–भागमा पर्दछ।
यस जिल्लाले देशको कुल भू–भागको २०१७ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। स्याङ्गजा, तनहुँ, लमजुङ्ग, मनाङ्ग, म्याग्दी र पर्वत जिल्लासँग सिमाना जोडिएको यस जिल्लाको भौगोलिक अवस्थिति २८०५ उत्तरी अक्षांशदेखि २८०३५ उत्तरी अक्षांशसम्म र ८३०४९ पूर्व देशान्तरदेखि ८४०१७ पूर्वी देशान्तरसम्म फैलिएको छ।
उत्तर तर्फको मनमोहक हिमाच्छादित श्रृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र ताल–तलैया यस जिल्लाका आभूषण हुन्। माछापु्च्छ्रे र फेवातालको प्रतिविम्ब जिल्ला पर्यटन व्यवसायका रथी हुन्।
यस जिल्लामा एक उप–महानगरपालिका, एक नगरपालिका र ४३ गाविस छन। पोखरा पश्चिमाञ्चल विकास क्षेत्र र यस जिल्लाको सदरमुकाम हो र यो उपमहानगर पालिकाको केन्द्र पनि हो। पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा शहर नेपाल अधिराज्यकै एक सुन्दर र सफा नगरको रूपमा पहिचान राख्दछ। प्रतिनिधि सभाका लागि यस जिल्लामा तीन निर्वाचन क्षेत्र छन।)[१]
[सम्पादन गर्ने] जिल्लाको नामाकरण
कास्की जिल्लाको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप वाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ। अर्को तर्फ सोह्रौं शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाट नै कास्की जिल्लाको नाम रहन गएको कुरा नेपाल एकीकरणको सन्दर्भमा निकै प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ। भाषाविदहरूका आधारमा गुरुङ्ग तमु भाषामा "कास" भन्नाले कछाड र "शिव" भन्नाले लगाउने अर्थात "कास शिव" कछाड लगाउनेहरू वस्ने ठाउँ शव्दवाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरुङ्ग भाषाविदहरूको भनाई रहेको पाइन्छ। तर ठोस आधार र तर्कहरूको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन।
[सम्पादन गर्ने] भौगोलिक अवस्था
- अक्षांश: २८ डिग्री ०६ मिनेट उत्तर देखि २८ डिग्री ३६ मिनेट उत्तरी अक्षांश
- देशान्तरमा ८३ डिग्री ४० मिनेट देखि ८४ डिग्री १२ मिनेट पूर्वी देशान्तरमा
- अग्लो भाग: समुद्र सतहबाट ४५० मिटर
- होचो भाग: समुद्र सतहबाट ८०९१ मिटर
- औषत लम्बाई: ६३ कि.मि.
- औषत चौडाई: ५० कि.मि.
- जिल्ला सदरमुकामको उचाई : ७५० मिटर
कास्की जिल्लाको अवस्थिति पहाडी प्रदेशमा भएको कारण यसको भू–वनावट पनि ज्यादै जटिल छ। यस जिल्लामा दुई भिन्न पर्यावरणीय प्रदेश (पहाडी र उच्च हिमाली)मा पर्ने हुँदा पनि यसमा विषम भू–बनावट पाइन्छ। विषम भू–बनावटको निर्माण हुनुको कारणमा जिल्लामा पर्ने भौगोलिक संरचनाको विशेष भूमिका रहेको छ। भौगोलिक संरचनाको आधारमा जिल्लालाई पाँच प्रमुख क्षेत्रमा विभाजन गर्न सकिन्छ।
[सम्पादन गर्ने] उच्च हिमाली पत्रे तथा परिवर्तित चट्टान क्षेत्र
समुद्र सतहदेखि ४,००० मिटरभन्दा माथिको भू–बनोट यस क्षेत्रअन्तर्गत पर्दछ र यस क्षेत्रलाई बाह्रैमास हिउँले ढाकेको पाइन्छ।
[सम्पादन गर्ने] घनपोखरा समूह
यो क्षेत्र अत्यन्त कमजोर भू–बनोटअन्तर्गत पर्दछ। यसै क्षेत्रमा : भनिने सम्बेदनशील भौगोलिक जोर्निका पेटीले जिल्लाको लगभग १,५०० देखि २,००० मिटरको उचाइ क्षेत्रमा पूर्व–पश्चिम काटेको छ। यो क्षेत्र पहिरो जाने र भूकम्पको केन्द्र विन्दुको लागि अत्यन्त प्रमुख मानिन्छ। त्यसैले ठूला निर्माण कार्यको लागि यस क्षेत्रमा ठूलो सावधानी लिनु पर्ने देखिन्छ।
[सम्पादन गर्ने] नाउँडाँडा समूह
यो क्षेत्र घनपोखरा समूहको दक्षिणमा अवस्थित छ। यसमा खासगरी कमजोर चट्टानको वाहुल्यता छ। यो क्षेत्रमा अति वर्षा हुने हुँदा पहिरो जाने बढी सम्भावना रहन्छ।
[सम्पादन गर्ने] सेती समूह
यो क्षेत्र खासगरी पोखरा उपत्यकामा अवस्थित छ। प्राचीन समयमा माछापुच्छ्रेदेखि उत्तर तर्फको ठूला बाँध फुटेर अकस्मात पोखरा उपत्यकामा रोडा र गिटी थुप्रिन गई निर्माण भएको समतल नदीका टार क्षेत्र र गण्डकीका गरा यस समूहमा पर्दछन। यसमा पनि निर्माण समयावधिका आधारमा कुनै निकै पुराना छन र त्यहाँ भुङ्कान (भ्वाङ) पर्ने क्रिया देखिन्छ भने कुनै नयाँ र कठोर सिमेन्टेड (गेडुला ढुङ्गाको जमोट) अवस्थामा छन। भू–गर्भशास्त्रीहरूले यसलाई पनि विभिन्न उप–समूहमा राखी पोखरा उपत्यकाको बस्ती योजनालाई सुझाव दिएका छन।
[सम्पादन गर्ने] अन्य समूह
यसमा जिल्लाको दक्षिणी भागमा वर साझी मटिखान र पश्चिममा उल्लेरी निर्माण समूह पर्दछन। यी क्षेत्रमा सामान्य फिलाइट समूहका चट्टान छन। अन्य पहाडी क्षेत्रको तुलनामा केही स्थित भू–बनोट छ। जिल्लाको भू–संरचना जटिल भएको कारण यसको भू–सतह पनि उत्तिकै जटिल छ। भू–सतहको आकृतिका आधारमा जिल्लाको भू–क्षेत्रलाई तीन प्रमुख किसिममा विभाजन गर्न सकिन्छ :
उच्च हिमाली क्षेत्र
समुद्र सतहबाट लगभग ३,५०० मिटरदेखि माथिको भू–भागलाई यस समूहमा राख्न सकिन्छ। अधिक उचाइको कारण यसभन्दा माथि लामो समय हिउँद्वारा ढाकिरहन्छ। जिल्लाको सम्पूर्ण भू–भाग अन्नपूर्ण श्रृङ्खलाको दक्षिण मोहडामा परेको हुँदा स्थायी हिमरेखा ४,५०० मिटरको उचाइभन्दा माथि रहेको छ। स्थायी हिमरेखा माथि अनवरत हिउँका प्रक्रिया रहेतापनि यस क्षेत्रको तल्लो सीमान्त भू–भागमा अस्थायी हिउँका प्रक्रिया केन्द्रित रहन्छन्। यो क्षेत्रमा मात्र केही अधिक उचाइमा पाइने भोजपत्र, धूपी र काँडे झाडी पाइन्छन् भने धेरै जसो समथर भागमा घाँसे चरन क्षेत्र छ। यस क्षेत्रमा गृष्मकाल (असार–असोज)मा भेडीगोठ राख्ने चलन छ।
मध्यवर्ती पहाड तथा डाँडाहरू
जिल्लाको ३,५०० मिटरदेखि तल भिरालो पाखा तथा होंचा डाँडाहरू यस क्षेत्रमा पर्दछन्। खासगरी होंचो पहाडी पाखा, तथा नदी–निर्मित टार उपत्यकामा आएर समाहित हुने हुँदा यी भिराला पाखाहरू जटिल र सम्वेदनशील छन्। यी पहाडी पाखामा होंचा र समथर भागमा मानव बस्ती र खेतीपाती केन्द्रित छन् भने अग्ला भागमा चरन तथा जंगल क्षेत्र छन्। यस क्षेत्रमा प्राचीन कालदेखि मानव बस्तीको लागि उपयुक्त हावापनी पाइने हुँदा पुराना बस्तीहरू केन्द्रित छन। मानिस र मानिसका क्रियाकलापको अधिक चाप परिरहेका यी क्षेत्रहरू भू–बनोटको हिसाबमा कमजोर र भिराला भएकाले पनि निकै सम्वेदनशील छन्।
पहाडी फेदी तथा मैदानी उपत्यका
भिराला पाखाहरूको तल्लो भाग तथा नदी र खोलाहरूको किनारका समथर भाग यस क्षेत्रमा पर्दछन। खासगरी पोखरा उपत्यका भराभरीदेखि कोत्रेखोलासम्म र अन्य मर्दी याम्दी, हर्पन विजयपुर, दोभान र स्याङखुदी खोलाहरूको तल्लो भाग ज्यादै विस्तृत छ। त्यस्तै, सुरौदी खोलाको बेसी, मादी नदीको बेसी र मोदी नदीको बेसी जिल्लाका अरु मैदानी भाग हुन। यी क्षेत्रमा प्रायः नदीले थुपारेका बलौटो, पाँगो र तलैया माटो भएको कारण उत्पादनका लागि ज्यादै उपयुक्त छन। तथापि, यी क्षेत्र नदी कटान र बाढीका लागि ज्यादै सम्बेनदशील छन। पहाडका फेदीमा मध्यवर्ती भिराला पाखाबाट आएका पहिराका पदार्थहरूले पुर्ने क्रम ज्यार्दै जटिल छ। मर्दी र इदी खोला, हर्पनखोला, स्याङखुदी र दोभान खोला यसका प्रत्यक्ष उदाहरण हुन। यो भू–भाग पहिला औलो र खहटे(एक प्रकारको क्षयरोग)को ठूलो प्रभावमा रहेको कारण ऐतिहासिक कालमा ज्यादै पातलो बस्ती थियो। तर, हालमा यातायात र शहरी प्रभावको कारण यो क्षेत्रमा जनआवादी ज्यादै घना छ।[१]
[सम्पादन गर्ने] सीमाना
पूर्वमा लम्जुङ्ग, पश्चिममा स्याङ्गजा पर्वत, उत्तरमा मनाङ्ग म्याग्दी र दक्षिणमा स्याङ्गजा तनहुँ
[सम्पादन गर्ने] राजनैतिक/प्रशासनिक विभाजन
यस जिल्लालाई ४३ गा.वि.स. १ उप-महा नगरपालिका १ नगरपालिका १३ वटा ईलाका तथा ३ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। जिल्लाको सदरमुकाम पोखरामा रहेको छ।
[सम्पादन गर्ने] हावापानी
भौगोलिक विविधता भएकै कारण यहाँ एकै समयमा ठाउँ अनुसार फरक फरक हावापानी रहेको पाइन्छ। यस जिल्लामा सम शितोष्ण देखि शितोष्ण हावापानी रहेको पाइन्छ। हाल सम्ममा पोखरा स्टेसनमा अधिकतम तापक्रम ३७.४ डि. से. ( ८ अप्रील १९७५) र न्युनतम तामक्रम १.८ डि.से. (१३ जनवरी १९७०)मा रहेको तथा अधिकतम कुल ३५७ मिलि लिटर १८ अगष्ट २००१ पानी परेको रेकर्डवाट देखिन्छ। नेपालमा वढी पानी पर्ने जिल्ला कास्कीको लुम्ले गाउँ विकास समिति अन्र्तगतको लम्ले क्षेत्र पर्दछ।
[सम्पादन गर्ने] प्रमुख नदीहरू
सेती मादी
[सम्पादन गर्ने] मुख्य खोलाहरू
मोदी, मर्दी, काली, विजयपुर, कोत्रे, सार्दी, काहुँ, हर्पन, फुस्रे, इंदी, आदि।
[सम्पादन गर्ने] तालहरू
प्रमुख तालको रूपमा फेवाताल १५ वर्ग कि.मी. वेगनासताल १० वर्ग कि.मी. रूपाताल १ वर्ग कि.मी. र अन्यमा दिपाङ्ग, मैदी, कमल, न्युरेनी, खास्टे, वुडुवा, गुदे, आदि।
[सम्पादन गर्ने] कुण्ड
शान्ति कुण्ड
[सम्पादन गर्ने] झरना
पाताले छाँगो(डेभिज फल)
[सम्पादन गर्ने] हिमालहरू
अन्नपूर्ण प्रथम - ८०९१ अन्नपूर्ण दोस्रेा - ७९३७ अन्नपूर्ण तेस्रो - ७५५५
अन्नपूर्ण चौथो - ७५२५ अन्नपूर्ण दक्षिण - ७२१९ माछापुच्छ्रे - ६९९८
[सम्पादन गर्ने] प्रमुख व्यापारिक केन्द्रहरू
यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू पोखरा लेखनाथ गगनगौंडा सिसुवा हेम्जा आदि हुन।
[सम्पादन गर्ने] प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू
- प्रमुख धार्मिक स्थलहरू: विन्ध्यवासीनी, तालवाराही, भद्रकाली, गुप्तेश्वर महादेव (गुफा) नारायणथान मन्दिर, राधाकृष्ण मन्दिर, गीता मन्दिर, भगवती मन्दिर, कास्कीकोट मन्दिर, पाचासे राम मन्दिर, वौद्ध गुम्वा, शान्ति स्तुप आदि रहेका छन।
- प्रमुख पर्यटकीय स्थलहरू - महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर, ताल वाराही, भद्रकाली, वौद्ध गुम्वा, शान्ति स्तुप, डेभीड फल्स (पातले छाँगो), फेवाताल, वेगनास ताल, रूपाताल, सेती नदी, घान्द्रुक, सिक्लेस, सराङ्गकोट, अन्नपूर्ण वेस क्याम्प, पाचासे डाँडा, पुम्दीकोट, काँहुको भ्यु टावर आदि छन्।
[सम्पादन गर्ने] गाउँ विकास समिती र नगरपालिकाहरू
आर्वा विजय, अर्मला, भाचाचोक, भदौरे तमागी, भरत पोखरी, भलाम, चापाकोट, दाङसिङ, देउराली, धम्पुस, ढिकुरपोखरी, धिताल, घाचोकक, घान्द्रुक, हंसपुर, हेम्जा, कांहु, कालीका, कास्कीकोट, कृस्तीनाच्नेचौर, लाहाचाचोक, लामाचौर, लेखनाथ नगरपालिका, लुम्ले, ल्वाङघलेल, माछापुच्छ्रे, माझठाना, मौजा, मिजुरेडाँडा, नामार्जुङ्ग, निर्मलपोखरी, पार्चे, पोखरा उपमहानगरपालिका, पुम्दीभुम्दी, पुरन्चौर, रिभान, रूपाकोट, सैमराङ्ग, सल्यान, सराङ्कोट, सार्दी खोला, सिल्दुजूरे, थुमाको डाँडा, थुम्की
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||