कास्की जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कास्की
पोखरा को दृश्य
पोखरा को दृश्य
नेपालको नक्शामा कास्की जिल्ला (रातो)को अवस्थिति
नेपालको नक्शामा कास्की जिल्ला (रातो)
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
सदरमुकामपोखरा
क्षेत्रफल
 • जम्मा२,०१७ किमी (७७९ वर्ग माइल)
उच्चतम उचाई
८,०९१ मिटर (२६५४५ फिट)
न्यूनतम उचाई
४५० मिटर (१४८० फिट)
जनसङ्ख्या
 (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[१][२]
 • जम्मा४९२,०९८
 • घनत्व२४४/किमी (६३०/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, नेवार,कामी
भाषा
 • मुख्य भाषाहरूनेपाली, मगर, गुरुङ भाषा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६१
गाउँपालिका संख्या
महानगरपालिकापोखरा
वेबसाइटwww.ddckaski.gov.np

कास्की जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिम शृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौँ देखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।[४]

परिचय[सम्पादन गर्नुहोस्]

यस जिल्लाको सम्पूर्ण भू–भागलाई सप्तगण्डकी प्रवाह प्रणाली अन्तर्गत सेती गण्डकी,मोदी, मादी र तिनका सहायक नदी र खोलाले प्रवाहित गरेका छन् । यो जिल्ला मध्य–पहाडी पर्यावरणीय प्रदेशमा परेता पनि जिल्ला भित्रको थुप्रै भू–भाग उच्च हिमाली क्षेत्रमा पाईन्छ । यो जिल्लाको आकार वृत्ताकार छ भने फैलाबट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्व–पश्चिम एवं उत्तर–दक्षिण फैलिएको छ। समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटर, सेती नदीको कोत्रे स्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजिकलगभग ९५० मिटर उचाइमा यस जिल्लाको होंचो भाग अवस्थित छ। उत्तरको अग्लो अन्नपूर्ण शृङ्खला संधै हिउँले ढाकी रहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन। यीमध्ये अन्नपूर्ण प्रथम (८,०९१) मिटर यसै जिल्लाको उत्तर–पश्चिम सिमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरा भर्जिन पिक माछापुच्छ्रे हिमाल(६,९९३ मिटर) जिल्लाको उत्तरी मध्य–भागमा पर्दछ।[४]

यस जिल्लाले देशको कुल भू–भागको २०१७ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। स्याङ्गजा, तनहुँ, लमजुङ्ग, मनाङ्ग, म्याग्दी र पर्वत गरी ६ वटा जिल्लासँग सिमाना जोडिएको यस जिल्लाको भौगोलिक अवस्थिति २८० ०६ उत्तरी अक्षांशदेखि २८० ३६ उत्तरी अक्षांशसम्म र ८३० ४० पूर्व देशान्तरदेखि ८४० १२ पूर्वी देशान्तरसम्म फैलिएको छ[५]। कास्की क्षेत्रफल र जनसङ्ख्याको हिसाबले ७५ जिल्लाहरूमध्ये क्रमशः सत्ताइसऔ र तेइसऔ स्थानमा पर्छ|[४] उत्तर तर्फको मनमोहक हिमाच्छादित शृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र ताल–तलैया यस जिल्लाका आभूषण हुन्। माछापु्च्छ्रे र फेवातालको प्रतिविम्ब जिल्ला पर्यटन व्यवसायका रथी हुन्।

यस जिल्लामा एक महानगरपालिका, र ३ गाउँपालिका छन। पोखरा गण्डकी प्रदेश र यस जिल्लाको सदरमुकाम हो एबम यो महानगर पालिकाको केन्द्र पनि हो। पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा शहर नेपाल अधिराज्यकै एक सुन्दर र सफा नगरको रूपमा पहिचान राख्दछ। प्रतिनिधि सभाका लागि यस जिल्लामा तीन निर्वाचन क्षेत्र छन।)[४][६]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

राष्ट्रिय जनगणना २०७८ अनुसार कास्की जिल्लाको कूल जनसङ्ख्या ६,००,०५१ जना मध्ये पुरुष २,९२,७९१ जना र महिला ३,०७,२६० रहेका छन । [१][२]

जिल्लाको नामाकरण[सम्पादन गर्नुहोस्]

कास्की जिल्लाको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप बाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ। अर्को तर्फ सोह्रौँ शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाट नै कास्की जिल्लाको नाम रहन गएको कुरा नेपाल एकीकरणको सन्दर्भमा निकै प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ। भाषाविदहरूका आधारमा गुरुङ्ग तमु भाषामा "कास" भन्नाले कछाड र "शिव" भन्नाले लगाउने अर्थात "कास शिव" कछाड लगाउनेहरू वस्ने ठाउँ शव्दबाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरुङ्ग भाषाविदहरूको भनाई रहेको पाइन्छ। तर ठोस आधार र तर्कहरूको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन।[४]

भौगोलिक अवस्था[सम्पादन गर्नुहोस्]

  • अक्षांश: २८ डिग्री ०६ मिनेट उत्तर देखि २८ डिग्री ३६ मिनेट उत्तरी अक्षांश[३]
  • देशान्तरमा ८३ डिग्री ४० मिनेट देखि ८४ डिग्री १२ मिनेट पूर्वी देशान्तरमा[३]
  • अग्लो भाग: समुद्र सतहबाट ८०९१ मिटर[३]
  • होचो भाग: समुद्र सतहबाट ४५० मिटर[३]
  • औषत लम्बाई: ६३ कि.मि.
  • औषत चौडाई: ५० कि.मि.
  • जिल्ला सदरमुकामको उचाई : ७५० मिटर[३]

कास्की जिल्लाको अवस्थिति पहाडी प्रदेशमा भएको कारण यसको भू–वनावट पनि ज्यादै जटिल छ। यस जिल्लामा दुई भिन्न पर्यावरणीय प्रदेश (पहाडी र उच्च हिमाली)मा पर्ने हुँदा पनि यसमा विषम भू–बनावट पाइन्छ। विषम भू–बनावटको निर्माण हुनुको कारणमा जिल्लामा पर्ने भौगोलिक संरचनाको विशेष भूमिका रहेको छ। भौगोलिक संरचनाको आधारमा जिल्लालाई पाँच प्रमुख क्षेत्रमा विभाजन गर्न सकिन्छ।[३][४]

उच्च हिमाली पत्रे तथा परिवर्तित चट्टान क्षेत्र[सम्पादन गर्नुहोस्]

समुद्र सतहदेखि ४,००० मिटरभन्दा माथिको भू–बनोट यस क्षेत्रअन्तर्गत पर्दछ र यस क्षेत्रलाई बाह्रैमास हिउँले ढाकेको पाइन्छ।[७]

घनपोखरा समूह[सम्पादन गर्नुहोस्]

यो क्षेत्र अत्यन्त कमजोर भू–बनोटअन्तर्गत पर्दछ। यसै क्षेत्रमा : भनिने सम्बेदनशील भौगोलिक जोर्निका पेटीले जिल्लाको लगभग १,५०० देखि २,००० मिटरको उचाइ क्षेत्रमा पूर्व–पश्चिम काटेको छ। यो क्षेत्र पहिरो जाने र भूकम्पको केन्द्र विन्दुको लागि अत्यन्त प्रमुख मानिन्छ। त्यसैले ठूला निर्माण कार्यको लागि यस क्षेत्रमा ठूलो सावधानी लिनु पर्ने देखिन्छ।[७]

नाउँडाँडा समूह[सम्पादन गर्नुहोस्]

यो क्षेत्र घनपोखरा समूहको दक्षिणमा अवस्थित छ। यसमा खासगरी कमजोर चट्टानको वाहुल्यता छ। यो क्षेत्रमा अति वर्षा हुने हुँदा पहिरो जाने बढी सम्भावना रहन्छ।[७]

सेती समूह[सम्पादन गर्नुहोस्]

यो क्षेत्र खासगरी पोखरा उपत्यकामा अवस्थित छ। प्राचीन समयमा माछापुच्छ्रेदेखि उत्तर तर्फको ठूला बाँध फुटेर अकस्मात पोखरा उपत्यकामा रोडा र गिटी थुप्रिन गई निर्माण भएको समतल नदीका टार क्षेत्र र गण्डकीका गरा यस समूहमा पर्दछन। यसमा पनि निर्माण समयावधिका आधारमा कुनै निकै पुराना छन र त्यहाँ भुङ्कान (भ्वाङ) पर्ने क्रिया देखिन्छ भने कुनै नयाँ र कठोर सिमेन्टेड (गेडुला ढुङ्गाको जमोट) अवस्थामा छन। भू–गर्भशास्त्रीहरूले यसलाई पनि विभिन्न उप–समूहमा राखी पोखरा उपत्यकाको बस्ती योजनालाई सुझाव दिएका छन।[७]

अन्य समूह[सम्पादन गर्नुहोस्]

यसमा जिल्लाको दक्षिणी भागमा वर साझी मटिखान र पश्चिममा उल्लेरी निर्माण समूह पर्दछन। यी क्षेत्रमा सामान्य फिलाईट समूहका चट्टान छन। अन्य पहाडी क्षेत्रको तुलनामा केही स्थित भू–बनोट छ। जिल्लाको भू–संरचना जटिल भएको कारण यसको भू–सतह पनि उत्तिकै जटिल छ। भू–सतहको आकृतिका आधारमा जिल्लाको भू–क्षेत्रलाई तीन प्रमुख किसिममा विभाजन गर्न सकिन्छ।[७]

उच्च हिमाली क्षेत्र[सम्पादन गर्नुहोस्]

समुद्र सतहबाट लगभग ३,५०० मिटरदेखि माथिको भू–भागलाई यस समूहमा राख्न सकिन्छ। अधिक उचाइको कारण यसभन्दा माथि लामो समय हिउँद्वारा ढाकिरहन्छ। जिल्लाको सम्पूर्ण भू–भाग अन्नपूर्ण शृङ्खलाको दक्षिण मोहडामा परेको हुँदा स्थायी हिमरेखा ४,५०० मिटरको उचाइभन्दा माथि रहेको छ। स्थायी हिमरेखा माथि अनवरत हिउँका प्रक्रिया रहेतापनि यस क्षेत्रको तल्लो सीमान्त भू–भागमा अस्थायी हिउँका प्रक्रिया केन्द्रित रहन्छन्। यो क्षेत्रमा मात्र केही अधिक उचाइमा पाइने भोजपत्र, धूपी र काँडे झाडी पाइन्छन् भने धेरै जसो समथर भागमा घाँसे चरन क्षेत्र छ। यस क्षेत्रमा गृष्मकाल (असार–असोज)मा भेडीगोठ राख्ने चलन छ।[७]

मध्यवर्ती पहाड तथा डाँडाहरू[सम्पादन गर्नुहोस्]

जिल्लाको ३,५०० मिटरदेखि तल भिरालो पाखा तथा होंचा डाँडाहरू यस क्षेत्रमा पर्दछन्। खासगरी होंचो पहाडी पाखा, तथा नदी–निर्मित टार उपत्यकामा आएर समाहित हुने हुँदा यी भिराला पाखाहरू जटिल र सम्वेदनशील छन्। यी पहाडी पाखामा होंचा र समथर भागमा मानव बस्ती र खेतीपाती केन्द्रित छन् भने अग्ला भागमा चरन तथा जंगल क्षेत्र छन्। यस क्षेत्रमा प्राचीन कालदेखि मानव बस्तीको लागि उपयुक्त हावापनी पाइने हुँदा पुराना बस्तीहरू केन्द्रित छन। मानिस र मानिसका क्रियाकलापको अधिक चाप परिरहेका यी क्षेत्रहरू भू–बनोटको हिसाबमा कमजोर र भिराला भएकाले पनि निकै सम्वेदनशील छन्।[७]

पहाडी फेदी तथा मैदानी उपत्यका[सम्पादन गर्नुहोस्]

भिराला पाखाहरूको तल्लो भाग तथा नदी र खोलाहरूको किनारका समथर भाग यस क्षेत्रमा पर्दछन। खासगरी पोखरा उपत्यका भराभरीदेखि कोत्रेखोलासम्म र अन्य मर्दी याम्दी, हर्पन विजयपुर, दोभान र स्याङखुदी खोलाहरूको तल्लो भाग ज्यादै विस्तृत छ। त्यस्तै, सुरौदी खोलाको बेसी, मादी नदीको बेसी र मोदी नदीको बेसी जिल्लाका अरु मैदानी भाग हुन। यी क्षेत्रमा प्रायः नदीले थुपारेका बलौटो, पाँगो र तलैया माटो भएको कारण उत्पादनका लागि ज्यादै उपयुक्त छन। तथापि, यी क्षेत्र नदी कटान र बाढीका लागि ज्यादै सम्बेनदशील छन। पहाडका फेदीमा मध्यवर्ती भिराला पाखाबाट आएका पहिराका पदार्थहरूले पुर्ने क्रम ज्यार्दै जटिल छ। मर्दी र इदी खोला, हर्पनखोला, स्याङखुदी र दोभान खोला यसका प्रत्यक्ष उदाहरण हुन। यो भू–भाग पहिला औलो र खहटे(एक प्रकारको क्षयरोग)को ठूलो प्रभावमा रहेको कारण ऐतिहासिक कालमा ज्यादै पातलो बस्ती थियो। तर, हालमा यातायात र शहरी प्रभावको कारण यो क्षेत्रमा जनआवादी ज्यादै घना छ।[६][७]

सीमाना[सम्पादन गर्नुहोस्]

कास्कीको पूर्वमा लमजुङ, पश्चिममा स्याङ्गजापर्वत, उत्तरमा मनाङम्याग्दी र दक्षिणमा स्याङ्गजातनहुँ गरी ६ जिल्लासँग सिमाना जोडिएको छ।[४]

राजनीतिक तथा प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

कास्की जिला प्रशासनिक कार्यालय

यस जिल्लालाई ३ गाउँपालिका १ महानगरपालिका तथा ३ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। जिल्लाको सदरमुकाम पोखरामा रहेको छ।[४]

हावापानी[सम्पादन गर्नुहोस्]

भौगोलिक विविधता भएकै कारण यहाँ एकै समयमा ठाउँ अनुसार फरक फरक हावापानी रहेको पाइन्छ। यस जिल्लामा सम शितोष्ण देखि शितोष्ण हावापानी रहेको पाइन्छ। हाल सम्ममा पोखरा स्टेसनमा अधिकतम तापक्रम ३७.४ डि. से. ( ८ अप्रील १९७५) र न्युनतम तामक्रम १.८ डि.से. (१३ जनवरी १९७०)मा रहेको तथा अधिकतम कुल ३५७ मिलि लिटर १८ अगष्ट २००१ पानी परेको रेकर्डबाट देखिन्छ। नेपालमा वढी पानी पर्ने जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले क्षेत्र पर्दछ।[४]

प्रमुख नदीहरू[सम्पादन गर्नुहोस्]

सेती मादी

मुख्य खोलाहरू[सम्पादन गर्नुहोस्]

मोदी, मर्दी, काली, विजयपुर, कोत्रे, सर्दी, काहुँ, हर्पन, फुस्रे, इंदी, आदि।

तालहरू[सम्पादन गर्नुहोस्]

प्रमुख तालको रूपमा फेवाताल १५ वर्ग कि.मी. बेगनास ताल १० वर्ग कि.मी. रुपा ताल १ वर्ग कि.मी. र अन्यमा दिपाङ्ग, मैदी, कमल, न्युरेनी, खास्टे ताल,वुडुवा, गुदे, आदि।

कुण्ड[सम्पादन गर्नुहोस्]

शान्ति कुण्ड

झरना[सम्पादन गर्नुहोस्]

पाताले छाँगो(डेभिज फल)

झोलुङ्गे पुलहरू[सम्पादन गर्नुहोस्]

कास्की जिल्लामा ५३ वटा झोलुङ्गे पुलहरू छन् जस मध्ये ४ वोटा ले लम्जुंग र कास्की जोड्ने काम गर्छन।

हिमालहरू[सम्पादन गर्नुहोस्]

  • अन्नपूर्ण प्रथम - ८०९१
  • अन्नपूर्ण दोस्रो - ७९३७
  • अन्नपूर्ण तेस्रो - ७५५५
  • अन्नपूर्ण चौथो - ७५२५
  • अन्नपूर्ण दक्षिण - ७२१९
  • माछापुच्छ्रे - ६९९८

प्रमुख व्यापारिक केन्द्रहरू[सम्पादन गर्नुहोस्]

यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू पोखरा, लेखनाथ, गगनगौंडा, सिसुवाहेम्जा हुन।

प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू[सम्पादन गर्नुहोस्]

गाउँपालिका र महानगरपालिका[सम्पादन गर्नुहोस्]

माछापुच्छ्रे गाउँपालिका, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, मादी गाउँपालिका रुपा गाउँपालिका[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ "जिल्ला विकास समिति, कास्की (जनसांख्यिकीय रिपोर्टहरू)", जिल्ला विकास समिति, कास्की, http://www.ddckaski.gov.np/page-geo-phy। 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ ४.६ ४.७ ४.८ "कास्की जिल्लाको संक्षिप्त परिचय" 
  5. जिल्ला विकास समितिको कार्यालय, कास्की २०७२ हाते पुस्तिका
  6. ६.० ६.१ "कास्की जिल्लाको संक्षिप्त परिचय", जिविस कास्की, अन्तिम पहुँच २०११-०७-२३ 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ ७.७ "कास्की जिल्लाका प्रमुख धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू" 
  8. ८.० ८.१ "कास्की जिल्लाका प्रमुख धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]