स्याङ्जा जिल्ला
| स्याङ्जा जिल्ला | |
| अञ्चल: | गण्डकी अञ्चल |
|---|---|
| सदरमुकाम: | स्याङ्जा |
| क्षेत्रफल: | १,१६४ वर्ग कि.मि. |
| जनसंख्या: | ३,१७,२११ |
| गाविस संख्या: | ६० |
| नगरपालिका(हरू): | पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ३ |
| भौगोलिक अवस्थिति: | पहाडी प्रदेश |
| सबै भन्दा अग्लो स्थान: | २,५१२ मिटर |
| सबै भन्दा होचो स्थान : | ३६६ मिटर |
| प्रमुख जातिहरू: | बाहुन, क्षेत्री, मगर, गुरुङ, नेवार आदि |
| प्रमुख भाषाहरू: | नेपाली, मगर, गुरुङ भाषा आदि |
| मानव विकास सूचाङ्क स्थिति: | ७ (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०६३ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
स्याङ्जा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम स्याङ्जा पुतलीबजार नगरपालिका हो ।
विषयसूची |
जिल्लाको नामाकरण [सम्पादन गर्ने]
यस जिल्लाको नाम स्याङ्जा रहनूमा बिभिन्न कथनहरू पाइएका छन। तिनीहरूमा निम्न कथनहरू प्रनुख छन :-
- अठारौ शताब्दी तिर आंधीखोला उर्लदै बढेर आए पछि ठेलिएछ। यसरी ठेलिएको देखेपछि मानिसहरूमा हाहाकार मच्चिन थाल्यो। एक जना सज्जन बृद्धाले भगवानलाई पूकार्दै खोलो "स्यांइय जा" भन्ने कामना गरेछन । बृढाको कामना सगै ठेलिएको खोलो "स्यांइय" खूलेर गए पछि "स्यांइय जा"को अपभ्रंस भएर स्याङ्जा हून गएको हो भनाई रहेको छ ।
- एकीकरण पुर्ब सेन बंशीय चौबीसे राज्य अन्तर्गत सतौ गह्रौ, नूवाकोट र भीरकोट राज्यमा बिभक्त भै "सेन जा" भन्दै कालान्तरमा स्याङ्जा नाम रहन गएको हो भन्ने भनाई पाइन्छ ।
- यस जिल्लामा सिंजाली मगरहरूको ठूलो बस्ती भएकोले उनीहरूकै थरबाट अपभ्रंस भएर यस जिल्लाको नाम स्याङ्जा हून गएको हो भन्ने भनाई पनि छ ।
यी कथनहरूको आधारमा हाल जिल्ला सदरमूकाम रहेको स्थानको नाम स्याङ्जा रहन गएको र तत्कालिन अवस्थामा यो ठाउँ जिल्लाको प्रमूख ब्यापारिक केन्द्र हूनूको साथै पर्वत बाग्लूङ, म्याग्दी मूस्ताङ र तनहूँ जिल्लाको प्रमूख ब्यापारिक नाकाको रूपमा पनि परिचित नाम भएकोले नै जिल्लाको नाम पनि स्याङ्जा नामाकरण गरिएको अनूमान गर्न सकिन्छ।
इतिहास [सम्पादन गर्ने]
यद्यपि जिल्लाको ऐतिहासिक रूपरेखा र नामांकन सम्बन्धमा कूनै आधिकारिक एवं भरपर्दो अभिलेख प्राप्त भएको छैन तापनि हाल सम्म प्राप्त विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरूको कथन समेतको आधारमा स्याङ्जा जिल्लालाई प्रागः ऐतिहासिक कालमा भृगू ऋषिको तपस्या स्थल (हालको चण्डीभज्याङ् गाविसको भृगतूम) श्रवण कूमार र अन्धाअन्धीको किंवदन्तीसँग जोडिएको आधीखोलाको उदगमस्थल अन्धाअन्धी दह र स्वस्थानी ब्रतकथामा उल्लेख भए अनूसार सती देवीको शेषअंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलिक स्वरूपमा लिन सकिन्छ ।
प्राचिन कालमा हालको स्याङ्जा जिल्लाको भुबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मिक नदी कालीगण्की किनारका सेतीबेणीको रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट छाँया क्षेत्र हूदैं उत्तर पञ्चासे धाम (बालाचतूर्दशीका दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरूमा उल्लेख भएको पाइन्छ । प्राकृतिक सांस्कृतिक र मनोरम दृश्यहरूबाट सौन्दर्यित स्याङ्जा जिल्लामा नेपाल एकिकरण पूर्व २४ से राज्य अन्तर्गत ६ टुक्रे रजौटाहरू गह्रौ, भीरकोट् सतौं, नूवाकोट, ढोर र पैंयू अस्तित्वमा थिए। ढोर र पैंयूको धेरै जसो भाग क्रमशः तनहूँ र पर्वतमा विलय भए पछि बांकी ४ रजौटाहरूले नै आधूनिक स्याङ्जा जिल्लाको पहिचान बोकेको छ ।
जनसंख्या [सम्पादन गर्ने]
राष्ट्रिय जनगणना २०५८ अनुसार स्याङ्जा जिल्लाको कूल जनसंख्या ३,१७,२११ जना मध्ये पुरुष १,४३,५९२ जना र महिला १,६३,६१४ रहेका छन्। जिल्लाभरी ५९,१८६ घर तथा ६४,८८८ परिवार रहेका र ब्राह्रमण ३२.९%, मगर २१.२%, क्षेत्री ११.२%, गुरुङ् १०%, कामी ६.५%, सार्की ३.२%, दमैं ३.२%, नेवार २.९%, ठकूरी २.७%, र्घर्ति २.२ %, सन्यासी ०.७ %, मुस्लिम ०.६ %, कूमाल ०.३ % र अन्य २.४ %मा विभाजित रहेका छन । यी विभिन्न जातजातिहरू परापूर्वकालदेखि नै आपसी सौहादर्रता र मित्रता कायम राखि बसोबास गरेका र जातिय विविधता अगाल्दै नेपाली भाषा प्रायः सबैले बुझ्ने गर्दछन ।
भौगोलिक अवस्था [सम्पादन गर्ने]
नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो। यस जिल्लाको सदरमुकाम स्याङजा पुतलीबजार न.पा. ८५० मिटर उचाइमा आँधिखोलाको किनारमा रहेको छ । यस जिल्लाका छिमेकी तथा किल्लाकारूपमा कास्की, पर्वत, तनहुँ, गुल्मी र पाल्पा जिल्लाहरू रहेका छन । स्याङ्जा जिल्ला समुन्द्री सतहबाट ३६६ मिटर देखि २,५१२ मिटरसम्मको उचाईमा अवस्थित छ। भौगोलिक विवरण अनुसार कुल ११६४ वर्ग कि.मी.मा फैलिएको यस जिल्ला ८३', २७" देखि ८४' पूर्व ४६" देशान्तर र २७' ५२" देखि २८' १३" उत्तरी अक्षांशभित्र फैलिएको छ। जिल्ला भित्र ६० वटा गा.वि.स.,२ वटा नगरपालिका, ३ वटा निर्वाचन क्षेत्र र १५ वटा इलाका रहेका छन ।
आर्थिक अवस्था [सम्पादन गर्ने]
कृषि [सम्पादन गर्ने]
स्याङ्जा जिल्लाको जम्मा १,०२,०८७ हेक्टर जमीन रहेकोमा कृषिका लागि खेतियोग्य जमीन ७६,५२० हेक्टर रहेकोमा जम्मा ४७,९४२ हेक्टरर जमीनमा मात्र खेती गरिएको छ, जसमध्ये खेततर्फ १६,१७८ हे. र पाखो तर्फ ३१,७६४ हे. रहेको छ। फलफूल तर्फ सुन्तला, मौसमी र वेमौसमी तरकारी उत्पादन, कफी खेती, सदन बाली विकास कार्यक्रम, मौरीपालन तथा रेशम खेती विकास कार्यक्रम, दिगो भू-वयवस्थापन र साना सिंचाई कार्यक्रम प्रमुख रूपमा संञ्चालनमा ल्याइएकोछ । सुन्तला, उखु, कफी, गोलभेंडा, अदुवा र दुग्ध उत्पादन यहाँका कृषकहरूको आयआर्जनको प्रमुख स्रोतको रूपमा रहेको छ ।
यातायात [सम्पादन गर्ने]
स्याङ्जा जिल्लाको करिब करिब मध्य भागमा उत्तर दक्षिण भएर सिद्धार्थ राजमार्ग अवस्थित छ। उक्त रामजार्गको सबैभन्दा धेरै अंश, ७० कि.मि. यसै जिल्लामा पर्दछ। सिद्धार्थ राजमार्गमा जोडिने गरि बिभिन्न जिल्ला तथा ग्रामीण सडकहरू निर्माण भएका छन्। यस जिल्लाको ५८७ कि.मि. स्थानीय सडक मध्ये करिब ४४५ कि.मि. सडकमा कात्तिक महिनादेखि जेठ महिनासम्म यातायत सञ्चालन हुन्छ ।
सञ्चार [सम्पादन गर्ने]
सञ्चारका विविध साधनहरू मध्ये यस जिल्लामा हुलाक, टेलिफोन, आकाशवाणी, टि.भि., रेडियो तथा निजी क्षेत्रका पत्रपत्रिका पनि प्रकाशनमा छन्, हुलाक तर्फ जिल्ला हुलाक १, १२ वटा इलाका हुलाक, टेलिफोन तर्फ सदरमुकाममा ४०० लाईन, ५१२ लाईन क्षमताको एक्सचेन्जबाट,वालिङमा २११ लाईन र गल्याङ्मा ११६ लाईन वितरण भएकाछन्।जिल्लाका ३१ वटा गा.वि.समा मार्टस प्रणाली उपलव्ध छ । वालिङको गह्रौंसुरस्थित टेलिफोन टावरमा माओवादीबाट आक्रमण भएका कारण केही समयदेखि सञ्चार सुविधा अवरुद्ध भई वालिङ् क्षेत्रमा लोकल टेलिफोन कलको व्यवस्था सञ्चालित छ। अत्यावश्यकिय सेवाकोरूपमा ती क्षेत्रका लागि १२ लाईन टेलिफोन पाल्पाबाट STD/ISD सेवा उपलव्ध गराईएको छ । आकासवाणी, टि.भि., रेडियोका हकमा घरघरमा आवश्यकतानुसार सञ्चालनमा आएका छन । पत्रिका तर्फ विचार साप्ताहिक, समय साप्ताहिक, स्याङ्जा सन्देश पाक्षिक,स्याङ्जा एक्सप्रेस, सत्यदुत साप्ताहिक जस्ता स्थानीय पत्रपत्रिका प्रकाशनमा आएका छन। हाल आएर कम्प्युटर तथा ईन्टरनेट सेवामा पनि उल्लेखनिय बृद्धि भएको छ ।
शिक्षा [सम्पादन गर्ने]
हाल यस जिल्लामा र्सार्वजानिक र नीजि गरी प्रा.वि. ५६०, नि.मा.वि. १५८, मा.वि. ९० उच्च मा.वि./क्याम्पस २४० वटा गरी जम्मा ८३२ संस्थामा १,०८,१११ विद्यार्थीहरू लाभान्वित हुन पुगेका छन् भने निरक्षरता घटाउने, लैंगिक विभेद हटाउने, शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने, विद्यालयहरूको भौतिक सुधार गर्ने, निःशुल्क पाठ्य पुस्तक वितरण गर्ने, राष्ट्रिय छात्रावृत्ति उपलब्ध गराउने, महिला शिक्षा कार्यक्रम र सामुदायिक वितरण गर्ने, राष्ट्रिय छात्रावृत्ति उपलब्ध गराउने, महिला शिक्षा कार्यक्रम र सामुदायिक विद्यालय सहयोग कार्यक्रम जस्ता क्षेत्रहरूमा कार्यक्रम केन्द्रीत गरी सञ्चालनमा ल्याइएको देखिएको छ ।
विद्युत [सम्पादन गर्ने]
जिल्लाका २ न.पा. र ६० गा.वि.स. हरूमध्ये आँधीखोला जलविद्युत केन्द्र तथा बुटवल पावर कं.प्रा.लि. बाट १ न.पा. र १९ गा.वि.स.मा र नेपाल विद्युत प्राधिकरण स्याङ्जाले १ न.पा. र २० गा.वि.स.मा गरी जम्मा २ न.पा. र ३९ गा.वि.स. का साढे सत्र हजार ग्राहकहरूलाई मात्र सुविधा पुर्याई आएका छन्। यसरी जिल्लाका कूल घरधुरीको ५३.३२%ले मात्र विद्युत सेवा उपभोग गर्न पाएका छन ।
पर्यटकीय स्थलहरू [सम्पादन गर्ने]
छाङ्गछाङ्गदी [सम्पादन गर्ने]
श्री स्वस्थानी ब्रतकथामा आधारित सतीदेवीको अङ्ग पतन भएको स्थल, छायां क्षेत्रको रूपमा समेत परिचित पवित्र तीर्थ स्थल जिल्ला सदरमुकाम वाट १८ किलो मीटर दक्षिण सिर्द्धार्थ राजमार्गमा नै पर्छ ।
पंचासे डांडा [सम्पादन गर्ने]
समुद्र सतहबाट २५१२ मीटरको उचाईमा रहेको जिल्लाको अग्लो स्थान र बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान सदरमुकामबाट ३० किलो मीटर उत्तर पश्चिममा पर्छ । यो स्थान स्याङ्जा कास्की र पर्वत जिल्लाको सीमामा एक पर्यटकीय स्थानको रूपमा रहेको छ ।
अन्धाअन्धी दह [सम्पादन गर्ने]
चिलाउनेबास गा.वि.स.मा पर्ने प्रसिद्ध दह सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ। त्रेतायुगमा श्रवणकुमारले आफना अन्धा बाबु आमालाई तीर्थ घुमाउने क्रममा यस ठाउँमा आई पुगे पछि बाबु आमालाई पानी खुवाउन स्थानीय दहमा गाग्रो डुबाउंदा निस्केको आवाजलाई मृगको आवाज समझी राजा दशरथले त्यस तर्फ वाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको र राजा दशरथ पानी लिएर जादां श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुबै जना त्यहीं रुँदारुँदै मरेका हुँदा उनीहरूको आँसुबाट दहको उत्पति भएकोले त्यस दहको नाम अन्धाअन्धी दह रहन गएको किम्बदन्ती रहेको छ। यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ ।
राधा दामोदर आश्रम [सम्पादन गर्ने]
सांखर गा.वि.स.मा पर्ने पसिद्ध तीर्थ स्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ ।
चण्डीकालीका [सम्पादन गर्ने]
सांखर गा.वि.स.मा पर्ने पसिद्ध तीर्थ स्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ ।
राम्दी घाट [सम्पादन गर्ने]
काली गण्डकीको किनारमा रहेको प्रसिद्ध धार्मिक स्थल सदरमुकामबाट ५२ किलो मीटर दक्षिणमा पर्छ ।
आलम देवी [सम्पादन गर्ने]
शाहवंशका कुलदेवीका रूपमा रहेकी आलम देवी देशकै महत्वपूर्ण धार्मिक स्थल सदरमुकामबाट किलो मीटर दक्षिण पश्चिममा पर्छ।यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रूपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वराहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्ग गा.वि.स.मा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिइन्छ ।
बुढाकोट [सम्पादन गर्ने]
स्याङ्जा जिल्लाको सबैभन्दा अग्लो पहाड बुढाकोट हो । गुरुङको बस्ति रहेको यस पहाडको टुप्पोबाट स्याङ्जाको अधिकाङ्श ठाउँ, पाल्पा र पोखरा हेर्न सकिन्छ। पहाडको टुप्पोमा एक मन्दिर छ जहा दशैमा विशेष भिड हुन्छ ।
आरुखर्क [सम्पादन गर्ने]
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||