पर्वत जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पर्वत जिल्ला
Parbat district location.png
अञ्चल: धौलागिरी
सदरमुकाम: कुस्मा,
क्षेत्रफल: ४९४ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ५५
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०६७
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो। विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडी छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन्। हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ। यो नेपालको चौथो सानो जिल्ला हो | धौलागिरी अञ्चलका चार जिल्ला मध्येको एक पर्वतको सिमाना कास्की, स्याङ्जा, बाग्लुङम्याग्दीसँग जोडिएको छ। ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वतमा १ लाख ५७ हजार ८ सय २६ जनसंख्या रहेको पछिल्लो जनगणनाले देखाएको छ।

पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार हो। जिल्लाका ५५ गाविसमध्ये ५३ गाविसलाई कच्चि नै भएपनि मोटरबाटोले जोडेको छ। मोदीखोला जलविद्युत आयोजना सञ्चालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले तिव्रता पाएको छ। नजीकैको पर्यटकीय सहर पोखरा र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रलाई लक्षित गरेर जाने पर्यटकलाई आर्कषित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन।

पर्वत अहिलेसम्म एउटा पनि नगरपालिका नभएको जिल्ला हो। सदरमुकाम कुस्मा र आसपासका छिमेकी गाविसलाई समेटेर नगरपालिका प्रस्तावित अबस्थामा छ। सदरमुकाम कुस्मा बजार नै यहाँको मुख्य बजार हो। फलेबास, कार्कीनेटा, लुंखु, वल्लो बेनी जस्ता स्थान मुख्य ब्यपारिक केन्द्र हुन।

कुस्मा बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफामोदीवेनी देशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र हुन। शिवरात्री, ठुली एकादशीबालाचर्तुदशी जस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ। पन्चासेडहरेको लेक यस क्षेत्रका संभावना बोकेका पर्यटकिय स्थल हुन भने दक्षिणि भेगमा अवस्थित शालिग्राम शिला उत्तिकै प्रसिद्ध छ।

कृषि यहाँका बासिन्दाको मुख्य पेशा हो। प्रायः कृषकहरू परम्परागत खेती प्रणालीमै निर्भर छन्। बैज्ञानिक खेती प्रणालीको अभावमा मेहेनत अनुसारको आय गर्न मुस्किल छ। कृषि बाहेक सरकारी सेवा र बैदेशिक रोजगारीमा लाग्नेको संख्या पनि धेरै छ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

चित्र:Prabat district.jpg
पर्वतको एक तस्बीर
पर्वत जिल्लामा गरिएको सुन्तला खेती

धार्मिक प्रमाणको आधारमा यस जिल्लालाई जगतमाता पार्वतीको जन्मस्थान मानिएको छ। पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ्ग गा. वि.स. भएको भन्ने प्रमाणको आधारमा पर्वत नामाकरण भएको पाइन्छ। परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो भन्ने किम्वदन्ती रहेको पाइन्छ।

इतिहास[सम्पादन गर्ने]

इतिहासका पन्नामा नजर डुलाउँदा राजा मलेबमका पालामा शक्तिशाली चौविसे राज्य पर्वत उत्तर भोट देखि दक्षिण गुल्मी र गल्कोट पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भयो। त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्य वि.सं. १८४४मा नेपाल राज्यमा विलय भएको थियो। (नेपालको इतिहास) यसरी पुरानो इतिहास अध्ययन गर्दाको पर्वत र वर्तमान पर्वत जिल्लाको तुलनात्मक दृष्टिमा सानो सिमानामा नियन्त्रित भएको छ। क्षेत्रफलको हिसाबले नेपालको राजधानी काठमाडौं, ललितपुर र भक्तपुर पछिको चौथो सानो जिल्लामा सिमित पर्वतको कुल क्षेत्रफल ४९४ व.कि.मि. केन्द्रिय तथ्याङ्क विभागका अनुसार रहेको छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

पर्वत जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको मध्य पहाडी जिल्ला हो। यो नेपालका ७५ जिल्ला मध्ये चौंथो सानो जिल्ला हो। पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रूपमा चिनिन्छ। विश्व मानचित्रमा पर्वत २८ डिग्री ००' १९" देखि २८ डिग्री २३' ५९" अक्षांस र ८३ डिग्री ३३' ४०" देखि ८३ डिग्री ४९' ३०" देशान्तरमा रहेको छ। यस जिल्लाको कूल क्षेत्रफल ५३६.८६ वर्ग किलोमिटर रहेको छ। उचाईका हिसावले समुन्द्री सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखि ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ।

यस जिल्लाका रमणीय लेकाली चुचुराहरूमा उत्तरी भागमा पर्ने हम्पाल र लोप्रेका लेकहरू मध्य भागका पञ्चासे, डहरे तथा दक्षिणी भागका चिसापानी र गोर्ल्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुराहरू हुन्। जहाँ शिशिरमा हिउंले ढाक्ने र वसन्तलाई लेकाली जडीवुटी, वन्य जन्तु र लालीगुरांस लगायतका धेरै सुन्दर फुलहरूले सिंगारीरहेका हुन्छन्। यी चुचुराहरूबाट उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खला र टाढा-टाढाका मनमोहक दृष्य तथा विहानीको सूर्‍योदयको सुन्दरताले पर्यटकहरूलाई मन्त्र मुग्ध पार्ने हुँदा पर्यटन विकासको सम्भावना त्यत्तिकै छ।

कुश्माको गुप्तेश्वर गुफा, ज्ञादीको अलपेश्वर गुफा, पाङ्गको भुवनेश्वरी गुफा, वर्राचौरको सितलपाटी गुफा, लुंखुको चनौटे भिर मुनीको ढाउ गुफा यस जिल्लाका प्रसिद्ध गुफाहरू हुन भने धार्मीक तथा प्रयटकिय दृष्टिले मोदीवेनीको नरसिंह मन्दिर, सेतीवेणीको शालिकग्राम शिला, धाईरिङ्गको भुमे, लुंखु चिसापानीको कालिका देवी मन्दिर, कुश्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरू, ठुली पोखरीको वाटुलेचौर, होश्रादीको पैंयुकोट र धुवाकोटको ऐतिहासिक दरवार तथा किल्ला, माझफांटको कर्र्णोलको दरवार, तथा लुंखुको महाशिला (मेलढुङ्गा) महत्वपूर्ण मानिन्छन्।

पर्वत जिल्लाको अन्य भागलाई कुश्मासँग जोड्ने पुल

राजनैतिक विभाजन[सम्पादन गर्ने]

चित्र:Parbat map.jpg
पर्वत जिल्लाको नक्सा

राजनैतिक विभाजनका आधारमा पर्वत जिल्ला दुई निर्वाचन क्षेत्र, ११ इलाका, ५५ गाविस र ४९५ वडाहरूमा विभाजन गरीएको छ।

जनजीवन[सम्पादन गर्ने]

मानवीय विकासक्रमको दृष्टिले १५ औं स्थानमा पर्ने यस जिल्लामा व्राम्हण, क्षेत्री, मगर, कामी, गुरुङ्ग, दमाई, सार्की, कुँवर, नेवार, र्घर्ती, ठकुरी, सन्यासी, कुमाल, वोटे, माझी, थकाली र मुश्लीम जातिको वसोवास रहेको छ। २०६० असौजमा जिविसले लिएको तथ्याड्ढलाई प्रक्षेपण गर्दा यस जिल्लामा ३४२६८ घरधृरीका २०८२०९ मानिसहरू बसोवास गर्दछन्। विकासक्रमले हेदा यस जिल्लाका ८ गाविसमा २८ कि.मी. पक्कि सडक र ५३ गा.वि.स.मा ४०० कि.मी. भन्दा बढी धुले मौसमी सडकले ढाकेको छ। खानेपानी सुवीधा ७६ प्रतिशत घरधुरीमा, सौचालय निर्माण ४४ प्रतिशत घरधुरीमा देखिन्छ भने आकाशे पानी संकलन गरी खानेपानीको गर्जो टार्ने वस्तीहरूमा होश्राङ्गदी, फलाम खानी, उराममा प्रतिघर २००० लिटर क्षेमताका ११३ घैंटा निर्माण गरीएका छन।

यस जिल्लामा १० स्वास्थ्य चौकि र ४२ उपस्वास्थ्य चौकीबाट आधारभुत स्वास्थ्य सुविधा ५५ वटै गा.वि.स.मा पुगेको देखिन्छ। जिल्ला अस्पताको अलवा ठूलीपोखरी र लुङ्खु देउरालीमा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेबा उपलब्ध भएको छ। फलेवासमा सञ्चालीत हेल्पीङ्गहेन्स सामुदायीक स्वास्थ्य क्लिनिकबाट एक्स-रे, इसीजी, अल्ट्रा साउन्ड, ल्याव, र्फार्मेसी, सामान्य सल्यक्रिया र प्रसुती सेवा समेत प्रदान गरिएको छ। यस जिल्लामा रहेका ४ वटा आयुर्वेदिक स्वास्थ्य केन्द्रले समेत स्वास्थ्य क्षेत्रमा थप सहयोग पुर्‍याएका छन्।

जलश्रोतको दृष्टिले हेर्दा पर्वतको पश्चिमि भागमा कालीगण्डगी नदी, मध्यभागमा मोदी भएतापनि यिनिहरूलाई सिंचाईको रूपमा उपयोग गर्न सकिएको छैन। हाल यि नदिहरू ढुंङ्गा, गिटि वालुवाका मुख्य श्रोत वनेका छन् अन्य स-साना खोलाहरू लुंदी, लस्ति, पाति, रति, जहरे, मल्याङ्गदी, चर्दी, लमाय, वाच्छा, सेति लगाएतका खोलाहरू सिंचाईका मुख्य श्रोतहरू हुन्। विद्युत उपयोगको दृष्टिमा भोक्सिङ्ग, वाच्छा, पाङराङ्ग, भुक, क्याङ्ग र सरौंखोला गा.वि.समा लघुजलविद्यु योजना सञ्चालन भईरहेका छन् भने ठुला विद्युत योजनामा १४ मेघावाट क्षेमताको मोदिखोला पर्वतको देउपुर गा.वि.स.मा सञ्चालन भईरहेको छ। यस जिल्लाका २६ गा.वि.स.ले केन्द्रिय प्रसारण लाईन वाट विद्युत सुविधा प्राप्त गरेका छन् भने फलामखानी गा.वि.स.मा स्थानिय विकास कोषको प्रर्दशन कार्यक्रम अन्तर्गत हावाबाट सञ्चालन हुने विद्युत नमुनाको रूपमा देखाइएको छ।

शिक्षा क्षेत्रमा हेर्दा ५ क्याम्पस, १९ उ.मा.वि, ६२ मा.वि., ३४ नि.मा.वि. २१८ प्रा.वि. रहेका छन् भने निजिश्रोतका मा.वि.को संख्या ८ रहेको छ। शैक्षिक हिसावले १६ श्रोत केन्द्र अर्न्तर्गत पर्वतका सम्पूर्ण विद्यालयहरू समावेश गरिएको छ।

पर्वत सानो जिल्ला भएतापनि लेक र वेंसिमा हावापानीको भिन्नता माटोको विविधता धरातलिए सोरूप र मोहोडामा ठूलो अन्तर रहेकोले कृषि उत्पादनमा तजा तरकारी, विभिन्न तरकारीको विउ अधुवा, आलु, अलैंची, कफी, वेसार, आदी फलफुलमा अमीलोजाति, लप्सी, केरा, लीची, आरु, ओखर नास्पति आदि हुन्। वेसीका समतल फांटहरूमा उन्नत जातको खाद्यन्नको विस्तार गरि लाभ लिन सकिन्छ भने पशूपालनका दृष्टिले वाख्र, कुखुरा, वंगुर, खरायो, गाई भैसी नै व्यवसायका मुख्य आधार हुन्। यहाँ लघु उद्यम विकास कार्यक्रमको सहयोगमा केही उद्यमीहरू तयार भई क्याण्डी, जाम, जेली, अचार, छाला जुत्ता, अल्लाको कपडा, टिका, सावुन , माहुरी लगाएतका व्यवसाय सुरू गरेको देखिन्छ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]