| महोत्तरी जिल्ला |
 |
| अञ्चल: |
जनकपुर अञ्चल |
| सदरमुकाम: |
जलेश्वर, |
| क्षेत्रफल: |
१,००२ वर्ग कि.मि. |
| जनसंख्या: |
|
| गाविस संख्या: |
७६ |
| नगरपालिका(हरू): |
जलेश्वर, |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: |
५ |
| भौगोलिक अवस्थिति: |
तराई |
| सबैभन्दा अग्लो उचाई: |
मिटर |
| सबैभन्दा होंचो उचाई: |
मिटर |
| प्रमुख जातिहरू: |
आदि |
| प्रमुख भाषाहरू: |
आदि |
| मानव विकास सुचाङ्क स्थिति: |
(७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: |
०४४ |
| प्रमुख जिल्ला अधिकारी: |
|
| वेबसाइट: |
ddcmahottari.gov.np |
| हे • वा • सं |
महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम धर्माबलम्बीको बाहुल्य रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको बसोबास रहेको पाइन्छ। यस जिल्लामा जीवन निर्वाहको प्रमुख श्रोत कृषि पेशा नै हो। खेतीयोग्य उर्बर भूमि, विद्युत उपलब्धता, सुगम भौगोलिक अवस्था, वनजङ्गल, नदीनाला तथा खुला भारतीय सिमाना जस्ता विकासका अवसर तथा सम्भावना भए पनि श्रोतसाधनको समुचित सदुपयोग हुन नसकेकाले राष्ट्रिय परिवेशमा तराईकेा पिछडिएको क्षेत्रको रूपमा यस जिल्लालाई हेरिन्छ।.
- यस जिल्लाको नामाकरणबारेको सन्दर्भ खोजी गर्दा प्राचीन इतिहासअनुसार नेपाल एकीकरण हुनुभन्दा अगाडी यो मिथिला प्रदेशको एक स्वतन्त्र राज्य थियो। त्यसै समयमा "महोदरी" नामक एक ब्राह्मणले ५० बिघा जग्गामा एक बिशाल पोखरी निर्माण गरी आफ्नो नामवाट उक्त पोखरी नामाकरण गराएका थिए। समयान्तमा महोदरी शब्दको अपभ्रंश हुदै महोत्तरी हुन गएको जनबिश्वास छ।
- त्यस्तै अर्को धारणा अनुसार पहिला महोत्तरीको अधिकाश भूभाग घना वन्यभुतल थियो। गङ्गाभन्दा वा गङ्गा उपत्यकाको सबैभन्दा उत्तर वा महाउत्तरतिरको वन्यभुतल जो पहाडको तलहिटी पर्दथ्यो त्यसैलाई महा+उत्तर+ई हुदै महोत्तरी भन्न थालिएको हो भन्नेहरू पनि भेटिन्छन् |
- अक्षांश: २६ डिग्री ३६" उत्तर देखि २८ डिग्री १०" उत्तरसम्म
- देशान्तरः पूर्वी ८५ डिग्री ४१" देखि पूर्वी ८५ डिग्री ५७" सम्म
- सबभन्दा अग्लो स्थान:- ८०८ मिटर
- सबभन्दा होचो स्थान:- ६१ मिटर
- सिमाना:- पूर्व-धनुषा जिल्ला, पश्चिम-सर्लाही जिल्ला र भारतको बिहार, उत्तर-सिन्धुली जिल्ला र दक्षिण- भारतको बिहार प्रदेश
- क्षेत्रफल:- १,००२ वर्ग किलोमिटर
- अवस्थिति:- तराई प्रदेश
- औषत लम्बाई:- उत्तर-दक्षिण ५८ किलोमीटर
- औषत चौडाई:- पूर्व-पश्चिम १८ किलोमीटर
भौगोलिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको पत्रेदार चुरेभावर क्षेत्र (१४%), दक्षिणमा तराइको समथर मैदान (८४ %) ओगट्ने गरी जम्मा २ भागमा बाँड्न सकिन्छ।
महोत्तरी जिल्ला मनसुनी हावाद्वारा प्रभावित क्षेत्र हो यहाँउष्ण जलवायु पाइन्छ। यहाँको अधिकतम तापक्रम गर्मीयाममा ४२ डिग्री सेल्सियसभन्दा पनि बढि हुने गरेकाले कहिलेकाही लु चल्ने गर्दछ। तर जिल्लाको उत्तरी भागमा तापक्रम केही कमहुनने गरेको छ। त्यस्तै जाडोयाममा न्युनतम तापक्रम ५ डिग्री सेल्सियससम्म पुग्नुका साथै शितलहरसमेतका कारणले जनजीवन प्रभावित हुने गर्दछ। यस जिल्लामा वार्षिक औसत वर्षा १८४० मिलिमिटर देखि २२०० मिलिमिटर हुने गरेको पाइन्छ। यस जिल्लामा ८० प्रतिशत वर्षा बैशाख देखि भदौ महिनाभित्र हुने गर्दछ। हिउँदमा यस जिल्लामा न्यून वर्षा हुने गर्दछ।
महोत्तरी जिल्लाका हिन्दू समुदायमा मनाईने चाडपर्वहरू रक्षाबन्धन, तीज, ऋषिपञ्चमी, कृष्णाष्ठमी, विश्वकर्मापूजा, जितिया, दशै, दुर्गापूजा, दिपावली, छठ, विवाह पञ्चमी, माघे संक्रान्ती, शिवरात्री, होली, रामनवमी, जुडशितल तथा सतुआईन आदी हुन। यी मध्ये पनि दिपावली, छठ र होली बिशेष आकर्षण तथा उत्साहका साथ मनाइन्छ। त्यस्तै कृष्णाष्ठमी, दुर्गापूजा तथा शिवरात्रीमा धार्मिक मेलासमेत लाग्ने गर्दछ। यसैगरी मुस्लिम समुदायमा मनाईने चाडपर्वहरू रमजान, ईदउलफितर, बकरइद, मोहरम (ताजया) आदी हुन्। यसबाहेक आआफ्नो जातीय धार्मिक तथा सास्कृतिक परम्पराअनुसार अन्य चाडपर्व पनि उत्साहका साथ मनाईने गरिन्छ। यी चाडपर्वहरू सामाजिक सदभाव कायम राख्न सहयोगी हुने गरेका छन। चाडपर्व तथा मेलाले धार्मिक सांस्कृतिक तथा सामुदायिक परम्पराको सरक्षका साथै खुशियाली साटासाट तथा मनोरञ्जनका लागि खासगरि ग्रामिण भेगमा धेरै महत्व हुन्छ।
महोत्तरी जिल्लाका गाविस तथा नगरपालिकाहरू
|
|
|
|
|