| धादिङ जिल्ला |
 |
| अञ्चल: |
बागमती अञ्चल |
| सदरमुकाम: |
धादिङबेसी |
| क्षेत्रफल: |
१,९२६ वर्ग कि.मि. |
| जनसंख्या: |
|
| गाविस संख्या: |
५० |
| नगरपालिका(हरू): |
|
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: |
३ |
| भौगोलिक अवस्थिति: |
पहाड |
| सबै भन्दा अग्लो स्थान: |
मिटर |
| सबै भन्दा होचो स्थान : |
मिटर |
| प्रमुख जातिहरू: |
आदि |
| प्रमुख भाषाहरू: |
10+ आदि |
| मानव विकास सूचाङ्क स्थिति: |
(७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: |
०१० |
| प्रमुख जिल्ला अधिकारी: |
|
| वेबसाइट: |
ddcdhading.gov.np |
| हे • वा • सं |
धादिङ नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलमा अवस्थित मध्य पहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङ प्रसिध्द गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसँग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्टवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ।
स्थानीय आदिबासी चेपाङ (प्रजा)को भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ। चेपाङहरू पहिलेदेखि नै यहाँ बसोवास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामूखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाटै नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रूतीले यहा जनसमर्थन पाएको छ।
- अक्षांस: २७ डिग्री ४०' उत्तरदेखि २८ डिग्री १७'
- देशान्तर: ८४ डिग्री ३५' पूर्वदेखि ८० डिग्री १७'
- क्षेत्रफल: १,९२,४०९ वर्ग किलोमिटर (१९२४८४ हेक्टर)
- सिमाना: पूर्व-काठमाडौं, नुवाकोट र रसुवा जिल्ला; पश्चिम-गोरखा जिल्ला; उत्तर-चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण-मकवानपुर र चितवन जिल्ला
- सबभन्दा अग्लोस्थान: पाविल हिमाल (७,११० मिटर)
- सबभन्दा होचोस्थान: जोगीमारा (३०० मिटर)
- सदरमुकाम: धादिङबेंसी (६४० मिटर)
पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ। उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ। यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्। धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ। न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ। त्यसैगरी त्रिशुली नदी, आँखु नदी, थोप्पल खोला लगायत पश्चिममा बगेको बूढीगण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरू पर्दछन्। नेपालका चर्चित टारहरूमध्येको एक टार सल्यानटार बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको छ। त्यसैगरी जिल्लामा ससाहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, विशालटार ,रिचोकटार जस्ता प्रशस्तै टारहरू र बेंसीहरू रहेका छन।
त्रिशुली नदी आँखु नदी थोप्पल खोला आँसी खोला कोशी खोला महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरू यस जिल्लाभित्र रहेका छन्। त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ।
धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ। होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरूमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ।
यस जिल्लामा ढुंगा बालुवा मार्वल स्लेट चुनढुङ्गा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानीहरू रहेका छन्।
यस जिल्लाको धेरैजसो बेंसी फाँट तथा टारहरूमा बजारको विकास भएको छ। यहाँ रहेका बजारहरूमा धादिङबेंसी आरुघाट विशालनगर किन्ताङ७३ठघण्सेंदी गजुरी मलेखु नौबिसे चरौंदी बेनीघाट महादेवबेंसी कटुन्जे रिङ्ने आदि रहेका छन्।[१]
|
धादिङ जिल्लाका गाविस तथा नगरपालिकाहरू
|
|
|
|
|
|
धादिङ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थानहरू
|
|
|
|
|
धादिङ आवाज