भोजपुर जिल्ला (नेपाल)
| भोजपुर जिल्ला | |
| अञ्चल: | कोशी |
|---|---|
| सदरमुकाम: | भोजपुर |
| क्षेत्रफल: | १,५०७ वर्ग कि.मि. |
| जनसंख्या: | १,८२,४५९ (२०६८)[१] |
| गाविस संख्या: | ६३ |
| नगरपालिका(हरू): | |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | २ |
| भौगोलिक अवस्थिति: | पहाडी प्रदेश |
| सबै भन्दा अग्लो स्थान: | मिटर |
| सबै भन्दा होचो स्थान : | मिटर |
| प्रमुख जातिहरू: | क्षेत्री, राई, बाहुन, गुरुङ, जोगी, आदि |
| प्रमुख भाषाहरू: | नेपाली, राई आदि |
| मानव विकास सूचाङ्क स्थिति: | ३२ (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०२९ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | ddcbhojpur.gov.np |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
भोजपुर नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो। मध्यकालिन नेपालको पूर्व चार नम्वर भनेर चिनिने भोजपुर तत्कालिन नेपालको एक प्रमूख प्रशासकीय जिल्ला हो। भौगोलिक हिसाबले यो एक मध्य पहाडी जिल्ला हो। भोजपुर जिल्ला भौगोलिक विविधतताले भरिएको उब्जाउ भूमि हो। संखुवासभा, धनकुटा, उदयपुर, खोटाङ र सोलुखुम्बु जिल्ला यसका छिमेकी जिल्लाहरू हुन। विविध जनजातिले बसोबास गरेको यो जिल्लामा राई जातिहरूको उल्लेख्य बसोबास छ। अन्य मुख्य जातिहरूमा क्षेत्री, ब्राह्मण, नेवार, मगर आदी पर्दछन। भोजपुर बजार यसको प्रशासकीय केन्द्र हो भने दिङ्ला बजार, घोरेटार, टक्सार बजार, चौकीडाँडा, कुलुङ्, दावाँ, अन्य प्रमुख स्थानहरू हुन। मध्यकालिन नेपालमा टक्सार बजारको स्थापना नेपाल भरिलाई चाहिने धातुको सिक्काको लागि गरीएको भन्ने इतिहास छ।
जिल्लाको नामकरण [सम्पादन गर्ने]
यस जिल्लाको पुरानो नाम सिद्धपुर थियो। यस जिल्लाको प्रसिद्ध धार्मिक स्थल सिद्धकालीको नाउँबाट यसको नामकरण भएको हुनसक्दछ। पृथ्वीनारायण शाहले माझ किराँत विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि जितेको खुशीयालीमा ठूलो भोज खाएको र बाँकी रहेको भोज यही ठाँउमा पुरेर गएको हुनाले यसको नाम सिद्धपुरबाट "भोजपुर" रहन गएको हो भन्ने किम्वदन्ती छ र अर्को भनाइ अनुसार पहिले यस जिल्लाको उच्च पहाडी क्षेत्रको जंगलमा भोजपत्रको रुखहरू प्रशस्त पाइने हुनाले यसको नाम भोजपुर रहन गएको भन्ने पनि लोकोक्ति रहेको पाइन्छ।
जिल्लाको इतिहास [सम्पादन गर्ने]
पाल्पाका राजा मुकुन्द सेनले पूर्वी नेपालको सम्पूर्ण भूभागलाई जिती आफ्नो राज्य बनाएका थिए। पछि सो राज्य टुक्रिएर मकवानपुर, विजयपुर र चौदण्डीगढी गरी तीन राज्यमा विभाजित भयो। चौदण्डी राज्य माझ किराँत अर्थात् दूधकोशीदेखि अरुण नदीसम्म र तराईमा सप्तकोशी र कमला नदीबीचको भूभाग थियो। यसको सदरमुकाम चौदण्डी गढी भएता पनि पहाडी क्षेत्रमा शासन चलाउन सजिलोको लागि हतुवागढीमा अर्को शासनकेन्द्र कायम गरिएको थियो, जुन हाल यस जिल्लाको दक्षिणी क्षेत्र रानीवास गाविसमा पर्दछ। नेपालको एकीकरणपछि पूर्वी गौँडा धनकुटाबाट यो क्षेत्र प्रशासित भए पनि माझ किराँतको नामले पुकारिन्थ्यो। राणाकालीन समयमा पूर्व ४ नं. भोजपुर माझ किराँत एक प्रशासनिक एकाइ थियो। २०१९ सालमा प्रशासकीय क्षेत्र विभाजन गर्दा यो जिल्ला सगरमाथा अञ्चलमा राखीएको थियो र २०३२ सालदेखि कोशी अञ्चल अन्तर्गत राखीएको छ।
भौगोलिक अवस्थिति [सम्पादन गर्ने]
- अक्षांश: २६'५३"- २७'४६" उत्तर
- देशान्तर: ८६'५३"- ८७'१७" पूर्व
- सिमाना: पूर्व-धनकुटा र संखुवासभा जिल्ला, पश्चिम-सोलुखुम्बु र खोटाङ, उत्तर-सोलुखुम्बु र संखुवासभा जिल्ला, दक्षिण-उदयपुर जिल्ला
- क्षेत्रफल: १५०७ वर्ग किलोमिटर
- औसत लम्बाइ: ९३ किलोमिटर उत्तर-दक्षिण
- औसत चौडाइ: ३५ किलोमिटर पूर्व-पश्चिम
- भौगोलिक विभाजन: मध्य पहाडी क्षेत्र
- सबैभन्दा अग्लोस्थान: सिलिचु ४,१५३ मिटर
- सबैभन्दा होचोस्थान: हसनपुर १५३ मिटर
- सदरमुकाम: भोजपुर १,५४० मिटर
प्रमुख नदी,झरना ताल तलैया [सम्पादन गर्ने]
अरुण नदी, सुनकोशी, पिखुवा खोला,इर्खुवा खोला, चिर्खुवा खोला, बेङ्खुवा खोला, ककुवा खोला, छिन्तालु,अखुवा खोला, वुवा, जुके, सिक्देल, कावा, नेवासुखे, घे, बल्खु, खकुवा, वहरे, सिसुवा खोला,बेङ्खुवा खोला झरना, साल्पापोखरी, पाचकन्या, हँसपोखरी, भबिष्यवक्ता पोखरी र च्या्ग्रेपोखरी आदि। चिर्खुवा खोला झरना जिल्लाको सबैभन्दा ठूलो र अग्लो झरना हो।
प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र [सम्पादन गर्ने]
कालिका देबि, तक्सार् गनेस्थान् ,सिद्धकाली देवी, टाम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयुँ डाँडा, हतुवा गढी, साल्पापोखरी, अरुण(कात्तिकेघाट)-नेपालेडाँडा-चौकीडाँडा-साल्पाफेदी हुँदै सोलुखुम्बुको नाम्चेबजार जाने पदमार्ग, हंसपोखरी र घोडेटार आदि।
व्यापारिक महत्वका स्थानहरू [सम्पादन गर्ने]
भोजपुर बजार, दिङ्ला बजार, घोरेटार, दाँवा बजार, च्या्ग्रे बजार, बालुवानी बेसी,फेदी, मानेडाँडा, चम्पे बजार, प्याउलीबजार, चरम्बीबजार र कोट आदि।
खुकुरी, देशको शान भोजपुरको नाम [सम्पादन गर्ने]
खुकुरी, फलाम वा इस्पातबाट बनाइने यो अङ्ग्रेजीको अर्ध C आकारको धारिलो हतियार हो जुन नेपालमा मात्रै र भोजपुरे खुकुरी भोजपुर जिल्लामा मात्रै बनाइन्थ्यो। हुनत आजकाज अन्य जिल्ला र देशहरूमा पनि यसको निर्माण गर्ने गरिन्छ जुन आर्थिक द्रिष्टीकोणले प्रभावमा परेर गर्न थालिएको हो। अर्को प्रमुख प्रकारको खुकुरीलाइ सिरूपाते खुकुरी भनिन्छ, जुन भोजपुरे खुकुरीको तुलनामा अलिक लाम्चो देखिन्छ।
भोजपुरमै कसरी 'खुकुरी'ले जन्म लियो त त्यसको पछाडी केही तादात्म्यता पनि छ। बिसं १८७२मा नेपाल सरकारले नेपालभरिलाई चाहिने धातुको पैसा काट्ने टक्सार भोजपुरको टक्सार भन्ने ठाउँमा खोल्यो। त्यहाँ पैसा काट्ने काम मात्रै नभएर स्थानीय किराँत खासगरी सुनुवार जातिको पुज्य हतियार खुकुरी पनि ब्यवसायीक रूपमा निर्माण गर्न थालियो। पछि यो हतियार यति प्रशिद्ध हुन पुग्यो कि त्यसले देशको सेनाको अति आवश्यकिय युद्द हतियारको स्थान ग्रहण गर्न पुग्यो। आजको बिश्वसामु नेपाललाई खुकुरीले पनि चिनाउछ। खुकुरी आज नेपालीत्वको प्रतिक बनेको छ। खुकुरीले हाम्रो पुर्खाको बीरत्वलाई संझना गराउछ। खुकुरीको नाम लिंदा यसले हामी नेपालीहरूलाई एकताको भावनात्मक सुत्रमा बाँध्छ।
रुद्राक्षको खेती र यसको ब्यवसायीकरण [सम्पादन गर्ने]
रुद्राक्ष, के हो पहिले यो बिषयमा अलिकति बर्णन गर्ने प्रयास गरुँ। किम्बदन्तीमा भनिए अनुसार, आदिकालमा पृथ्वीमा 'त्रिपुर' नामको एक दैत्य उत्पन्न हुँदा उसको राक्षसीय शक्तिलाई कसैले परास्त गर्न नसकेपछि केही उपाय लाग्छ कि भनी ब्रह्मा, विष्णु र इन्द्र शीवजीकहाँ शरण पर्न गए उसबाट लोकलाई बचाउनको लागि। भगवान शीवजीले आफ्नो 'अघोर' अस्त्रले त्यो राक्षसलाई खत्तम गर्ने हेतुले आँखा बन्द गरि अस्त्रध्यान गर्न थाले। लामो समयसम्मको चिन्तनको क्रममा शीवजीको आँखाबाट केही पानीका थोपाजस्ता बुँद जमीनमा खसे। ती बुँदबाट अजंगको रुद्राक्षको वृक्ष उत्पन्न भयो। फेरि उनै शीव भगवानको आज्ञाले त्यो वृक्षमा फल फल्ने शक्ति प्राप्त भयो। त्यहि फललाई 'रुद्राक्ष'भनेर हामी आजकल पुकार्छौ।
पौराणिक र बैदिक बर्णनमा जे-जस्तो लेखिएको भएतापनि यो स्वास्थोपयोगी फलको बोटलाई नेपालमा अझ भोजपुर जिल्लामा प्रबेश गराउने श्रेय भने दिंलामा रहेर बसेर जन-शिक्षामा काम गर्ने आवाल ब्रम्हचारी षडानन्द अधिकारीमा जान्छ। भनिन्छ, उनै षडानन्द अधिकारीले यो 'रुद्राक्ष'को बोट बाराणसीबाट नेपाल फर्की आउदा पहिकोपटक दिंलामा रोपेका थिए। अहिले दिंला त के भोजपुरका उत्तरी मुलपानी, केउरेनिपानी, तुङगेछा, चौकीडाँडा, कुलुङ्, दोभाने, साङपाङ्, खाटम्मा, नेपालेडाँडा लगायतका गाबिसका जंगलमात्रै हैन खेत पनि रुद्राक्षका बोटले भरिन थालेका छन्। खासगरि छिमेकी भारत लगायत इन्डोनेसीया तथा चीनका धनीमानी ब्यापारीले बढि मुख भएका 'मुखदार रुद्राक्ष'को खोजी गर्न थालेपछि यसको ब्यवसाय ह्वात्तै बढेको छ। तीन बर्ष अघि केउरेनिपानीका राजन कार्कीको बारीमा फलेको २१ मुखे रुद्राक्षलाई संखुवासभामाको सदरमुकाम खाँदवारीमा १५ लाखमा बेच्दा उनीवाट संखुवासभामा जिल्ला बिकास समितिले ३० हजार त करै लिएको कुरा अझै पनि चर्चामा छ। मुखदार रुद्राक्ष फलाउने कर्ममा लाग्नाले खेतियोग्य उर्बर जमीन चाही मास्न नहुने क्रिषीबिद्हरूको भनाई छ।
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||