मोरङ जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मोरङ जिल्ला
Morang district location.png
अञ्चल: कोशी अञ्चल
सदरमुकाम: बिराटनगर
क्षेत्रफल: १,८५५ वर्ग कि.मि.
जनसंख्या: ८,४३,२२०
गाविस संख्या: ६५
नगरपालिका(हरू): विराटनगर
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: तराई
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, कोचे, मेचे, सतार, थारू, मधेसी लिम्बु आदि
प्रमुख भाषाहरू: नेपाली, राई, बंगाली, मैथिली, सतार आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०२१
प्रमुख जिल्ला अधिकारी: -
वेबसाइट: www.ddcmorang.gov.np
 हे  वा  सं 

मोरङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलमा पर्ने औद्योगिक जिल्ला हो। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला, औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्व तराइमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। बिसं २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो। जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। सन् २००१मा यस जिल्लाको जनसङ्ख्या ८,४३,२२० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर विराटनगर हो।

विषयसूची

[सम्पादन गर्ने] जिल्लाको नामाकरण

ईशापूर्वको प्रथम शताब्दीमै किराँती राजाहरूले कोशी नदी पूर्वको भू-भागलाई आफ्नो कर्मक्षेत्र बनाएका थिए। राज्य सञ्चालनको क्रममा कालान्तरमा यहाँ "हाङ" नामक किराँती राजाले राज्य सञ्चालन गरेको पाइन्छ। सो अवधिको प्रशासनिक क्षेत्रलाई "मावराङ्ग" भनिन्थ्यो। पछि मावराङ्ग शब्द नै अपभ्रंश भई मोरङ्ग भन्न थालिएको हो भन्ने किंवदन्ती रहेको छ।

[सम्पादन गर्ने] जिल्लाको इतिहास

पूर्वाञ्चल कै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला नेपाल अधिराज्यकै औद्योगिक एवं जनसंख्याको हिसाबले दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। प्राचिनकालमा यो जिल्ला विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। मोरङ्ग जिल्लाको नामाकरणको सम्वन्धमा इतिहासलाई खोतल्दै जाँदा वि.स. ५२१मा कुदिएको चाँगुनारायणको अभिलेखको अध्ययनबाट ईशा पूर्वका शताब्दीमा काठमाडौंमा किराँती राजाहरूले राज्य सञ्चालन गरेको पाइन्छ। पछि किराँती राजाहरू लिच्छवी राजाहरूवाट पराजित भई पूर्वतर्फ लागेका थिए। यस अर्थमा ईशापूर्वको प्रथम शताब्दीमै किराँती राजाहरूले कोशी नदी पूर्वको भू-भागलाई आफ्नो कर्मक्षेत्र बनाएका थिए। राज्य सञ्चालनको क्रममा कालान्तरमा यहाँ "हाङ" नामक किराँती राजाले राज्य सञ्चालन गरेको पाइन्छ। यो क्षेत्रलाई पछि वि.स. १८३० सालमा पृथ्वीनारायण शाहले अभिमानिसंह बस्न्यात, रामकृष्ण कुंवर तथा अमरसिंह थापाको नेतृत्वमा फौजलाई पूर्वमा पर्ने माझ किराँत विजयको लागि पठाईयो सोही अनुरूप माझ किराँतमा पर्ने बिजयपुर सदरमुकाम रहेको मोरङ माथी कब्जा गरी तत्कालिन नेपाल अधिराज्य भित्र गाभेको थियो। धेरै समयसम्म मोरङ्गको सदरमुकाम बिजयपुर नै रह्यो। पछि व्यापारको लागि भारत जान सजिलो तथा नजीक होस भन्ने हेतुले बिजयपुरवाट सदरमुकाम रंगेली सारियो र पुन सुविधाको हिसावले रंगेलीवाट गोग्राहामा सारियो। पछि यो गोग्राहा विराटनगर नामाकरण गरीयो।

वि.स. २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो। जुन हाल मोरङ्ग, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजन भएको छ। औद्योगिक हिसावमा नेपालको प्रथम उद्योग वि.स. १९९३ सालमा विराट जुट मिल र १९९४को जुद्ध म्याच फ्याक्ट्री पनि यसै जिल्लामा खोलिएको थियो।

[सम्पादन गर्ने] जिल्लाको भौगोलिक अवस्था

  • अक्षांस:- २६.२०" देखि २६.५३"
  • देशान्तर:- ८७.१६ देखि ८७.५१"
  • सिमाना:- पूर्व झापाइलाम जिल्ला (मावा खोला), पश्चिम सुनसरी जिल्ला (बुढी र केसलिया खोला), उत्तर धनकुटापाँचथर जिल्ला र दक्षीण भारतको बिहार प्रान्त
  • क्षेत्रफल:- १८५५ वर्ग कि.मि.
  • औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
  • औषत चौडाई:- लगभग ५४ कि.मि. (उत्तर दक्षिण)
  • राजनैतिक विभाजनः- ६५ गाविस, १ उपमहानगरपालिका (२२ वटा वडा), १७ ईलाका, ७ निर्वाचन क्षेत्र
  • उचाई:- समुन्द्री सतहदेखि करिब ६० मिटरदेखि २,४१० मिटरसम्म

यस जिल्लाको भौगालिक आकार चारपाटे आकारको छ। यस जिल्लामा केही भू-भाग महाभारत, चुरे पहाडका श्रृङ्खलाहरू र करिव ८० प्रतिशत भू-भाग तराई क्षेत्रमा पर्दछन्। समुन्द्री सतहदेखि ६० देखि २४१० मिटर सम्म उचाई भएको पाइन्छ। यो जिल्ला कृषि उत्पादनको दृष्टिकोणले ज्यादै उपयूक्त मानिन्छ। उत्तरी पहाडी क्षेत्रमा वलौटे दोमट तथा दोमट, मध्य क्षेत्र(भावर क्षेत्र) दोमट तथा हल्का चिम्टाइलो माटो र दक्षिणी क्षेत्र(तराई क्षेत्र) चिम्टाइलो बलौटे दोमट तथा दोमट प्रकारको माटो पाइन्छ।

[सम्पादन गर्ने] हावापानी

यस जिल्लाको हावाहावापानीमा खासै धेरै उतारचढाव रहेको पाईदैन। तर गर्मियाममा धेरै गर्मी र जाडौ मौसममा सितलहर चलेको अवस्थामा वाहेक केही मात्रामा ठन्डा हुन्छ। यस जिल्लाको औषत अधिकतम तापक्रम र न्यूनतमतापक्रममा धेरै अन्तर रहेको पाइदैन।

[सम्पादन गर्ने] प्रमुख नदी तथा खोलाहरू

जलभण्डार तथा जलश्रोतको हिसाबले बक्राहा, चिसाङ्ग, खदम, मावा, रतुवा, डाँस, सीता, लोहन्द्रा, केशलिया, बुढी, सिंगयाही तथा गछीया आदि खोलाहरू मुख्य मानिन्छन्। प्राय यी सबै खोलाहरूको मुहान चुरे क्षेत्र नै हो। यसका साथै मोरङ जिल्लामा मोरङ्गी, बेतना, जुडी, साखारे आदी जस्ता साना खोलाहरू छन।

[सम्पादन गर्ने] प्रमुख ऐतिहासिक एवं धार्मिक तथा पर्यटकीय क्षेत्र

विराट राजाको दरवार राजारानी पोखरी राजा धनपाल थान सुनबर्षी पोखरी बागझोडा हसेनी सिमसार बेतौना सिमसारक्षेत्र मण्ठपोखरी ध्वजे डाँडा बेतेनी ताल
दरवारको भग्नाबशेष
राजारानी पोखरी
राजा धनपाल थान
सुनबर्षी पोखरी
बागझोडा
हसेनी सिमसार
बेतौना सिमसारक्षेत्र
मण्ठपोखरी
ध्वजे डाँडा
बेतेनी ताल

[सम्पादन गर्ने] शिक्षा

जिल्लामा सरकारी तथा निजी विद्यालयहरू ६९५ वटा रहेकाछन भने ३० उच्च माध्यमिक विद्यालय, १३ क्याम्पस, १ विश्वविद्यालय र १० वटा प्राविधिक तथा व्यवसायिक शिक्षालयहरू रहेकाछन।


[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा