बर्दिया जिल्ला
| बर्दिया जिल्ला | |
| अञ्चल: | भेरी अञ्चल |
|---|---|
| सदरमुकाम: | गुलरिया, |
| क्षेत्रफल: | २,०२५ वर्ग कि.मि. |
| जनसंख्या: | |
| गाविस संख्या: | ३१ |
| नगरपालिका(हरू): | गुलरिया, |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ४ |
| भौगोलिक अवस्थिति: | तराई |
| सबै भन्दा अग्लो स्थान: | मिटर |
| सबै भन्दा होचो स्थान : | मिटर |
| प्रमुख जातिहरू: | आदि |
| प्रमुख भाषाहरू: | नेपाली, थारु, मगर, हिन्दी, आदि आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०८४ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | ddcbardiya.gov.np |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
बर्दिया नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भन्डारको रूपमा पनि चिनिन्छ। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमीनले ओगटेको छ भने बाँकि भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ।
विसं १९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले ईष्ट ईण्डीया कम्पनीलाई सहयोग गरेवापत विसं १७७३को सुगौलीसन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कारस्वरूप विसं १९१७मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगायतका चार जिल्लाहरूलाई नयाँ मुलुकको रूपमा चिनिन्छ। बर्दिया जिल्ला बढैया तालको जिल्ला, गजराज हात्तिको जिल्ला, थारु बहुलको जिल्ला, जङ्गलै जङ्गलको जिल्ला, कृष्णसारको जिल्ला, पन्टुन पुलको जिल्ला तथा एक खम्बे पुलको जिल्लाको आदि नामले पनि परिचित छ।
विषयसूची |
जिल्लाको नामाकरण [सम्पादन गर्ने]
यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्ये केही यस प्रकार छन -
- स्थानीय थारुभाषामा गाई गोरुलाई वलिबर्द भनिने र यहाँका गाई गोरु राम्रा मोटाघाटा र बलिया हुनेहुँदा यो ठाउँलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ। ऐश्वर्य र सवृद्धिका प्रतिकका रूपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ।
- पदनाह गाविसमा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँमा हरिहर राजाको दरबार थियो। बारबर्दियामा खेतिको लागि उन्नत जमीन भएको कारण बाहिरवाट बसाई सराई गरी यसै ठाउँमा आउनथाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ।
- थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ। वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरू धेरै बसोबास गर्ने भएकाले पछि वर्दवा बाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ।
हावापानी [सम्पादन गर्ने]
यस जिल्लाको भौगलिक वनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चुरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहाँको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म रेकर्ड भएको पाइन्छ। हावाको औषत वेग ३ किलोमिटर प्रति घण्टा छ भने अधिकतम वर्षा ४३८ मिलिमिटर् रेकर्ड भएको पाइन्छ।
जल सम्पदा [सम्पादन गर्ने]
ताल, तलैया [सम्पादन गर्ने]
बढैया ताल, कृष्णसार ताल, भग्रैया ताल, अनौहवा ताल, लक्ष्मण ताल, तारा ताल, दानुवा ताल।
नदीहरू [सम्पादन गर्ने]
कर्णाली, बबई, भेरी, मान खोला, गेरुवा।
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||