सिन्धुली जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सिन्धुली जिल्ला
Sindhuli district location.png
अञ्चल: जनकपुर अञ्चल
सदरमुकाम: सिन्धुलीमाडी,
क्षेत्रफल: २,४९१ वर्ग किलोमिटर वर्ग कि.मि.
जनसंख्या: २,९६,१९२ (विसं २०६८)[१]
गाविस संख्या: ५३
नगरपालिका(हरू): कमलामाई,
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: भित्री मधेश
सबै भन्दा अग्लो स्थान: महाभारत मिटर
सबै भन्दा होचो स्थान : कमलाखोंच मिटर
प्रमुख जातिहरू: दनुवार, तामाङ, मगर, थारू, शेर्पा, क्षेत्री, ब्राह्मण आदि
प्रमुख भाषाहरू: दनुवार, मगर, तामाङ, नेपाली आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०४७
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcsindhuli.gov.np
 हे  वा  सं 

सिन्धुली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको भित्रि मधेसमा पर्दछ। राजधानीबाट तराई हुँदै यस जिल्ला पुग्न लगभग ४०० किलोमिटर यात्रा पार गर्नु पर्दछ। नवनिर्मित बिपी राजमार्गबाट जाने हो भने २०० किलोमिटर भन्दा कम यात्रामा नै यो जिल्ला पुग्न सकिन्छ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

सिन्धुली जिल्लाको नामाकरणमा विभिन्न प्रसगंहरू जोडिएका छन् ,जसमध्ये केही प्रसंगहरू तल प्रस्तुत गरिएको छ।

  • नेपालको एकीकरण भन्दा पूर्व सिन्धुली जिल्ला विशाल मकवानी राज्यमा पर्दथ्यो। मकवानी शासकहरूमा राघव नरेन्द्र सेन मकवानपुर राज्यमा वि.सं. १५३०मा राजा थिए। यी राजा भगवान श्रीरामको परम भक्त भएकाले आफूलाई सिन्धुल उपनामले परिचित गराएका थिए। पछि यिनै राजाको नामवाट यो वस्तिको नाम सिन्धुली जिल्ला रहन गएको हो।
  • सिन्धुली जिल्लाको सदरमुकामबाट करिव ११ किलोमिटरको दूरीमा समुद्री सतहबाट १,०७७ मिटरको उचाईमा सिद्धवावा मन्दिर छ। सिन्धुली सदरमुकामको वरपरका क्षेत्रलाई यही मन्दिरको नामबाट सिद्धस्थली पनि भनेर पुकारिन्छ। सिद्धस्थली भन्ने शब्द नै पछि अपभ्रंस भई सिन्धुली भएको हो भन्ने पनि भनाई छ।
  • यस क्षेत्रमा परापूर्व कालमा सिन्धुल भन्ने राजाले राज्य गरेको हुनाले यीनै राजाको नामबाट सिन्धुली रहन गएको हो।सितामाढी लगायत मधेसबाट सिन्धुलीमाढी हुँदै रामेछाप, दोलखा, वनेपा, भक्तपुर हुँदै काठमाडौंंसम्म जानेवाटो एउटा प्रचलित मार्ग थियो। यही मार्गको विचमा हालको भद्रकाली गा.वि.स.को सिउरानी भन्ने स्थानबाट खुर्कोट निस्कनलाई सुरूङ्ग थियो जसलाई सुन्दुरी पनि भनिन्थ्यो पछि यही सुन्दुरी भन्ने शब्द सिन्धुली भएको हो भन्ने बुझिन्छ।
  • सिन्धुली जिल्लामा अहिले विभिन्न जाती तथा जनजातिहरूको वसोवास रहेतापनि आदिमकालमा यहाँ तामाङहरू बस्दथे। परापूर्व कालदेखि नै घनाजंगलले घेरिएको जिल्ला भएकोले यस ठाँउमा काठ, दाउरा गर्ने काम यहाँका आदीवासी तामाङहरूको दिनचर्या भएको अनुमान गर्न सकिन्छ। दाउरा वा काठ काट्नुलाई तामाङहरू सिङथुवा भन्दछन र दाउरा टिप्यो ?लाईसिङथुजी शब्द अपभ्रंस भएर सिन्धुली भएको हो भन्ने पनि अनुमान गर्न सकिन्छ। [२]
  • २००७ साल अघि सम्म पूर्व २ नम्बर भनेर चिनिने यस जिल्लाको नाम सिन्धुली नै किन रहयो भन्ने सम्बन्धमा यकिन तथ्यहरू भेटिएका छैनन। एक जनश्रुति अनुसार प्राचिन समयमा यस क्षेत्रमा राज्य गर्ने सिन्धुल राजाको नामबाट नै यस जिल्लाको सिन्धुली रहन गएको हो।
  • अर्को एक भनाई अनुसार परापूर्व कालमा यो जिल्ला मकवानपुर राज्यमा पर्दथ्यो, त्यहाँ सेन वंशीय राजाहरूको शासन थियो। त्यस क्षेत्रका ती शासक वा राजाका भारदारहरूको शिकार क्षेत्र सिन्धुली खोंच भएको हुँदा प्रायसः ती राजाको माछा मार्ने ठाउँ त्यो थियो। स्थानीय बोलीमा माछा मार्ने खोलामा बनाइने सानो ठाउँलाई 'दुवाली' भानिन्छ। स्थानीय बोलीमा सेनहरूले माछा मर्ने दुवाली वा छिटो बोल्दा सेनको दुवाली अथवा सेनदुवाली (सेन + दुवाली), सेनदुली हुँदै अपभ्रंस हुँदै सिन्धुली भएको हो। सिन्धुली का एक जना साहित्यकार स्व. उमानाथ शास्त्री ज्युको प्रख्यात महकाब्य 'मकवानिबाला 'मा यो कुरालाईउल्लेख गरिएको पाइन्छ।



भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • अक्षांस:-२६ डिग्री ५५" देखि २७ डिग्री २२" उत्तर
  • देशान्तर:- ८५ डिग्री १५" देखि ८६ डिग्री २५" पूर्व
  • कुल क्षेत्रफल:- २,४९१ वर्ग किलोमिटर

जिल्लाको सिमाना[सम्पादन गर्ने]

  • सबभन्दा अग्लो स्थान:-
  • सबभन्दा होचो स्थान:-

सिन्धुली जिल्लाका मन्दिरहरू[सम्पादन गर्ने]

कालीमाई मन्दिर[सम्पादन गर्ने]

कमलामाई नगरपालिका वडा नं. ४ अवस्थित हिन्दुधर्मालम्वीहरूको आस्था र शक्तिकी प्रतिक श्री कालीमाई मन्दिर पूर्वमा ग्वाङखोला, पश्चिममा हरियाली वनजंगलले ढाकेको र विचमा रमणिय मधुटार गाउँको अवलोकन गर्न सकिन्छ। कालिमाईलाई शक्तिको प्रतिकको रूपमा भक्तजनहरूले मान्ने गरेको पाइन्छ। यस मन्दिरमा माघे सङ्क्रान्तिको पर्वमा भब्यमेला लाग्ने गर्दछ। यहाँ हजारौ नरनारीहरू आएर आ–आफ्नो मनोकाङ्क्षा पूरा गर्नको लागि पूजा आराधना गरी परेवा तथा कुखुराको वलि चढाउने गर्दछन्। राणाशासन कालमा सेनाको एक टुकडि आएर पहिला कालिमाईलाई र त्यसपछि कमलामाईलाई सलामी दिने गरेको उदाहरण विभिन्न लेख रचनाहरूमा उल्लेख गरेको पाइन्छ। दिलिपकुमार थापा द्वारा लिखित “सिन्धुलीको धार्मिक तथा ऐतिहासिक झलक” नामक पुस्तकमा उल्लेख गरिए अनुसार सिन्धुली गढीका तत्कालिन बडाहाकीम मिन्टुजङ्ग राणाले कालिमाइलाई सलामि दिनु पर्दैन श्री कमलामाईलाई मात्र गएर सलामी दिए हुन्छ भनेर सेनालाई आदेश दिएर कमलामाईको मन्दिरतर्फ बढ्न थालेपछि एक्कारी बडा हाकिम समेतका सेनाहरू थरथर काम्नथाले पछि अहो ! वित्यास म-यो श्री कमलामाईलाई सलामि नदिएर पो यस्तो भएको हो कि ? जाऊँ फर्केर भनि कालीमाईको मन्दिरमा आइपुग्नासाथ बेहोस भएछन। तत्कालिन पूजारीले श्री कालीमाईको स्तुति पुकारापात गरेपछि बडाहाकिम समेत होसमा आई सैनिकहरूले विधिपूर्वक श्रीइ कालीमाइलाई सलामी दिएर कमलामाइको मन्दिर तर्फ गएको भनाई उल्लेख गरेका छन्। हाल सम्म पनि भक्तजनहरू पहिला कालिकामाईको पूजा आराधना गरेर मात्र कमलामाईलाईको दर्शन गर्न जान्छन्।

यस कालिकामाई मन्दिरको स्थापना कहिले र कसले स्थापना ग¥यो भन्नेबारे हाल सम्म कुनै अभिलेख प्राप्त भएको छैन। शक्तिकी प्रतिक जगनजननी श्री कालीमाईको भक्तिभावले पूजाआराधना गर्नाले आफ्नो मनोकांक्षा पूराहुने र शक्ति प्राप्त हुने जनआस्था र विश्वास हालसम्म पनि उत्तिकै रहि आएको पाइन्छ।[३]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal
  2. नेपाल तामाङ्ग घेदुङ्ग संघ, सिन्धुली
  3. "कालिकामाई मन्दिर" 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

नेपालको क्षेत्रीय वर्गीकरण

बाहिरी लिंकहरू[सम्पादन गर्ने]