| हुम्ला जिल्ला |
 |
| अञ्चल: |
कर्णाली अञ्चल |
| सदरमुकाम: |
सिमीकोट |
| क्षेत्रफल: |
५,६५५ वर्ग कि.मि. |
| जनसंख्या: |
|
| गाविस संख्या: |
२७ |
| नगरपालिका(हरू): |
|
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: |
१ |
| भौगोलिक अवस्थिति: |
हिमाल |
| सबैभन्दा अग्लो उचाई: |
मिटर |
| सबैभन्दा होंचो उचाई: |
मिटर |
| प्रमुख जातिहरू: |
आदि |
| प्रमुख भाषाहरू: |
आदि |
| मानव विकास सुचाङ्क स्थिति: |
(७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: |
०८७ |
| प्रमुख जिल्ला अधिकारी: |
|
| वेबसाइट: |
ddchumla.gov.np |
| हे • वा • सं |
हुम्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक अत्यन्तै दुर्गम पहाडी जिल्ला हो।
यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसङ्ग रहेको छ। अनगिन्ती हिम श्रृखलाहरूले भरिएको यो जिल्लाको नामकरण पनि यसैको सेराफेरोमा आधारित छ। एक थरिको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध खार्पुनाथमा प्रचिनकालमा कोटी होम दगाएको हुनाले यही होम लगाएको अर्थात होमला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङिरङ्ग अर्थात साँगुरो नदीबाट अपभ्रंस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ। यसका अतिरित्त हुण जातिहरूले यही बाटो भएर ल्हा भाज्याङ काटेर तिब्वत क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हा बाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ।
[सम्पादन गर्ने] जिल्लाको संक्षिप्त इतिहास
सन १३९३मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना ज्वाँई बलिराज शाहीलाई दिएका थिए। यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे। बहादुर शाहको कालमा विसं १८४६मा जुम्लालाई गोर्खाली फौंजले विजय गरेपछि जुम्ला शासित थियो। भक्ति थापाको नेतृत्वमा आएको फौंजले यो विद्रोह दवाउनुका साथै तिब्बतको खोजेर सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए। तिब्वतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्वतका अरु भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ। वि. सं. २०१८ सालमा भएको नेपालको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो।
हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट (सिमकोट) हो। यो ३००० मीटरमा अवस्थित शहर हो।