दैलेख जिल्ला
| दैलेख जिल्ला | |
| अञ्चल: | भेरी अञ्चल |
|---|---|
| सदरमुकाम: | नारायण नगरपालिका |
| क्षेत्रफल: | १५०२ वर्ग कि.मि. |
| जनसंख्या: | २४९३५८ |
| गाविस संख्या: | ५५ |
| नगरपालिका(हरू): | नारायण नगरपालिका |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | २ |
| भौगोलिक अवस्थिति: | पहाड |
| सबैभन्दा अग्लो उचाई: | मिटर |
| सबैभन्दा होंचो उचाई: | मिटर |
| प्रमुख जातिहरू: | क्षेत्री (३४.८५), कामी (१५.३३५), ठकुरी (१४५), ब्राम्हण (१२५), मगर(९.८७५), ,दमाई (४.४५५), सार्की (२.७५५), सन्यासी (१.६१५), सुनार (१.५८५), गुरुङ्ग (१.४३५) आदि |
| प्रमुख भाषाहरू: | नेपाली (९८.९८५), गुरुङ्ग/मगर (०.४६५), अन्य (०.५६५) आदि |
| मानव विकास सुचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०८९ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | |
दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो।
विषयसूची |
[सम्पादन गर्ने] नामाकरण
यस जिल्लाको नाम दैलेखको उत्त्पत्ति बारे निम्नानुसारका किंवदन्तिहरू पाइन्छन् [१]
- पौराणिक कालमा दधिचि महर्षिले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट "दधिलेक" नाम रहन गएको र पछि अपभंस हुदै दधिलेकबाट दैलेख नाम रहन गएको
- यो क्षेत्र देवताहरूको निवासस्थान भएकोले यसलाई देवलोक भनिन्थो। पछि अपभ्रंस हुदै दैलेख नामाकरण हुन गएको
- यहाँ प्रशस्त मात्रामा दहि-दुध पाइने भएकाले "दहिलेक" भनिदै गइ पछि दैलेख नाम रहन गएको
[सम्पादन गर्ने] भौगोलिक अवस्थिती
- अक्षाँस: २८.३५" देखि २९.८" उत्तर
- देशान्तर: ८१.२५" देखि ८१.५३" पूर्वमा
- सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
- क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
- होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
- अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)
[सम्पादन गर्ने] भूगोल
राजनैतिक हिसावले यस जिल्लालाई ५५ गा.वि.स., १ नगरपालिका, २ निर्वाचन क्षेत्र र ११ वटा इलाकाहरूमा विभाजित गरिएको छ। [२]
नदी तटदेखि हिमालयसम्म फैलिएको यहांको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ: [३]
- नदी निर्मित तट (५४४–१०००मि.),
- मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
- महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)
यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन। मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसंख्या एवम् बस्ती केन्द्रित छ। [४]
[सम्पादन गर्ने] प्रशासनिक विभाजन
- निर्वाचन क्षेत्र संख्या=२
- इलाका क्षेत्र संख्या=11
दैलेख जिल्लामा जम्मा ६० वटा गा.वि.स.हरू थिए। ५ वटा गा.वि.स.लाई जोडेर नारायण नगरपालिका बनाइएको छ। यस जिल्लाका बाकि ५५ गाविस यस प्रकार छन्-
|
||||||||
[सम्पादन गर्ने] इतिहास
दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दुल्लु र बेलासपुर राज्यमा विभाजित थियो। प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुर्नएकिकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमा पाइन्छ। [५] जिल्लाका विभिन्न ठांउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकाम स्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ। बि.सं.२००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केही क्षेत्रहरू यसमा गाभिएका थिए। [५] राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढांचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरिएको थियो। [६]
[सम्पादन गर्ने] पर्यटन
जिल्लाको मध्यपश्चिम हुदै बग्ने छामगाड खोला र पूर्वी भेग हुदै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा दैलेख जिल्लाको सबैभन्दा आकर्षक भौगोलिक स्थल मानिन्छ। खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेख दुल्लुक्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये श्रीस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला जी राष्ट्रिय स्तरकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा चर्चित छन्। दैलेख जिल्लाको भुर्तीमा र रावतकोटमा रहेको पञ्चदेवलहरू दैलेख जिल्ला सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्म, सातखम्म, पटङ्गेनी दरबार लगायत अनेकौँ पौराणिक शिलालेखहरू यहाँका प्रमुख पर्यटकिय स्थानहरू हुन् [७]
[सम्पादन गर्ने] अर्थतन्त्र
आर्थिक दृष्टिकोणले यो जिल्लालाई विकट जिल्लाको रूपमा लिइने गरिन्छ। [८] यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू यस प्रकार रहेका छन्।:-
- दैलेख बजार
- चुप्रा
- नौमूले
- तल्लो डुङ्गेश्वर
- माथिल्लो डुङ्गेश्वर
- बेस्तडा
- सेर्माकोट
- लोहरे
- तालपोखरी
- डांडीमाडी
- दुल्लु
- भिरखेत
- टुनीबगर
- राकम कर्णाली
- जम्मुकांध
- लकान्द्रा
- रामाघाट
- हाडाकोट
- छान्ना
- अवलपराजुल
- धरम पोखरा
- गुरांसे
- बैक मालिका
- खम्बगाडे
- खिडकी जिउला
[सम्पादन गर्ने] पर्यटन विकासकालागि पूर्वाधार निर्माण र प्राकृतिक सम्पदाको संरक्षण
मानव सभ्यताको विकाससँगै निर्माण भएका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पुरातात्विक सम्पदा तथा प्राकृतिक रूपमा नै विशिष्ट स्थान र महत्वकारूपमा रहेका सम्पदाको संख्या नेपालमा धेरै छन्। त्यसमा पनि दैलेख जिल्ला त्यस्तो विशिष्ट स्थान कायम गरेको जिल्ला हो जहाँ धार्मिक सांस्कृतिक र ऐतिहासिक रूपमा भिन्नै खालको पहिचान दिन सक्ने निरन्तर बलिरहने ज्वालाहरूको क्षेत्र खस सभ्यताले सृजना गरेका पुरातात्यिक र ऐतिहासिक धरोहरहरू भएको क्षेत्र हो। यस क्षेत्रका नागरिकको बढ्दो क्रयशक्ति विविधता भित्र रमाउने चाहना राजनैतिक सामाजिक आर्थिक तथा साँस्कृतिक रूपान्तरण उन्मुख वर्तमान समाज विशेषको कारणले दैलेखमा पर्यटकीय संभावना प्रचुरमात्रामा रहेको छ। यसमा मात्र आवश्यकता रहेको छ गुणस्तरीय पूर्वाधार निर्माण र दृढ पहलकदमीको। नागरिकको बढ्दो आवश्यकता र माग परिपूर्तिका लागि सार्वजनिक निकायहरूबाट वस्तु र सेवा प्रवाह गरेजस्तै पर्यटन विकासकालागि पूर्वाधार निर्माण यसको संरक्षण र प्राकृतिक संपदाको संरक्षण तथा प्रचार प्रसारको आवश्यकता पर्दछ। नेपालको ऐतिहासिक धार्मिक र पर्यटकीय जिल्लाको रूपमा परिचित यस जिल्लाका राजनैतिक दलका प्रमुख तथा कार्यकर्ताहरू सरकारी निकायहरू विकासका साझेदार संस्थाहरू गै।स।स सचेत नागरिक समाज नीजि क्षेत्र र नागरिकहरू तथा यसको समावेशी र प्रतिनिधिमूलक समुदायमा आधारित संस्थाहरूको प्रयासको समग्रताबाट नै पर्यटन क्षेत्रमा फट्को मार्ने गरी विकास संभव हुन्छ। पर्यटन आफैमा विकासको एउटा पाटो हो भने पर्यटन विकासकालागि पूर्वाधार अनिवार्य शर्त हो। यसै सेरोफेरोमा रहेर दैलेखलाई यसरी हेर्न सकिन्छ
[सम्पादन गर्ने] दैलेख जिल्लाको समान्य परिचय
दैलेख जिल्ला मध्य पश्चिमाचल विकास क्षेत्र अन्र्तगत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेतका वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० कि।मी।पश्चिम र मध्यपश्चिमको नाकाको रूपमा रहेको कोहलपुरबाट १५० कि।मी।र सुर्खेत उपत्यकाबाट ६५ कि।मीं उत्तरमा रहेको छ। ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा हिउँदमा हिउँ पर्ने मनमोहक महावुलेक दक्षिण र पश्चिममा अपार जलस्रोत भण्डारको रूपमा रहेको कर्णाली नदी र जिल्लाकै मुटुमा लोहोरे छामघाट खोलालाई काखमा राखी शिरस्थान नाभिस्थान पादुका कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन्। भैगोलिक रूपमा विकट रहेता पनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ। यस जिल्लाका प्रमुख व्यापारिक केन्दहरूमा नारायण नगरपालिका दुल्लु रानीमत्ता नैमुले वेस्तडा कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार ठाँटीकाट रामघाट बजार रहेका छन््। प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनि रहेको छ। विभिन्न मठ मन्दिर पर्यटकीय तिर्थस्थल बिभिन्न नदिमा रहेको प्राकुतिक मनोरम तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन भने तिब्रतर रूपमा निर्माणमा रहेका सडक पूल पूलेसा मठमन्दिर देवल होटल लज र ब्यापारिक केन्द्रहरूको विकास तथा पुनः निर्माण र जनचेतनाकोस्तर पनि यसका सकारात्मक पक्षहरू हुन।
[सम्पादन गर्ने] दैलेख जिल्लामा विद्यमान सम्पदा तथा दैलेख जिल्लामा पाइने जडिबुटी
दैलेख जिल्लालाई विभिन्न जात जातीहरूको उद्गम स्थलको रुपमा पनि लिन सकिन्छ किन भने यो जिल्लाका विभिन्न स्थलहरू जस्तै :-
- दुल्लूबाट दुलाल
- बासीबाट बसाल
- बडबाट बराल(बडाल)
- लम्जीबाट लम्साल
- नेपाबाट नेपाल
- लामीछानीबाट लामिछानी
- लयाँटीबाट लुइटेल
- भुर्तीबाट भुर्तेल
- द्वारीबाट द्वाडी
- पराजुलबाट पराजुली
- दहबाट दाहाल
इत्यादी ठाउँहरूबाट माथि उल्लेखित जातीहरूको उद्गम भएको मानिन्छ। दैलेख भौगोलिक दृष्टीले पहाडी जिल्ला भएकाले यहाँ थुप्रै पर्यटकिय क्षेत्रहरू रहेका छन्। नेपालकै प्रमुख मानिने पंचकोशी तिर्थस्थल यसै जिल्लामा अवस्थित छ। नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लु स्थित कृतिखम्मका साथै वैज्ञानिकहरूका अनुसार मृत ज्वालामुखि मानिएको धुलेश्वर यसै जिल्लामा अवस्थित छ। साथै नेपालकै चर्चित मानिएको पेट्रोल ग्याँस तथा मट्टितेलको खानि पनि यसै जिल्ला मिल्न सक्ने सम्भावना छ। विश्वकै दुर्लभ मानिएको शमी र रूद्राक्षको रुखहरू पनि यसै जिल्लामा पाइन्छ। त्यस्तै यहाँ काफल, चुत्रो, ऐँसेलु, रातो गुराँस, सेतो गुराँस, सुनगाभा, रक्त चंदन, टिमुर, हतपसारो, काउलो, धुपीसल्लो, देवदारू, साल, साज, सिसम, खयर
[सम्पादन गर्ने] प्राकृतिक सम्पदाहरू
- कर्णाली नदी
- लोहोरे खोला
- छामगाड खोला
- पादुका खोला
- द्वारी झरना
- खरिगैरा झरना
- लाँकुरी झरना
- कुशापानी झरना
[सम्पादन गर्ने] धार्मिक सम्पदाहरू
- पंचकोशी
- शिरस्थान
- नाभिस्थान
- पादुकास्थान
- धुलेश्वर महादेव
- कोटिलास्थान
- नारायमन्दिर ना।न।पा।
- वेलाशपुर मन्दिर
[सम्पादन गर्ने] साँस्कृतिक सम्पदाहरूः देवलहरू
- भूर्तिमा रहेका
- रावतकोटमा रहेका
- अन्य विभिन्न गा।वि।स।मा छरिएर रहेका देवलहरू
- किर्ति खम्ब शिलालेख दुल्लु
- दुल्लु दरबार पटांगिनीका देवल तथा अभिलेखहरू
- सातखम्ब गमौडी
- प्राचिन दुल्लुकोट
- दैलेख बजारको कोतगडी
पर्यटकीय दृष्टिकोणले माथि उल्लिखित सबै जसो सम्पदामा सडकको पहुँच छ। हिउँदमा सवारी साधनबाट यात्रा गर्न सम्भव छ। यी सम्पदा सम्मको पहुँचकालागि जिल्ला विकास समिति र गाऊँ विकास समितिहरूले निरन्तर लगानी गरिरहेका छन्। जति पहुँचकालागि सडकमा लगानी भएको छ त्यसको तुलनामा ती सम्पदाको संरक्षण र सम्बद्र्धनमा लगानी हुन सकिरहेको छैन भने स्थानीय समुदायलाई पनि यसको महत्वको विषयमा बुझाउन नसकिएको कारण अमूल्य सम्पदाहरू जीर्ण अवस्थामा पुगेका छन्। यसको दिगो संरक्षण र संबद्र्धनका लागि के गर्नु पर्ला त !!! प्राकृतिक संपदाको संरक्षणका लागि विकास कार्य गर्दा विशेष ध्यान पुगाउने वातावरणीय विनास रोक्ने धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि स्थानीय समुदायलाई यसको महत्वको विषयम आत्मबोध गराउनेजनजागरण कार्यक्रम मार्फत धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि मर्मत संभारलाई विशेष जोड दिने यी सबै सम्पदाको दिगो विकास र संरक्षणका लागि ब्यवसायिक रूपमा विकास गरी पर्यटकहरूको आकर्षण गर्न दैलेख भन्दा बाहिरका तर संभाव्य क्षेत्रहरू जस्तैः कोहलपुर सुर्खेतमा विभिन्न माध्यमबाट सम्पदाहरूको प्रचार प्रसार गर्ने। विशेष पर्यटकीय क्षेत्रका रूपमा पाचकोशी भूर्तिका देवल र वेलाशपुरलाई विकास गर्ने। हॊटल व्यवसायीलाई अतिथि सत्कार र खानाको विविधिकरणका लागि जागरुक गराउने। यस्ता पर्यटकीय क्षेत्रमा पुग्ने सडकमा अझबढी लगानी गरी यसलाई बाह्रै महिना चल्ने बनाउने। सार्वजनिक निजी साझेदारी अन्तरगत पर्यटन पूर्वाधारमा लगानी गर्ने। यसरी माथि उल्लिखित कार्यहरू योजनाबद्ध तरिकाले गरेमा हाम्रा प्रकृति र पूर्वजले सुम्पिएका धरोहरलाई जिल्लाको आम्दानीको श्रोतको रूपमा उभ्याउन सकिने अवस्था छ।
[सम्पादन गर्ने] जनसंख्या
यो जिल्लाका मुख्य जनजाति यस प्रकार छन्: खस क्षेत्री (३४.८५), कामी (१५.३३५), ठकुरी (१४५), ब्राम्हण (१२५), मगर(९.८७५), ,दमाई (४.४५५), सार्की (२.७५५), सन्यासी (१.६१५), सुनार (१.५८५), गुरुङ्ग (१.४३५) आदि। [५] यो जिल्लाको प्रमुख भाषाहरू नेपाली (९८.९८५), गुरुङ्ग/मगर (०.४६५) र अन्य (०.५६५) हुन्। [५] धार्मिक रूपमा यो जिल्लामा हिन्दू (९८.३२५), बौद्ध (१.४५५), इस्लाम (०.०८५), अन्य (०.१५५) धर्मावलम्बी छन्।
[सम्पादन गर्ने] संस्कृति
यो जिल्लामा मनाईने प्रमुख चाडपर्वहरू
- दशैं
- तिहार
- माघे सक्रान्ति
- चैते दशैं
- जनै पूर्णिमा
- गाइ जात्रा
- रोपाईं जात्रा
- कृष्णाष्टमी
- फागु पूर्णिमा
- शिवरात्री
- भस्सि जात्रा
- भैले जात्रा
- भैनी
- स्वस्थानी
- पुष पन्ध्र
- गल्लौडी
- मालिका चतुर्दशी
[सम्पादन गर्ने] श्रोत
- ↑ DDC_Dailekh
- ↑ DDC_Dailekh
- ↑ DDC_Dailekh
- ↑ DDC_Dailekh
- ↑ ५.० ५.१ ५.२ ५.३ सरकार, नेपाल (2063), [Expression error: Unrecognised punctuation character "�". जिल्ला वस्तुगत विवरण:दैलेख], शाखा तथ्याङ्क कार्यालय, सुर्खेत, तथ्याङ्क विभाग, नेपाल सरकार, <Expression error: Unrecognised punctuation character "�".>
- ↑ DDC_Dailekh
- ↑ DDC_Dailekh
- ↑ DDC_Dailekh
[सम्पादन गर्ने] हेर्नुहोस्
धमाका दैनिक (दैलेखको समाचार पत्र)
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||