मकै
नेपाली विकिपीडियाबाट
| मकै | |
|---|---|
| मकैको भाले र पोथी प्रजनन अङ्ग सहितको चित्र | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति जगत |
| (unranked): | Commelinids |
| गण: | Poales |
| कुल: | Poaceae |
| उपकुल: | Panicoideae |
| Tribe: | Andropogoneae |
| वंश: | Zea |
| प्रजाति: | Z. mays |
| द्विपद नाम | |
| Zea mays L. |
|
प्राग ऐतिहासिक अमेरिकि महाद्दिपमा बिभिन्न प्रकारको घासे बालीको वर्णशंकर स्वरुपमा यसको विकाश भएको विश्वास गरिन्छ | यो संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ | बहु उपयोगि ,यो बाली बाट , बिभिन्न परिकार, तेल, इन्धन, चीनी ,अल्कोहल आदि बनाउने गरिन्छ |
मकैमा १० क्रोमोजोम(chromosome) हुन्छ र सबै क्रोमोसोमको कूल लम्बाई १५०० सेन्टिमोर्गान(cM) हुन्छ|
[सम्पादन गर्ने] खोया
मकैको बीउहरू अडिने भागलाई खोया भनिन्छ । यसलाई घरेलु इन्धनको रूपमा प्रयोग गरिन्छ ।
[सम्पादन गर्ने] खोस्टा
मकैको घोगालाई वरिपरि ढाकेर रहेको भाग अथवा बोक्रालाई खोस्टा भनिन्छ । यसलाई किसानहरूले गाईवस्तुको पौष्टिक आहारको रूपमा उपयोग गर्दछन् । मकैको खोस्टाबाट चकटी, ढकी, सुकुल आदि बनाउन सकिन्छ ।