लमजुङ जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लमजुङ जिल्ला
Lamjung district location.png
अञ्चल: गण्डकी अञ्चल
सदरमुकाम: बेसीशहर
क्षेत्रफल: १,६९२ वर्ग कि.मि.
जनसंख्या: १,९७,८७५
गाविस संख्या: ५७
नगरपालिका(हरू): बेसीशहर नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाडी प्रदेश
सबै भन्दा अग्लो स्थान:  ?? मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, मगर, गुरुङ, नेवार आदि
प्रमुख भाषाहरू: नेपाली, मगर, गुरुङ भाषा आदि
मानव विकास सूचाङ्क स्थिति: २० (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०६६/९८०४१/९८५६०/९८४६०
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddclamjung.gov.np
 हे  वा  सं 

लमजुङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलका ६ वटा जिल्लाहरूमध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो। लमजुङ जिल्ला भौगोलिक रूपमा मध्य पहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्र सम्म फैलिएर रहेको छ। नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्णा यो जिल्लाले १,६९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। गुरुङ जातिको बाहुल्यता रहेको यस जिल्ला ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्वको हिसावले प्रमुख स्थानमा रहन्छ। नेपाललाई चिनाउने संस्कृति मध्य लोक दोहोरी गीतको उदगम स्थल यस जिल्लालाई मानिन्छ। समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीसहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ। राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई ६१ गाउँ विकास समिति, ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

"लमजुङ" शब्द मगर भाषाबाट आएको मानिन्छ। यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ।

ऐतिहासिक पृष्ठभुमि[सम्पादन गर्ने]

यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनैतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ। सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरुङ तथा घले जातिको सामाजिक तथा राजनैतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन। जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ।

सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज यशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए। यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ। त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ। इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लीइएको पाइन्छ। त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • अक्षांश: २८ डिग्रि ३ मिनेट देखि २८ डिग्रि ३७ मिनेट उत्तर
  • देशान्तर: ८४ डिग्रि ११ मिनेट देखि ८४ डिग्रि ३८ मिनेट पूर्व
  • सिमाना: पूर्व- गोरखा, पश्चिम-कास्की, उत्तर-मनाङ र दक्षिण- तनहुँ
  • क्षेत्रफल: १६९२ वर्ग किलोमिटर
  • सबभन्दा होचोस्थान: ३८५ मिटर (रम्घा गाविस अन्तर्गतको दुईपिप्ले बगैंचा)
  • सबभन्दा अग्लोस्थान: ८,१६२ मिटर (मनास्लु हिमाल)

पश्चिम नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित लमजुङ जिल्ला १६९२ वर्ग किलोमिटरको भौगालिक क्षेत्रफल भित्र फैलिएको छ। समुद्र सतहबाट ३८५ मिटर उचाई देखि ८१६२ मिटर अग्लो मनास्लु हिमशिखर सम्मको धरातलीय उचाईले गर्दा यो जिल्लामा ठूलो पाइन्छ। अत्यन्त गर्मी हावापानीदेखि अतिठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो जिल्ला निकै प्रसिद्ध पनि छ।

यहाँ प्रशस्त नदीनालाहरू बग्दछन् जस्ले लाखौं किलोवाट विद्युत उत्पादन गर्न सकिन्छ अर्कोतर्फ यस जिल्लामा नीरमसी, पाखनवेद, पाँचऔंले, चिर्राईतो, जटामसी, गुर्जो, सर्पगन्धा, यार्चागुम्वा, कुट्की, सुगन्धवाल आदि वहुउपयोगी र वहुमूल्य जडीवुटीहरू पाइन्छन्। हिमाली क्षेत्रमा अनेर्कौ वहुमूल्य पत्थरहरू पाइन्छन्। दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट आदि ज्यादै सुन्दर र ऐतिहासिक एवं धार्मिक महत्वका पर्यटकीय स्थलहरूले गर्दा यस जिल्लाको आर्थिक सम्भावनालाई अत्यन्त माथि पुर्‍याउन मद्दत मिलेको छ। यस जिल्लामा यातायात तथा विद्युतीकरणको पनि राम्रो सुविद्या पुगेको छ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]