इलाम जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

"इलाम" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि इलाम (स्पष्टता) हेर्नुहोला।

इलाम जिल्ला
Ilam district location.png
अञ्चल: मेची अञ्चल
सदरमुकाम: इलाम नगरपालिका
क्षेत्रफल: १,७०३ वर्ग कि.मि.
जनसंख्या: १,१५,८९४
गाविस संख्या: ४८
नगरपालिका(हरू): इलाम नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, लिम्बु, किराँत, राई, भोटे, लेप्चा आदि
प्रमुख भाषाहरू: नेपाली, राई, लिम्बु आदि
मानव विकास सुचाङ्क स्थिति: ११ (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: २७
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcilam.gov.np
 हे  वा  सं 
इलाम जिल्ला प्रवेशद्वार झापाबाट इलाम प्रवेश गर्ने ठाउँ

नेपालको वर्तमान प्रशासनिक विभाजन अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलका चार जिल्ला मध्यको एक पहाडी जिल्ला इलाम नेपालका पचहत्तर जिल्लामध्ये सबैभन्दा पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो। हालको इलाम जिल्ला नेपाल एकीकरण हुनु भन्दा अगाडी राईलिम्बु जातिहरूको किराँत राज्य थियो। त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ। यहाँको चियाबारी, हरियाली, साना-ठूला नदी-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्त्व हुन। प्राकृतिक बरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला आर्थिकरूपले धनी मानिन्छ। साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला "पहाडकी रानी, नगदेबालीको खानी" जस्ता उपनामले चिनिन्छ। इलाम जिल्लालाई विभिन्न 'अ'को जिल्ला भनेर पनि चिनिन्छ। यसै क्रममा यसलाई हाल ८ 'अ'को जिल्ला भनेर चिनिन्छ। जसमा 'अ'को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ। पूर्व-पश्चिम राजमार्गको चारआलीबाट मेची राजमार्गमा ७८ किलोमिटरको दुरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ।

इलाम जाने बाटो कन्यामको चियाबारीमा।

जिल्लाको नामाकरण

हालको इलाम जिल्ला नेपाल एकिकरण हुनु भन्दा अगाडी राईलिम्बु जातिहरूको किराँत राज्य थियो। त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। लिम्बु भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भइ भएको मानिन्छ। जसमा "इ"को शाब्दिक अर्थ "घुमाउरो" र "लाम"को शाब्दिक अर्थ "बाटो" अर्थात इलामको अर्थ "घुमाउरो बाटो" हुन जान्छ। यस अर्थलाई पुष्टि गर्ने साँच्चै नै झापा देखि इलाम आउँदा धेरै घुमाउरो बाटो तय गर्नु पर्दछ। यसरी हेर्दा यस जिल्लाको नाम इलाम राखिनु उपयुक्त नै देखिन्छ। तर इलामको पुरानो नाम खलङ्गा भएको केही प्राचीन लेखहरूबाट प्रमाणित हुन्छ तथा जुन "घुमाउरो बाटो"को कुरा गरिन्छ त्यो बाटोको निर्माण विक्रम संवत् २०१५ तिर भएको पाइन्छ सो पूर्व नै इलाम शब्दको प्रयोग भएको पाइन्छ। यसैले यो भन्दा पनि विश्वस्त प्रमाण यो पाइन्छ कि इलामको विभिन्न ठाउँमा रहेका भट्टराई ब्राह्मणका वंशज आदि गुरु शङ्कराचार्यको समयमा भारतको केरल प्रान्तबाट आएका थिए जसलाई केरलमा भट्टतिरि भनिन्छ भट्टतिरि कै अपभ्रंश भट्टराई भएको पुष्टि भईसकेको छ तथा केरलमा ब्राह्मणहरूका घरलाई ईल्लम भन्ने गरिन्छ। यही ईल्लम शब्द अपभ्रंश भएर इलाम भएको र कालान्तरमा इलाम लेखिन थालिएको हो भन्ने भनाइ पनि कतैकतै सुन्न पाइन्छ।

कन्याम चियाबारीः यो इलाम जिल्लाको आकर्षक पर्यटकीय ठाउँ हो।

विषयसूची

[सम्पादन गर्ने] भौगोलिक अवस्थिति

  • अक्षांश उत्तरी २६.४०" देखि उत्तरी २७.८" सम्म
  • देशान्तरः पूर्वी ८७.४०" देखि पूर्वी ८७.१०" सम्म
  • उचाई:- समुन्द्री सतहबाट ३०० मिटर देखि ३६३७ मिटर सम्म[१]
  • सिमाना:- पूर्व भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ्ग जिल्ला, पश्चिम मोरङपाँचथर जिल्ला, उत्तर पाँचथर जिल्ला र दक्षिण झापा जिल्ला
  • क्षेत्रफल:- १७०३ वर्ग किलोमिटर
  • अवस्थिति:- पहाड
  • औषत लम्बाई:- पूर्व-पश्चिम ५० किलोमीटर
  • अधिकतम लम्बाई:- पूर्व-पश्चिम लम्बाई ५७ किलोमीटर
  • औषत चौडाई:- उत्तर-दक्षिण ३८ किलोमीटर
  • अधिकतम चौडाई:- उत्तर-दक्षिण ४५.८ किलोमीटर

[सम्पादन गर्ने] हावापानी

जसरी नेपालको हावापानीमा बिषमता पाइन्छ ठीक त्यसरी नै इलाम भित्रको हावापानीमा पनि बिविधता पाइन्छ। हावापानी बिषम हुनुमा यहाँको धरातलीय स्वरूप नै हो। जिल्लाको बेंसी क्षेत्रमा उष्ण मध्य पहाडी क्षेत्रमा समशीतोष्ण र उच्च पहाडी क्षेत्रमा शीतोष्ण एवं लेकाली हावापानी पाइन्छ। जिल्लाको उच्च पहाडी क्षेत्रमा तापक्रम न्यूनतम शून्य डीग्री सेल्सियस सम्म र होचो बेसी क्षेत्रमा गृष्ममा अधिकतम ३१ डीग्री सेल्सियस सम्म पुगने गरेको तथ्याङ्क पाइन्छ। प्राय जसो २००० मिटर भन्दा माथिको चुचुराहरूमा यहाँ हिउँ पर्दछ। बङ्गालको खाडीबाट निकट हुने र इलामको अधिकांश पर्वत श्रेणीहरू बंङ्गालको खाडी सँग सम्मुख ढाल बनाइ ठडिएकाले गुष्ममा अत्याधिक वर्षा हुने गर्दछ।

[सम्पादन गर्ने] बासिन्दा

लाप्चे, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा, क्षत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसहरू यस जिल्लामा बसोबास गर्दछन। सन्तपुर (सन्दकपुर) ३०००मी., छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्का जस्ता रमणीय पहाडहरू यस जिल्लामा रहेका छन, जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छ।

[सम्पादन गर्ने] धार्मिक तथा पर्यटकीय स्थानहरू

सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीय स्थान इलामले समेटेको छ। सबै भाग पहाडी भेकमा पर्ने यस जिल्लाको प्राकृतिक सौन्दर्यका कारण विस्तारै पर्यटकीय गन्तव्यको रूपमा इलाम चिनिँदैछ। नौ कुना भएको माई पोखरी तथा टोड्के झरना हेर्न पर्यटकहरूको ओइरो लाग्ने गर्दछ। हरियाली युक्त चियाबारी भएको कन्याम डाँडामा वनभोज खानेहरूको ताँती लाग्ने गर्दछ। इलाम् दानाबारि म [२]

[सम्पादन गर्ने] व्यापार व्यवसाय

कृषि तथा पशुपालन इलामको मुख्य पेशा भएपनि व्यापारले पनि मुख्य पेशाको स्थान लिएको छ। ईलाम बजार,बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली यहाँका मुख्य व्यापारीक केन्द्रहरू हुन्। इलाम बजार जिल्ला सदरमुकाम हो, जुन राजधानीदेखि करिब ८५० कि.मी.को दूरीमा अवस्थित छ। चिया पत्ती, अलैँची, अदुवा, आलु,अम्लिसो, अकबरे खुर्सानी, ईसकुस, दूध आदि यहाँका मुख्य कृषि उपज हुन्। इलाममा हाल १० भन्दा बढी चिया प्रशोधन कारखानाहरू रहेका छन्। इलामको अर्थोडक्स चिया युरोप र अष्ट्रेलियाली बजारमा निकै लोकप्रिय छ। यसका अतिरिक्त पशुपालन खासगरी गाई पालन पेशा पनि इलाममा फष्टाएको पेशा हो। प्राचिन समयमा यहाँ बेलायती तथा स्थानीय जातका गाईबस्तुहरू पाल्ने गरिन्थ्यो भने अहिले आएर जर्सी, होलेस्टेन जातका गाई पाल्ने प्रचलन रहेको छ। पशुपालनमा बाख्रा तथा उच्च हिमाली भेकमा भेडा पनि पाल्ने गरिन्छ, जुन खासगरी मासु तथा ऊनका लागि खपत हुन्छ। हाँस, कुखुरा, सुँगुर, माछा पालनको चलन पनि बढ्दो रहेको छ। व्यापारमा कृषि उपजको अतिरिक्त लत्ता कपडा एवं दैनिक उपभोगका सामानहरू स्थानीय बजारमा विक्री वितरण हुन्छ। तेस्रो मुलुकबाट उत्पादित विद्यूतीय उपकरण, जुत्ता, फेन्सी कपडा, छाता आदि सामान किन्न सीमास्थित बजारहरू भारतीय ग्राहकहरूले भरिएका हुन्छन्। यहाँको हरियालीयुक्त वातावरण का कारण विस्तारै पर्यटन पनि उद्योगको रूपमा फस्टाउने संकेत देखा परेको छ।

इलाम चिया फ्याक्ट्री: जंगबहादुरको पालामा स्थापित यो चिया फ्याक्ट्री सम्भवतः नेपालकै जेठो उद्योग हो।

[सम्पादन गर्ने] विकास तथा पूर्वाधार

इलामलाई विकसित पहाडी जिल्लाको रूपमा लिइन्छ। यहाँका बासिन्दाहरूले खाद्य बाली भन्दा नगदे बालीको खेती धेरै गरेकाले तीव्र आर्थिक विकास गरेका हुन। विगत बीस बर्षमा यस जिल्लाले राम्रो आर्थिक उन्नति गरेको छ। जिल्ला बासीहरूले आफ्नै श्रमले गाउँ गाउँसम्म मोटरबाटो पुर्‍याएका छन। जिल्लाको मुख्यबाटो मेची राजमार्गले छोएका केही गाउँमा केन्द्रीय विद्युत् प्रशारण पुगेको भएता पनि अधिकांश स्थानमा मानिसहरूले पेल्ट्रिक सेट तथा सौर्य उर्जाबाट बिजुली निकालेर प्रयोग गरेका छन्।

[सम्पादन गर्ने] इलामलाई चिनाउँने व्यक्ति्वहरू

[सम्पादन गर्ने] इलामका राजनीतिज्ञहरू

[सम्पादन गर्ने] इलाम जिल्लामा पर्ने व्यापारिक केन्द्रहरू

[सम्पादन गर्ने] यो पनि हेर्नुहवस

[सम्पादन गर्ने] सन्दर्भ सामाग्री

  1. Google Earth
  2. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९

[सम्पादन गर्ने] थप जानकारीका लागि हेर्नुहोस्

[सम्पादन गर्ने] श्रोतः

  • केन्द्रीय तथ्याङ्क विभाग
  • इलाम दर्पण,
  • हरियाली दर्पण इलाम
  • बिभिन्न पत्र-पत्रिकामा प्रकशित् लेखहरू
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा