बाँके जिल्ला
| बाँके जिल्ला | |
| अञ्चल: | भेरी अञ्चल |
|---|---|
| सदरमुकाम: | नेपालगञ्ज |
| क्षेत्रफल: | २,३३७ वर्ग कि.मि. |
| जनसंख्या: | |
| गाविस संख्या: | ४६ |
| नगरपालिका(हरू): | नेपालगञ्ज |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ४ |
| भौगोलिक अवस्थिति: | तराई |
| सबै भन्दा अग्लो स्थान: | मिटर |
| सबै भन्दा होचो स्थान : | मिटर |
| प्रमुख जातिहरू: | आदि |
| प्रमुख भाषाहरू: | आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०८१ |
| प्रमुख जिल्ला अधिकारी: | - |
| वेबसाइट: | www.ddcbanke.gov.np |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
बाँके नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत बि.सं. १८७३को सुगौली सन्धीबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि. सं. १९१७मा बांके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बांके लगायतका जिल्लाहरूलाई नयां मुलुकका रूपमा चिनिन्छ।
विषयसूची |
जिल्लाको नामाकरण [सम्पादन गर्ने]
यस जिल्लाको नाम बांके रहनुको पछडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्य केही यस प्रकार छन् :-
- परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरूको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरूको मृत्यु हुन गै थोरै मानिसहरूमात्र यस क्षेत्रमा बांकी रहेकोले "बांकी मानिसले बसोवास गरेको ठांऊ" भन्दै जांदा पछि अपभ्रंस भै यस ठांउलाई बांके भन्न थालिएको पाइन्छ।
- सत्ययुगमा सतीदेवीको जिब्रो पतन भै त्यस ठांउमा वाक्यस्वरी देवी उत्पन्न भै स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जांदा पछि बांकेमा परिणत भएको भनाइ पनि रहेको छ।
- परापूर्वकालमा यहांका मानिसहरूले घाम पानी हुरी वतास आदि बाट सुरक्षित रहन वरिपरी घुमाएर बांके खालका घरहरू निर्माण गर्ने गर्थे रे। अधिकांश बांके घरहरू रहेको बस्तीलाई "बांके बस्ती" भन्दै जांदा पछि जिल्लाको नाम नै बांके रहन गएको हा भन्ने जनश्रुति पनि पाइन्छ।
भौगोलिक अबस्था [सम्पादन गर्ने]
- अक्षांस:- २७ं ५१७३' उत्तरदेखि २८ं २०७३'उत्तर सम्म
- देसान्तर:- ८१ं २९७३' पूर्वदेखि ८२ं ८७३' पूर्व सम्म
- सिमाना:- पूर्वमा दाङ जिल्ला तथा भारतको उ.प्र.को बहराईच जिल्ला
- पश्चिम:- बर्दिया जिल्ला
- उत्तर:- सल्यान बर्दिया र दाङ जिल्ला
- दक्षिण:- भारतको उ.प्र.को बहराईच जिल्ला
- क्षेत्रफल २३३७ वर्ग कि. मि.
- अधिकतम लम्बाई:- ८४ कि.मि.
- औसत चौडाई:- ४० कि.मि.
- भौगोलिक विभाजन:- केही चूरे क्षेत्र र अधिकांश तराई
प्रमुख ताल तलैया नदीहरू [सम्पादन गर्ने]
- ताल:- रानी तलाउ वाटर पार्क ताल
- नदीहरू:-
क)प्रमुखः- राप्ती मान डुडुवा
ख) सहायक:- किरण नाला रोहिणि िझंजरी गुडुवा खैरी गोठरी र जेठी नाला
धार्मिक तथा पर्यटकीय क्षेत्र [सम्पादन गर्ने]
- धार्मिक स्थल:- बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि।
- पर्यटकीय स्थल:- महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि।
ब्यापारिक महत्वका स्थानहरू [सम्पादन गर्ने]
नेपालगाज, कोहलपुर, खजुरा, नरैनापुर, कुसुम, चिसापानी बजार, रांझा आदि।
हावापानी [सम्पादन गर्ने]
यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चूरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहांको अधिकतम तापक्रम ४६ं से. र न्यूनतम तापक्रम ४.२ं से.सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औसत सापेक्षिक आदर््रता ७१.४ छ। हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ।
राजनैतिक विभाजन [सम्पादन गर्ने]
यस जिल्लाका जम्मा ४६ वटा गा.वि.स. र १ न.पा. लाई तीन निर्वाचन क्षेत्रमा र १३ वटा इलाकामा विभाजन गरिएको छ।
गाउँ विकास समिती र नगरपालिकाहरू [सम्पादन गर्ने]
कटकुंईया, लक्ष्मणपुर, कालाफांटा, नरैनापुर, मटेहिया, गनापुर, फत्तेपुर, कम्दी, मनिकापुर, शमसेरगञ्ज, रझेना, कोहलपुर, महादेवपुरी, कचनापुर, बिनौना, बैजापुर, खासकुस्मा, गङ्गापुर, होलिया, बेतहनी, हिरमिनीया, पिप्रहवा, उदयपुर, खासकारकांदो बनकट्टी, वसुदेवपुर, पुरैनी, पुरैना, भवानियापुर, नेपालगञ्ज नगरपालिका, जयसपुर, साईगांउ, परस्पुर, बेलभार, इन्द्रपुर, राधापुर, सीतापुर, खजुराखूर्द, बेलहरी, उढरापुर, वागेश्वरी, सोनपुर, रनियापुर, टिटिहिरिया, बनकट्वा, नौबस्ता, चिसापानी
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||