| डोटी जिल्ला |
 |
| अञ्चल: |
सेती अञ्चल |
| सदरमुकाम: |
सिलगढी, |
| क्षेत्रफल: |
२,०२५ वर्ग कि.मि. |
| जनसंख्या: |
|
| गाविस संख्या: |
५० |
| नगरपालिका(हरू): |
सिलगढी नगरपालिका |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: |
२ |
| भौगोलिक अवस्थिति: |
पहाड |
| सबैभन्दा अग्लो उचाई: |
मिटर |
| सबैभन्दा होंचो उचाई: |
मिटर |
| प्रमुख जातिहरू: |
आदि |
| प्रमुख भाषाहरू: |
आदि |
| मानव विकास सुचाङ्क स्थिति: |
(७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: |
०९४ |
| प्रमुख जिल्ला अधिकारी: |
|
| वेबसाइट: |
|
| हे • वा • सं |
डोटी जिल्ला नेपालको सूदुर पश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित एउटा जिल्ला हो। ज्ञानेश्वर भटृराईको वृहत ज्ञान कोषको अनुसार यहाँ प्रवाहित हुने खोलाको नाम डोटी खोला रहेको र सोही डोटी खोलाको छेउछाउको भागलाई डोटी क्षेत्र भन्ने गरीएकोले सोही आधारमा जिल्लाको नाउ डोटी रहन गएको हो।
बाइसे-चौबीसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिशालि मानिएको रैका राज्य या डोटी राज्य पूर्वमा कर्णाली नदी पश्चिममा रामगंगा (कुमाउ) उत्तरमा ठाकुरजी देखि दक्षिणमा तराई सम्म फैलिएको थियो। डोटीका राजालाई महाराजाधिराको उपाधिको स्थानीय नाउ रैकाज्यू भनिन्थ्यो। डोटीका शासक कत्युरवंशी राजा सुभिक्षराज सन् (१०४५-१०६५) डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए। यहाका राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत बिजय गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए।
नेपाल अधिराज्यको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा अवस्थित डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ्ग र दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन्। २०२५ बर्ग किमिमा फैलिएको यो जिल्ला २८० ५४' उत्तर देखि २९०५४' उत्तर अक्षांश र ८०० ३०' पूर्वदेखि २१० १४' पूर्वी देशान्तर सम्म फैलिएको छ। भौगोलिक दृष्टिले अत्यधिक विविधता भएको यो जिल्ला उचाईको दृष्टिले ६०० मिटर देखि ४००० मिटर सम्म फैलिएको भए तापनि यसको अधिकांश भू-भाग भने ६०० मिटर देखि २००० मिटरको उचाई क्षेत्रमा पर्दछ। अर्थात उत्तरमा उच्च हिमाली क्षेत्र देखि दक्षिणमा चुरे पर्वत श्रृंखलासम्म फैलिएको यो जिल्लाको अधिकांस भ-भाग भने मध्य पहाडी क्षेत्रमा नै पर्दछन। यस जिल्लामा खप्तड लेक,सकार लेक,महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी स्थानका साथै दिपायल,वानेडुग्रीसैन तथा नारीदाङ्ग जस्ता अर्ध उष्ण हावापानी भएका नदी किनारामा अवस्थित समथल भू-भाग पनि रहेका छन्।[१]
यस जिल्लाको भू-बनोट असमान उचाई र विविध धरातलिय स्वरूप भएको कारण हावापानीमा निकै विषमता छ। यस जिल्लाको ६०% भू-भाग समशितोष्ण,१७% भू-भाग अर्द्योष्ण र २३% भू-भाग शीत प्रदेशमा पर्दछ। भू-वनोटीय उचाईमा भएको विविधताको कारण यँहाको हावापानी तथा जलवायुमा पनि विविधता पाइन्छ। यहाँ खासगरी समशितोष्ण(Sub-tropical) देखि शितोष्ण(temperate) हावापानी पाइन्छ। सन् १९७६-८६ सम्मको सिलगढी स्टेशनको रेकर्ड अनुसार यँहाको वार्षिक औषत वर्षा १,३४७ मिलिमिटर पाइएको छ। जिल्लाको वर्षैभरि हुने वर्षाको वितरण एकनाशको पाइदैन। हिउँदमा कम वर्षा हुन्छ भने करीब ७०% वर्षा जुन देखि सेप्टेम्बर महिनामा हुन्छ। त्यस्तै सिलगढी स्टेशनको रेकर्ड अनुसार अत्यधिक तापक्रम ३६.३ डिग्री सेन्टिग्रेड(मे १९९७)र न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेड(जनवरी १९८५) रेकर्ड गरिएको छ।
राजनैतिक हिसाबले यस जिल्लालाई ५० वटा गाविसहरू,१ नगरपालिका (दिपायल सिलगढी नगरपालिका),११ इलाका र २ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल सिलगढी नगरपालिकाको राजपुरमा रहेको छ।
डोटी जिल्लाका गाविस तथा नगरपालिकाहरू
|
|
|
|
|