कर्णाली नदी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Erioll world.svgनिर्देशाङ्क: 25°45′11″N 84°39′59″E / 25.75306, 84.66639}
कर्णाली नदी
घागरा
नदी
नेपालमा कर्णाली नदी
देशहरू तिब्बत (चिन), नेपाल, भारत
सहायक नदीहरू
 - वायाँ Bheri, Sarju, Kuwana, राप्ती
 - दायाँ सेती
स्रोत मानसरोवर ताल
 - स्थान तिब्बत, चिन
 - अवनति ३,९६२ m (१२,९९९ ft)
मुख गंगा
 - स्थान दोरिगञ्ज, भारत
 - निर्देशांक 25°45′11″N 84°39′59″E / 25.75306, 84.66639}
लम्बाई १,०८० km (६७१ mi)
सिँचित क्षेत्र १२७,९५० km² (४९,४०२ sq mi)
Discharge
 - average २,९९० m3/s (१०५,५९१ cu ft/s)
कर्णाली र गण्डकी सहितको तश्विर
कर्णाली नदीको मुहान
तिब्बतको मानसरोवर ताल नजीकै रहेको कर्णाली नदीको मुहान
Fish from Karnali River on sale in a shop at Chisapani, Kailali.
Fish from Karnali River on sale in a shop at Chisapani, Kailali.

कर्णाली नदी तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामको हिमनदी बाट निस्केर मान सरोवर ताल नजीकै रहेको रकोस सरोवर (जसलाई "राक्षस ताल" पनि भनिन्छ)मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगु जिल्लामा यो "करन खोला" अथवा मुगु कर्णालीसँग मिसिन्छ। त्यसै करन खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी बाजुरा जिल्लाहुम्ला जिल्लाको सिमाना हँदै कालीकोट जिल्लामा पुग्दा सम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ। मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी दैलेख जिल्लाअछाम जिल्लाको सिमाना हुदै अगाडी बढ्छ।

दैलेख र अछामका अन्य सहायक नदी नालाहरूलाई साधमा लिँदै यो नदी दैलेख, अछाम र सुर्खेत जिल्लाको सिमानामा पर्ने कल्यानकाँध नामक स्थानमा आएर यो नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केको छ। जसले गर्दा पश्चिमबाट पूर्व तर्फ बग्दै गरेको यो नदी फेरी पश्चिम तिर फर्केर जान्छ। यसै गरी यो नदी अब सुर्खेत र अछाम जिल्लाको सिमाना हुदै डोटी जिल्लाको सिमानामा पुग्छ। त्यहाँ यो नदीमा डोटीबाट आएको सेती नदी (जसलाई चौलानी नदी पनि भनिन्छ) मिसिन्छ। त्यस पछि कर्णाली नदी फर्केर फेरी पूर्व तिर बग्न थाल्दछ। अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र कैलाली जिल्लाको सिमानामा बग्न थाल्छ। कैलाली र सुर्खेतको सिमानामा पर्ने "कुइने घाट" नामक स्थानमा आएर यो नदीमा सुर्खेत तिरबाट आएको भेरी नदी मिसिन पुग्छ। त्यस पछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्ट्याउदै कर्णाली चिसापानी भन्ने ठाउँमा आउँछ। त्यहाँबाट यो नदीले आफ्नो पहाडी बाटो छोडेर तराइको मैदानमा प्रवेश गर्छ। अब यो नदीले बर्दिया जिल्लामा प्रवेश गरि सकेको हुन्छ। बर्दियामा आए पछि यो नदीमा बबै र सानी भेरी गरी दुइवटा नदीहरू मिसिएका छन्। त्यसका साथै यो नदी भारतमा प्रवेश गर्छ। यहाँ आएर यो नदी आफु पनि दुई भागमा बाँडीएको छ। एक शाखालाई कौरियाला घाटको नाम दिएको छ भने अर्को शाखालाई भारतमा घागरा नदीको नाम दिएको छ। भारतमा यो नदिमा अन्य सहायक नदीहरू मिसिन्छन् जस्तै:- महाकाली नदी जसलाई भारतमा शारदा नदी भनिन्छ। कौरियाला घाट नामको नदी अयोध्याभएर बगेको छ। अयोध्यामा यो नदीलाई सर्यौँ नदीको नाम दिइएको छ। घागरा नदी बिहारको छपरा जिल्लामा गएर गंगा नदीमा गएर मिलेको छ। त्यहाँबाट यो नदीको नाम गंगा नदी नै रहन गएको छ। अन्तमा पश्चिम बंगाल राज्यको कोलकाटा शहर (जसको पुरानो नाम कलकत्ता हो) नजीकै रहेको गंगा सागर नामक स्थानमा यो नदी समुन्द्रमा मिलेको छ।

सहायक नदीहरू[सम्पादन गर्ने]

नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी हो। यसका सहायक नदीहरू : हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला नदी बुढीगंगासेती नदी हुन्। कर्णाली नदीको नेपालभित्रको लम्बाइ लगभग ५०७ कि.मी. र जलप्रवाहित क्षेत्र ४९,००० वर्ग कि.मी. छ।

कर्णाली नदीमा पाइने जलिय जीवहरू[सम्पादन गर्ने]

कर्णाली नदीमा पाइने मुख्य जलिय जीव त माछा नै हो। कर्णाली नदीको माछा अरु नदीको माछा भन्दा बढी स्वादिष्ट हुन्छ। यो नदीमा पाइने माछाहरूमा अँसाला माछा मुख्य हो, साधारणतया १० देखि १५ किलो सम्म वजन भएको अँसाला माछा कर्णाली नदीमा धेरै पाइन्छ। यसका साथै यो नदीमा माछाका अन्य धेरै प्रजातीहरू रहेका छन् जस्तै:- सट्टा माछा (यसको वजन ५० देखि १५० किलो सम्म भएको अनुमान गरिन्छ), टोटे माछा (यो माछा भकुण्डो जस्तै गोलो र मोटो हुन्छ), बाम माछा (यो माछा देख्दा सर्प जस्तै देखिन्छ), खोली माछा (यो माछा सानो तर स्वादिष्ट माछा हो प्राय खोलाको पानीमा पनि पाइने भएकाले यसलाई खोली माछा भनीएको हो), आदी। यस्तै कर्णाली नदीमा गर्मीको मौसममा कैलाली जिल्लाको छेउ छाउ तिर गोहीहरू पनि भेटाउन सकिन्छ। पहिले कर्णाली नदीमा गोहीहरू प्रसस्त मात्रामा भएको तर अब गोहीको सिकार गरिने भएका कारण यो जीव कर्णाली नदीमा लोप हुदै गएको छ। यस्तै कर्णाली नदीमा कहिले काहीँ पानी विरालोहरू पनि भेटिएको सुन्नमा आउँछ।

बाँध तथा पुलहरू[सम्पादन गर्ने]

Cable-stayed_bridge over the Karnali River in Chisapani, western Nepal
Cable-stayed_bridge over the Karnali River in Chisapani, western Nepal
Cable-stayed_bridge over the Karnali River in Chisapani, western Nepal
विश्वको दोस्रो एक खम्बे पुल

कर्णाली नदीमा साना ठुला झुलुङ्गे पुल, काठे पुल धेरै छन। यी मध्ये कैलाली जिल्लाको कर्णाली चिसापानीमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने कर्णाली पुल मुख्य हो। कर्णाली पुललाई विश्वकै दोस्रो एक खम्बे पुल मानिएको छ। यो पुल ५०० मीटर लामो छ। यसका साथै झुलुङ्गे पुलहरूमा कुइने पुल, जङ्गलघाट पुल, टटाली पुल, डुङ्गेश्वार पुल, टुनी बगर पुल, राकम—कर्णाली पुल, खिड्की ज्यूला पुल, लालीघाट पुल, रेँगीलघाट पुल, भात्तडी पुल, आदी धेरै झुलुङ्गे पुल निर्माण भै सकेका छन् भने धेरै जसो झुलुङ्गे पुलहरू निर्माण कार्य भै रहेको छ। कर्णाली नदीमा बाँध बनाएर बिजुली निकाल्ने योजना २०४० सालमा पारित भएको भए पनि आज सम्म कुनै कार्य भएको छैन। सर्वे गर्ने क्रममा कैलाली जिल्लाको बाँका भन्ने ठाउँलाई बाँध निर्माण स्थलको लागि छनौट गरेर केही काम पनि गराईए पछि त्यतिकै छोडीएको छ भने दैलेख जिल्लाको सियाला भन्ने ठाउँलाई पनि बाँध निर्माण स्थलको लागि छनौट गरिएको छ तर आज सम्म कुनै सक्रिय कामको थालनी भएको छैन।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]