नारायणी नदी
नेपाली विकिपीडियाबाट
चितवन जिल्लाको देबघाटमा पश्चिमबाट बगेर आउने कालीगण्डकी नदी, उत्तर पश्चिमबाट बगेर आउने सेतीगण्डकी नदी तथा उत्तर तर्फबाट बगेर आउने त्रिशुली नदी र बुढीगण्डकी) मर्यस्याङदी, मिसिएर बन्नेको नदीलाई नारायणी नदी भनिन्छ । यसनदी लाइ सप्त गण्डकी समेत भनिन्छ देबघाट धाम तथा भरतपुर नगर लाइ देब्रे पार्दै बगेको यो नदी माथी नारायणगढमा पक्की पुल रहेको छ । यो नदीले चितवन तथा नवलपरासी जिल्ला तथा लुम्बिनी र नारायणी अन्चललाई छुट्याएको छ । नवलपरासीको त्रिबेणीबाट यो नदी भारत प्रवेश गर्दछ । भारतमा यसलाई गण्डक भन्ने गरिन्छ । यो नदीले चितवन राष्ट्रिय निकुन्जको पश्चिमी सिमानाको समेत काम गर्ने भएकाले जैविक विविधतामा समेत यसको महत्व छ । यो नदीमा दुर्लभ मानिने मगर गोही र घडीयाल गोहीहरू पाईन्छन् ।
| नेपालका नदीहरू |
|---|
| सप्तकोशी नदी |
| अरूण, तमोर, तामाकोशी, सुनकोशी दूधकोशी, इन्द्रावती नदी, ?? |
| सप्तगण्डकी नदी |
| त्रिशुली, मर्स्याङ्दी, बुढीगण्डकी, कालीगण्डकी नदी सेती, मादी, दरौंदी |
| कर्णाली नदी |
| हुम्ला कर्णाली,मुगु कर्णाली, तिला, सेती |
| अन्य प्रमुख नदीहरू |
| पूर्व: मेची नदी, कमला नदी, जोगमाई नदी, माई, पूवामाई, देउमाई, कन्काई, त्रियुगा, अरूण, तमोर, काबेली, |
| मध्यम: बागमती, झिमरुक, राप्ती, नारायणी त्रिशुली, |
| पश्चिम: तिनाउ, आँधिखोला, म्याग्दी खोला दरौंदी, चेपे, मर्स्याङ्दी, मादी, सेती, बुढी गण्डकी |
| मध्यपश्चिम: राप्ती, बबई, भेरी, |
| सुदूरपश्चिम: महाकाली |