नवलपरासी जिल्ला
| नवलपरासी जिल्ला | |
| अञ्चल: | लुम्बिनी अञ्चल |
|---|---|
| सदरमुकाम: | परासी, |
| क्षेत्रफल: | २,१६२ वर्ग कि.मि. |
| जनसंख्या: | |
| गाविस संख्या: | ७३ |
| नगरपालिका(हरू): | रामग्राम, |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ७ |
| भौगोलिक अवस्थिति: | तराई |
| सबैभन्दा अग्लो उचाई: | मिटर |
| सबैभन्दा होंचो उचाई: | मिटर |
| प्रमुख जातिहरू: | आदि |
| प्रमुख भाषाहरू: | आदि |
| मानव विकास सुचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०७८ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | |
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
नवलपरासी नेपालको एक जिल्लाको नाम हो। पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभी २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो। त्यस भन्दा अघि यस जिल्ला लाई बुटवल जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो।
विषयसूची |
[सम्पादन गर्ने] भौगोलिक अवस्थिति
- अक्षांश:- २७.२१" — २७.४७" उत्तर
- देशान्तर:- ८३.३६" — ८४.२५" पूर्व
- सिमाना:- पूर्व-चितवना, पश्चिम-रूपन्देही, उत्तर-पाल्पा र तनहुँ , दक्षिण-भारतको उत्तर प्रदेश र बिहार
- क्षेत्रफल:- २,१६२ वर्ग किलोमिटर
- अधिकतम उचाई:- १९३६ मिटर
- न्युनतम उचाई:- ९१ मिटर
समुन्द्री सतहबाट करिब ९१ मि देखि १,९३६ मिटरसम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व-दक्षिण भागमा नवलपुर पश्चिम-दक्षिण भागमा तराई उत्तर-पूर्व र उत्तर-पश्चिम भागमा महाभारत पर्वत श्रृङ्खलाको चुरे पहाडी क्षेत्र पाइन्छ।
नवलपरासी जिल्ला भौगोलिक रूपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रूपमा सुपरिचित रहेको छ। यहाँ पहाडी प्रदेश, भित्री मधेश र तराई प्रदेश रहेका छन। यसै भौगोलिक विविधताका कारण नेपाल भरिकै हावापानी वातावरण र संस्कृति यहाँ पाइन्छ। यहाँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ४४ डिग्री सेल्सियससम्म रहेको पाइन्छ।
कालीगण्डकी करिडोर अन्तर्गत नारायणी नदीको कंचन जलप्रवाहबाट सदियौं देखि सिंचित यस जिल्लामा विविध जातजाति भाषाभाषी धर्म संस्कृतिको सम्श्रिण पाइन्छ। यहाँ जनगणना २०५८ अनुसार ५,६२,८७० जनसंख्या रहेकोमा नेपाल अधिराज्यमै सबै भन्दा बढी कुमाल र रजभार जातिको बसोबास समेत रहेको पाइन्छ।
[सम्पादन गर्ने] धार्मिक तथा पर्यटकीय क्षेत्र
- रामग्राम स्तुप,
- त्रिबेणीधाम,
- पाल्हीभगवती मन्दिर,
- गजगढाधाम,
- सीतामणी,
- राधाकृष्ण मन्दिर,
- नागबाबा मन्दिर,
- कोहार मन्दिर,
- रामजानकी मन्दिर,
- बालपुरी कुटी,
- मद्रासी बाबा,
- शिबमन्दिर,
- दाउन्नेदेबी,
- कैलाश आश्रम,
- बर्दगोरिया कुटी,
- मौलाकालिका मन्दिर,
- रुम्सी,
- कुमारवर्ती,
- महाराजथान,
- रुद्रपुरगढी,
- सिक्रौलीघाट,
- पितौजीघाट,
- मितेरीघाट,
- भृकुटीघाट,
- लेडाघाट,
- देबघाट,
- ठांडीटारघाट,
- नारायणघाट,
- मौसरघाट,
- जलदेबीघाट,
- बालीघाट,
- गडगडीघाट,
- पण्डितपुर,
- ब्यंकटेश मन्दिर आदि।
नवलपरासी जिल्ला लुम्बिनी अञ्चलमा पर्दछ।
यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो। यो जिल्लाको सदरमुकाम परासी बजार हो।
क्षेत्रफल:
सदरमुकाम: परासी
मुख्य व्यापारीक केन्द्रहरू : परासी, सुनवल, कावासोती।
मुख्या आयको स्रोत: कृषी, उधोग, व्यापार, पर्यटन।
यहाँ नेपालको धेरै ठाउँबाट बसाइ सरेर आएका बासिन्दा छन। तर स्यान्जा, पाल्पा, अर्घाखाची, तनहू, गुल्मी, प्युठान जस्ता जिल्लाबाट आउनेहरूको संख्या तुलनात्मक रूपमा धेरै पाइन्छ। नवलपरासी भौगोलिक हिसाबले पहाड, भित्रि मधेश र मधेश गरी तीन भागमा बिभाजीत छ
। यसको भित्रि मधेश क्षेत्रलाई नवलपुर पनि भनिन्छ। यो जिल्लाको उत्तरमा पाल्पा र तनहू, पश्चिममा रूपन्देही, पूर्व र दक्षिणमा चितवन र दक्षिणको ,केही भाग भारतसँग जोडिएको छ। चितवन राष्ट्रीय निकुन्जमा नवलपरासीको ठूलो जंगल पर्दछ। घोरल हेर्नको लागि जिल्लाको उतरी भेगको देउराली गा बी समा सकिन्छ। बाघ भालु हेर्न जाने मनोरन्जनात्मक स्थान टाइगर टपस् यहाँ पर्दछ। कुनै जमानामा एक सिङ्गे गैँडाको बासस्थान भएको गैडाकोट (कोट = वासस्थान) यहीँ पर्दछ। नवलपरासीको गैडाकोट र चितवनको नारायणगढलाई नारायणी नदीले छुट्ट्याएको छ भने तनहुँको देवघाटसँग नवलपरासीको गैडाकोटलाई गण्डकी नदीले छुट्ट्याएको छ। पूर्व-पश्चिम राजमार्गको मध्यभाग भनेर राजा महेन्द्र शाहले शिलान्यास गरी राजमार्ग निर्माण सुरु गरेको स्थान शिलान्यासमा शिलालेख हेर्न पाइन्छ।
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
यो जिल्ला मा धेरै कल् कार्खाना हरु छन् , जस्तै श्री डिस्टिलरि, चौधरि ग्रुप्, एम् के पेपर् मिल्,
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||