अर्घाखाँची जिल्ला
| अर्घाखाँची जिल्ला | |
| अञ्चल: | लुम्बिनी अञ्चल |
|---|---|
| सदरमुकाम: | सन्धिखर्क |
| क्षेत्रफल: | १,१९३ वर्ग कि.मि. |
| जनसंख्या: | २,२५,२०१(सन् २००१) |
| गाविस संख्या: | पहिला ४२ हाल ? |
| नगरपालिका(हरू): | १ सन्धिखर्क |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | २ |
| भौगोलिक अवस्थिति: | पहाड |
| सबै भन्दा अग्लो स्थान: | मिटर |
| सबै भन्दा होचो स्थान : | मिटर |
| प्रमुख जातिहरू: | बाहुन, क्षेत्री, मगर, कामी, दमाई, सुनार नेवार आदि |
| प्रमुख भाषाहरू: | नेपाली, मगर आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०७७ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | arghakhanchi.com |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा(खिदिम), आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), अर्घाकोट(अर्घा) यहाँका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।
विषयसूची |
जिल्लाको नामाकरण [सम्पादन गर्ने]
अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ। यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ।
जिल्लाको संक्षिप्त इतिहास [सम्पादन गर्ने]
नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भयो।
भौगोलिक अवस्थिति [सम्पादन गर्ने]
- अक्षांश: २७ डिग्रि ५५ मिनेट देखि डिग्रि मिनेट उत्तर
- देशान्तर: ८३ डिग्री ४ मिनट ६० सेकेन्ड देखि डिग्री मिनट सेकेन्ड पूर्व
- सिमाना: पूर्व- पाल्पा, पश्चिम-प्युठान र दाङ, उत्तर-गुल्मी र दक्षिण- कपिलवस्तु र रूपन्देही
- क्षेत्रफल: १,१९३ वर्ग किलोमिटर
- सबभन्दा होचोस्थान: ५४४ मिटर
- सबभन्दा अग्लोस्थान: ४,१६८ मिटर
इतिहास [सम्पादन गर्ने]
अर्घाखाँची पहिला अर्घा र खाँची दुई राज्यमा विभाजित थियो |
बिश्वको प्राचीन भासा सस्कृतको भाषाको ब्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचीको पाणिनी तपोभूमि ओझेलमा परेको छ।
हजारौ बर्षपहिले पाकीस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखाँचीको खिदमिमा आएका पाणिनी ऋषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गरेका थिए। पाणिनी तपोभूमि क्षेत्र बिश्व भाषा सम्पदाको प्रमुख स्थल हो।
यसै क्षेत्रमा आएर पाणिनी ऋषीले तपस्या गरे पछि भगवान शिब प्रशन्न भएर डम्मरु बजाउदै अईउ,रिलृ,एओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ।
यस क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न सके बिश्वकै एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा बिकास गर्न सकिन्छ।
यस क्षेत्रको प्रचार प्रसारको लागि बिश्व भासा सँग सम्बनिधत सबै लाग्नु पर्ने पाणिनी तपोभूमिका प्रचार प्रसार समितिका सचिव हुमाकान्त गौतम बताउनु हुन्छ।बिश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भएपनि यो क्षेत्र ब्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेको छ।
अर्घाखाँचीको पुर्वमा रहेको पणेना गाविसमा रहेको यो तपोभूमि पर्दछ। यस तपोभूमिवाट उत्तर र्फकदा हिमालयका हिम श्रृंखला,दक्षिण र्फकदा तर्राईका फाटहरू अनि भारतीय भूमि देख्न पाईन्छ।
अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिडेपछि यस क्षेत्रमा पुग्न् सकिन्छ। यस क्षेत्रको प्रचार प्रसार गर्न सके धार्मिक एैतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाइृ फाइृदा हुन सक्छ। यो क्षेत्र पाणिनी ऋषीले तपस्या गरेको र ब्याकरण उत्पति भएको भन्ने धेरै प्रमाण भेटिएको स्थानीय बासीन्दाहरू बताउन्छन्।
यस क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न सके अर्घाखाँची लगायत नेपालका सम्पूर्ण जनतालाई फाइदा पुग्ने र कुनै सङ्घ संस्थावाट सहयोग पाए आफुहरू तीब्र भएर लाग्ने स्थानीय नारायण पोख्रेलले बताउनु भयो। हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ। यहाका मन्दिर ,पौवा जिर्ण हुने अबस्थामा रहेका छन्।
यस क्षेत्रको मठ मन्दिर पौवा लगायतका स्थानको सरक्षण गर्न आबस्यक छ। त्याहाको प्रचार प्रसार गर्न विभिन्न सङ्घ सस्था , राजनितिक दल अथवा स्वयं हामि नेपाली ब्यापक रूपमा लागेमा पाणिनी तपोभूमिलाई नेपालको पर्यटकीय स्थलको रूपमा बिकास गर्न सकिन्थयो कि?
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- http://www.arghakhanchi.com
- http://www.un.org.np/health/district-profiles/data/western/Arghakhanchi.htm
- http://ncthakur.itgo.com/districtmaps/arghakhanchi_district.htm
- http://www.cbs.gov.np/Population/National%20Report%202001/vdcpop/arghakanchi.htm
- http://www.arghakhanchi.com/ ARGHAKHANCHI TIMES
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||