मकवानपुर जिल्ला
| मकवानपुर जिल्ला | |
| अञ्चल: | नारायणी अञ्चल |
|---|---|
| सदरमुकाम: | हेटौंडा |
| क्षेत्रफल: | २,४२६ वर्ग कि.मि. |
| जनसंख्या: | ३,९२६,०४ |
| गाविस संख्या: | ४३ |
| नगरपालिका(हरू): | हेटौंडा |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ४ |
| भौगोलिक अवस्थिति: | तराई |
| सबै भन्दा अग्लो स्थान: | ५०६ मी. मिटर |
| सबै भन्दा होचो स्थान : | ७O मी. मिटर |
| प्रमुख जातिहरू: | - ब्राहम्ण, क्षेत्री, तामागं,नेवार आदि |
| प्रमुख भाषाहरू: | - नेपाली,तामागं आदि |
| मानव विकास सूचाङ्क स्थिति: | - (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | -०५७ |
| प्रमुख जिल्ला अधिकारी: | - |
| वेबसाइट: | www.ddcmakwanpur.gov.np |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसँग जोड्ने रूपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ। उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड)को काखमा यो जिल्ला अवस्थित छ। राजधानी प्रवेशको मुख्य मार्गको रूपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसँग सीमावद्ध भएर रहेको छ। त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ। यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ। यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ। यहाँ थुप्रै प्राकृतिक मनोरम स्थलहरू रहेका छन्। शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ। सेन वंशीय राजाहरूको दरबार मकवानपुरगढी (बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक संग्रहालयहरूले यस जिल्लाको सौर्न्दर्य अझ बढाएको छ।
जिल्लाको नामाकरण [सम्पादन गर्ने]
यस जिल्लाको नामाकरण सेनवंशीय प्रतापि राजा मुकुन्द सेनको नाम अप्रभंश हुदै माकन्दपुरवाट अन्तमा मकवानपुर भएको जनश्रुती यहाँ प्रचलित छ।
ऐतिहासिक पक्ष [सम्पादन गर्ने]
यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न। किंवदन्ती र फाटफुट निस्केका लेखहरू अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ। वनबासको क्रममा पाँच पाण्डवहरू यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उनैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ। हेडम्बा राक्षसकी बहिनी भूटनीस“ग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ।
यस जिल्लामा आदिवासी जनजातिको रूपमा रहेका र्राई (दनुवार) जातिहरू दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार वर्षअघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरूको राजधानी रहेको बताइन्छ। त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरूको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरूको बाहुल्य त्यसको सवुत हुन सक्दछ।
आज भन्दा २३ सय वर्ष पहिले नेपालको भ्रमणमा आउँदा चित्लाङ्गमा सम्राट अशोकले स्थापना गरेको चैत्य चैत्य ल्वहँ देखि लिएर लिच्छवी कालीन राजा नरेन्द्रदेवलाई राजा प्रमाणित गर्ने एक मात्र शिलालेख पृथ्वी नारायण शाहको ससुराली अर्थात् मकुन्ददेवको दरवार रहेको मकवानपुरगढी र सामरिक हिसाबले महत्वपूर्ण भएर काली तोप रहेको र उपत्यकाबाट बाहिर जाँदा जाच गर्ने र राहदानी दिने तथा राणकालीन भन्सार चौकि चिसापानीगढीले यस जिल्लाको ऐतिहासिक महत्व दर्शाउछ।
भौगोलिक अवस्थिति [सम्पादन गर्ने]
मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ। पूर्व साघुरो हुँदै पश्चिम तर्फबेलुन फुलेझै फुकेको आकारमा छ।
- अक्षांश: २७.१०" देखि २७.४०" उत्तरी अक्षांश
- देशान्तर: ८४.४१" देखि ८५.३१" पूर्वी देशान्तरसम्म
- क्षेत्रफल: २४२६ वर्ग कि.मि. (नेपालको कूल क्षेत्रफलको १.६५५ भाग)
- सिमाना: पूर्व काभ्रे र सिन्धुली जिल्ला, पश्चिम चितवन र धादिङ्ग जिल्ला, उत्तर काठमाडौंं र ललितपुर, दक्षिण पर्सा, बारा र रौतहट जिल्ला
- सबैभन्दा ठूलो गाविस: मनहरी गाविस (क्षेत्रफल २५६.५७ बर्ग कि.मि.)
- सबैभन्दा सानो गाविस: कोगटे गाविस (क्षेत्रफल १०.३५ वर्ग कि.मि.)
- सबैभन्दा बढी जनघनत्व भएको गाविस: पदमपोखरी गाविस
- सबैभन्दा कम जनघनत्व भएको गाविस: मनहरी गाविस
राजनैतिक विभाजन [सम्पादन गर्ने]
मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत नारायणी अञ्चलमा पर्दछ। यस जिल्लाको सदरमुकाम हेटौंडा हो। २०४३ सालमा हेटौंडालाई सदरमुकाम बनाइएको हो। यस पूर्व भीमफेदी यस जिल्लाको सदरमुकाम थियो। मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रूपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीयस्तरका कार्यालयहरू यहा स्थानान्तरण हुने क्रम बढ्दो छ। प्रशासकीय दृष्टिले यस जिल्लालाई ४ निर्वाचन क्षेत्र, ४३ गाँउ विकास समिति र १ नगरपालिकामा विभाजन गरिएको छ।
गाँउ विकास समिति र नगरपालिका [सम्पादन गर्ने]
राईगाउ, फाफरवारी, धियाल, वेतिनि, ठिंगन, मन्थली, शिखरपुर, छतिवन, हटिया, हर्नामाढी, चुरियामाई, मकवानपुर गढी, आमभन्ज्याड०, सुकौरा, वुढीचौर, राक्सीराड०, काकडा, सरिखेत, मनहरि, हेटौंडा नगरपालिका, पदमपोखरी, हाडिखोला, वसामाडि, खराड०, डाडाखर्क, आग्रा, गोगने, पालुगं, दामन, टिस्टुंग, वज्रवराही, भैसे, नामटार, कालिकाटार, भार्ता, निवुवाटार, भिमफेदी, इपापन्चकन्या, कोगटे, चित्लांगं, कुलेखानी, मार्खु, सिस्नेरी, फाखेल,
जनसांख्यिक स्थिति [सम्पादन गर्ने]
२०५८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या ३,९२,६०४ रहेको छ जसमध्ये महिलाहरू ४९.२८ प्रतिशत छन्। २०६४ सालको प्रक्षेपित तथ्याङ्क अनुसार यस जिल्लाको जनसंख्या ४,३८,१०१ अनुमान गरिएको छ। यस जिल्लाको औसत बाषिर्क जनसंख्या बृद्धिदर २.२२ प्रतिशत रहेको छ जुन ४८ सालको जनसंख्या वृद्धिको तुलनामा ०.३४ प्रतिशतले घटेकोछ। एक परिवारमा सरदर ५.५२ जना सदस्यहरू रहने गरेको तथ्याङ्कले देखाउछ। जनसंख्याको दृष्टिकोणले सबैभन्दा बढी जनसंख्या भएको गाविस छतिवन हो। यस गाविसको जनसंख्या २१,५२३ छ भने सबैभन्दा कम जनसंख्या भएको गाविस कोगटे हो जसमा १,४२९ जना छन्। हेटौंडा नगरपालिकाको जनसंख्या ६८,४८२ रहेको छ। नेपालको कूल जनसंख्याको १.७५ जनसाख्यिक योगदान यस जिल्लाको रहेको छ।
प्राकृतिक स्वरूप [सम्पादन गर्ने]
यो जिल्ला मध्य पहाडी जिल्ला हो। यहा“को ७५५ भू-भाग पहाडले ढाकेको छ। शिशिर याममा हिउं पर्ने २५८४ मिटरको उच्च भू-भाग -दामन गाविसको सिमभञ्ज्याङ्ग) देखि दक्षिणतर्फसमुद्री सतहको १६६ मिटर सम्मको होचो भू-भाग -र्राईगाउ गाविसको हात्तीढुङ्गा) यहा“ पाइन्छ। मकवानपुर जिल्ला विभिन्न जात जाति तथा सांस्कृतिक विविधताको साथै हिउपर्ने पहाडी क्षेत्रदेखि समथर मैदानसम्म भएको यस जिल्ला जैविक विविधताको दृष्टिले पनि अन्यन्तै धनी रहेको छ। यसलाई सुनगाभाको प्राकृतिक म्यूजियमको रूपमा पनि चिन्न सकिन्छ। छोटो दूरी तथा सानो भूभागमा पनि ठूलो वातावरणीय विविधताको श्रृंखला रहेको भैसेदेखि सिमभन्ज्याङ्ग सम्मको उचाईमा ९० जाति (जेनेरा)को सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ।
हावापानी [सम्पादन गर्ने]
जिल्लाको धरातलीय विविधता संगसंगै यहांको हावापानीमा पनि निकै विविधता पाइन्छ। यहाँ मुख्यतया ३ किसिमको हावापानी पाइन्छ जसमा दक्षिणतर्फचुरे श्रृंखलाको आसपास उष्ण, त्यसपछि क्रमशः उत्तरतर्फसमशीतोष्ण र शीतोष्ण किसिमको हावापानी पाइन्छ। यस जिल्लामा वाषिर्क सरदर २५३५ मिलि लिटर वर्षा हुन्छ। यो अङ्क नेपालको चेहरापुञ्जी भनेर चिनिने कास्की जिल्लाको पोखरा पछिको अङ्क हो। जाडो महिनाको पुस माघमा न्यूनतम १६.६ डि.से. तापक्रम पाइन्छ भने गर्मीयामको बैशाख जेठमा अधिकतम ३०.३ डि.से. तापक्रम पाइन्छ।
नदी नाला/ताल [सम्पादन गर्ने]
यस जिल्लालाई जलाधारको रूपमा चार जलाधार क्षेत्र र १२५ उप-जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ। चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र त्रिशुली हुन्। यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ। जिल्लाको पूर्वी सीमा नदीको रूपमा रहेको वाग्मती नदी, पूर्व मध्यभागबाट शुरु भै दक्षिणतर्फबग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर यस जिल्लाका प्रमुख नदीहरू हुन्। यस जिल्लामा विद्युत् उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रूपमा रहेको छ। यो कुलेखानी र मार्खु गाउ विकास समितिको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ। स्थायी पानीको श्रोतको अभाव रहेको यी नदीहरूमा वर्षातको समयमा बाढीको रूपमा प्रशस्त मात्रामा पानी बगेता पनि हिउंदमा ज्यादै कम पानी बग्ने गर्दछ।
भू-उपयोग [सम्पादन गर्ने]
यस जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर मध्ये कृषियोग्य जमीन ६१४८९ हे. -२५.१५%), झांडी, घांसे मैदान ४९६८ हे. -२.०३%), खोलानाला तथा बगर १६७१० हे. -६.८३%), वन क्षेत्र १४४५५८ हे. -५९.१४५), औद्योगिक क्षेत्र १६०७ हे. (०.६६%), निकुञ्ज क्षेत्र १५१२५ हे. (६.१९%) छ। जिल्लाको ७५ प्रतिशत भूभाग पहाडी र २५ प्रतिशत भूभाग समथर रहेको छ।
मुख्य पर्वत श्रृंखला [सम्पादन गर्ने]
चन्द्रागिरी :फाखेल गाविसदेखि टिष्टुङ्ग गाविससम्म महाभारत : बेतिनी गाविसदेखि खैराङ्ग गाविससम्म चुरे : र्राईगाउ गाविसदेखि मनहरी गाविससम्म
मुख्य पेशा [सम्पादन गर्ने]
मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहाँका मानिसहरूको मुख्य पेशा कृषि नै हो। यहाँको कूल जनसंख्या मध्ये ८२.७% कृषिमा र १७.३५ गैर कृषिमा संलग्न छन्। आर्थिक रूपले सक्रिय जनसंख्याको ५३.६% कृषिमा र ४६.९४% जनसंख्या गैर कृषि पेशामा संलग्न छन्।
जात जाति [सम्पादन गर्ने]
मकवानपुर जिल्ला बहुजातीय र बहुभाषिक जातजातिहरूको एउटा फूलबारी हो। यो जिल्ला तामाङ्ग जातिको बाहुल्य भएको जिल्ला हो। यहाँ ४७.३% तामाङ्ग छन्। ७०% भन्दा बढी जनजातिहरूको बसोबास रहेको छ। तामाङ्ग जाति पछि दोस्रो स्थानमा ब्राम्हण(१४.९%), तेस्रोमा क्षेत्री (१०.६%), चौथोमा नेवार (६.८%), पा“चौमा मगर (५.०१%) र छैठौंमा चेपाङ्ग (३.८%) आदि विभिन्न जातजाति प्रमुख रूपमा रहेको छन्। दलित जातिहरू करिव ७% छन्। जातीय विविधताको धनी यस जिल्लामा अन्य जिल्लामा नभएको र लोपोन्मुख अवस्थामा पुगेका वनकरिया जातिको पनि बसोबास छ।
धर्म [सम्पादन गर्ने]
यस जिल्लामा विविध धर्म र सम्प्रदायका मानिस बसोबास गर्दछन्। तामाङ जातिको वाहुल्य रहेको भएतापनि हिन्दू धर्म मान्नेहरू बढी देखिन्छन् भने क्रिश्चियन र इस्लाम धर्म मान्नेहरू न्यून रहेको पाइन्छ। यस जिल्लामा हिन्दूधर्मावलम्वीहरू ४९.३६% छन् भने बौद्ध धर्म मान्नेहरू ४७.६३% छन्। क्रिश्चियन र इश्लाम धर्मावलम्वीहरू क्रमशः २.०७ र ०.३२ प्रतिशत रहेको तथ्याङ्कबाट देखिन्छ।
धार्मिक स्थल [सम्पादन गर्ने]
मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरू उल्लेख्य रूपमा छन्। हेटौंडा नगरपालिका क्षेत्र भित्र भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ। चुरियामाई गाविसमा चुरियामाईको र भैंसे गाविसमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन्। त्यसैगरी दामन गाविसमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटार गाविसमा स्यार्सेकालिका, चित्लाङ्ग गाविसमा शिवालय,हेटौंडा -९, चौधघरेमा शीर्षक लिंङ्करहेको कुष्माण्ड सरोबर त्रिवेणीधाम (मुक्तीनाथ पछिको १०८ धारा रहेको नेपालकै एक प्रसिद्ध धार्मिक एंव पर्यटकिय स्थल) आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरू छन्।
प्रमुख बजार केन्द्रहरू [सम्पादन गर्ने]
समाज र जनसंख्याको विकासको क्रमसंगै ग्रामीण क्षेत्रहरूमा ग्रामीण जनताको आवश्यकताका वस्तु तथा सेवाहरू र स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरू खरीद विक्री गर्ने उद्देश्यले विभिन्न ग्रामीण क्षेत्रहरूमा बजार केन्द्रहरू स्थापना र विकास हुंदै गएको पाइन्छ। यसरी स्थापना र विकास भएका बजारहरू हेटौंडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, चौघडा, पालुङ्ग (ओखरेबजार), हुन्। त्यसैगरी भैंसे, दामन (शिखरकोट), हटिया (चिसापानी), बसामाडी (बस्तीपुर), बज्रबाराही (सरस्वती बजार), मार्खु, कुलेखानी, नामटार, हर्नामाडी आदि पनि क्रमशः बजारउन्मुख गाविसहरू हुन्।
स्वास्थ्य [सम्पादन गर्ने]
यस जिल्लालाई मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामको रूपमा विकास गर्ने कार्य संगसंगै क्षेत्रीय अस्पताल निर्माण गर्ने नीतिगत निर्णय भैसकेको छ। हाल यस जिल्लामा ५० शैयाको एक जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ४, स्वास्थ्य चौकी १ र उपस्वास्थ्य चौकी ३१ रहेको छ। आयुर्वेदिक औषधालय दुइवटा छन्। यस जिल्लामा शिशु मृत्युदर प्रति हजार ६४ जना र बालमृत्युदर ९१ जना रहेको पाइन्छ। कुल प्रजनन् दर प्रति महिला ५.१ छ भने परिवार नियोजनको सेवा लिने व्यक्ति ३९% मात्र रहेको छ।
शिक्षा [सम्पादन गर्ने]
२०४८ सालको तथ्याङ्क अनुसार यस जिल्लाको साक्षरता प्रतिशत ३८.४% रहेकोमा २०५८ सालको जनगणना अनुसार यो दर बढेर ६३.४% पुगेको छ। महिला साक्षरता प्रतिशत ५३.९% छन् भने पुरुष साक्षरता ७२.६% रहेको छ। यस जिल्लाको बढी साक्षर भएको गाविस हर्नामाडी (६१.२८%) हो भने सबैभन्दा कम साक्षर भएको गाविस भार्ता (१४.७६%) हो।
कृषि तथा पशु [सम्पादन गर्ने]
कृषि पेशामा ८२.७% जनता संलग्न रहेको यस जिल्लामा २५.१५% भूभाग कृषि क्षेत्रले मात्र ढाकेको छ। कृषि भूमिको ३७.२८%मा बर्षरि र मौसमी सिंचाई सुविधा पुगेको छ। भूबनोटको आधारमा यस जिल्लालाई मध्य पहाड र भित्री मधेशको रूपमा वर्गीकरण गर्न सकिन्छ। महाभारत पर्वत श्रृंखलाको उत्तरी भेगमा पर्ने उच्च भूभागदेखि वेशी फा“टसम्मको चिसो भागमा खासगरी बेमौसमी तरकारी, आलु, हिउंदे फलफूल, सुन्तला जातका फलफूलका लागि उपयुक्त हावापानी छ भने तल्लो पहाडी भेगमा अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको लागि उपयुक्त मानिन्छ। त्यसैगरी चुरर्ेपर्वत र महाभारत पर्वत श्रृंखला बीचको एक चौथाइ समथर भूभागमा न्यानो हावापानी भएको कारण अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको दृष्टिले उपयुक्त ठानिन्छ। यस जिल्लामा उन्नत जातका गाई, भैंसी र बाख्रा पालन व्यवसाय क्रमिक रूपले बढ्दै गएको पाइन्छ भने वंगुर, भेडा र कुखुरा पालन कार्य भने क्रमशः घटेको देखिन्छ। पशुजन्य उत्पादनमध्ये दुध वाषिर्क १३४१.३ मे.टन, मासु २९५.१ मे. टन र अण्डा ४१०७५९.१ गोटाले बढ्दो छ भने माछा उत्पादनमा खासै बढोत्तरी देखिन्न। पशुजन्य उत्पादन र जनसंख्याको तुलना गर्दा एक वर्षा एकजनाको भागमा दुध १२३.९७ लिटर, मासु १९.०९ किलो, अण्टा १४.२६ गोटा र माछा ७७.६८ ग्राम पर्न आउ“छ। जिल्ला कृषि विकास कार्यालयले जिल्लाका ६ वटा सेवा केन्द्र र ७ वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्याएको छ भने जिल्ला पशुसेवा कार्यालयले ६ वटा सेवाकेन्द्र र १० वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्याइरहेका छन्।
राष्ट्रिय राजमार्ग [सम्पादन गर्ने]
त्रिभुवन राजपथ -चुरे-सोप्याङ खण्ड) ११० कि.मि. महेन्द्र राजमार्ग -चुरे-लोथर खण्ड) ४७ कि.मि. जिल्ला सडक अवस्थाक) हेटौंडा-भीमफेदी २३ कि.मि. ख) हटिया-र्राईगाउ ६५ कि.मि. ग) कुन्छाल-कुलेखानी १८ कि.मि. घ) भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौंं ५३ कि.मि. ङ) चुनिया-नामटार २० कि.मि. -८ कि.मि. मोटर चल्ने) च) दामन-डांडावास १० कि.मि. छ) सामरी-आमभञ्ज्याङ्ग ६ कि.मि. ज) कान्तिराजपथ -हेटौंडा-ठिंगन) ४२ कि.मि. -३० कि.मि. मोटर चल्ने) झ) पशुपतिनगर-मकरी भुन्द्रुङ्ग टा“डी-सान्नानीटार १८ कि.मि. -१० कि.मि. मोटर चल्ने) ञ) कुलेखानी-सिस्नेरी-छैमले ३० कि.मि. ट) चुच्चेखोला-फुर्केचौर १३ कि.मि. ठ) पिप्ले-कुर्ले १२ कि.मि. (६ कि.मि. मोटर चल्ने) ड) टौखेल-चित्लाङ्ग-चन्द्रागिरी १५ कि.मि. ढ) घट्टेदोभान-चखेल-देउराली-मातातिर्थ १० कि.मि.(५ कि.मि. मोटर चल्ने)
नगर सडक [सम्पादन गर्ने]
कालोपत्रे सडक ५६.६२ किमि -राजमार्ग सहित) ग्राभेल सडक ४८.४५ किमि कच्ची सडक ७० किमि गोरेटो बाटो २९ किमि कंक्रिट सडक १२.५५ किमि सडक पुगेको नपा/गाविस संख्या - ३४ वटा सडक नपुगेको गाविस संख्या - १० वटा
रोप-वे [सम्पादन गर्ने]
हेटौंडा - टेकु - ४२ कि.मि. -हाल बन्द)
विद्युत् उत्पादन [सम्पादन गर्ने]
कुलेखानी प्रथम ६०,००० कि.वा. कुलेखानी दोस्रो ३२,००० कि.वा. कुलेखानी तेस्रो १५,००० कि.वा. -निर्माणाधिन) पूर्ण विद्युतीकरण भएको गाविस/नपा संख्या ३४.१० प्रतिशत, १५ गाविस) आंशिक विद्युतीकरण भएको गाविस संख्या ३४.१० प्रतिशत, १५ गाविस) विद्युतीकरण हुन बा“की गाविस संख्या ३१.८० प्रतिशत, १४ गाविस)
सञ्चार [सम्पादन गर्ने]
दूरसञ्चार [सम्पादन गर्ने]
मोवाईल हेनपा र २२ गाविस -प्रिपेड ९५००, पोस्टपेड ६५०) सिडिएमए ३७ गाविस/नपा -प्रिपेड ९८६, पोस्टपेड १०७६) टेलिफोन सुविधा उपलब्ध गाविस/नपा संख्या ४० टेलिफोन सुविधा उपलब्ध नभएको गाविस संख्या ४ -ठिंगन, बेतिनी, मंथलि, इपा)
हुलाक [सम्पादन गर्ने]
जिल्ला हुलाक १ वटा इलाका हुलाक ११ वटा अतिरिक्त हुलाक ३४ वटा काउण्टर हुलाक १ वटा
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
ग) वेवसाइट
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||