सल्यान जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सल्यान जिल्ला
Salyan district location.png
अञ्चल: राप्ती अञ्चलसल्यान् मगर राजा हरूको घ‍‍र हो ,पुराना काल देखि यहा मग‍र् हरू च्ह्न
सदरमुकाम: सल्यान,खलङ्गा,
क्षेत्रफल: १,४६२ वर्ग कि.मि.
जनसंख्या: 213500
गाविस संख्या: ४७
नगरपालिका(हरू): 0
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: कुमख्
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०८८
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

सल्यान नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ।

विषयसूची

[सम्पादन गर्ने] जिल्लाको नामाकरण

यस जिल्लाको नाम कसरी सल्यान रहेको हो ठोस रूपले एकिन हुन सकिरहेको छैन। बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जॊडेको पाइन्छ। जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्रचलित रहेको छ। अर्को थरीहरू सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएको यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन्। [१]

[सम्पादन गर्ने] जिल्लाको इतिहास

VDCs in Salyan

बाईसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो यसलाई अत्यन्त गरिव राज्य भनि प्रसिध्द इतिहासकार हे।मिल्टन भन्दछन् तापनि नेपाल राष्ट्रको एकिकरण अभियानमा पृथ्वीनारायण शाहसँग यहाँको राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो। वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिमशाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणय सुत्रमा वाँधिदिए। छिल्ली बिजौरी देखि पश्चिम दाङ्ग क्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाहले आफ्नो कब्जामा नाआउदै कुशविर्ता दिएबाट कॆ देखिन्छ भने सल्यान पृथ्वीनारायण शाहको नजरमा ज्यादै बलियो राज्य रहेछ। पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो।

फलतः वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान पनि नेपाल एकिकरण अभियान भित्र परेको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण छ। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पादाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दी थियो।

सल्यान् मगर राजा हरूको घ‍‍र हो ,पुराना काल देखि यहा मग‍र् हरू च्ह्न

[सम्पादन गर्ने] सल्यान जिल्ला झल्काउने नगदे बाली हरू

[सम्पादन गर्ने] अदुवा

वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी(Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ अदुवा खासगरी चैत्र/बैशाख महिनामा रोपिन्छ। यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ। बारी जोतेर राम्रोसँग डल्ला फोरी माटोलाई बुर्बुर किसिमको बनाउनु पर्दछ। त्यसपछि ड्याङ खनेर त्यसमा कम्पोष्ट मल अथवा पचेको गोबरमल हाल्नु पर्दछ। त्यसको माथि अदुवाको पानालाई स-सानो टुक्रामा भाँचेर रोप्नु पर्दछ। यसरी टुक्रा भाँच्दा प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो पर्ने गरी सावधानीपूर्वक भाँच्नुपर्दछ। कम्पोष्ट मलमाथि अदुवाको बीउ राखिसकेपछि धुलो माटोले पुर्नु पर्दछ। झार आदिबाट जोगाउनका लागि सुकेको पतकर आदि ड्याङमा राख्न सकिन्छ। अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेलीरहनु पर्दछ। अदुवाको बिरूवा राम्रोसँग उम्रेपछि अघि रोपेको बीऊ झिक्नु पर्दछ। यसरी झिकिएको बीऊको टुक्रालाई माऊ र कतै बुढी पनि भन्दछन्। माऊ अदुवा सामान्य अदुवा सरह मसलाको रूपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो। बजारमा पनि माऊ अदुवा राम्रो मूल्यमा बिक्री हुन्छ। माऊ झिकिसकेपछि अदुवालाई उकेरा अर्थात् माटो दिनु पर्दछ। चैत्र बैशाखमा रोपेको अदुवा कार्तिक/मंसीरमा खन्न सकिन्छ टिमुर:-टिमुर सल्यान जिल्ला तथा नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। बैज्ञानिक नाम ( ल्याटिन नाम) : जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC) आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने , दाँत दुखेको निको गर्ने , तागत दिने , जरो निको गर्ने , अजिर्ण र हैजा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ। यो माछाको विषमा पनि प्रयोग गरिन्छ

[सम्पादन गर्ने] सुन्तला, मौसमी ,कागती

नेपालमा पाइने एक प्रकारको फल। यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ।

सल्यान जिल्ला सुन्तल,मौसमी लगाएत कागतीको राम्रो उत्पदन हुने जिल्ला हो एहा बर्सेनी यही फलफुलको उत्पादन बाट प्रती बेक्ती लखौको आम्दानी हुने गर्दछ तेस्का साथै सल्यानको सुन्तला आफै म गुणस्तर युक्त र स्वादिलो हुने हुनाले फल्फुल किन्नाको लागी दाङ,बुटवल,बाँके,सुर्खेत्,आदी बाट ब्यापरी हरू सल्यान जिल्लाका बिभिन्न ठाउँमा आउने गर्दछ्न।

[सम्पादन गर्ने] सल्यानजिलाको धर्म तथा सस्क्रिति

[सम्पादन गर्ने] खैरावाङदेवी

सल्यान जिल्लाको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो। ३ घन्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ। त्यहाँ घटस्थापनादेखि पूणिर्मासम्म ठूलो मेला लाग्छ र यहाँ आएर पुजा गर्दा मन्ले चिताएको कुरा पुरा हुन्छ भन्ने जनबिश्वास रहेको छ

[सम्पादन गर्ने] छत्रेश्वरी

सल्यान जिल्लाको छायाछत्रमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको शेष रहेको सबै अंग पतन भएको मानिन्छ। यहाँ सर्वप्रथम अष्टभैरवले पूजा-आराधना गरेकाले यहाँ कुनै अवसरमा पनि बली चढाइँदैन। यो नेपालका सबै शक्तिपीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो।

[सम्पादन गर्ने] कालिका भगवती

सल्यान जिल्लाको कोट्मौला गाबिसमा अवस्थित एस कालिका भागअवती मन्दिर म पन्च बल का साथ बली दियिन्छ र फुल्पाती देखी आस्ट्मी सम्मा यहाँ मेला लग्ने गर्द छ

[सम्पादन गर्ने] मोखला सिव गुफा

सल्यान जिल्लाको पिपलनेटा गाबिसमा अवस्थित मोखला सिव गुफा कती लामो छ भन्ने कुरा आहिले सम्म पनि थाहा हुन सकेको छैन एस गुफामा भागबान शिवको मुर्ती रहेको छ भने त्यहाँ ओर परका मनिस हरू पुजपाठ तथा विवाह का लागी आउने गर्दछ न

[सम्पादन गर्ने] कमलाक्षी

सल्यान जिल्लाकै लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ। यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेको मानिन्छ। एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ।

[सम्पादन गर्ने] लाटा कामी

वि.सं. १९७५ तिर सल्यान, खलङगामा कामी परिवारमा जन्मेका अनपढ लाटाकामीले आफ्नै बलबुद्धि र साहसले एयरगनदेखि वाष्पशक्तिद्वारा उड्ने टेलिकोप्टरसमेत बनाएर सबैलाई आश्चर्य चकित पारेका थिए। २००७ सालको क्रान्तिका बेला थुप्रै बन्दूक बनाई क्रान्तिकारीलाई सहयोग गर्ने वैज्ञानिक लाटा कामीले रबरका टाइप बनाउने टाइपराइटरमा सुधार गर्ने, घन्टाघरको जस्तो ठूलो घडी, नयाँ आयाम थप्न, ढल्काएर हेर्दा मात्रै नेपालको नक्सा देखिने अनौठो खुकुरी, बन्दुक, पेस्तोल नयाँ-नयाँ ढंगका बनाउने कार्य गरेका थिए। उनले वाफद्वारा आगो फुक्ने मेशिन बनाउनमा सफलता हासिल गरेपछि वाष्पशक्तिद्वारा चल्ने हेलिकोप्टरसमेत बनाएका थिए। यति ठूलो वैज्ञानिक प्रतिभा भएका लाटा कामी पनि नेपाली शासकको हेलचेक्र्याइले गर्दा अन्ततः अन्धो भए। औषधोपचारको समेत सुविधाबाट बञ्चित भई २०३७ सालमा दाङमा उनको अत्यन्त दुःखद निधन भयो। उनलाई सल्यानका विभूति उपनामले चिनिन्छ।

[सम्पादन गर्ने] सल्यान जिल्लामा नचिने नाचहरू

[सम्पादन गर्ने] झ्याउरे नाच

नाच सल्यान जिल्लाको धेरै ठाउँमा नाचिने नाच हो प्राए जसो चाडमा गाउ गाउमा यो नाच नाचिन्छ मारूनी नाच :- सल्यान जिल्लको परम्परागत नाच हो। पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातीको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। तर अब आएर यो मारुनी नाच लोप हुने परिस्थीतीमा पुगी सकेको छ।

[सम्पादन गर्ने] टप्पा

टप्का सल्यान जिल्ला तिरको प्रचलित गीत भएर होला यसलाई सल्यानी टप्का पनि भने सुनिन्छ। केही टप्काहरू:- चामल सरी आटो जुमलाको तिते फापर, जुम्ला जाने बाटो सिकाइ देउन मारुनी। सँगै जाउँला बेँसी सितल पाटी झर्यौ भने, बनाइएल्यो आँसी, चिर्ते मिर्ते फलामको। यस्तै प्रकारका अनेकौँ टप्काहरू नाचको बिच बिचमा गाएर रमाइलो टप्का नाच नाचिन्छ।

[सम्पादन गर्ने] सेरेङगे नाच सोरठी

सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन्। यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन्। जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ।यी कथा कुनै पनि शिक्षितपठित जनगलाबाट विकसित भएका हैनन्। यी त प्रकृतिमा सहज र सुकुमार अशिक्षित सामान्य जनगलाबाट निर्मित र सम्बन्धित हुन्। यसैले यहाँ कुनै बौद्धिक तीव्रता र जनचेतनाको चिन्तात्मकता पाइँदैन। जति भनाइ छ, भावना छ, त्यो सहज र सरस मानव हृदयलाई खिच्न सक्ने खालको पाइन्छ, यसैले ती अशिक्षित सारा दर्शकवर्ग मख्ख भई यी कथाका लोकनाचहरू हेर्छन् र रमाइलो लिन्छन्। यसमा दुर्वोधता पाइँदैन, दिक्क लाग्दो र उराठिलो भावना जाग्दैन। यही नै यसको विशेषता हो

[सम्पादन गर्ने] लाखे नाच

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो र यो नाच सल्यान जिल्ला पिपल्नेटा गाबिस्को मोखला मोखला भन्ने ठाउँमा कृष्णजन्मस्ट्मीको दिन नचिने गर्दछ

Salyan ka pramukh thau haru ko barema pani rakhnu paro..


[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रीय वर्गीकरण

[सम्पादन गर्ने] सन्दर्भ

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा