सल्यान जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सल्यान जिल्ला
Salyan district location.png
अञ्चल: राप्ती अञ्चलसल्यान् मगर राजा हरूको घ‍‍र हो ,पुराना काल देखि यहा मग‍र् हरू च्ह्न
सदरमुकाम: सल्यान,खलङ्गा,
क्षेत्रफल: १,४६२ वर्ग कि.मि.
जनसंख्या: 213500
गाविस संख्या: ४७
नगरपालिका(हरू): 0
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: कुमख्
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०८८
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

सल्यान नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

यस जिल्लाको नाम कसरी सल्यान रहेको हो ठोस रूपले एकिन हुन सकिरहेको छैन। बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जॊडेको पाइन्छ। जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्रचलित रहेको छ। अर्को थरीहरू सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएको यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन्। [१]

जिल्लाको इतिहास[सम्पादन गर्ने]

VDCs in Salyan

बाईसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो यसलाई अत्यन्त गरिव राज्य भनि प्रसिध्द इतिहासकार हे।मिल्टन भन्दछन् तापनि नेपाल राष्ट्रको एकिकरण अभियानमा पृथ्वीनारायण शाहसँग यहाँको राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो। वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिमशाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणय सुत्रमा वाँधिदिए। छिल्ली बिजौरी देखि पश्चिम दाङ्ग क्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाहले आफ्नो कब्जामा नाआउदै कुशविर्ता दिएबाट कॆ देखिन्छ भने सल्यान पृथ्वीनारायण शाहको नजरमा ज्यादै बलियो राज्य रहेछ। पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो।

फलतः वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान पनि नेपाल एकिकरण अभियान भित्र परेको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण छ। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पादाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दी थियो।

सल्यान् मगर राजा हरूको घ‍‍र हो ,पुराना काल देखि यहा मग‍र् हरू च्ह्न

सल्यान जिल्ला झल्काउने नगदे बाली हरू[सम्पादन गर्ने]

अदुवा[सम्पादन गर्ने]

वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी(Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ अदुवा खासगरी चैत्र/बैशाख महिनामा रोपिन्छ। यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ। बारी जोतेर राम्रोसँग डल्ला फोरी माटोलाई बुर्बुर किसिमको बनाउनु पर्दछ। त्यसपछि ड्याङ खनेर त्यसमा कम्पोष्ट मल अथवा पचेको गोबरमल हाल्नु पर्दछ। त्यसको माथि अदुवाको पानालाई स-सानो टुक्रामा भाँचेर रोप्नु पर्दछ। यसरी टुक्रा भाँच्दा प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो पर्ने गरी सावधानीपूर्वक भाँच्नुपर्दछ। कम्पोष्ट मलमाथि अदुवाको बीउ राखिसकेपछि धुलो माटोले पुर्नु पर्दछ। झार आदिबाट जोगाउनका लागि सुकेको पतकर आदि ड्याङमा राख्न सकिन्छ। अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेलीरहनु पर्दछ। अदुवाको बिरूवा राम्रोसँग उम्रेपछि अघि रोपेको बीऊ झिक्नु पर्दछ। यसरी झिकिएको बीऊको टुक्रालाई माऊ र कतै बुढी पनि भन्दछन्। माऊ अदुवा सामान्य अदुवा सरह मसलाको रूपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो। बजारमा पनि माऊ अदुवा राम्रो मूल्यमा बिक्री हुन्छ। माऊ झिकिसकेपछि अदुवालाई उकेरा अर्थात् माटो दिनु पर्दछ। चैत्र बैशाखमा रोपेको अदुवा कार्तिक/मंसीरमा खन्न सकिन्छ टिमुर:-टिमुर सल्यान जिल्ला तथा नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। बैज्ञानिक नाम ( ल्याटिन नाम) : जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC) आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने , दाँत दुखेको निको गर्ने , तागत दिने , जरो निको गर्ने , अजिर्ण र हैजा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ। यो माछाको विषमा पनि प्रयोग गरिन्छ

सुन्तला, मौसमी ,कागती[सम्पादन गर्ने]

नेपालमा पाइने एक प्रकारको फल। यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ।

सल्यान जिल्ला सुन्तल,मौसमी लगाएत कागतीको राम्रो उत्पदन हुने जिल्ला हो एहा बर्सेनी यही फलफुलको उत्पादन बाट प्रती बेक्ती लखौको आम्दानी हुने गर्दछ तेस्का साथै सल्यानको सुन्तला आफै म गुणस्तर युक्त र स्वादिलो हुने हुनाले फल्फुल किन्नाको लागी दाङ,बुटवल,बाँके,सुर्खेत्,आदी बाट ब्यापरी हरू सल्यान जिल्लाका बिभिन्न ठाउँमा आउने गर्दछ्न।

सल्यानजिलाको धर्म तथा सस्क्रिति[सम्पादन गर्ने]

खैरावाङदेवी[सम्पादन गर्ने]

सल्यान जिल्लाको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो। ३ घन्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ। त्यहाँ घटस्थापनादेखि पूणिर्मासम्म ठूलो मेला लाग्छ र यहाँ आएर पुजा गर्दा मन्ले चिताएको कुरा पुरा हुन्छ भन्ने जनबिश्वास रहेको छ। खैरावाङ मन्दिर हिवल्चा गा.बि.स.मा पर्छ।

छत्रेश्वरी[सम्पादन गर्ने]

छायाक्षेत्र नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने बताइन्छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो । दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ । सल्यान सदरमुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्नेउक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ । त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा-टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतको राम्रो व्यवस्था हुनसकेको छैन । ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ । मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूमिमा कालआदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ-जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं-त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ । मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ । पौराणिक कथाअनुसार सतीदेवीको पहिलो शरीर गुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ-जहाँ अंग पतन भए, त्यहाँ सबै पूण्यभूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने पूण्यभूमि भएको जानकारहरु बताउँछन् ।

कालिका भगवती[सम्पादन गर्ने]

सल्यान जिल्लाको कोट्मौला गाबिसमा अवस्थित एस कालिका भागअवती मन्दिर म पन्च बल का साथ बली दियिन्छ र फुल्पाती देखी आस्ट्मी सम्मा यहाँ मेला लग्ने गर्द छ

मोखला सिव गुफा[सम्पादन गर्ने]

सल्यान जिल्लाको पिपलनेटा गाबिसमा अवस्थित मोखला सिव गुफा कती लामो छ भन्ने कुरा आहिले सम्म पनि थाहा हुन सकेको छैन एस गुफामा भागबान शिवको मुर्ती रहेको छ भने त्यहाँ ओर परका मनिस हरू पुजपाठ तथा विवाह का लागी आउने गर्दछ न

कमलाक्षी[सम्पादन गर्ने]

सल्यान जिल्लाकै लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ। यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेको मानिन्छ। एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ।

लाटा कामी[सम्पादन गर्ने]

वि.सं. १९७५ तिर सल्यान, खलङगामा कामी परिवारमा जन्मेका अनपढ लाटाकामीले आफ्नै बलबुद्धि र साहसले एयरगनदेखि वाष्पशक्तिद्वारा उड्ने टेलिकोप्टरसमेत बनाएर सबैलाई आश्चर्य चकित पारेका थिए। २००७ सालको क्रान्तिका बेला थुप्रै बन्दूक बनाई क्रान्तिकारीलाई सहयोग गर्ने वैज्ञानिक लाटा कामीले रबरका टाइप बनाउने टाइपराइटरमा सुधार गर्ने, घन्टाघरको जस्तो ठूलो घडी, नयाँ आयाम थप्न, ढल्काएर हेर्दा मात्रै नेपालको नक्सा देखिने अनौठो खुकुरी, बन्दुक, पेस्तोल नयाँ-नयाँ ढंगका बनाउने कार्य गरेका थिए। उनले वाफद्वारा आगो फुक्ने मेशिन बनाउनमा सफलता हासिल गरेपछि वाष्पशक्तिद्वारा चल्ने हेलिकोप्टरसमेत बनाएका थिए। यति ठूलो वैज्ञानिक प्रतिभा भएका लाटा कामी पनि नेपाली शासकको हेलचेक्र्याइले गर्दा अन्ततः अन्धो भए। औषधोपचारको समेत सुविधाबाट बञ्चित भई २०३७ सालमा दाङमा उनको अत्यन्त दुःखद निधन भयो। उनलाई सल्यानका विभूति उपनामले चिनिन्छ।

सल्यान जिल्लामा नचिने नाचहरू[सम्पादन गर्ने]

झ्याउरे नाच[सम्पादन गर्ने]

नाच सल्यान जिल्लाको धेरै ठाउँमा नाचिने नाच हो प्राए जसो चाडमा गाउ गाउमा यो नाच नाचिन्छ मारूनी नाच :- सल्यान जिल्लको परम्परागत नाच हो। पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातीको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। तर अब आएर यो मारुनी नाच लोप हुने परिस्थीतीमा पुगी सकेको छ।

टप्पा[सम्पादन गर्ने]

टप्का सल्यान जिल्ला तिरको प्रचलित गीत भएर होला यसलाई सल्यानी टप्का पनि भने सुनिन्छ। केही टप्काहरू:- चामल सरी आटो जुमलाको तिते फापर, जुम्ला जाने बाटो सिकाइ देउन मारुनी। सँगै जाउँला बेँसी सितल पाटी झर्यौ भने, बनाइएल्यो आँसी, चिर्ते मिर्ते फलामको। यस्तै प्रकारका अनेकौँ टप्काहरू नाचको बिच बिचमा गाएर रमाइलो टप्का नाच नाचिन्छ।

सेरेङगे नाच सोरठी[सम्पादन गर्ने]

सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन्। यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन्। जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ।यी कथा कुनै पनि शिक्षितपठित जनगलाबाट विकसित भएका हैनन्। यी त प्रकृतिमा सहज र सुकुमार अशिक्षित सामान्य जनगलाबाट निर्मित र सम्बन्धित हुन्। यसैले यहाँ कुनै बौद्धिक तीव्रता र जनचेतनाको चिन्तात्मकता पाइँदैन। जति भनाइ छ, भावना छ, त्यो सहज र सरस मानव हृदयलाई खिच्न सक्ने खालको पाइन्छ, यसैले ती अशिक्षित सारा दर्शकवर्ग मख्ख भई यी कथाका लोकनाचहरू हेर्छन् र रमाइलो लिन्छन्। यसमा दुर्वोधता पाइँदैन, दिक्क लाग्दो र उराठिलो भावना जाग्दैन। यही नै यसको विशेषता हो

लाखे नाच[सम्पादन गर्ने]

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो र यो नाच सल्यान जिल्ला पिपल्नेटा गाबिस्को मोखला मोखला भन्ने ठाउँमा कृष्णजन्मस्ट्मीको दिन नचिने गर्दछ र फलावाङमा रहेको पुरानो दरवारमा पनि लाखे नाचको साथै ठुलो मेला लाग्ने गर्छ ।

Salyan ka pramukh thau haru ko barema pani rakhnu paro..

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

नेपालको क्षेत्रीय वर्गीकरण

सन्दर्भ[सम्पादन गर्ने]