भीमसेन थापा अर्थात भीमसेन थापा मगर (इ.सं. १७७५ - १८३९) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ट्रिय विभूति हुन्।
भिमसेन थापा (बगाले)को जन्म गोरखा जिल्लाको वोर्लाङ गाउँमा भएको थियो। उनी ११ बर्षको उमेरमा नेपाली राजदरवारको सम्पर्कमा आएका थिए। उनका पिता मेजर अमरसिंह थापा (नेपाल अङ्ग्रेज युद्धका नायक होइन) पृथ्वीनारायण शाहका बिश्वाशीला सैनिक थिए। भीमसेन थापा मगर रणबहादुर शाहका निजी सचिब भएर २२ बर्षको उमेरमा बनारस संगै गएका थिए। तो ,म्स्द्क्ञ्स्क्ष्
बनारसको बसाईको बेला उनले बेलायती साम्राज्यको नजीकबाट अध्ययन गरे। राजा नेपाल फर्केपछि उनी नेपालका प्रधानमन्त्री भए। त्यस पछि उनले ३१ वर्ष सम्म ६ राजाहरूको अन्तरगत प्रधानमन्त्रीको रूपमा काम गरे। उनले १८१६मा इष्ट इण्डिया कम्पनीका बिरूद्ध लडाईको घोषणा गरे। विभिन्न कारणहरूले गर्दा त्यस युद्धमा नेपालको हार भयो। युद्धपछि पनि उनले १३ वर्ष सम्म शासन गरे। त्यस बेलामा उनले थुप्रै सैनिक, कानूनी, सामाजिक तथा आर्थिक सुधारहरू गरे। सैनिकलाई युरोपेली शैलीमा आधुनिकिकरण गरियो। थुप्रै समाजिक कुरितीहरू हटाए। सार्वजनिक प्रशासनमा सुधारहरू गरे। धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल आदि निर्माण गराए। विश्वका विभिन्न भागमा प्रभुत्व बढाउदै गएको बेलायती साम्राज्यवादको विरूद्ध लड्न एशियाली जनएकताको आहृवान गर्ने उनी निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए। महान् पूर्वजहरूले सुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर यिनले नेपालको सीमालाई चारैतिर बढाए। सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूआत, अनेकौं सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए।
भारदारहरूबीचको गुटवन्दी र दरबारिया षड्यन्त्रमा परेर उनलाई जेलनेलसहित अनेकौ यातना दिई थुनामा राखियो। आफ्नो अपमान सहन नसकी यिनले अन्ततः वि.सं. १८९६मा आत्महत्या गरे। उनका बिरोधीहरू पाण्डे तथा बस्न्यातहरूका कारण उनले पदत्याग गरेका हुन। भीमसेन थापा प्रधानमन्त्री जंगबहादुर राणाको आमा पट्टिको हजुरबुबा थिए। आफ्नो हजुरबुबाको मृत्युको बदला उनले लिएर नेपालमा राणा शासनको सुरूवात गरे।
नेपालका प्रधानमन्त्रीहरू (प्रधानमन्त्री वा मन्त्रीपरिषदको अध्यक्ष)
|
|
|
|
|
नेपालका राष्ट्रिय विभूतिहरू
|
|
|
|
|