शेरबहादुर देउवा
| शेरबहादुर देउवा | |
|
|
|
| कार्यकाल 12 September 1995 – 12 March 1997 |
|
| शासक : | वीरेन्द्र शाह |
|---|---|
| अग्रज : | मनमोहन अधिकारी |
| अग्रज : | लोकेन्द्रबहादुर चन्द |
| कार्यकाल 26 July 2001 – 4 October 2002 |
|
| शासक : | ज्ञानेन्द्र शाह |
| अग्रज : | गिरिजा प्रसाद कोइराला |
| अग्रज : | राजा ज्ञानेन्द्र शाह |
| कार्यकाल 3 June 2004 – 1 February 2005 |
|
| शासक : | ज्ञानेन्द्र शाह |
| अग्रज : | सूर्यबहादुर |
| अग्रज : | राजा ज्ञानेन्द्र शाह |
|
|
|
| जन्म : | 13 जुन 1946 |
| जीवनसाथी : | आरजु राणा देउवा |
शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए।
नेपाली काँग्रेसको बिभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए | काँग्रेस पुनर्मिलन पश्चात उनी आफ्नो पार्टी संगै नेपाली काँग्रेसमा गाभिएका छन्र। शेर बहादुर देउवा तीन पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं.१ र कञ्चनपुर जिल्लाक्षेत्र नं.४बाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुन्छ। २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्लाक्षेत्र नं.१बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति हुनुहुन्छ र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ। राजनैतिक संघर्षका क्रममा उहाँले नौ वर्ष जेलजीवन बिताउनुभएको छ।
देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गर्नुभएको थियो भने २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उहाँ वरिठ नेतामा स्थापित हुनुभयो। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गर्नुभएका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ। ६० वर्षीय देउवा एक छोराका पिता हुनुहुन्छ र उहाँकी श्रीमती आरजु राणा देउवा पनि संविधान सभा सभासद् हुनुहुन्छ।
|
|||||