| कञ्चनपुर जिल्ला |
 |
| अञ्चल: |
महाकाली अञ्चल |
| सदरमुकाम: |
महेन्द्रनगर, |
| क्षेत्रफल: |
१,६१० वर्ग कि.मि. |
| जनसंख्या: |
|
| गाविस संख्या: |
१९ |
| नगरपालिका(हरू): |
महेन्द्रनगर, |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: |
४ |
| भौगोलिक अवस्थिति: |
तराई |
| सबै भन्दा अग्लो स्थान: |
मिटर |
| सबै भन्दा होचो स्थान : |
मिटर |
| प्रमुख जातिहरू: |
आदि |
| प्रमुख भाषाहरू: |
आदि |
| मानव विकास सूचाङ्क स्थिति: |
(७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: |
०९९ |
| प्रमुख जिल्ला अधिकारी: |
|
| वेबसाइट: |
|
| हे • वा • सं |
कञ्चनपुर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको तराईमा प्रदेशमा पर्दछ।
पहिले नेपालको बाइसे चौबीसे राज्य रहेको बखत यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो। ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१६ सम्म अंग्रेजसँग भएको युद्ध पछि गरिएको सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिश इन्डियामा गाभिएको पाइन्छ। सन् १८६०को सन्धि पछि मात्र यो क्षेत्र अर्थात कैलाली कञ्चनपुर बाँके र बर्दिया नयाँ मुलुकको रूपमा नेपालको अंग भएको हो।
नेपालको अंग बनेपछि कैलाली र कञ्चनपुर छुट्टै जिल्ला बन्न पुगेका हुन। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गाविसको बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउँबाट कञ्चनपुर जिल्लाको नामाकरण हुन गएको हो भन्ने केही इतिहासकारहरूको भनाई रहेको।
- अक्षांस: २८.३२" उत्तर देखि २९. २८" उत्तर अक्षांस
- देशान्तर: ८०.३" पूर्व देखि ८०.३३" पूर्वी देशान्तर
- सिमाना: पूर्व-कैलाली जिल्ला, पश्चिम तथा दक्षिण- उत्तराञ्चल,भारत र उत्तर-डडेलधुरा जिल्ला
- क्षेत्रफल: १६१० वर्ग कि.मी.
- औसत लम्बाई: ४४ कि.मि. (पूर्व-पश्चिम)
- औसत चौडाई ३४ कि.मि. (उत्तर-दक्षिण)
- होचो भाग: समुद्री सतह देखि दक्षिणमा १७६ फिट
- अग्लो भाग: समुद्री सतह देखि उत्तरमा १५२८ फिट
जिल्लाको जम्मा क्षॆत्रफल १,६१,७४१ हेक्टरमध्ये ५९,५३२ हेक्टर (३७%) खेतीयोग्य तथा ८८,२०० हेक्टर (५५%) वन-जङ्गल र खोला नालाले ओगटेको अन्य १४,००९ हेक्टर (८%) छ। भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईमैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ। जलवायुको दृष्टिकोणले चुरे पर्वतीय श्रृङ्खलाबाहेक अन्य क्षेत्रमा उष्ण तथा उपोष्ण खालको हावापानी पाइन्छ र तापक्रम औसत अधिकतम ४३ डिग्री सेन्टिग्रेड र औसत न्यूनतम ३० डिग्री सेन्टिग्रेडसम्म पुग्न जान्छ। औसत तापक्रम ३०.५० डिग्री सेन्टिग्रेड रहेको पाइन्छ। औसत वर्षा वार्षिक १७७१.५ मिलि लिटर रेकर्ड गरिएको छ। यहाँको जलवायुमा प्रचूर मात्रामा आर्द्रता पाइन्छ जुन सरदर ७१.१६% रेकर्ड गरिएको छ। ८८,२०० हेक्टर वनक्षेत्रमध्ये आरक्षक्षेत्र ३०,५०० हेक्टर (३५%)रहेको छ। जिल्लाको चुरे तथा भावर क्षेत्रबाहेक अन्य क्षेत्र खेतीयोग्य छ। जिल्लाभित्र जल निकासको हिसावले प्रमुख नदी प्रणालीको रूपमा महाकाली, चौधर, दोधा र मोहना नदीप्रणालीहरू रहेका छन्। राजनैतिक विभाजनको आधारमा जिल्लालाई ४ निर्वाचन क्षेत्रहरू ११ इलाकाहरू १ नगरपालिका र १९ गाविसहरूमा विभाजन गरिएको छ।
|
कञ्चनपुर जिल्लाका गाविस तथा नगरपालिकाहरू
|
|
|
|
|