उदयपुर जिल्ला
| उदयपुर जिल्ला | |
| अञ्चल: | सगरमाथा अञ्चल |
|---|---|
| सदरमुकाम: | गाईघाट, |
| क्षेत्रफल: | २०६३ वर्ग कि.मि. |
| जनसंख्या: | |
| गाविस संख्या: | ४४ |
| नगरपालिका(हरू): | त्रियुगा नगरपालिका, |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ३ |
| भौगोलिक अवस्थिति: | पहाड |
| सबैभन्दा अग्लो उचाई: | मिटर |
| सबैभन्दा होंचो उचाई: | मिटर |
| प्रमुख जातिहरू: | आदि |
| प्रमुख भाषाहरू: | आदि |
| मानव विकास सुचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०३५ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | ddcudayapur.gov.np |
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
उदयपुर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको मध्य भागमा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७ औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा पनि गणना गरिन्छ। यस जिल्लाको पश्चिममा रहेको फाँटमा रिस्कु, त्रिवेणी र कटारी गाविस रहेको छन् भने पूर्वी भागको ठूलो फाँटमा ठोक्सीला, तपेश्वरी, बसाहा, बेल्टार, सुन्दरपुर, हडिया, जोगीदह, गरी १० गाविस एक त्रियुगा नगरपालिका भित्री मधेशको समथर फाँटमा रहेका छन्। बाँकी ३४ वटा गाविसहरू सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन्।
विषयसूची |
[सम्पादन गर्ने] जिल्लाको इतिहास
पहिला उदय नाम गरेको राजाले यस जिल्लामा शासन गरेको हुँदा यस जिल्लाको नाम उदयपुर रहन गएको भन्ने किम्बदन्ती पनि सुनिन्छ। वि.स. २०२८ सालभन्दा अगाडि यस जिल्लाको सदरमुकाम हालको पञ्चावती गाविसमा पर्ने उदयपुरगढी भन्ने ठाउँमा थियो। विसं २०२८, जेठ ९ गनेदेखि महेन्द्र राजमार्गको कदमाहादेखि २७ कि.मि उत्तर गाईघाट भन्ने स्थानमा सदरमुकाम रहेको छ।
[सम्पादन गर्ने] भौगोलिक अवस्थिति
- अक्षांश:- २६ डिग्रि २६' ३९" देखि २७ डिग्रि १' १०" उत्तर
- देशान्तर:- ८६ डिग्रि ०' ९" देखि ८७ डिग्रि १' ०" पूर्व
- सिमाना:- पूर्व-सुनसरी र धनकुटा,पश्चिम-धनुषा र सिन्धुली,उत्तर-भोजपुर,खोटाङ र ओखलढुङ्गा, दक्षिण-सिरहा र सप्तरी
- क्षेत्रफल:- २०६३ वर्ग किलोमिटर
- औसत लम्बाइ:- .... उत्तर– दक्षिण
- औसत चौडाइ:- ..... पूर्व– पश्चिम
- भौगोलिक अवस्था: भित्री मधेश
- सबभन्दा अग्लो स्थान:-
- सबभन्दा होचो स्थान:-
- सदरमुकाम:-
यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा पनि गणना गरिन्छ। यस जिल्लाको पश्चिममा रहेको फाँटमा रिस्कु, त्रिवेणी र कटारी गाविस रहेको छन् भने पूर्वी भागको ठूलो फाँटमा ठोक्सीला, तपेश्वरी, बसाहा, बेल्टार, सुन्दरपुर, हडिया, जोगीदह, गरी १० गाविस एक त्रियुगा नगरपालिका भित्री मधेशको समथर फाँटमा रहेका छन्। बाँकी ३४ वटा गाविसहरू सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन्। यस जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिका स्थित गाइघाटमा रहेकोछ। यस जिल्लालाई ३ वटा संसदिय क्षेत्र, ११ वटा ईलाका संख्या, १ नगरपालिका र ४४ वटा गविसहरूमा बिभाजन गरिएको छ। उत्तरमा माहाभारतको श्रृँखला वरीपरी चुरे पहाड श्रृँखलाहरूले घेरिएको हुँदा यस जिल्लालाई भित्री मधेशको रूपमा लिइन्छ। यो जिल्लाको कुल भूभाग मध्य भित्री मधेस करीब ५२% मध्य पहाडी क्षेत्र ४२% र तराइ तथा भाबर क्षेत्र ६% भू-भाग रहेको पाइन्छ।
[सम्पादन गर्ने] प्राकृतिक श्रोत र सम्पदा
कुनै पनि गाँउ, जिल्ला वा राष्टको उन्न्ती गर्न प्राकृतिक श्रोत र सम्पादाको महत्वपूर्ण भूमिका रहेको हुन्छ। उदयपुरको प्राकृतिक श्रोतको कुरा गर्दा जमीन्, खनिज पदार्थ, बन जङ्गल तथा जलश्रोतनै प्रमुख हुन आउछन। महाभारत पर्बत श्रृँखला देखि लिएर पहाड चुरे पर्बत्, ताल नदिनालाहरू, एवंम जिल्लाका ऐतिहासिक महत्वका स्थानहरू पर्यटन ब्यबसायकोलागि, पहाडी चुरे क्षेत्र पशुपालन र कृषि व्याबसाय र भित्री मधेशको उब्जाउ भूमि कृषि उत्पादनका लागि विकास गर्न सकिने खालको रहेको छ। यस जिल्लामा बिभिन्न खानिज पदार्थको उपलब्धताको प्रचुर सम्भावना रहेको छ। तर त्यसको सर्बेक्षण, उत्खनन् गर्न भने बाँकी नै छ। जिल्लामा प्रसस्त मात्रामा रहेको चुनढुङ्गा खानिले देशकै ठूलो सिमेन्ट उद्योग संन्चालन भैसकेको छ।
यस जिल्लाको उत्तरमा महाभारत पर्बत श्रृंखलामा पर्ने सबै भन्दा अग्लो चुचुरो चित्रेथाम हो। जसको उचाई करीब ७७७० फिट रहेको छ। जलश्रोतको दृष्टिकोणले यो जिल्ला धनी नै छ। यस जिल्लाको कुल भूमि मध्ये नदिनाला तथा खहरेले ढाकेको क्षेत्र २३.१३% रहेको छ। यस जिल्लामा बग्ने मुख्य नदिनालाहरूमा सप्तकोशी, रसुवा, त्रियुगा, बरुवा, ककरु, तावा, कमला आदी प्रमुख रूपले लिन सकिन्छ। ताल पोखरीमा रौता गबिसको करीब ५९०० फिटको उचाईमा रहेको रौताको पोखरी प्रमुख रूपमा लिन सकिन्छ। जसको पानी कहिले पनि सुक्दैन। धर्मिक रूपले ठूलो श्रद्धा र बिश्वास रहेको यो पोखरिमा मनोकामना पुरा गर्न भक्तजनहरूको भिड लाग्ने, उदयपुर जिल्लाको आन्तरिक पर्यटनलाई बढावा दिने ठूलो सम्भावनाको रूपमा रहेको छ।
त्यसै गरी अन्य तल पोखरीमा इनामे गाबिसको ताप्लिपोखरी, झिल्केपोखरी, आँपटार गाबिसको सुकेपोखरी, थानापोखरी जोगिदहको पोखरी प्रमुख रूपमा लिन सकिन्छ। बनजङ्गल एवंम जडिबुटिको क्षेत्रमा यो जिल्ला अत्यन्त धनी छ। यस जिल्लाको अधिकांस क्षेत्र अर्थात करिब ५३.७३% भू-भाग बनजङ्गलले ढाकिएको छ। जसमा साल, सिसौ, सिमल, बर,पिपल, खयर, हर्रो, बर्रो, गुरास, तेजपात, रिठ्ठा, पिपला, अमला, बेल, लालगेडी, बोझो, गुर्जो, घोडताप्रे आदी यस जिल्लाको बन जङ्गलमा पर्याप्त मात्रामा पाउन सकिन्छ। त्यसै गरी यहाँको बनजङ्गलमा अनेक प्रकारका बन्यजन्तुहरू र पंछीहरू पाइन्छ।
[सम्पादन गर्ने] प्रमुख जनजाती र जनसख्या
यस जिल्लामा क्षत्री, राई, मगर, थारु, ब्राम्हण, तामाङ्ग, कामी, नेवार, दनुवार, दमाई, सार्की, माझि, मुसहर, सुनुवार, थकुरी, सन्यासि आदी जनजातीहरूको बसोबास छ। त्यसै गरी यस जिल्लामा हिन्दू, बौद्ध किरात, ईस्लाम, क्रिस्चियन, जैन र अन्य धर्मका अनुयायि रहेका छन। यस जिल्लाको कुल जनसंख्या २,८८,१५२ रहेको छ जसमा पुरुष १,४३,७७० र महिला १,४४,३८२ पर्दछन। यस जिल्लामा कुल ५३,०८९ घरधुरी रहेको छ भने जनघनत्व भने ११० जना प्रती बर्ग किलोमिटर रहेको छ। यस जिल्लाको जनसंख्या बृध्दिदर भने २०.४% रहेको तथ्यांकले देखाउछ।
[सम्पादन गर्ने] स्वास्थ्य
यस जिल्लामा स्वास्थ्यको क्षेत्रमा राम्रो व्यवस्था देखिदैन। रहेका स्वास्थ्य केन्द्रहरूमा चिकित्सक, स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य उपकरणहरूको अभाब रहेको देखिन्छ।
[सम्पादन गर्ने] जलवायु
उष्ण शितोष्ण र समशितोष्ण हावापानी पाईने यो जिल्लाको सरदर अधिक्तम तापक्रम ३८ डिग्री सेल्सीयस र न्युनतम १६ डिग्री सेल्सीयस छ भने वर्षा सरदर २१५२ मिलिलिटर रहेको देखिन्छ। क्षेत्रफलको हिसाबले ०.६% भू-भागमा उपोष्ण १८.८% भू-भागमा न्यानो समशीतोष्ण र ०.६% भू-भागमा ठण्डा समशीतोष्ण जलवायु रहेको पाइन्छ।
[सम्पादन गर्ने] जनसंख्या
२०५८ सालको जनगणना अनुसार यस जिल्लामा पुरुष १४३७५६ र महिला १४३९३३ गरी जम्मा २८७६८९ रहेकोछ। यस जनगणना अनुसार जनसंख्या वृद्धिदर २.६४ प्रतिशत रहेको पाइन्छ।
[सम्पादन गर्ने] जनसंख्याको वितरण
उदयपुर जिल्ला मुख्यत: ग्रामिण क्षेत्रले ढाकेको छ। यस जिल्लाको जनसंख्याको वितरणको स्थीतीलाई हेर्दा कुल जनसंख्याको करीव १९.२२ प्रतिशत जनसंख्या नगरपालिकामा रहेको छ भने वाँकी ८०.७८ प्रतिशत जनसंख्या गा।वि।स।हरूमा वसोवास गर्दछन। विगत दश वर्षमा यस जिल्लाको जनघनत्व २९.९१ प्रतिशतले वृद्धि भएको देखिन्छ।
[सम्पादन गर्ने] धर्म जनजाती तथा भाषागत स्थिति
धर्म : यस उदयपुर जिल्लामा हिन्दुहरूको जनसंख्या अध्यावधिक ७५.४३ प्रतिशत रहेको छ भने वौद्ध १२.२३ किरात धर्म १०.५ प्रतिशत रहेका छन। यस वाहेक नगन्य मात्रामा इस्लाम जैन कि्रश्चियन धर्म अप्नाउनेहरू पनि छन।
जाती : यस जिल्लामा क्षेत्री २१% प्रथम राई १७.९%दोस्रो मगर १४.४०% तेस्रो वाहुन ७.३१% पाँचौ तामाङ्ग ६.६४% छैठौ र कामी नेवार दनुवार दमाई मामु सुनुवार ठकुरी सन्यासी आदि जाजिहरू वासोवास गर्दछन।
भाषा : यस जिल्लामा सवभन्दा वढी नेपाली भाषा वोल्नेको संख्या ५६.६७% रहेको छ भने दोस्रो स्थानमा राई १२.७६% मगर भाषा वोल्नेको संख्या ११.६१प्रतिशतले तेस्रो स्थानमा रहेको छ। अन्य भाषा वोल्नेको सख्या नगन्य रहेकोछ।
[सम्पादन गर्ने] शिक्षाको स्थिती
भौगोलिक दृष्टिकोवाट पहाडी र तराई क्षेत्रलाई समेटेको यस जिल्लाको भौतिक पूर्वाधार र विकासमा पछाडि परेको छ। भौगोलिक विकटता यातायातको असुविधा शिक्षण संस्थाहरूमा पुस्तकालय प्रयोगशाला जस्ता भौतिक सुविधाको अभाव योग्य विषयगत शिक्षकको अभाव राम्रो विषय चयन गर्ने अवसरको अभावको कारणले गर्दा यस जिल्लाका विधार्थीहरू राम्रो विषय अध्ययन गर्नका लागि विराटनगर धरान राजविराज जनकपुर लगायत अन्य क्षेत्रमा जाने गर्दछ। शिक्षित वर्गहरू चाँही शहर मुखी हुने प्रवृतिले शिक्षाको विकाश र गुणस्तर कायम हुन सकेको छैन।
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||