बारा जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बारा जिल्ला
Bara district location.png
अञ्चल: नारायणी अञ्चल
सदरमुकाम: कलैया,
क्षेत्रफल: १,१९० वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ९८
नगरपालिका(हरू): कलैया, जितपुर नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: तराई
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: हिन्दु,मुस्लिम् आदि
प्रमुख भाषाहरू: नेपाली, भोजपुरी आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०५३
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

बारा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षीणमा भारतको बिहार राज्य पर्छ। बारा जिल्लाको सदरमुकाम कलैया हो। बारामा प्रसिद्ध गडीमाईको मन्दिर छ, जुन कलैयादेखि करिब ७ किलोमिटर पूर्वतिर पर्छ।

विषयसूची

[सम्पादन गर्ने] जिल्लाको नामाकरण

यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रूपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाई छ।

[सम्पादन गर्ने] ऐतिहसिक पृष्ठभुमि

नेपालको इतिहासमा घटेका खासगरी दुई महत्वपूर्ण घटनाहरूको साथमा बारा जिल्लाको नाम जोडिएर आउने गरेको पाइन्छ।

  • (१) मल्लकालिन डोयराज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ।
  • (२) निरंकुश जहाँनिया राणशासनका सुत्रधार जंगबहादुर राणा बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा षडयन्त्रवश मारिएका थिए। यहाँ राणाकालीन प्रसिद्ध दरबारहरू रहेका छन। जस मध्ये कवहीगोठको सुवर्ण शमसेर ज‍बराको दरबार,कलैया स्थित दिप बिक्रम शाहको दरबार,भिस्वाको दरबार,आदि रहेका छन्। यस जिल्लामा विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन।

[सम्पादन गर्ने] भौगोलिक अवस्थिति

  • अक्षांश: २६.५१" देखि २७.२" उत्तरसम्म
  • देशान्तर: ८४.५१" देखि ८५.१६" पूर्वसम्म
  • सिमाना: पूर्व रौतहट जिल्ला, पश्चिम पर्सा, उत्तर मकवानपुर जिल्ला, दक्षिण: भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ला
  • सबभन्दा अग्लोस्थान: समुद्र सतहबाट ९१५ मिटर
  • सबभन्दा होचोस्थान : समुद्र सतहबाट १५२ मिटर
  • क्षेत्रफल: १,१९० वर्ग किलोमिटर (१२९५६३ हेक्टर)
  • हावापानी: उष्ण

[सम्पादन गर्ने] भौगोलिक बनौट

भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ। ती हुन:-

[सम्पादन गर्ने] शिवालिक क्षेत्र चुरे पहाड

समुद्र सतहबाट ११२ मिटरदेखि ९२० मिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भू-भागको १७४६० हे १३.४८% जमीन ओगटेको छ। जसमध्ये ८.३२% जमीन मात्र खेतीयोग्य छ। ०.५५% चौरचरन र ५.७६% अन्य भू-भाग छ भने यस क्षेत्रको अरु बाँकी ८५.३७ भू-भागमा जङ्गल रहेको छ। यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका अमलेखगंज, रतनपुरी, निजगढभरतगंज सिङगोल गरी चारवटा गाविसहरूको केही उत्तरी भू-खण्ड पर्दछ।

[सम्पादन गर्ने] तराई क्षेत्र

समुद्र सतहबाट ६० मिटरदेखि २०० मिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भू-भागको ११२१०३ हेक्टर (८६.५२%) जमीन ओगटेको छ। जसमध्ये ६१.११% जमीन खेतीयोग्य छ। २.५४% चौरचरन र २.७५% अन्य भू-भाग रहेको यस क्षेत्रको अरु बाँकी ३३.५९% भू-भागमा मात्र जङ्गल रहेको छ। यस प्रदेशमा बारा जिल्लाका ९८ वटा गाविस तथा नगरपालिका पर्दछन।

[सम्पादन गर्ने] प्रमुख नदी खोला तथा तालहरू

  • प्रमुख नदीहरू: अणुवा(अरुवा), लालवकैया, पसाहा, जमुनी, तीयर, दुधौरा, बंगरी, थल्ही।
  • साना खोलाहरू:- काट खोला, टेन्ग्रहर, सिर्सींया, भुटिया नाला, कोरिया नाला, सिलपैत नाला, बिजौरी खोला, सिंगहा नाला, भेडाहा नाला, भुतहिखोला।
  • प्रमुख तालहरू:- हलखोरिया दह, झरोखर पोखरी, शिव सरोवर, ईटाहि पोखरी,कवहीपोखरी, सन्तगजपोखरी देवापुर पोखरी।

[सम्पादन गर्ने] मुख्य बजारहरू

सिमरौनगढ, पिप्राढी, वरियारपुर, कलैया, प्रसौनी, परवानीपुर, जीतपुर, सिमरा, अमलेखगंज, निजगढ, कोल्भी, कवहीगोठ, रतनपुरी आदि।

[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा