रोल्पा जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रोल्पा जिल्ला
Rolpa district location.png
अञ्चल: राप्ती अञ्चल
सदरमुकाम: लिवाङ,
क्षेत्रफल: १,८७९ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ५१
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०८६
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

शीर्षक अक्षर[सम्पादन गर्ने]

रोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

"रोल्पा" भनेर चिनिने यो जिल्ला स्थान विशेष "रोल्पाथुम"को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले "रोल्पा" भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो। त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा "रोल्पा" पनि सल्यान मै छुट्न गएको हो।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • देशान्तर: ८३.१० देखि ८३.९० पूर्व
  • अक्षांस: २८.८० देखि २८.३८० उत्तर
  • उचाई: समुद्र सतहदेखि ७०१ देखि ३६३९ मीटरसम्म
  • सदरमुकामको उचाई: समुद्र सतहबाट १३७५ मीटर
  • क्षेत्रफल: १८७९ वर्ग किलोमीटर
  • सिमाना: पूर्व बागलुङ्ग र प्यूठान, पश्चिम सल्यान, उत्तर रुकुम, दक्षिण दाङ

जिल्लाको इतिहास[सम्पादन गर्ने]

एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ। सेन राजा गजुलमा सुरूदेखि नै बसेको भने पाइदैन। गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ। उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए। यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।

तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए। उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए। उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाइ बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरूलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन्। उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो। त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए। तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए। उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो। त्यसरी भत्ता प्राप्त गर्नेअन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन्। उनको वि.सं. २०४९ सालमा मृत्यु भयो।

वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठानसल्यान जिल्लामा पर्दथ्यो। पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यानप्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो। पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो। हाल रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेको छ।

यातायात[सम्पादन गर्ने]

माडी नदीको पुल २०५२ सालमा नै निर्माण भएकोले सोही वर्षदेखि जिल्लामा लिवाङ-काठमाडौं रात्री बस सेवा तथा छिमेकी जिल्ला दाङको घोराही र भालुवाङवाट दैनिक दिवा वस सेवा नियमित र वर्षामा मौसम अनुकुल साचालन भईरहेका कारण लिवाङसम्म सहजै पुग्न सकिन्छ। यसरी नियमित यातायात (वस/ट्रक) सेवाबाट जिल्लाका व्यापारीहरूलाई आफ्नो सामान ढुवानी र आवत-जावत गर्न सुविधा पुग्नुको साथै सर्वसाधारणहरूलाई पनि जिल्ला बाहिर आवत-जावत गर्न सुविधा पुगेको छ। दाङको भालुवाङदेखि लिवाङसम्मको सडक विसं २०६७ मा कालोपत्र गरिए पछि सवारी आवागमन झनै सहज भएको छ । यो सडकको अतिरिक्त रोल्पा जिल्लाको सदरमुकाम लिवाङ र दाङ जिल्लाको सदरमुकाम घोराहीलाई जोड्ने अर्को सडक जिल्लाको पश्चिमी भागलाई छोएर निर्माण गरिएको छ । होलेरी, नुवागाउँ, गैरीगाउँ तिला, माडिचौर हुँदै लिवाङ पुग्ने यो बाटो भने कच्ची छ । कच्ची बाटो र माडी खोलामा पुल भएको कारणले गर्दा बर्षाद्का महिनाहरूमा भने यो बाटो अवरुद्ध हुने गरेको छ । त्यसै गरी रोल्पाको थवाङलाई जोड्ने सहिद मार्ग निर्माणाधिन छ । यो सडकको घर्तीगाउँसम्म यातायत सेवा सुरु भइसकेको छ ।

नदीनाला[सम्पादन गर्ने]

माडीखोला, लुग्रींखोला, फगामखोला, त्रिवेणीखोला, बोज्याङखोला, शिवाङखोला, धासीखोला, मिरुलखोला, फिवैखोला, पाखापानीखोला, बाँफुखोला, ग्वारखोला, गोठीखोला, हलहलेखोला, जिनावाङखोला, अरहङखोला, पारीवाङखोला, गजुलखोला, जुगाँरखोला, घोडाखोला, कलमखोला, राँक चुरागाढखोला, चक्रीखोला, स्यानीगाढखोला, डाढाखोला, कुटेखोला।

झरना[सम्पादन गर्ने]

सुनछहरी झरना- स्युरी, लहरीखोला झरना- तालावाङ, जायछहरा झरना- राँक,

जात्रा तथा मेलापर्व[सम्पादन गर्ने]

सि.नं. जात्रा तथा मेला जात्रा मेला लाग्ने स्थान जात्रा मेला लाग्ने समय
बाराह जात्रा बडाचौर गा.वि.स., बडाचौर मङ्सिर पूर्णिमा
श्री बशन्त पंचमी मेला खुंग्री गा.वि.स.-२ चत्तुर्भुज माघ सुक्ल पंचमी
शिद्वमेला दुबीडाँडा गा.वि.स., चिन्नेथान कोजाग्रत पूर्णिमा
दशैको मेला गजुल गा.वि.स., गजुलकोट बिजयादशमी
बराह मेला जेल्बाङ गा.वि.स., जलजला जेष्ठ पूर्णिमा
बाह्र भदौ मेला जुगाँर गा.वि.स., चबिघाट जेष्ठ पूर्णिमा
भूम्या मेला ,मिरुल, कुरेली, थवाङ्ग आषाढ संक्रान्ति

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]