सर्लाही जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर्लाही जिल्ला

सर्लाही जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा बागमती नदी सिमा नदीको रूपमा बगेका छन।

जिल्लाको नामाकरण[सम्पादन गर्नुहोस्]

यस जिल्लाको नामाकरणबारे सत्यतथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोजी गर्दा यस जिल्लाको हेमपुर गाँउ विकास समितिमा सर्लाही देवीको मन्दिरको नामबाट जिल्लाको नाम रहन गएको भन्ने अनुमान छ । रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर राति त्यहाँ कोही पनि पुग्दैनन । यिनै देवीको नामवाट पहिले यस ईलाकाको पछि यस जिल्लाको नाम हुन गएको हो स्थानीय बासिन्दाहरूको धारणा रहेको पाइन्छ । सर्लाही देवीको मन्दिर वरीपरी अझै पनि बस्ती बसेको छैन ।

भौगोलिक अवस्था[सम्पादन गर्नुहोस्]

  • अक्षांस: २६.४५" उत्तर देखि २७.१०" उत्तर अक्षास
  • देशान्तर: ८५.२०" पूर्व देखि ८५.५०" पूर्व देशान्त
  • सिमाना: पूर्व-महोत्तरी, पश्चिम-रौतहट, उत्तर-सिन्धुली तथा दक्षिण-भारतको बिहार राज्यको सितामढी जिल्ला
  • क्षेत्रफल: १,२५९ वर्ग किलोमिटर
  • औसत लम्बाई: ३२ किलोमिटर(उत्तर-दक्षिण)
  • औसत चौडाई: ४० किलोमिटर(पूर्व-पश्चिम)
  • सबभन्दा होचोस्थान: समुन्द्री सतहबाट ६० मिटर
  • सबभन्दा अग्लोस्थान:समुन्द्री सतहबाट ६५९ मिटर

भौगोलिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको चुरे पर्वत बीचमा रहेको भावर दक्षिणमा रहेको तराइको समथर मैदान ओगट्ने गरी गरी ३ भागमा बाँड्न सकिन्छ।

प्रमुख नदी, ताल-तलैया[सम्पादन गर्नुहोस्]

यस जिल्लामा बग्ने मुख्य नदीहरू बागमती, लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरू उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन। लखनदेइको सहायक नदीहरूमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन। त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो। यसबाहेक अन्य सानातिना नदीहरूमा मनुस्मारा (जुद्ध नहर), हरिवन, सोतारा, ढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरूपमा एक मात्र नाढीमन तालका साथै मानव निर्मित नेपाल कै दोश्रो ठूलो ताल भरत ताल र माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरू छन।

ब्यापारिक महत्त्वका स्थानहरू[सम्पादन गर्नुहोस्]

यस जिल्लाका ब्यापारिक महत्त्वका प्रमुख स्थानहरूमा सदमुकाम मलङवा नगपालिका, हरिवन नगरपालिका लगायत बरहथवा, लालबन्दी नगरपालिका, बलरा नगरपालिका, नवलपुर, गोडैता, ईश्वपुर नगरपालिका आदि छन्।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


वाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]