सर्लाही जिल्ला
| सर्लाही जिल्ला | |
| अञ्चल: | जनकपुर अञ्चल |
|---|---|
| सदरमुकाम: | मलङ्गवा |
| क्षेत्रफल: | १,२५९ वर्ग कि.मि. |
| जनसंख्या: | ७,७७,५६८ |
| गाविस संख्या: | ९९ |
| नगरपालिका(हरू): | मलङ्गवा, |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ६ |
| भौगोलिक अवस्थिति: | तराई |
| सबैभन्दा अग्लो उचाई: | मिटर |
| सबैभन्दा होंचो उचाई: | मिटर |
| प्रमुख जातिहरू: | आदि |
| प्रमुख भाषाहरू: | आदि |
| मानव विकास सुचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०४६ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | |
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
सर्लाही जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा बागमती नदी सिमा नदीको रूपमा बगेका छन।
विषयसूची |
[सम्पादन गर्ने] जिल्लाको नामाकरण
यस जिल्लाको नामाकरणबारे सत्यतथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोजी गर्दा यस जिल्लाको हेमपुर गाँउ विकास समितिमा सर्लाही देवीको मन्दिरको नामबाट जिल्लाको नाम रहन गएको भन्ने अनुमान छ | रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर राती त्यहाँ कोही पनि पुग्दैनन | यिनै देवीको नामवाट पहिले यस ईलाकाको पछि यस जिल्लाको नाम हुन गएको हो स्थानीय बासिन्दाहरूको धारणा रहेको पाइन्छ | सर्लाही देवीको मन्दिर वरीपरी अझै पनि बस्ती बसेको छैन |
[सम्पादन गर्ने] भौगोलिक अवस्था
- अक्षांस: २६.४५" उत्तर देखि २७.१०" उत्तर अक्षास
- देशान्तर: ८५.२०" पूर्व देखि ८५.५०" पूर्व देशान्त
- सिमाना: पूर्व-महोत्तरी, पश्चिम-रौतहट, उत्तर-सिन्धुली तथा दक्षिण-भारतको बिहार राज्यको सितामढी जिल्ला
- क्षेत्रफल: १,२५९ वर्ग किलेामिटर
- औसत लम्बाई: ३२ किलेामिटर(उत्तर-दक्षिण)
- औसत चौडाई: ४० किलेामिटर(पूर्व-पश्चिम)
- सबभन्दा होचोस्थान: समुन्द्री सतहबाट ६० मिटर
- सबभन्दा अग्लोस्थान:समुन्द्री सतहबाट ६५९ मिटर
भैागेालिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको चुरे पर्वत बीचमा रहेको भावर दक्षीणमा रहेको तराइको समथर मैदान ओगट्ने गरी गरी ३ भागमा बाँड्न सकिन्छ।
[सम्पादन गर्ने] प्रमुख नदी, ताल-तलैया
यस जिल्लामा बग्ने मुख्य नदीहरू बागमती, लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरू उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन। लखनदेइको सहायक नदीहरूमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन। त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो। यसबाहेक अन्य सानातिना नदीहरूमा मनुस्मारा, हरिवन, सोतारा, ढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरूपमा एक मात्र नाढीमन तालका साथै माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरू छन।
[सम्पादन गर्ने] ब्यापारिक महत्वका स्थानहरू
यस जिल्लाका ब्यापारिक महत्वका प्रमुख स्थानहरूमा सदमुकाम मलङवा नगपालिका लगायत बरहथवा, लालबन्दी, नवलपुर गोडैता, हरिवन ईश्वपु आदि छन्।
[सम्पादन गर्ने] सन्दर्भ
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||