सुनसरी जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सुनसरी जिल्ला
Sunsari district location.png
अञ्चल: कोशी
सदरमुकाम: इनरूवा
क्षेत्रफल: १,२५७ वर्ग कि.मि.
जनसंख्या: ७ लाख
गाविस संख्या: ४९
नगरपालिका(हरू): धरान,इटहरी, इनरूवा
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: तराई प्रदेश
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, थारू, सतार, मधेसी आदि
प्रमुख भाषाहरू: नेपाली, थारू, मैथिली, हिन्दी आदि
मानव विकास सुचाङ्क स्थिति: १६ (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०२५
प्रमुख जिल्ला अधिकारी: -
वेबसाइट: www.ddcsunsari.gov.np
 हे  वा  सं 

सुनसरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा इलाम तथा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मी. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतयाः राई, लिम्बू, बाहुन, क्षेत्री, थारू, सतार आदि जनजातिको बसोबास पाइन्छ।

विषयसूची

[सम्पादन गर्ने] जिल्लाको नामाकरण

यस जिल्लाको नामाकरण भरौल गाविस क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरिसंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ।

[सम्पादन गर्ने] भौगोलिक अवस्था

  • अक्षांशः २६० २३" उत्तरदेखि २६० ५५" उत्तरसम्म
  • देशान्तरः-८७० ५" पूर्वदेखि ८७० १६" पूर्वसम्म।
  • सिमाना: पूर्व मोरङ जिल्ला, पश्चिम सप्तरी जिल्लाउदयपुर जिल्ला (कोशी नदी), उत्तर धनकुटा जिल्ला (भेडेटार),र दक्षिण भारतको विहार राज्य पर्दछ।
  • क्षेत्रफल:१,२५७ वर्ग कि.मि.
  • औसत लम्वाई : पूर्वको बुढी नदी देखि पश्चिमको कोशी नदीसम्मको लम्वाई ४४ कि. मि.
  • औसत चौडाई: उत्तरको भेडेटार देखि दक्षिणको बुढीखोलासम्मको चौडाई ४५ कि.मि.
  • भौगोलिक विभाजन: १. उत्तरको पहाडी प्रदेश २. मध्यभागको भावर प्रदेश र ३. दक्षिणको समथर भुमि।
  • स्थानीय निकायः जिल्लामा ४९ वटा गाविस तथा ३ वटा नगरपालिका पर्दछ।

सुनसरी जिल्ला महाभारत पर्वत श्रृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेकोछ। यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ।

[सम्पादन गर्ने] प्रमुख नदी ताल तलैयाहरू

यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी, कोकाहा, सुनसरी, बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला, दचकिचा, पटनाली, गडन खोला आदि पर्दछन्।

[सम्पादन गर्ने] प्रमुख धार्मिक क्षेत्र

बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, विष्णुपादुका चतारा धाम आदी।

[सम्पादन गर्ने] पर्यटकीय क्षेत्र

चिमडी दह, भेडेटार, ठिंगेढुंगा, कोशी टप्पु वन्यजन्तु आरक्ष, एभरेष्ट विज्ञान केन्द्र

[सम्पादन गर्ने] व्यापारिक महत्वका स्थानहरू

जिल्लाको प्रमुख व्यापारिक महत्वका स्थानहरूमा धरान, इटहरी, इनरूवा, दुहवी, खनार झुम्का महेन्द्रनगर हरिनगरा आदि रहेका छन्। प्रमुख रूपमा दैनिक तथा साप्ताहिक, हाट बजार लाग्ने स्थानहरू निम्नानुसार छन्:

सि.नं. बजार लाग्ने स्थान बजार लाग्ने दिन कैफियत
अमडुवा दैनिक
औरावनी शुक्रवार, शनिवार
भोक्राहा मंगलवार, शनिवार
भरौल मंगलवार, बुधवार, विहिवार, शनिवार
बराहक्षेत्र विहिवार
भादगाउँ सिनुवारी बुधवार, शनिवार
चादवेला आइतवार, शनिवार
चिमडी आइतवार, मंगलवार, वुधवार, शनिवार
छिटाहा सोमवार, विहिवार
१० दुहवी मंलवार, शुक्रवार
११ देवानगंज दैनिक
१२ डुम्राहा बुधवार, शनिवार
१३ एकम्वा विहिवार
१४ घुस्की घुस्की दैनिक
१५ हरिपुर शनिवार
१६ इटहरी बुधवार, आइतवार
१७ हरिनगरा सोमवार
१८ हाँसपोसा सोमवार, विहिवार
१९ बकलौरी आइतवार, सोमवार
२० इनरुवा सोमवार, विहिवार
२१ मधुवन आइतवार, मंगलवार
२२ लौकही मंगलवार, शुक्रवार
२३ प्रकाशपुर शनिवार
२४ सिमरिया बुधवार
२५ खनार बुधवार, शुक्रवार

[सम्पादन गर्ने] स्रोत

  • केन्द्रीय तथ्याङ्क विभाग

[सम्पादन गर्ने] हेर्नुहोस्

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा